विद्यार्थीलाई पनि सोधौँ न !

यस पटकको विषय हो– घरपायकको जागिर; सन्दर्भचाहिँ शिक्षकहरूकै हो । तर ‘घरपायक’ शिक्षकका सन्दर्भमा मात्र लागू हुने कुरा होइन । त्यसैले पहिले यसलाई सामान्य सन्दर्भमा हेरौँ ।

‘पायक’ तटस्थ शब्द होइन, यसको अर्थ हो अनुकूल, काम गर्न सजिलो पर्ने, नजिकको । त्यसैले पाएसम्म सबैलाई घरपायककै जागिर मनपर्नु सामान्य कुरा हो । यो शब्दले नै एउटा स्पष्ट, सुविधाको आग्रह बोकेको छ र कसैले पनि कसैलाई तिमीले सजिलो र नजिकको काम गर्नु पर्दैन वा हुँदैन भत्र मिल्दैन ।

मानिसले घरपायक काम गर्न चाहनुका केही व्यावहारिक कारणहरू छन् । घरबाटै जागिर खान पाउँदा डेराको खर्च र दुः ख हुँदैन । आफ्नो परिवारमा बस्न, खान पाइन्छ, बिहान–बेलुका घरको काम गर्न पाइन्छ, आफ्ना सामाजिक सम्बन्धहरूलाई बढाएर जान सकिन्छ । सूची अरू लामो हुनसक्छ । घरपायक खोज्नेहरूले यी व्यावहारिक कारणलाई बलियो बनाउनका लागि ‘घरपायक पाए आफ्नै गाउँघरको सेवा गर्ने चाहना पनि पूरा हुनेथियो’ भत्रे चल्तीको आदर्शवादी कारण पनि थप्ने गरेको पाइन्छ ।
तर सबैलाई घरपायक जुर्दैन । आफ्नै घरमा बसेर प्रशासन, सेना, प्रहरी, चिकित्सा, इन्जिनियरिङ, प्राध्यापन, पत्रकारिता जस्ता क्षेत्रमा ‘जागिर’ खाने सौभाग्य शहरी क्षेत्रका थौरै व्यक्तिहरूले मात्र पाएका हुन्छन् । त्यसैले अधिकांश मानिसहरू क्षमता हुने बित्तिकै वा जसरी भए पनि क्षमता हासिल गरेर ‘जागिरपायक घर’ बनाउँछन् ।

एउटा शिक्षकलाई वैधानिक बाटोबाट अर्थात् तलबका भरमा, आफ्नो पुख्र्यौली थातथलोभन्दा रराम्रो र सुविधाजनक ठाउँमा गएर ‘जागिरपायक घर’ ठड्याउन लगभग असम्भव हुन्छ । शिक्षकका सामु पैसा कमाउने अरू बाटाहरू पनि अत्यन्त सीमित हुन्छन् । जीवनभर घरबाहिर बसेर जागिर खानु कसैको पनि रोजाइ हुनसक्दैन । नेपालका अधिकांश गाउँहरूमा स्कूल बनिसकेकाले, धेरैजसो गाउँहरूमा शिक्षित व्यक्तिहरू पनि भइसकेका र सरकारको नीति पनि त्यसै अनुरुप भएकाले अरूको तुलनामा शिक्षकहरूका लागि घरपायक जागिरको उपलब्धता र सम्भावना बढेको छ । यो पृष्ठभूमिमा शिक्षकले घरपायक खोज्नु एकदम स्वाभाविक कुरा हो ।

तथापि बढ्दा सम्भावनाहरू सँग सँगै यो एउटागहिरिएर छलफल गर्नु पर्ने विषय पनि हुन पुगेको छ । रराम्रो मात्र परिणाम देखि एको कुरा मा छलफल गर्नु पर्ने आवश्यकता नै हुँदैन । तर यसमा त्यस्तो छैन । घरपायकले एउटा शिक्षकको प्रभावकारितामा मद्दत पुर्याउँछ कि उल्टो असर गर्छ जस्ता कुरा मा अलग–अलग र एकदमै विपरीत विचार एवं अनुभवहरू छन् । त्यसैकारण नै शिक्षक को यस अङ्कमा यही विषयमा छलफल गर्न खोजिएको हो ।

घरपायकका पक्षमा पैरवी गर्न सजिलो छ, किनभने शिक्षण सबभन्दा धेरै मानव स्पर्श चाहिने सेवाहरूमध्येको पेशा हो । शिक्षक सधैँ नै कोमल मानव मनहरूसित व्यवहार गरिरहेको हुन्छ । ऊ मनका माध्यमबाट बालबालिकाको बुद्धिमा प्रवेश गर्छ र त्यहाँ बसेर समाज को भविष्यलाई आकार दिइरहेको हुन्छ । असफल, शोषित, पीडित र विवश व्यक्तिले यस्तो गम्भीर काम गर्न सक्दैन । त्यसैले शिक्षकले सकेसम्मका सुविधाहरू पाउनैपर्छ । यदि उसलाई रराम्रो तलब, सुविधा र अवसरहरू दिन सकिएको छैन भने त आफ्नो घरमा बस्ने अधिकारबाट वञ्चित गर्न झनै हुँदैन ।

स्थानीय शिक्षकले रराम्रो पढाउँछन् कि बाहिरियाले भत्रे बारेमा एकदमै विपरीत निष्कर्ष दिने कैयन् उदाहरणहरू हाताहाती उपलब्ध छन् । ती सबैबाट निस्किने अन्तिम निष्कर्ष हो; शिक्षकको कार्यकुशलता आफ्नो कामप्रतिको उसको दृष्टिकोणमा भर पर्ने कुरा हो, उसको कार्यालय र घरको दूरीमा होइन । यसै अङ्कमा रहेको श्यामप्रसाद लामिछानेको लेखमा भनिएझैँ जागिर घरपायक भए पनि नभए पनि ‘मनपायक’ हुनुपर्छ । आफ्नो जागिरलाई मनपायक बनाउनका लागि शिक्षकलाई के के कुरा ले प्रेरित गर्छन् भत्रे विषयमा खोजी गर्नु सम्भवतः घरपायक दरबन्दीको खोजी गर्नु भन्दा सजिलो र व्यावहारिक हुन्छ ।

शिक्षणसित सम्बन्धित विषयवस्तुलाई शिक्षकका तर्फबाट , खास गरी शिक्षकको सुविधा र अधिकारका दृष्टिबाट मात्र हेरेर पनि पुग्दैन । ‘शिक्षकलाई घरपायक’ शिक्षकसित मात्र सम्बन्धित विषय होइन । यो विद्यार्थी र तिनका अभिभावकहरूका तर्फबाट पनि मिहिन ढङ्गले विचार गरिनुपर्ने कुरा हो । यो आफ्ना मान्छेलाई सजिलो ठाउँमा जागिर लगाउने विषय मात्र होइन, स्कूलको शैक्षिक –प्रशासनिक वातावरण र स्कूल र समुदायको अन्तरसम्बन्धका दृष्टिबाट पनि पर्गेलिनुपर्ने विषय हो ।

शिक्षणजगत्को सबभन्दा महत्वपूर्ण पक्ष विद्यार्थी हो तर ‘घरपायक’ जस्ता ठूला विषयमा निष्कर्ष निकाल्दा ‘भारेभुरे विद्यार्थी’को रायलाई ध्यानमा राखिएको वा राख्नुपर्छ भत्रे सोचिएको पाइत्र । शिक्षकहरू विद्यार्थीका लागि हुन्, तर शिक्षकका बारेमा सबभन्दा कम राय पनि विद्यार्थीकै लिइँदै आएको छ । शिक्षकको सबभन्दा रराम्रो मूल्याङ्कन विद्यार्थीले नै गर्न सक्छन् । नातागोता, जानपहिचान र सम्बन्धका स्वरूपहरूका कारण स्थानीय शिक्षकहरूबाट केही विद्यार्थीले बढी प्रोत्साहन पाएका हुनसक्छन् तर तिनै कारणहरूबाट कसैले गहिरो अपमान , हेला र मान सिक यन्त्रणा पनि । यी दुवै उचित कुरा होइनन् । केहीले मात्र प्रोत्साहन पाउनुगलत हो भने एक जना मात्र अपमानित हुनु पनि अपराध हो !

हामी शिक्षा क्षेत्रमा ठूल्ठूला विचार , बहस र निर्णयहरू लिन्छौँ तर ‘मूलचरीको भागै नास्ति’ भनेजस्तो, जसका लागि ती सबै कुरा गर्छौं ती विद्यार्थीलाई भने कहिल्यै पनि सोध्दैनौँ । उनीहरूलाई वास्तै गर्दैनौँ । गाउँका शिक्षक र बाहिरिया शिक्षकको तुलना विद्यार्थीले कसरी गर्छन् भत्रे कुरा लाई ध्यानमा राखेर निर्णय गर्ने परिपाटी बसाउन सके के होला ?  

commercial commercial commercial commercial