बिदा केही गर्ने अवसर
- ४२ वर्ष देखि शिक्षण पेशामा रहेका शारदा उच्च मावि, पाल्पाका खेमराज शर्मा यसपालिको हिउँदे बिदाको समय खेतीपातीमा ल गाउँदैछन् । उनी हरेक पटक विद्यालय बन्द हुँदाको समय खेतीपाती तथा घरको काम र आफन्तसँगको भेटघाटमा बिताउँछन् ।
- सप्तरीको जनप्रभात माविका शिक्षक सत्यनारायण चौधरी बिदाको समय सिरहाको समाद एफएमका लागि चेतनामूलका कार्यक्रम निर्माणमा लगाउँछन् । नेपालीका शिक्षक चौधरी भन्छन्, “हिउँदे बिदासँगै एफएमको काममा व्यस्त हुन्छु ।”
- इलामको दुर्गा उमाविका नेपाली शिक्षक गङ्गाप्रसाद अधिकारी बिदाको समय साहित्य अध्ययनमा ल गाउँदैछन् । विदेशी साहित्यको अध्ययनमा समेत रुचि राख्ने अधिकारी भन्छन्, “साहित्य अध्ययनले कक्षामा पढाउने विषयवस्तु पनि ताजा रहेको अनुभूति हुन्छ ।” साहित्यमा कलम चलाउने अधिकारी हिउँदे बिदाको मौकामागजल सङ्ग्रह एक्लिएको साँझ् प्रकाशन गर्ने तयारीमा छन् ।
हिमाल, पहाड, तराई सबैतिर कठ्याङ्ग्रिँदो चिसो बढ्दै गर्दा मीनपचासको बिदा पनि शुरु भएको छ । दशैँ–तिहार जस्ता चाडपर्वका बिदालाई छाड्ने हो भने हिउँदे र बर्खे गरी वर्षमा दुईपटक शिक्षण संस्थाहरू लामो समय (४५ दिन) का लागि बन्द हुन्छन् । तराई भेगमा असार साउनमा खेतीपाती लगाउने चटारो र अत्यधिकगर्मीका कारण पढ्ने पढाउने वातावरण उपयुक्त नहुने भएकाले वर्षायाममा झण्डै एक महिना शिक्षण संस्था बन्द हुन्छन् । त्यो समयमा पहाडी र हिमाली क्षेत्रमा भने बढीमा दुईहप्ता मात्र बिदा दिइन्छ ।
मध्य पुस देखि मध्य माघको मीनपचासको जाडोको मौसममा भने काठमाडौंलगायत पहाडी क्षेत्रका शैक्षिक संस्थाहरू झण्डै एक महिना बन्द हुन्छन् । हिउँदको जाडोमा तराईका विद्यालयमा छोटो समय हिमाली भेगमा चाहिँ करिब तीन महिना नै बिदा दिइन्छ । यसबाहेकको लामो बिदा हो परीक्षा सकेर नयाँ कक्षा शुरु हुनुअघि दिइने भर्ना बिदा । सरकारी नियम अनुसार वर्षभरिमा कम्तीमा २२० दिन स्कूल खुल्नुपर्ने भए पनि बन्द, हड्ताल र विभिन्न कारणहरूले गर्दा धेरैजसो विद्यालय त्यति दिन खुल्दैनन् ।
शिक्षण संस्थामा दिइने लामा बिदा शिक्षकहरूका लागि अध्ययन गर्ने , थकाइ मार्ने, नयाँ ठाउँ घुम्न जाने, नयाँ कक्षाको तयारी गर्ने रराम्रो अवसर हो । सधैँ कक्षाकोठा, परीक्षा, कापी जाँच र अर्को कक्षाको तयारीमा समय खर्चिनुपर्ने शिक्षकहरूका लागि लामो बिदाको समय आफ्नै कामको मूल्याङ्कन गर्ने र आत्मसन्तुष्टि लिने अवसर पनि हो । लामो समयसम्म एउटै काम गरिरहँदा सिर्जना हुने एकरुपता हटाउन पनि यस्तो बिदा सहयोगी भएको शिक्षकहरूको अनुभव छ ।

तर अधिकांश शिक्षकहरू बिदाको समयमा आफूलाई अद्यावधिक गर्ने तर्फ केन्द्रित भएको पाइँदैन । बिदा शुरु हुनासाथ धेरै शिक्षकहरू अतिरिक्त आम्दानी हुने काममा संलग्न भएको पाइन्छ ।ग्रामीण क्षेत्रका अधिकांश शिक्षकहरू खेतीपातीको काममा र शहरी क्षेत्रका व्यापार व्यवसाय वा अन्य संघसंस्थाको काममा व्यस्त भएका भेटिन्छन् । कहिले विद्यालय बिदा होला र अन्य काममा बढी समय दिन सकिन्छ भनेर पर्खेर बस्ने शिक्षकहरू पनि धेरै छन् । कोही त विद्यालयमागयल भएर अरू काममा व्यस्त भइरहेको पनि पाइन्छ । अन्य काममा लागेर शिक्षकहरूले समयको दुरुपयोग गरिरहेको बताउँछन् काठमाडौँस्थित पद्मोदय उच्च माविका प्रधानाध्यापक रमेशप्रसादगौतम । उनी भन्छन्, “शिक्षकहरूले स्कूलबाट बचेको समय नयाँ–नयाँ अनुसन्धान र अध्ययनमा लगाउनुपर्छ ।”
विकसित देशका शिक्षकहरू विद्यार्थीमा कसरी सृजनात्मक शैलीको विकास गर्न सकिएला भनेर अध्ययन र चिन्तनमा लागिरहने भएकाले आफ्नो परिवारलाई ध्यान दिन पाइरहेका हुँदैनन् । त्यसैले बिदाको समय उनीहरू आफ्नो परिवारसँग बिताउन चाहन्छन् । तर नेपालमा हुने लामो बिदाको सदुपयोग हुन नसकेको शिक्षाविद् केदारभक्त माथेमा बताउँछन् । भन्छन्, “शिक्षकहरूले बिदाको समय पनि अन्य काममा लगाउने भएकाले यसको राम्रो उपयोग भइरहेको छैन ।”
बिदाको समय भ्रमणमा खर्चिंदा धेरै कुरा जान्न बुझन सकिने बताउँछन् शिक्षाविद् माथेमा । पहाडका शिक्षकहरू तराई झ्रेर त्यहाँका विद्यालयको अवलोकन गर्ने, तराईका शिक्षकहरू हिमाली, पहाडी क्षेत्रमा उक्लेर घुम्ने हो भने धेरै कुरा सिक्न सकिने उनको सुझाव छ । शिक्षकहरूलाई दिनहुँ चक, डस्टर बोकेर कक्षामा जाने र पढाएर फर्किने बानी परिसकेको हुन्छ । तर आफूले गरिरहेको कामले आफैँलाई कत्तिको सन्तुष्टि दिइरहेको छ, अनि आफूले गरेको कामलाई अरूले कसरी हेरिरहेका छन् भनेर मूल्याङ्कन गर्ने रराम्रो अवसरको रूपमा पनि विदालाई लिन सकिन्छ । साथै पाठयोजना बनाउने, शिक्षण गर्दा आफूले भोगिरहेका समस्याका बारेमा अरू शिक्षकहरूसँग छलफल गरी समस्याको समाधान निकाल्ने, अनुभव आदानप्रदान गर्ने जस्ता आफ्नो पेशासँग सम्बन्धित धेरै काममा पनि समय खर्चिन सकिन्छ ।
शिक्षक रमेशप्रसाद गौतमलाई अहिलेका शिक्षकहरूले शिक्षणलाई एउटा नियमित प्रक्रियाको रूपमा मात्र लिइरहेको बताउँछन् जसका लागि थप अध्ययन र अनुसन्धानको आवश्यकता नै पर्दैन । त्यसैले बिदामा आफ्नो विषयका किताबहरू पढ्नमा खर्चिए समयको सदुपयोग हुने बताउँदै उनी भन्छन्, “शिक्षक एउटा नदी हो जसमा हरेक क्षण पुरानो पानी बगेर सफा पानी आइरहेको हुन्छ । एकचोटि अध्ययन गरे पछि पुग्यो भन्ठान्ने शिक्षकहरू पोखरीका पानी जस्ता हुन्छन् जहाँ सफा पानीको आशा गर्न सकिँदैन ।”
शिक्षा व्यक्तिको जीवन निर्माण, समाज को आदर्श निर्माण र राष्ट्रको भाग्य निर्माणको आधार स्तम्भ हो । विद्यालयको मियो शिक्षक नै हुन् । शिक्षकले बालबालिकालाई दिने शिक्षाको आधारमा देशको भविष्यगाँसिन्छ । तसर्थ शिक्षकले बौद्धिक र मान सिक रूपमा पेशागत सीपको अभिवृद्धि गर्न आफ्नो समय खर्चिएमा सुनौलो भविष्यको किरण आजै देख्न सकिन्छ ।
बिदा सदुपयोग गर्ने केही तरिका

विद्यार्थीलाई नयाँ स्वाद दिने गरी तयारी गर्ने र पुनर्ताजगी हुने राम्रो अवसर हो, लामो बिदाको समय । यो समयलाई शिक्षकहरूले यसरी पनि प्रयोग गर्न सक्छन्ः
केही नयाँ प्रयास गरौंः आफ्नो वरिपरिको घेरा बढाऔं । शिक्षण पेशा भन्दा बाहिरको दुनियाँसम्म आफूलाई पुर्याऔं र इच्छा लागेको काम गरौं । यो कुरा ले तपाईं आफैं छक्क पर्नुहुनेछ किनभने आगामी दिनमा पढाउन यी कुरा ले तपाईंलाई ठूलो सहयोग गर्ने छन् । नयाँ इच्छाले तपाईंलाई नयाँ तरिकासहित नयाँ विद्यार्थीका बीचमा लैजान पनि सक्छ ।
आफ्ना लागि केही गरौंः आफूलाई आराम हुने, सजिलो बनाउने काम गरौं । त्यसका लागि नदी किनारा, वन–बगैँचा वा आफूलाई मन पर्ने ठाउँमा घुम्न जान सकिन्छ । अनि आफ्नो ख्याल गरौं । आफ्नो दिमाग, मन, शरीरको ख्याल गरौ जुन जीवनको आनन्द लिनका लागि महत्वपूर्ण छन् । यिनै कुराले तपाईंलाई पुनर्ताजगी गराउन र झन् सक्षम बनाउनका लागि सहयोग गर्नेछन् ।
पछिल्लो वर्षको अनुभवलाई स्मरण गरौंः पछिल्लो वर्षका कुरालाई एकपटक सम्झ्नोस् र पत्ता लगाउनोस् कि तपाईंको सामु के के चुनौती आएका थिए र कस्तो सफलता हासिल गर्नु भएको थियो । जब तपाईंले यी दुई कुरा लाई सोच्नका लागि केही समय खर्चिनुहुनेछ, सफलताका कुरा मा ध्यान केन्द्रित गर्नु होस् । आफ्ना के कमजोरी थिए भन्ने तर्फभन्दा पनि तपाईंले के राम्रो काम गरेको थिएँ भन्ने कुरा बाट जीवनमा सफल हुनका लागि धेरै कुरा सिक्न सकिन्छ ।
आफ्नो पेशाको बारेमा जागरुक होऔंः समाचार र अन्य पुस्तिका पढेर शिक्षा क्षेत्रमा के भइरहेको छ, त्यसको बारेमा जानकारी लिनुहोस् । इन्टरनेटको माध्यमबाट शिक्षा र शिक्षण पेशामा संसारभर भइरहेका ताजा र विस्तृत जानकारी लिनुहोस् । आज बनेका विभिन्न खालका कानून भोलिको कक्षाको वातावरण फेर्ने ठूलो माध्यम बन्न पनि सक्छन् । त्यसैले नीतिनियम बारे पनि चासो दिनुहोस् । यदि विद्यार्थीका लागि केही गर्न उत्सुक र जुझरु हुनुहुन्छ भने त्यसका लागि आफूलाई तयार पार्नुहोस् ।
अद्यावधिक होऔंः आफूले पढाउने विषयको बारेमा तपाईंले धेरैभन्दा धेरै ज्ञान हासिल गरेको हुनुपर्छ । त्यसैले, आफूले पढाउने विषयमा हालसालैका निकालिएका प्रकाशनहरू खोज्नुहोस् र सकेसम्म बढी पढ्नुहोस् । यसबाट नयाँ पाठका लागि थोरै भएपनि खुराक मिल्नेछ । साथै, यसले तपाईंलाई आफ्नो विषयमा अद्यावधिक र स्तरोन्नति गर्न मद्दत गर्छ ।
अझ् राम्रो गर्न केही पाठ छानौंः तीन देखि पाँच वटा पाठहरूको छनौट गरौ, जुन पाठलाई अझ् राम्रो गर्नुपर्छ र गर्न सकिन्छ भन्ने तपाईंलाई लागेको छ । त्यो विषयलाई अझ् गहिरिएर हेर्नुपर्ने हुन पनि सक्छ, अथवा त्यसलाई पुनर्लेखन गर्नु पर्ने पनि हुन सक्छ । यी पाठको पाठयोजना बनाउन त्यसलाई फेरि एक पटक सोच्न र लेख्नका लागि एकहप्ता जस्तो समय लगाऔं ।
कक्षा–क्रियाकलापलाई पुनरावलोकन गरौंः ढिलो काम गर्ने आफ्नो बानी सुधार गर्ने बारे तपाईंको के सोचाइ छ ? पछिल्लो पटक गर्नु पर्ने कामको तयारी के हो ? त्यसको तालिका हेरौं । अनि नयाँ कक्षामा गर्नु पर्ने क्रियाकलाप लाई पनि अवलोकन गरौं, कतै तिनमा परिवर्तन त गर्नु पर्ने छैन वा समय हेरफेर गर्नु पर्ने त छैनन् ? एकपटक ख्याल गरौं ।
आफैंलाई प्रेरित गरौंः बच्चासँग केही समय बिताऔं । (बच्चा आफ्नै भएपनि हुन्छ, अथवा अरूकै भएपनि फरक पर्दैन) बच्चासँग को बसाइँले तपाईंलाई पुनर्ताजगी गराउँछ । तपाईंले नसोचेको कुरा बच्चासँग सिक्न पाउनुहुन्छ । चर्चित शिक्षकको बारेमा अथवा अभिप्रेरित गर्ने नेताहरूको बारेमा केही पढौं । उत्साह दिने खालका केही किताबहरू पढौं र भ्याएसम्म फिल्म पनि हेरौं । ठण्डा दिमागले एकपटक सोचौं, तपाईं किन यो पेशामा आवद्ध भइरहनु भएको छ ?
साथीहरूसँग भोजन गरौंः लिनुभन्दा दिनु निकै रराम्रो हो । शिक्षणका कार्यहरूमा शिक्षकले यो जान्नु आवश्यक छ कि उनीहरू कति आदरणीय व्यक्ति हुन् । तपाईंलाई प्रोत्साहन दिने शिक्षकको बारेमा सोचौं । अनि उनीहरूलाई यो थाहा हुन दिनुहोस् कि उनीहरू तिम्रो अनि विद्यार्थीको लागि कति महत्वपूर्ण व्यक्ति हुन् ।
मेलिसा केली, शिक्षक युएसए
स्रोतः www.about.com



