सन्तुष्ट छु
सिरहा देखि कसरी दोलखामा शिक्षक बन्न आइपुग्नुभयो ?
२०५० सालमा म त्रिविविमा एमएस्सी पढिरहेको थिएँ । घरबाट बेलामा परीक्षाको फारम भर्ने पैसा आएन । त्यसैबेला दोलखाका एक शिक्षक आफ्नो विद्यालयलाई गणित र विज्ञानको मावि शिक्षकको खोजी गर्दै मकहाँ आउनुभयो । त्यतिबेला मावि शिक्षकको तलब स्केल ३१०० थियो तर उहाँले ४१०० दिन्छु भनेपछि म यहाँ आइपुगेँ ।
स्कूल/कलेजमा तपाईं कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?
म प्रायः सधैं मध्यमखाले विद्यार्थी रहेँ ।
दोलखामा नै यत्रो वर्ष किन बस्नुभयो ?
शिक्षकको सरुवा प्रक्रिया निजामती कर्मचारीको भन्दा कठिन भएको ले ।
आफ्नो काममा सन्तुष्ट हुनुहुन्छ ?
निकै सन्तुष्ट छु ।
शिक्षक बनेर के पाउनुभयो ? केगुमाउनुभयो ?
शिक्षक भएर मैले विद्यार्थीको सम्मान र अभिभावकबाट माया पाएको छु । तर बुबा र आमासँगै बस्ने अवसरगुमाएको छु ।
फल शिक्षक कसरी बन्न सकिन्छ ?
विद्यार्थीमा पढाइप्रति अभिरुचि बढाएर र निरन्तर आकर्षित गर्न सकिए मात्र उनीहरूले राम्ररी सिक्दा रहेछन् । विषयवस्तुमा पकड मात्र भएर हुँदैन, विद्यार्थीको मनोविज्ञान बुझेर तदनुरुप अध्यापन गर्न सक्नुपर्छ । त्यतिले मात्र पुग्दैन, पूरा इमान दारीसाथ आफ्नो कर्तव्य पूरा गरियो भने मात्र सफल शिक्षक बन्न सकिन्छ ।
तपाईं के अर्थमा अरू शिक्षक भन्दा भिन्न हुनुहुन्छ ?
म अरूभन्दा खासै भिन्न छु जस्तो लाग्दैन । यसबारे विद्यार्थीहरू र शिक्षक साथीहरूले केही भन्न सक्छन् ।
आफ्नो विषयमा विद्यार्थीलाई कसरी आकर्षित वा उत्प्रेरित गर्नु हुन्छ ?
गणितीय जोक, शिक्षण–सामग्रीको प्रदर्शन, साप्ताहिक रूपमा टेष्ट परीक्षाजस्ता क्रियाकलाप हरूबाट विद्यार्थीमा उत्प्रेरणा जगाउने गर्छु ।
कमजोर विद्यार्थीलाई कसरी जान्ने बनाउनुहुन्छ ?
कमजोर विद्यार्थीलाई पहिले पढाइप्रति अभिरुचि जगाई गणितका आधारभूत कुरा हरू सिकाउनु पर्छ र शुरु मा सजिलो सजिलो हिसाबहरू गर्न लगाउनुपर्छ । अरूलाई भन्दा बढी अभ्यास गराउनु पर्छ । त्यसपछि विद्यार्थीहरूमा विस्तारै विश्वास बढ्दै जान्छ र क्रमशः अप्ठ्यारा हिसाबहरू पनि आफैँ गर्ने प्रयास गर्न थाल्छन् ।
शिक्षण पेशामा सबैभन्दा खुशीको र दुः खको क्षण ?
त्यस्तो खासै छैन । आफूले पढाएका विद्यार्थीहरू अरू पेशामा सफल भए’रे भन्ने सुन्दा, भेट्दा वा उनीहरूको आदर पाउँदा खुशी लाग्छ । अनि आफूले मेहेनत गरी पढाएका र राम्रा–राम्रा विद्यार्थीहरू फेल हुँदा चाहिँ दुः ख लाग्छ ।
स्वाध्यायन कत्तिको गर्नु हुन्छ ?
अलिअलि गर्छु । साँझ्–बिहान पनि पढाउने काममै व्यस्त हुनुपर्छ ।
विद्यालयको पठनपाठनमा रराम्रो बनाउन के गर्नु पर्छ ?
कक्षाकोठाको रराम्रो व्यवस्थापन र सरसफाइ हुँदा कक्षालाई आकर्षक बनाउन सकिन्छ । पाठयोजना अनुरुपको पढाइ चाहिन्छ । शिक्षण प्रभावकारी तरिकाले हुनुपर्छ । र, दैनिक गृह कार्य र त्यसको मूल्याङ्कन भयो भने कमजोर स्कूलहरूमा पनि पढाइको स्तर ह्वात्तै उकासिन्छ ।
सरकारले शिक्षाको सुधारका लागि गर्नु पर्ने तीनवटा काम ?
विद्यार्थी अनुसार शिक्षक दरबन्दी, शिक्षकहरूको कामको स्वच्छ मूल्याङ्कन र शिक्षकलाई निजामती कर्मचारीसरह सुविधा दिने ।
गृहकार्य कत्तिको जाँच्नुहुन्छ ?
पहिले थोरै विद्यार्थी हुँदा दैनिक गृह कार्य चेक गरिन्थ्यो । तर अहिले विद्यार्थी सङ्ख्या बढी भएको ले समूहगत रूपमा गृह कार्य चेक गर्ने गरेको छु ।
भविष्यको योजना के छ ?
जागिर खाने क्रममा स्नातकोत्तर गर्न बीचमा रोकियो त्यसैले अब स्नातकोत्तर गर्ने योजना छ । रराम्रोसित पढाइरहेको छु भन्ने लागुञ्जेल शिक्षण कार्यमा चाहिँ लागिरहन्छु ।



