के गरौं, के नगरौं

कक्षा–कोठा व्यवस्थापनमा प्रायः सबै शिक्षकहरूले उस्तै खालका समस्याको सामना गर्नु पर्छ । परम्परावादी शिक्षण विधि र कमजोर कक्षा–कोठा व्यवस्थापनबाट विद्यार्थीलाई उत्प्रेरित गर्न कठिन हुन्छ । कक्षा–कोठाको सही व्यवस्थापन नहुँदा विद्यार्थीमा पढ्ने–सिक्ने भन्दा विपरीत खालका क्रियाकलाप तिर लाग्ने प्रवृत्ति सिर्जना हुनसक्छ । तसर्थ सही पठन–पाठनको निम्ति कक्षा–कोठाको व्यवस्थापन पनि उचित ढङ्गले हुनै पर्छ । विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाएर शिक्षकले विद्यार्थीहरूलाई उत्प्रेरित गर्न र उपयोगी कक्षा–कोठाको वातावरण सधैँ सिर्जना गर्न सक्छन् ।

१ सबैभन्दा पहिले नियम बनाऔ

कक्षामा पहिलो दिन प्रवेश गर्दा शिक्षकले केही नियम बनाउनुपर्छ । ती नियम तर्कपूर्ण, सांस्कृतिक रूपमा संवेदनशील र सकारात्मक सिकाइलाई प्रवद्र्धन गर्ने खालका हुनुपर्छ । नियम धेरै कडा या नरम भए भने विद्यार्थीहरू विद्यालय हाता बाहिर जाने अवस्था आउन सक्छ । विद्यार्थी मात्र होइन, स्वयं शिक्षक पनि आफूले बनाएका नियम तथा मूल्य र मान्यताद्वारा बाँधिनुपर्छ । नियम र मूल्य, मान्यता अनुसरण गर्ने कुरा सिकाएर मात्र हुँदैन, त्यसलाई आत्मसात् गर्न सक्ने वातावरण तयार गर्नु पर्छ । शिक्षकले आफूबाट नियम पालनको सुरुआत गरेर मात्र उपयुक्त वातावरण बनाउन सक्छ ।

२ अनुकरणीय व्यक्ति बनौं 

कक्षा–कोठामा छिर्दा शिक्षकले (विद्यार्थीले होइन) आफूलाई हरदम अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । यदि शिक्षक मेहनती, मिजासिलो र नरम भएर कक्षामा प्रस्तुत हुन्छन् भने उनी स्वतः अनुकरणीय बन्न सक्छन् । त्यसैले आफ्नो कक्षा–कोठा कस्तो बनाउने हो त्यसमा पहिले शिक्षक स्वयंले निर्णय गर्नु पर्छ र त्यसमा अडिग रहनुपर्छ । यदि तपाइँ ठूल्ठूलो स्वरमा कराउने र विद्यार्थीलाई आफ्नो कुरा राख्न र कक्षा–कोठाको गतिविधिमा स्वतन्त्र रूपमा सहभागी हुन दिनुहुन्न भने विद्यार्थीले पनि तपाइँ र आफ्ना साथीहरूसित त्यही शैलीमा प्रतिक्रिया जनाउँछन् । त्यसकारण यदि तपाइँ शान्त कक्षाको पक्षमा हुनुहुन्छ भने पहिला आफू नरम स्वरमा बोल्ने गर्नु स् । त्यसोभए मात्र विद्यार्थीले तपाइँका कुरा सुन्नेछन् ।

३ हल्लारहित वातावरण बनेपछि मात्र पढाउन शुरु गरौं

विद्यार्थीहरूले शान्त भएर तपाइँप्रति ध्यान नदिएसम्म पढाउन नथाल्नुस् । त्यसो गर्दा विद्यार्थीले तपाइँ केही महत्वपूर्ण  कुरा भन्दै हुनुहुन्छ भन्ने विश्वास गर्छन् । त्यसैले सबै विद्यार्थी चुप लागेर आफ्ना कुरा सुन्ने अवस्थामा नपुगेसम्म पर्खनुपर्छ । त्यसपछि पनि विद्यार्थी चुप लागेनन् र तपाइँका कुरा सुन्नेतिर उनीहरूको ध्यान गएन भने तपाइँले केही निर्देशन दिनुपर्ने पनि हुनसक्छ । तर विद्यार्थीले ध्यान दिएनन् भनेर तपाइँले उनीहरूसित प्रतिस्पर्धा गर्ने सोच भने कहिल्यै बनाउनुहुँदैन । साधारणतया विद्यार्थीहरू चञ्चले स्वभावका हुन्छन् । ‘कक्षामा शिक्षक एकजना त हुन् नि ! हामी धेरै छौँ । त्यसकारण उनीसित भिड्न सक्छौँ’ भन्ने जस्ता भाव उनीहरुमा हुन्छ । यदि कक्षामा त्यस्ता थोरै विद्यार्थीहरुले आफ्नो वर्चस्व स्थापित गर्न खोजेका छन् भन्ने लाग्यो भने शिक्षकले अझै चर्को स्वरमा पढाउन थाल्नुपर्छ । त्यसो गर्दा पढ्न वा सुन्न चाहने विद्यार्थीको नैतिक दबाब सिर्जना भई हल्ला नियन्त्रित हुनसक्छ ।

तर त्यसो गर्दा हरेक विद्यार्थी सिक्ने मौकाबाट बञ्चित हुनुहुँदैन भन्ने कुरा मा शिक्षकले ध्यान दिनुपर्छ । यदि कुनै एउटा विद्यार्थीले हल्ला गरिरह्यो भने त्यो सम्भावना रहँदैन । त्यसकारण कक्षा–कोठामा शिक्षकले के भन्छन् भन्ने कुरा मा सबैको ध्यान केन्द्रित हुनुपर्छ । जब कक्षामा बढी हल्ला हुन्छ तब त्यसबेला शिक्षकको आवाज कमजोर हुन्छ । कक्षामा बढी हल्ला हुँदा अनुभवविहीन शिक्षक छन् भने उनी पनि चर्कीचर्की कराउँछन् । त्यसले कक्षामा शिक्षक र विद्यार्थीबीच को ठूलो स्वरमा बोल्ने भन्ने एकप्रकारको प्रतिस्पर्धा नै सिर्जना गरिदिन्छ । तर त्यसले अन्ततः विद्यार्थीको पठनपाठनमा नोक्सान पुर्‍याउँछ ।

४ विद्यार्थीले नियम उल्लङ्घन गरे कि गरेनन् त्यसप्रति सजग बनौं 

विद्यार्थीले सामान्य नियम तोडे भने पनि त्यसप्रति धेरै ध्यान नदिनुस् । विद्यार्थीले शायद केही प्राप्ति गर्ने इच्छाले पनि त्यसरी नियम तोडेका हुनसक्छन् । यदि उनीहरूले त्यसैमा ध्यान दिन थाले भने नियम भङ्ग गर्ने कार्यले तीब्रता पाउँछ र उनीहरू नियम भङ्ग गर्ने कार्यमा थप ध्यान दिनेछन् । तपाइँले नियमको परिधिभित्र रहने विद्यार्थीप्रति सधैँ ध्यान दिनुपर्छ । तर जसले कक्षामा नियम तोड्ने काम गर्छन्, केही क्षणका निम्ति तिनलाई नदेखे जस्तो गरिदिनुस् । यसबाट पनि तिनीहरू शान्त हुनसक्छन् ।

५ सजायको निर्णय विद्यार्थीहरूले नैगरुन्

यदि कक्षामा कुनै विद्यार्थीले नियम उल्लङ्घन गर्‍या भने ऊबाट ध्यान हटाएर पूरै कक्षालाई समेट्नुस् । तपाइँ उसलाई कस्तो सजाय दिने भनेर निर्णयमा नपुग्नुस् । कक्षाका सबै विद्यार्थीले गल्ती गर्ने साथीलाई कस्तो सजाय दिने भन्ने निर्णय गर्ने छन् । शिक्षक आफैँले एकतर्फी ढङ्गबाट सजाय दिन थाले भने कक्षाका अरू विद्यार्थी त्यसप्रति दुः खित हुनसक्छन् । त्यसैले गल्ती गर्ने लाई जब उनीहरूकै दौँतरीबाट सजायको व्यवस्था गरिन्छ, त्यसबेला उनीहरूले कसैलाई दोष दिन सक्ने छैनन् । विद्यार्थीहरूले गल्ती गर्ने साथीलाई हाँसो उठ्दो सजाय सुनाउनेछन् । कक्षामा विद्यार्थीबाट हुने गल्ती तथा अवाञ्छित गतिविधिलाई रोक्ने यो उत्तम उपाय हो ।

६ नियम उल्लङ्घन न गर्ने तरिका खोजौं 

कक्षा चलिरहँदा पटक–पटक बाहिर जान नपाउने नियम विपरीत कुनै विद्यार्थी बाहिर गएमा नियम तोड्नेलाई थोरै पैसा लिएर सजाय गरिनु उचित हुन्छ । हरेक विद्यार्थीले कक्षा चलिरहेका बेला बाहिर जानु पर्‍यो भने त्यसरी जानुअघि आफ्नो साथीलाई स्ट्रि कर (विशेष चिन्ह) दिनुपर्छ । यसो गर्नाले विद्यार्थीले नियम उल्लङ्घन गर्ने कार्य त्याग्न सक्छ । तर उसले नियम भङ्ग गर्दा त्यसबाट बच्ने मौका उसलाई दिनुपर्छ ।

७ गम्भीर बनौं 

विद्यार्थीले नियम उल्लङ्घन गर्दा शिक्षकले आफूलाई गम्भीर अवस्थामा प्रस्तुत गर्न सक्नुपर्छ । नियमहरू बताइरहँदा यदि शिक्षक हाँस्ने र विद्यार्थीसित जिस्किने गरे भने उनीहरूले शिक्षक गम्भीर छैनन् भन्ने सोच्न र हल्लाखल्ला गर्न सक्छन् । विद्यार्थीले नियम उल्लङ्घन गर्दा शिक्षक गम्भीर रूपमा प्रस्तुत भए भने गल्ती गर्ने विद्यार्थी बाहेक पूरै कक्षाको ध्यान आफूतिर तान्न शिक्षक सफल हुन्छन् ।

८ असल बानी–व्यवहार भएकालाई पुरस्कृत गरौं

सबैले थाहा पाउने गरी वा व्यक्तिगत रूपमा शिक्षकले पुरस्कार को घोषणा गर्न सक्छन् । पुरस्कार पाएपछि   विद्यार्थीले आफू सम्मानित भएको महसूस गर्छन् । त्यसैले शिक्षकले पुरस्कार दिने कुरा मा हिच्किचाहट गर्नु हुँदैन । कोही विद्यार्थी आमने– सामने तारिफ गरेको मन पराउने स्वभावका हुन्छन् भने कोही लज्जालु स्वभावका पनि हुन्छन् । उनीहरू कक्षामा सबै साथीमाझ् तारिफ गरेको रुचाउँदैनन् । त्यसकारण शिक्षकले त्यस्ता विद्यार्थी पहिचान गरेर उसको अभ्यास पुस्तिकामा उसलाई तारिफ गरेको कुरा लेखेर पनि अभिभावकलाई अवगत गराउन सक्छन् । उनीहरू कसैले पनि थाहा नपाउने शैलीको तारिफ रुचाउँछन् ।

९ विद्यार्थीले पटक–पटक नियम उल्लङ्घन गरे ? कारण खोजी गरौं

यदि कुनै विद्यार्थीले बारम्बार नियम भङ्ग गर्छ भने उसले किन त्यसो गरेको हो ? उसैसँग त्यसको कारण बुझने प्रयास गर्नु पर्छ । यसबाट निकै संवेदनशील कुरा समेत पत्ता लाग्ने सम्भावना रहन्छ । उनीहरूको समस्या कक्षाभन्दा बाहिरैको हो भने त्यस्तो समस्याको पहिचान गर्न अलि कठिन हुन्छ । त्यस्ता विद्यार्थी आफ्ना समस्या भन्न त चाहन्छन् तर कसरी बताउने भन्ने जान्दैनन् । यदि उनीहरूले बताए भने पनि साथीहरूको अनुपस्थितिमा मात्र भन्न सक्छन् । किनकि नियम भङ्ग गर्नु पर्ने बाध्यता उसको परिवारको सदस्यको गलत व्यवहार हुनसक्छ । त्यसैले ती सदस्य अप्ठेरोमा पर्न पनि सक्छन् । त्यसैले समस्याको प्रकृति थाहा पाउनुस् । यदि यस्तो प्रकारको समस्याको सामना गर्नु परयो भने त्यतिबेला कक्षा–शिक्षक मात्र नभएर प्राचार्य, विद्यालय निरीक्षक तथा अन्य शिक्षकको पनि सहयोग लिनुपर्ने हुनसक्छ । जति धेरै मानिसहरू जति चाँडै समस्याप्रति गम्भीर ढङ्गले प्रस्तुत हुन सक्छन् त्यति नै थप दुर्घटनालाई रोक्न सकिन्छ ।

१० लिने र दिने गरौं

शिक्षकले असल बानी–व्यवहार भएका बालबालिकालाई स्ट्रिकर (साङ्केतिक पुरस्कार ) द्वारा पुरस्कृत गर्ने र नियम भङ्ग गर्ने बाट दिइएको स्ट्रिकर फिर्ता लिने गर्दा रराम्रो हुनसक्छ । तर त्यसो गर्दा शिक्षक बढी सजग भने हुनै पर्छ । किनभने यदि कुनै विद्यार्थी लगातार पुरस्कार (स्ट्रिकर) बाट वञ्चित भइरह्यो भने ‘अब मैले पुरस्कार कहिल्यै नपाउने भएँ’ भनेर ऊ समग्र पुरस्कार पद्धतिबाटै टाढिने अवस्थामा पुग्न सक्छ । त्यसैले, त्यस्ता विद्यार्थीको रुचि र क्षमता पहिचान गरेर उसलाई बेग्लै पुरस्कार दिन सकिन्छ ताकि उसलाई रराम्रो छु, झन् राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास दिलाउन सकियोस् ।

११ पुरस्कारको लागि छान्दा र हटाउँदा विशेष ध्यान दिऔं 

पुरस्कारको छनोट गर्दा स्वयं बालबालिकालाई नै संलग्न हुन दिऔं  । यदि कुनै विद्यार्थी असल छ भने उसैका साथीलाई उसको नाम कालोपाटीमा लेख्न दिनुस् या कालोपाटीमा ताराको कुनै सङ्केत दिन भन्नुस् । यदि विद्यार्थीले शिक्षकले भनेको नमानिकन नियम तोड्यो भने कालोपाटीबाट उक्त तारा हटाउन लगाउनुस् । त्यसपछि त्यो कार्य दोहोर्‍याइरहन लगाउनुस् आखिर उसैका साथीहरूले नै उसलाई पुरस्कार दिन हुन्न भन्दै उल्टै गाली गर्न थाल्नेछन् । सहपाठीको दबाबमा परेर पुरस्कार त्याग्न ऊ बाध्य हुन्छ तर खिन्न हुँदैन । किनभने कक्षाका साथीभाइसँग उसको बीचमा यस्तो भइरहन्छ ।

१२ भाषालाई सिर्जनात्मक बनाउन प्रेरित गरौं 

भाषासँगै विद्यार्थीलाई सिर्जनात्मक हुन सिकाउनु स् । पढाउनु भनेको पीडा दिनु होइन, खुसी र आनन्द दिनु हो । भन्न खोजेको कुरा लार्ई सिर्जनात्मक शैलीमा बुझाउनु पनि हो । त्यसमा विद्यार्थीको आँखा ट्वाक्कै परिहाल्छ र भाषाको त्यो प्रकारको सिर्जनात्मक शैलीमा विद्यार्थीले मज्जा मानेर सिक्न सक्छन् । गल्ती गर्दा उनीहरू सच्याउन पनि सक्नेछन् । गल्तीलाई सजायका रूपमा बालबालिकालाई बुझइनु हुँदैन, त्यसबाट पनि सिक्न सकिँदो रहेछ भन्ने उनीहरूमा छाप परोस् ।

१३ पुरानो कक्षा, नयाँ नियम

यदि तपाइँ केही नयाँ नियम बनाउँदै हुनुहुन्छ भने केहीबेर व्याख्या गरिसकेपछि मात्र त्यस्तो नियम बनाउनु उपयुक्त हुन्छ । कक्षा शुरु हुने अवधिमा तपाइँ किन नयाँ नियम बनाउँदै हुनुहुन्छ भन्ने बारे विद्यार्थीलाई बुझाउनुस् । यसले सिकाइमा मद्दत गर्ने छ भन्ने कुरा उनीहरूलाई बुझाउनु जरुरी हुन्छ । कक्षामा विद्यार्थीसित बसेर नियम नबनाउनुस् । कक्षाबाट विद्यार्थीलाई केहीबेरका लागि बाहिर पठाएर वा आफू बाहिरिएर नयाँ नियम बनाउने जिम्मेवारी उनीहरूलाई दिनुस् । त्यसले तपाइँलाई नयाँ नियमसहितको नयाँ शिक्षकका रूपमा विद्यार्थी माझ् उभिन मद्दत गर्ने छ । यसले नयाँ नियममा कक्षा सञ्चालन भएको जनाउँछ । यसरी एकपटक नयाँ नियम बनाइसकेपछि फेरि तपाइँले पहिलेकै कुरा गर्ने र समस्याहरू राख्ने बानी त्याग्नुपर्छ । तपाईंले पनि आफूलाई नयाँ नियममा ढाल्नुपर्छ ।

१४ राम्ररी सम्झाऔं

कक्षा शुरु हुनुअगाडि नै आफूले के पढाउन चाहेको हो र कसरी पढाउने हो भन्ने ‘ले– आउट’ गर्नु स् । यसो गर्दा विद्यार्थी के चाहन्छन् भन्ने बुझन सजिलो हुन्छ । कक्षा अवधिमा उनीहरूले कति सिके भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्नेछन् । कक्षा–कोठाको काम सक्नासाथ विद्यार्थीले खेल्न सक्छन् । यसले कक्षालाई बढी रमाइलो पारिदिन्छ । यसले विद्यार्थीलाई कम समयमा पाठ सिध्याउन प्रेरणा दिनेछ । ढिलो पाठ सिध्याउने विद्यार्थीलाई पनि कक्षा अवधि सकिनु केहीबेर अघि भएपनि खेल्ने मौका दिनुपर्छ । यसो गर्दा ढिलो पाठ सिध्याउने विद्यार्थीलाई खेल्ने हो भने अर्को पटक चाँडो पाठ सिध्याउ भन्न सकिन्छ । त्यसरी कुनै विद्यार्थीले पुनः चाँडो पाठ सिध्याए भने तिनलाई पुरस्कार स्वरुप खेल्ने अनुमति दिनुपर्छ ।

१५ फुर्सदको समय सदुपयोग गर्न प्रेरित गरौं

जुन विद्यार्थीले आफ्नो गृह कार्य वा कक्षा– कार्य समयमा पूरा गर्न सक्दैनन् तिनलाई शिक्षकले हाफ टाइममा उक्त कार्य सम्पन्न गर्न भन्नुपर्छ । तर यसले उनीहरूको साथीभाइसँगको छलफल लाई भने छोट्याइदिन्छ । विद्यालय छुटेपछि उसका साथीभाइसँग भेटघाट हुन गाह्रो पर्छ । त्यसकारण हाफ टाइम वा कक्षा खाली भएको बेला साथीभाइसँग घुलमिल गर्ने उसको महत्वपूर्ण समय पूरै कक्षाकार्यमा लगाउन नहुने कुरा मा पनि शिक्षक सजग भने हुनैपर्छ । यी दुवै कामलाई सन्तुलित रूपमा गर्न विद्यार्थीलाई उत्प्रेरित गर्नु पर्छ ।

१६ माथिल्लो र तल्लो कक्षालाई एकै ठाउँमा मिसाएर पढाउन पर्‍यो भने...

माथिल्लो र तल्लो कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा मिसाएर पढाउन निकै कठिन हुन्छ । तल्लो कक्षाका विद्यार्थीप्रति केन्द्रित भएर पढाउँ भने माथिल्लो कक्षाका विद्यार्थीलाई पट्यार लाग्छ । त्यसै गरी माथिल्लो कक्षाका विद्यार्थीलाई केन्द्रित गरेर पढाउँदा तल्लो कक्षाका विद्यार्थीहरूलाई ध्यानाकर्षण गर्न कठिन हुन्छ र कक्षा नै अस्पष्टतामा रुमल्लिन पुग्छ । यदि कहिलेकाहीँ त्यस्तो कक्षा सञ्चालन गर्नै परयो भने तपाइँले प्राथमिक, मावि र उच्च माविका विद्यार्थीका लागि अलग– अलग पाठयोजना गर्नु पर्नेछ । सानो कक्षाका विद्यार्थीलाई सरलीकृत र ठूलो कक्षाको विद्यार्थीलाई जस्तोः प्राथमिकका विद्यार्थीलाई ‘जोन वाक टू स्कूल’, माविका विद्यार्थीलाई ‘जोन विल वाक टू स्कूल’ र उच्च माविका विद्यार्थीका लागि ‘जोन वाज् वाकिङ् टू स्कूल’ भनेर एकैठाउँमा एउटै वाक्य पढाउन सकिन्छ ।

१७ समूहगत कार्य गराऔ

विद्यार्थीहरूलाई कक्षामा समूह वा जोडी बनाएर कक्षाकार्य गर्न लगाउनै पर्छ । विषयवस्तु बुझाउने र त्यसलाई आत्मसात् गराउने यो उत्तम विधि हो । समूहगत कार्यबाट विद्यार्थीले आफूले जानेको कुरा साथीलाई भन्न र साथीले जानेको कुरा बाट सिक्न पाउँछन् । विद्यार्थीको रुचि बुझेर  शिक्षकले त्यस्तो समूह वा जोडी चयन गर्नु पर्छ । त्यसरी समूहमा कक्षाकार्य गर्न ल गाउँदा चलाख विद्यार्थीबाट अन्यले गरेका गल्तीलाई सच्याउने अवसर प्राप्त हुन्छ । मेधावी विद्यार्थीले सजिलो कार्य अरूलाई गर्न लगाउन सक्छन् र भाषाको प्रयोग बारे पनि व्याख्या गर्न सक्छन् ।

१८ अनुगमन गरौं

कक्षामा पढाउँदा शिक्षकले किलोगाडिए झैं  एकैठाउँमा बसेर भटभट्याउने होइन । अघिल्लो बेञ्च देखि अन्तिम बेञ्चसम्म हिँड्दै र दुवैतिर का विद्यार्थीलाई हेर्दै पढाउनु पर्छ । त्यसो भयो भने मात्र विद्यार्थीहरूको ध्यान आफूतिर खिच्न सकिन्छ । यदि विद्यार्थीलाई आकर्षण गर्न नसकिएको समस्या हो भने शिक्षकले खाली अगाडि को पंक्ति वरपर उभिने र नजिकैका विद्यार्थीमा मात्र ध्यान दिने बानी त्याग्नुपर्छ । कक्षाको पछाडि उभिएर अनुगमन गर्दा कसको ध्यान कता गइरहेको छ भनेर ठम्याउन सजिलो पर्छ । त्यसो गर्दा पनि धेरै विद्यार्थीको ध्यान आफूतिर खिच्न सकिएन भने शिक्षकले आफूले अपनाउँदै आएको शिक्षण विधि, पाठयोजना र अतिरिक्त क्रियाकलाप का शैलीमा समेत परिवर्तन गर्नु पर्ने हुनसक्छ । त्यसैले शिक्षकले विद्यार्थीलाई गाली गर्ने वा अपजस दिने काम गर्ने होइन, आफ्नो कमी–कमजोरी पहिल्याउन आत्मचिन्तन गर्नु पर्छ ।

१९ समयको पनि ख्याल गरौं है !

बाल विकास केन्द्रमा जाने उमेरका विद्यार्थीलाई हरेक पाँच देखि दश मिनेटमा फरक–फरक क्रियाकलाप गराउनु पर्छ । प्राथमिक तहका विद्यार्थीलाई हरेक दश देखि पन्ध्र मिनेटमा फरक–फरक क्रियाकलाप गराउनु पर्छ । निम्न माध्यमिक तहका विद्यार्थीलाई बीस–बीस मिनेटको अन्तरालमा त्यस्ता क्रियाकलाप हरू गराउनु पर्छ । तर माध्यमिक तह वा सोभन्दा माथिको उमेरका विद्यार्थीलाई भने एक घण्टासम्म पढाउँदा पनि हुन्छ । ती विद्यार्थीलाई श्रव्य–दृश्य सामग्रीको प्रयोग गरेर पढाउँदा त्योभन्दा बढी समय पनि लाग्न सक्छ । आफूलाई मन नपर्ने विधि अपनाएर पढाउँदा विद्यार्थीहरूको अभिरुचि छिट्टै घट्न सक्छ । कसैलाई शारीरिक व्यायाम गर्न मनै छैन भने उसलाई त्यसो गर्न ल गाउँदा उसको ध्यान जाँदैन । त्यस्तै कसैलाई सुन्न र कसैलाई हेर्न मन लागेको छैन भने धेरैबेर त्यसमा उसको ध्यान केन्द्रित गर्न अप्ठेरो हुन्छ । त्यसकारण कुन समय, कति समय, के गर्ने हो भन्ने कुरा मा शिक्षक सधैँ सजग हुनुपर्छ ।

२० कक्षा शुरु हुनुअघिको छोटो शारीरिक व्यायाम गराऔं

छोटो अवधि (१०–१५ मिनेट) को शारीरिक व्यायामले दिमागमा अक्सिजन प्रवाहमा वृद्धि गर्द छ । त्यसबाट दिमागको क्रियाकलाप वृद्धि हुन्छ र त्यसले सिक्ने अभिरुचि ज गाउँछ । कलिलो अवस्थामा रहेको विद्यार्थीको दिमागले कुरा छिट्टै टिप्छ र सकारात्मक ढङ्गले प्रतिक्रिया जनाउँछन् । माथिका केही विधि र तरिकाहरू अनुसरण गर्दा शिक्षकले कक्षा–कोठालाई सकारात्मक र उत्सुक तुल्याउन सक्छन् । कक्षामा रराम्रो वातावरण सिर्जना गरी पढाउँदा विद्यार्थीहरूले आफू सम्मानित भएको महसूस पनि गर्छन् । त्यसले नियमको पालना गर्न तिनलाई प्रोत्साहित समेत गर्छ । त्यस्तै, गल्ती गर्दाको परिणाम र सजायलाई पनि उनीहरू सजिलैग्रहण गर्न थाल्छन् । यदि पूरै कक्षाको ध्यान सिकाइ–विधिमा गएन भने शिक्षकले तत्काल त्यो विधि बदलेर नयाँ विधि अपनाउनुपर्छ । पुरानै ढर्रालाई निरन्तरता दिएर उल्टै विद्यार्थीलाई सजाय दिने गर्नु हुँदैन ।

शिक्षकले कक्षाका हरेक विद्यार्थीको सिक्ने अधिकारको सम्मान गर्नु पर्छ । एउटा तरिकाले सिकाउँदा सिकेनन् भने अर्को तरिकाले पढाउनु पर्छ । त्यसले पनि भएन भने अझ् नयाँ तरिका खोज्नुपर्छ । तर विद्यार्थीलाई ‘सिक्न खोजिनस्’ भनेर किमार्थगाली गर्नु हुन्न । यदि शिक्षकको ध्यान विद्यार्थीप्रति केन्द्रित भएको छ भने हरेक विद्यार्थीमा उत्प्रेरणा जाग्नेछ र उनीहरूले सिक्नेछन् । र, शिक्षा हासिल गर्ने लक्ष्यमा उनीहरू सफल बन्नेछन् । यो सबै कार्यमा शिक्षक एउटा प्रभावशाली सहजकर्ता मात्रै हो ।   

(अष्ट्रे लियन शिक्षक तथा उपप्राध्यापक अव्रे नील लिभरेजको अनुभवमा आधारित लेखबाट ) 

भावानुवादः ध्रुब सिम्खडा

commercial commercial commercial commercial