अब पीएचडी गर्नुछ

पढाइका हिसाबले स्कूलमा कस्तो विद्यार्थी हुनुहुन्थ्यो; एस्एल्सी कुन श्रेणीमा पास गर्नु भयो ?
म औसत नै थिएँ । एसएलसी देखि बीएस्सीसम्म दोस्रो र स्नातकोत्तर चाहिँ प्रथम श्रेणीमा उत्तीर्ण गरें ।

शिक्षक किन र कसरी बन्नु भयो ?
पढाइ सकिन नपाउँदै विवाह गरियो । केही सोच्न नपाउँदै जागिरको ‘अफर’ आयो, त्यसपछि शिक्षक बनेँ । अस्थायी नियुक्ति भएको ले प्रतिस्पर्धा गर्नु परेन ।

के विषय पढाउनु हुन्छ ?
माविमा विज्ञान र निमाविमा गणित ।

के कति तालिम लिनुभयो ?
थुप्रै । २०४२ साल देखि तालिम लिन थालेको, अहिले पनि लिइरहेकी छु ।

तपाइँमा अन्तरनिहित प्रतिभा के हो ?
सानो ठाउँमा बसेकोले खासै प्रतिभा देखाउने अवसर पाएकी छैन । विद्यार्थीलाई ‘कमाण्ड’ गर्न सक्नु नै मेरो खुबी हो जस्तो लाग्छ ।

अरू शिक्षकभन्दा तपाइँ के कुरा मा भिन्न हुनुहुन्छ ?
विद्यार्थीलाई छोरा–छोरी समान व्यवहार गर्छु । शिक्षण सामग्रीको प्रयोगसहित अन्तरक्रियात्मक तरिकाले पढाउँछु ।

विद्यार्थीलाई अनुशासनमा राखेर पढ्न प्रेरित गर्ने विशेष उपाय पनि छन् ?
छन् । प्रत्येक विद्यार्थीलाई स्नेहपूर्वक व्यवहार गर्ने र अटेर गर्न खोज्ने विद्यार्थीको पृष्ठभूमि बुझेर उसलाई सम्झउने गर्नु पर्छ । विद्यार्थीलाई जिम्मेवार हुन प्रेरित गर्नु पर्छ । शिक्षक आफू पनि अनुशासनमा बस्नुपर्छ । जब शिक्षक अनुशासनमा बस्छ, विद्यार्थी पनि विस्तारै अनुशासनमा आउँछ । मेरो अनुभवले त्यही भन्छ ।

कमजोर विद्यार्थीलाई कसरी माथि उकास्ने ?
सबैभन्दा पहिले जान्ने हुन सकिन्छ भन्ने आत्मविश्वास भर्नुपर्छ । म स्कूल पढ्दा मेरा गुरुहरूले ‘आशा तिमी विज्ञान पढ्न सक्दिनौ’ भन्थे । तर मैले त राम्रैसँग पढ्न सकेँ नि भनेर सफलताका उदाहरणहरू दिने गर्छु । त्यसले विद्यार्थीहरूलाई उत्प्रेरणा मिल्दोरहेछ । आवश्यक पर्दा अभिभावकसँग पनि भेटेर छलफल गर्ने गरे की छु ।

सबैभन्दा खुशी क्षण कुन हो ?
कक्षाकोठामा पसेपछि पढाएको कुरा विद्यार्थीले राम्ररी बुझेको भान भयो भने त्यो नै सबैभन्दा बढी खुसीको क्षण हुन्छ । आफू खुसीहुँदा विद्यार्थीलाई अझ् हौसला दिइन्छ । उनीहरूको प्रतिभा उजागर गरिन्छ । म यस्तो खुसी श्रीमान , ससुरा र छोरीहरूसँग पनि बाँड्छु ।

कोर्सभन्दा बाहिरका किताब कत्तिको पढ्नुहुन्छ ?
फुर्सद निकालेर पढ्छु । रराम्रोसित बुझाउन पढ्नै पर्छ । कर्ण शाक्यको सो च र सोमराज बुढाथोकीको दण्डहीनता पछिल्लो समयमा पढेका पुस्तक हुन् ।

सफल शिक्षक बन्नका लागि पढ्नुपर्ने शिक्षा सम्बन्धी पाँच वटा पुस्तकको नाम ?
चिरञ्जीवी शर्माको शिक्षाको दर्श  नः शास्त्रीय र समाज शास्त्रीय आधार, चन्द्रबहादुर श्रेष्ठको शिक्षाको परिचय, उपेन्द्र कार्कीको शिक्षा मनो विज्ञान, डा. वासुदेव काफ्लेको शै क्षिक व्यवस्थापन र सङ्गठनात्मक व्यवहार र स्वयंप्रकाश जबराको शिक्षामा मापन तथा मूल्याङ्कन ।

महिला भएर शिक्षक बन्दा थप कठिनाई भोग्नुभएको छ ?
छ । तीन छोरीहरू हुर्काउन र घरको कामका कारण मैले निकै कठिनाई भोग्नु परयो । छोरीहरूलाई ८ बजेसम्म पढाएर आफू पनि स्कूल जान्थेँ । र टिफिनमा घर आएर सानो बच्चालाई दूध खुवाउने देखि लुगा धुनेसम्मगर्थें । महिला शिक्षकले भोग्नुपर्ने यस्ता समस्या समाधान गर्न सहयोगी राख्नु अनिवार्य छ ।

शिक्षण पेशाको मर्यादा कसरी बढाउन सकिएला ?
आफ्नो विषयमा दक्ष र लगनशील भए यो पेशाको मर्यादा कायम राख्न सकिन्छ ।

अरू शिक्षकलाई के भन्नुहुन्छ ?
कुनै कुनै विद्यार्थीको स्वभाव नरराम्रो भए पनि तिनलाई रराम्रो बनाउने काम शिक्षककै हो । विद्यार्थीको उन्नतिमा समर्पित भएर लाग्नुपर्छ । शिक्षक बनिसकेपछि त्यो गर्नैपर्छ ।

भावी योजना के छ ?
अब लैङ्गिक विषयमा पीएचडी गर्ने ।

commercial commercial commercial commercial