जेहेन्दारलाई कसरी भित्र्याउने

आफ्नो सफलताका लागि शिक्षकहरूको एकदमै महत्वपूर्ण भूमिका रहेको अनुभव गर्ने ती प्रतिभाशाली विद्यार्थीहरू किन शिक्षक बन्न चाहन्नन् त ?

  • २०६१ सालको एसएलसी ‘बोर्ड फस्ट’ काभ्रे, पनौतीका समिर श्रेष्ठ (२०) अहिले काठमाडौं विश्वविद्यालय मेडिकल कलेज (कुम्स) मा एमबीबीएस पढिरहेका छन् । आफैंले पढेको स्कूलमा चार महिना विज्ञान पढाएका समिरको भविष्यमा भने शिक्षक बन्ने योजना छैन । “म समाज मा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु । शिक्षक बन्दा मेरो त्यो पहिचान बन्छ भन्ने लाग्दैन ।” उनी भन्छन् ।
     
  •  ललितपुरको रातो बङ्गला स्कूलबाट गत वर्ष ७९.७ प्रतिशत ल्याएर एसएलसी सकेकी महाराजगञ्जकी आस्था पोखरेल (१६) अहिले ‘ए’ लेभल पढ्दैछिन् । एमबीएस पढ्ने लक्ष्य लिएकी आस्था पनि भन्छिन्, “शिक्षक बन्ने मेरो रुचि छैन ।
     
  • गत वर्षको एसएलसीमा बझङ्गबाट विशिष्ट श्रेणीको अङ्क (८४.५ प्रतिशत) ल्याएकी राधिकागिरी लिटिल एञ्जेल्स स्कूलमा कक्षा ११ मा विज्ञान पढ्दैछिन् । उनको लक्ष्य डाक्टर बन्ने छ ।
     
  • काठमाडौं कलङ्कीका समिर दाहाल (१८) ले २०६३ सालमा रातो बङ्गला स्कूलबाट एसएलसीमा ७९ प्रतिशत अङ्क ल्याए । सोही स्कूलमा ‘ए’ लेभलमा विज्ञान पढिरहेका दाहाल वायो–टेकमा उच्च शिक्षा हासिल गर्न चाहन्छन् । “यो क्षेत्रमा केही नयाँ कामगरौं भन्ने सोचले मैले यो विषय लिएको हुँ”, उनको पनि ‘जीवन एजेण्डा’ मा शिक्षक पर्दैन ।

फरक–फरक ठाउँ र स्कूलका श्रेष्ठ, पोखरेल,गिरी र दाहाल बीच शैक्षिक योग्यता र जीवन लक्ष्यमा स्पष्ट समान ता भेटिन्छ । चारै जनाले एसएलसीमा रराम्रो अङ्क ल्याएका छन् र ती कोही पनि शिक्षक बन्न चाहँदैनन् । प्रस्तुत दृष्टान्तले विशिष्ट र प्रथम श्रेणीमा एसएलसी सकेका नयाँ पुस्ताका युवाहरूमा शिक्षण पेशाप्रति आकर्षण नरहेको छर्लङ्ग हुन्छ । यी सबै किशोर किशोरीहरू आफू मेधावी विद्यार्थी हुनुमा र यहाँसम्म आइपुग्नुमा आफ्ना शिक्षकहरूको सबैभन्दा महत्वपूर्ण हात रहेको स्वीकार त गर्छन् तर आफू पनि त्यस्तै शिक्षक बन्ने कल्पना गर्दैनन् । समिर भन्छन्, “मलाई वैज्ञानिक बन्ने सपना देख्ने अवस्थासम्म ल्याउन मेरा शिक्षकहरूको महत्वपूर्ण योगदान छ । शिक्षकहरूबाट मैले रराम्रो शिक्षा नपाएको भए मैले यत्रो सपना देख्न सक्ने थिइनँ ।” आस्था थप्छिन्, “म आज जे छु, गुरुहरूकै कारण हुँ । उहाँहरूले मलाई उत्प्रेरणा नदिनुभएको भए म कसरी डाक्टरको सपना देख्न सक्ने हुन्थे र !”

किन छैन आकर्षण ?

आफ्नो सफलताका लागि शिक्षकहरूको त्यति महत्वपूर्ण भूमिका रहेको अनुभव गर्ने ती प्रतिभाशाली विद्यार्थीहरू आफैं चाहिँ किन शिक्षक बन्न चाहन्नन् त ? यिनको मनमा किन कहिल्यै शिक्षक बन्ने सपना पैदा भएन त ? यसका धेरै कारण छन् ।

अष्ट्रेलियामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी बसुन्धराकी अजितागौतम (१८) ८ कात्तिकमा शिक्षा मन्त्रालय परिसरमा नो अ ब्जेक् स न ले ट र लिन लाइनमा कुरिरहेकी भेटिइन् । उनलाई सोधियो, “शिक्षक हुन छाडेर किन अष्ट्रेलिया ?” उनको जवाफ थियो, “तलब कम, स्कोप पनि कम छ । त्यसैले शिक्षक बन्न मन छैन ।”

मनोविज्ञहरूका अनुसार हरेक व्यक्ति आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छ । ज्ञान र क्षमता भएका प्रतिभाशाली व्यक्ति (जो पढाइमा पनि अगाडि हुन्छन्) मा आत्मविश्वास बढी हुने भएकाले यस्ता युवाहरूमा त्यस्तो आकाङ्क्षा अरूको भन्दा बढी हुन्छ । त्यसैले यस्ताले केही नयाँ र विशेष काम गर्न चाहने मानिन्छ ।

एसएलसी बोर्ड फस्ट समिर श्रेष्ठको कथनबाट पनि यसको पुष्टि हुन्छ । उनी भन्छन्, “म समाज मा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु । शिक्षक बन्दा मेरो त्यो पहिचान बन्छ भन्ने लाग्दैन । त्यसैले म शिक्षण पेशामा आकर्षित नभएको हुँ ।” (

नेपाली समाज मा केही दशकअघिसम्म शिक्षकको छुट्टै आदर र सम्मान थियो । शिक्षण पेशालाई सम्मानित पेशाका रूपमा हेरिन्थ्यो । तर यताका वर्षमा यो पेशाले आदर र सम्मान गुमाउँदै गएको देखिन्छ । यसो हुनुको मुख्य कारण शिक्षक छनोट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय नबनाइनुलाई मानिएको छ । २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति शुरु हुनुअघि धेरैजसो विद्यालय समुदायले सञ्चालनगर्थे र शिक्षक पनि समुदायले न छान्थ्यो । शिक्षक बन्ने योग्यता पुगेका मानिस न्यून भएका कारण तिनताक छिमेकी देश भारतबाट समेत जनशक्ति ल्याएर शिक्षक बनाइन्थ्यो । जनशक्ति कम भएकाले त्यतिबेला प्रतिस्पर्धा नहुनु स्वाभाविकै हो । तर २०४० को दशकयता नेपालमा प्रशस्त योग्य जनशक्ति उत्पादन भइरहेको छ । तर पनि शिक्षक छनोट प्रतिस्पर्धी र गुणस्तरीय बन्न सकेको छैन । २०३६ सालको शिक्षक आन्दोलन, २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि शिक्षक छनोट प्रतिस्पर्धाका आधारमा नभई राजनीतिक निर्णय र प्रभावका आधारमा बढी हुन थाल्यो, जसमा योग्य र अयोग्यका बीच खासै अन्तर थिएन । त्यस माथि अस्थायी नियुक्ति पाएका शिक्षकहरूलाई स्वतः स्थायी गर्ने निर्णय पनि गरियो । शिक्षा मन्त्रालयद्वारा २०५२ सालमा क्षेत्रीय र जिल्लास्तर मा गठित छनोट समितिले लिएको परीक्षामा यति धेरै अनियमितता र राजनीतिकरण भयो कि करीब १४ हजार पदका लागि भएको प्रतिस्पर्धामा प्रचलित मान्यतालाई तिलाञ्जली दिएर ३३ अङ्क ल्याउने जति सबै (८४ हजार) जनालाई

...............................................................................

“आइडिया ड्र गरे”

— लक्ष्मण शर्मा, प्रअ सत्यवती उच्चमावि, धादिङ

तपाईले आफ्नो स्कूलमा जेहेन्दार विद्यार्थीलाई शिक्षक बनाउन थाल्नुभएको छ रे नि ?

हराम्रो स्कूलमा कसरी राम्रा शिक्षकहरू ल्याउने र स्कूलको पढाइको गुणस्तर बढाउने भनेर उपायहरूको खोजी गर्दैथिएँ । त्यस्तैमा एक दिन पोखरामा एउटा जापानी संस्थाको अग्रसरतामा देशका विभिन्न जिल्लाबाट जेहेन्दार छात्राहरू ल्याएर पढाउने र पढाइसकेपछि पुनः आ–आफ्नै गाउँमा ल्याएर शिक्षक बनाउने गरेको थाहा पाएँ । त्यसबाट आइडिया ड « गरेर मैले हाम्रै स्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका गरिब र जेहेन्दार विद्यार्थीलाई विद्यालयको आर्थिक सहयोगमा स्नातक तहसम्म अध्ययन गराउने कार्य शुरु गरियो । स्नातक उत्तीर्ण गरिसकेपछि विद्यालयको निजी स्रोतमा शिक्षक नियुक्त गरियो । त्यस्तै अहिले बिहान ११ र १२ कक्षामा छात्रवृत्तिमा पढ्न दिएर त्यस्ता केही विद्यार्थीलाई दिउँसो स्कूलमा पढाउन लगाइएको छ । २०५९ सालबाट शुरु भएको यो काम अहिले पनि जारी छ ।

अहिलेसम्म कति जनालाई शिक्षक बनाउनुभयो त ?

करिब १० जना जतिलाई बनाइयो । अरु १० जना जति छिमेकका प्राथमिक र निम्नमाध्यमिक स्कूलहरूमा एडजस्ट गरियो । त्यसो गर्दा ती स्कूलको स्तर उकासिन थाल्यो । हामीले पनि माथिल्लो तहमा राम्रा विद्यार्थी पाउन थाल्यौं ।

अरु फाइदा पनि होलान् नि ?

छन् । आर्थिक कारणले पढाइ छोड्न बाध्य जेहेन्दार विद्यार्थीहरूको पढाइ अगाडि बढ्न पायो र उनीहरूले स्नातकसम्म गर्न पाए । उनीहरू शिक्षक हुँदा विद्यार्थीहरूले पनि तगडा, जाँ गरिला र केहीगरौं भन्ने भावनाका युवा शिक्षक पाए । आफूलाई नै पढाउने शिक्षकहरूसँग काम गर्दा उनीहरूको आत्मबल र आत्मसम्मान मा वृद्धि भयो, सिक्न–सिकाउन सहज भयो । भविष्यमा स्कूलको नेतृत्व गर्ने गरी उनीहरूको नेतृत्व विकास पनि हुँदैछ ।

समस्या आइलागेका छन् ?

तिनलाई लामो समयसम्म शिक्षकमै टिकाउने समस्या छ । किनभने निजी स्रोतमा त स्थायी शिक्षकले पाउने सुविधा हुँदैन । अनि उच्च शिक्षा पूरा गर्नका लागि राजधानी जान मन गर्छन् ।

कसरी समाधान होला ?

योग्यता, क्षमता र अवसरबीचको न्यायोचित सम्बन्ध स्थापित नभइसकेको हराम्रो समाज मा कम्तीमा शिक्षण क्रियाकलाप मा यो सम्बन्ध स्थापित गरिहाल्नुपर्छ । अर्थात् म योग्य भएकाले अन्त कहीँ नभए पनि शिक्षण पेशामा स्थापित हुन्छ भनेर ढुक्क हुनसक्ने वातावरण बनाउनुपर्छ ।

...............................................................................
----------------------------------------------------------------------

‘समाज को ओरिएन्टेशन नै बदल्नुपर्छ’

समिर श्रेष्ठ एसएलसी बोर्ड फस्ट, २०६१

पढाइ कहाँ पुग्यो ?

अहिले धुलिखेल मेडिकल कलेजमा एमबीबीएस गर्दैछु ।

तपाईं यहाँसम्म आउन शिक्षकको कस्तो भूमिका रहेको ठान्नुहुन्छ ?

धेरै नै महत्वपूर्ण भूमिका छ । उहाँहरूले मलाई सही तरिकाले सही कुरा नसिकाउनु भएको भए म कसरी बोर्ड फस्ट हुनसक्थेँ र ? उहाँहरूले हामीलाई सेल्फ लर्नि ङ ए परो च बाट पढाउनु भयो । कुनै पनि पाठ पहिला हामी विद्यार्थीले पढ्थ्यौं, आ–आफूले बुझेको कुरा कक्षामा छलफल गथ्र्यौं र हामीहरूले नजानेका वा नबुझेको कुरा मात्र शिक्षकले बुझाउनुहुन्थ्यो । अतिरिक्त समयमा पनि हामीलाई सिकाउनु भयो । शिक्षकहरू हरदम कसरी हामीलाई जान्ने र रराम्रो विद्यार्थी बनाउने भन्नेमा प्रयत्नशील हुनुहुन्थ्यो । एउटा मानिसको सफलता वा असफलतामा स्कूलका शिक्षकको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुँदोरहेछ ।

तपाईको विचार मा शिक्षक के हो ?

विद्यार्थीलाई दिशानिर्देश गर्ने र सत्मार्ग देखाउने व्यक्ति हो शिक्षक । शिक्षकले विद्यार्थीमा आत्मविश्वास भर्ने र नयाँ कुरा सिक्न सधैं प्रेरित गर्छन् ।

तपाई आफैं चाहिँ शिक्षक नबन्ने ?

म समाज मा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु । शिक्षक बन्दा मेरो त्यो पहिचान बन्छ भन्ने लाग्दैन ।

शिक्षकको चाहिँ पहिचान नै हुँदैन ?

शिक्षकको जति आदर र सम्मान हुनुपर्ने हो, त्यति छैन । डाक्टर र इन्जिनियरलाई सबैभन्दा बढी महत्व दिइन्छ । जुन पेशामा बढी सम्मान हुन्छ, ट्यालेन्ट विद्यार्थीले त्यही रोज्छ । हराम्रो समाज मा शिक्षकले भूमिका अनुसारको सम्मान पाउन सकेका छैनन् ।

तपाईंजस्ता प्रतिभाशाली विद्यार्थीलाई शिक्षक पेशामा आकर्षित गर्न सकिएला ?

सकिन्छ । तर त्यसका लागि केही पूर्व शर्तहरू छन् । सबभन्दा पहिले, पढाउने काम समाज को सबैभन्दा मर्यादित र सम्मानित काम हो भन्ने मान्यता स्थापित गर्नु पर्छ । समाज मा शिक्षकलाई सफल मानिस मानिँदैन । डाक्टर, इन्जिनियर, वैज्ञानिकलाई मात्र सफल ठानिन्छ । समाज को योगलत सोच हो । समाज को मान्यता र ‘ओरिएन्टेशन’ नैगलत छ, त्यसलाई बदल्नुपर्छ । मेरिट वेसिसमा शिक्षकको नियुक्ति हुनुपर्छ । रराम्रोसँग जीवन धान्ने तलब/सुविधा हुनुपर्छ । त्यति भयो भने ट्यालेन्ट व्यक्ति पनि शिक्षण पेशामा ढुक्कले आउँछन् ।

रराम्रो तलब/सुविधा भनेको कति ?

डाक्टरको भन्दा बढी ।

----------------------------------------------------------------------

अन्तरवार्ताका लागि छनोट गरियो । त्यसको नतिजा आठ वर्षपछि मात्र निस्कन सक्यो । जबकि लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा बढीमा ६ महिनाभित्र यो नतिजा निस्किसक्थ्यो ।

२०५२ सालयता शिक्षक छनोट प्रतिस्पर्धाको आधारमा भएको छैन । ८ वर्ष पुरानो छनोटको काम टुङ्ग्याएपछि शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गर्न खोजे पनि अस्थायी शिक्षकको दबाबमा रिक्त दरबन्दीमध्ये दुवै पटक ५०/५० प्रतिशत स्थानमा अस्थायी शिक्षकका बीचमा मात्र प्रतिस्पर्धागरायो । उदेकलाग्दो कुरा के छ भने, रिक्त रहेका पदमा खुला प्रतिस्पर्धा कहिले कहिले हुन्छ भनेर न शिक्षक सेवा आयोगले क्यालेण्डर बनाउन सकेको छ, न त शिक्षा मन्त्रालय आयोग नै स्वायत्त र प्रभावकारी संस्थाको रूपमा उभिन सकेको छ । यसमा ऐन– नियमको तर्जुमामा शिक्षा मन्त्रालयले नै सहयोग न गरेको आयोगको भनाइ छ । अध्यक्ष उदयराज सोती भन्छन्, “नियम परिमार्जन न गरी केही गर्न सकिँदैन । अघिल्लै सरकारको पालामा परिमार्जनको लागि नियमावली अहिलेसम्म स्वीकृत भएको छैन ।” हुन पनि दुई वर्षअघि शिक्षा ऐनमा संशोधन हुनासाथ शुरु भएको नियमावलीहरू संशोधन अहिलेसम्म टुङ्गिएको छैन । यसबाट शिक्षा र शिक्षण पेशाप्रतिको सरकारी उदासीनता छर्लङ्ग हुन्छ ।

अस्थायी शिक्षक छनोट पनि प्रतिस्पर्धाका आधारमा भइरहेको छैन । केही वर्षअघिसम्म जिल्ला शिक्षा कार्यालयले अधिकांश समय प्रतिस्पर्धा न गराई राजनीतिक पहुँच वा भनसुनका आधारमा शिक्षक नियुक्ति गर्ने गरेको थियो । २०५८ सालको शिक्षा ऐनको सातौं संशोधन पछि ऐनले नै विद्यालय व्यवस्थापन समितिलाई शिक्षक भर्ना गर्ने अधिकार दिएको छ । ऐनमा प्रतिस्पर्धाका आधारमा छनोट गर्नु पर्ने लेखिए पनि

----------------------------------------------------------------------

अझै प्राथमिकतामा परेन

रराम्रो अङ्क ल्याएका प्रतिभाशाली युवाहरूलाई शिक्षण पेशामा आकर्षित गर्ने सवालमा सरकारी स्तर मा ठोस र स्पष्ट सोचाइ अझै बन्न सकेको पाइँदैन । निजी तवरमा मन्त्रालयका उच्च प्रशासकहरू ‘एग्रेड’को जनशक्तिलाई शिक्षण पेशामा भिœयाउन अपरिहार्य भएको कुरा मा विमति जनाउँदैनन् तर नीतिनिर्माणको तहमा यसबारे ठोस गृह कार्य भएको पाइँदैन । शिक्षा मन्त्रालय र शैक्षिक जनशक्ति विकास केन्द्रले हालै आ–आफ्नै हिसाबले तयार पारेका यस सम्बन्धमा नीतिगत खाका हेर्दा त्यो कुरा छर्लङ्ग हुन्छ ।

मन्त्रालयको शिक्षा नीति समितिको सचिवालयका उप– सचिव तुलसीप्रसाद थपलियाका अनुसार, विद्यालय क्षेत्र सुधार (एसएसआर) दस्तावेजले रराम्रो योग्यता र क्षमता भएका ताजा जनशक्तिलाई सहजै शिक्षण सेवामा प्रवेश गराउने गरी नीतिगत परिवर्तनको प्रस्ताव गरेको छ । अन्तिम रुप दिन लागिएको सो दस्तावेजले रराम्रो अङ्क ल्याएर विश्वविद्यालयमा उत्तीर्ण गरेका व्यक्तिले सरल ढङ्गले सेवा प्रवेश गर्न पाउने र छिटोछिटो बढुवा (फास्ट ट्रयाक प्रमोशन) को व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ । “तर यसको विस्तृत खाका तयार भएको छैन, अन्तिम टुङ्गोमा पुगिएको छैन”, थपलियाले शिक्षक सित भने । सोही क्रममा हालको प्रथम दोस्रो, तेस्रो र चौथो गरी चार तहमा राखिएको श्रेणीगत विभाजनलाई खारेज गरेर नवप्रवेशी, अनुभवी, प्रशिक्षक र विज्ञ गरी चार तहको नयाँ श्रेणी विभाजनको पनि प्रस्ताव गरिएको छ ।

उता शिक्षकको क्षमता अभिवृद्धि गर्ने सरकारी निकाय शैक्षिक जनशक्ति विकास केन्द्रले चाहिँ यस सन्दर्भमा आफ्नो छुट्टै राय शिक्षा मन्त्रालयलाई बुझएको छ । केन्द्रका प्राविधिक अधिकृत शिव कुमार सापकोटाका अनुसार, विश्वविद्यालयमा माथिल्लो अङ्क ल्याएर पास गर्ने व्यक्तिलाई सोझै अन्तरवार्ताबाट स्थायी नियुक्ति दिनुपर्ने सुझाव मन्त्रालयलाई दिइएको छ । चालु व्यवस्था अनुसार, शिक्षक बन्न इच्छुक जोसुकैले शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र लिएर खुला प्रतिस्पर्धामा उत्तीर्ण भए मात्र स्थायी शिक्षक हुन पाइन्छ । “अहिले त विज्ञानमा स्नातकमा विशिष्ट श्रेणीमा प्रथम भएको व्यक्तिले पनि एकवर्षे बीएड वा दशमहिने तालिम नलिइकन अध्यापन अनुमतिपत्र समेत पाउँदैन”, सापकोटाले आफूहरूको प्रस्तावको औचित्य दर्शाउँदै भने, “त्यही भएर प्रतिभाशाली व्यक्ति शिक्षण पेशामा आकर्षित नभएका हुन् । उनीहरूलाई पहिला सोझै स्थायी नियुक्ति दिने र पछि तालिम दिने हो भने उनीहरूलाई शिक्षण पेशामा ल्याउन सकिन्छ ।”

यस्तै शिक्षकको तलब सुविधालाई यी दुवै निकायले यो समस्या माने पनि सम्बोधन गर्ने सोच भने बनाएका छैनन् । रराम्रो अङ्क ल्याएका वा विशेष क्षमता भएकालाई विशेष सेवा, सुविधा दिने सोच पनि सरकारको छैन । सेवा प्रवेश गरिसकेपछि बढी तलब/सुविधा दिएर ‘स् पेश ल टि « ट मेन् ट’ गर्न सकिन्न” उनी भन्छन्, “त्यसो गर्नु न्यायोचित पनि हुँदैन ।” उपसचिव थपलिया थप्छन्, “बढी अङ्क ल्याएकै आधारमा कसैलाई बढी तलब र सुविधा दिने कुरा उचित हुँदैन । बरु अरूभन्दा दक्ष भएकाले उनीहरूले छिटोछिटो प्रमोशन लिन सक्छन् ।”

----------------------------------------------------------------------

व्यवहारमा भने अधिकांश ठाउँमा त्यसको उल्टो हुने गरेको छ । अध्यक्ष सोती भन्छन्, “स्कूलका भित्तामा सूचना टाँसेर प्रतिस्पर्धाको नाटक गरेर आफन्तलाई जागिर ख्वाउने अभ्यास थालिएको छ, यसलेगतिलालाई शिक्षणमा आउन दिँदैन ।”

सामन्ती संस्कारका अवशेष बाँकी रहेको नेपाली समाज मा प्रजातान्त्रिक मान्यताहरू जीवनपद्धतिको रूपमा स्थापित हुनसकेको छैन । ज्ञानको मन्दिर मानिने विद्यालयमा पनि राजनीतिक हस्तक्षेप, कलिला बालबालिकाको भविष्यसँग खेलबाड भइरहेको छ । १८ वर्षअघि काङ्ग्रेस र एमालेका कार्यकर्ताहरूको रजगज हुने विद्यालयमा हिजोआज माओवादी कार्यकर्ताहरूले त्योभन्दा बढी राइँदाइँ गरिरहेका छन् । शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, “ गैर शैक्षिक हस्तक्षेपले विद्यालयको वातावरणमा धेरै असर गरेको छ ।” स्वतन्त्र रूपमा काम गर्ने , प्रतिभा र क्षमता देखाउने र सन्तुष्टि लिने ठाउँ नभएपछि कोही पनि काम प्रति आकर्षित हुँदैन । यसले पनि प्रतिभाशाली व्यक्तिहरूमा शिक्षण पेशाप्रति नै नकारात्मक भावना जगाउन महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षकले शुद्ध शिक्षक भएर बस्ने वातावरण नहुनु, सरुवा– बढुवा र सामान्य जागिरको सोझे गर्न पनि अमूक राजनीतिक दलको समर्थक बन्न बाध्य हुनुपर्ने अवस्थाले योग्य र क्षमतावान् व्यक्तिहरूमा यो पेशाप्रति निराशाभाव पैदा हुनु अस्वाभाविक हैन ।

कुनै पनि पेशालाई तलब तथा सुविधाले आकर्षक बनाउँछन् । धेरै तलब तथा सुविधा भएको काम आकर्षणको केन्द्र हुन्छ, जुन शिक्षण पेशामा कहिल्यै हुनसकेको छैन । जापानलगायत संसारका कतिपय देशमा विश्वविद्यालयको शिक्षकको तलब तथा सुविधा प्राध्यापकसरह भएका उदाहरण भेटिन्छन् तर नेपालमा भने शिक्षकको तलब निजामती कर्मचारीसरह बनाउन २०३६ सालमा आन्दोलन नै गर्नु परेको थियो । तलबमान शिक्षक र निजामती कर्मचारीसरह भए पनि क्षमता अभिवृद्धिको अवसर र अन्य सुविधामा शिक्षक अझै तलै छन् । हालै मात्र चिनियाँ सरकारको सहयोगमा निजामती कर्मचारीको लागि छुट्टै अस्पतालको निर्माण हुनु तर शिक्षकका लागि पर्याप्त औषधोपचारको समेत व्यवस्था नहुनुले सरकारी प्राथमिकता र मनोविज्ञान उजागर हुन्छ । यस्तै पाँच वर्षयता सार्वजनिक विद्यालयमा शिक्षकको हाहाकारलाई थामथुम गर्न सरकारले राहत शिक्षकको नाममा खडा गरेको अस्थायी व्यवस्थाले त शिक्षण पेशाकै खिल्ली उडाएको छ । यो व्यवस्थामा एक जना शिक्षकको तलबमा दुई वा सोभन्दा बढी शिक्षक राखिन्छन् । उता अधिकांश निजी विद्यालयका शिक्षकले सरकारी शिक्षकको जति पनि तलब सुविधा पाएका छैनन् । यस्तो अवस्था नजिकबाट देख्ने कोही पनि योग्य युवाको मनमा यो पेशाप्रति रुचि पैदा गर्न कठिन छ ।

अब के गर्ने ?

शिक्षक ले गरेको नमुना सर्वेक्षणको निष्कर्ष हो, जुन स्कूलमा उच्च शिक्षामा प्रथम श्रेणीको अङ्कसहित रराम्रो शिक्षा हासिल गरेका राम्रा शिक्षक छन् र पठनपाठनको न्यूनतम् वातावरण छ, त्यस्ता स्कूलका विद्यार्थीको पढाइ र नतिजा दुवै रराम्रो छ । (हे. आवरण पृ.२६) शिक्षाविद्हरू पनि दक्ष र प्रतिभाशाली मानिसलाई शिक्षण पेशामा ल्याउनुपर्ने कुरा मा जोड दिन्छन् । “विश्वविद्यालयमा रराम्रो अङ्क ल्याएका र क्षमता भएका विद्यार्थीलाई शिक्षण पेशामा ल्याउनुपर्छ, किनभने विषयवस्तुमा उसको रराम्रो पकड हुन्छ ।” शिक्षाविद् माथेमा भन्छन्, “विषयवस्तुमा रराम्रो ज्ञान भएकालाई शिक्षण विधिको रराम्रो ज्ञान र सीप दिएर शिक्षक बनाउने हो भने उसले रराम्रोसित सिकाउन बुझाउन सक्छ ।” केही वर्षअघि अमेरिकाको टेनसी र डल्लासमा गरिएको एक अध्ययनले औसत क्षमता भएका विद्यार्थीहरूलाई उत्तम पाँचमा दरिएका शिक्षकको जिम्मा दिने हो भने परीक्षामा उनीहरू उत्तम १० प्रतिशत विद्यार्थी मध्येमा पर्दछन् भन्ने देखाएको छ । अर्थात् उत्तम शिक्षकले औसत विद्यार्थीलाई पनि उत्तम बनाउन सक्छ ।

अन्तर्राष्ट्रिय परामर्शदाता संस्था मक्किन्स ले अनुसन्धान पछि गत वर्ष सार्वजनिक गरेकोे निष्कर्ष हो, उत्तम जनशक्तिलाई शिक्षण पेशामा तान्नुपर्छ । त्यसको अर्थ हो, विश्वविद्यालयका जेहेन्दार विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्नु पर्छ । यस्तो जनशक्तिलाई शिक्षक पेशामा तान्ने कुरा छनौट प्रक्रिया र तालिममा भर पर्ने पनि सो अनुसन्धानको निचोड छ । नेपालमा शिक्षकको मर्यादा घट्दै जानुमा र राम्रा विद्यार्थी यो पेशाप्रति आकर्षित नहुनुमा छनोट प्रक्रियाको सबैभन्दा महत्वपूर्ण हात रहेको मानिन्छ । अतः जतिसक्दो छिटो छनोट प्रक्रियालाई प्रतिस्पर्धी, विश्वसनीय र निष्पक्ष बनाउन सक्यो, उति नै चाँडै यो पेशामा राम्रा रगतिला युवालाई तान्न सकिने देखिन्छ । यसका साथै गुणस्तर र मर्यादा नखस्कने कुरा मा आश्वस्त पार्ने गरी जेहेन्दार युवालाई यो पेशामा ल्याउने अन्य उपायहरूको खोजी गर्न पनि ढिलाइ गर्नु हुँदैन । जेहेन्दार र प्रतिभाशाली भइकन पनि गरि बीका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीहरूलाई विभिन्न प्याकेज तयार गरेर उच्च शिक्षा अध्ययनको अवसर दिने हो भने तिनीहरूलाई भविष्यमा शिक्षण पेशामा ल्याउन सकिँदो रहेछ भन्ने पुष्टि धादिङको सत्यवती उच्च माविले गरेको छ (

विद्यालयको शैक्षिक वातावरण अर्को अपरिहार्य तत्व हो । “बाहिरबाट कुनै पनि हस्तक्षेप हुनुभएन, दलीय राजनीति पूर्णरुपेण बन्द हुनु परयो । विद्यालय भित्रको वातावरण पनि रराम्रो बनाइनुपर्छ ।” शिक्षाविद् माथेमा भन्छन्, “रराम्रो शिक्षकलाई पुरस्कार दिने र खराब शिक्षकलाई निष्कासन गर्ने सम्मको अधिकार प्रधानाध्यापकलाई दिनुपर्छ । किनकि जहाँ प्रधानाध्यापक बलियो छ, त्यो स्कूल रराम्रो हुन्छ” माथेमाको सुझाव छ । “रराम्रो नतिजा आएन भने त्यसनिम्ति प्रधानाध्यापकलाई उत्तरदायी बनाउनुपर्छ ।” यसो गरे मा जेहेन्दार युवाहरू शिक्षण पेशाप्रति आकर्षित गर्न सकिने उनको विश्वास छ । यसका अतिरिक्त उत्तम शिक्षकहरूलाई मात्र राज्य र समाज ले पुरस्कृत गर्ने परिपाटी स्थापित हुनसकेमा पनि यो पेशाको मर्यादा बढ्दै जाने भएकाले त्यसमा पनि सरकार र विद्यालयको यथोचित ध्यान पुग्नु आवश्यक छ ।

नेपालमा सेवा प्रवेश गरे देखि अवकाश नपाउञ्जेल एउटा शिक्षकले बढीमा प्रधानाध्यापकसम्म हुनसक्ने व्यवस्था छ । नेपाल शिक्षक युनियनका अध्यक्ष केशवप्रसाद भट्टराईको अनुभवमा नियुक्ति लिए देखि अवकाशसम्म एउटै भूमिकामा बस्नुपर्दा शिक्षकमा काम गर्ने जाँगर मरेर जान्छ । “शिक्षकको क्षमता र स्तर अनुसार स्रोतव्यक्ति, विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी , पाठ्यक्रमविज्ञ देखि अनुसन्धानका क्षेत्रमा भूमिका दिइनुपर्छ । हरेक तीन–चार वर्षमा उसको भूमिका फेरिदिनुपर्छ”, भट्टराई भन्छन्, “यसले शिक्षकलाई उत्साही र सृजनशील भइरहन प्रेरित गर्छ । यसले नयाँ मानिसहरुमा शिक्षण पेशाप्रति रुचि पैदा गर्न मद्दत गर्छ ।”

नेपाली समाज मा डाक्टर, इन्जिनियर, पाइलट जस्तो पेशालाई सम्मानित आँखाले हेरिनुका पछाडि यिनको छनोट प्रक्रिया, योग्यता र सेवासुविधा मुख्य कारण हुन् । यी पेशामा आउनका लागि शैक्षिक योग्यताले मात्र पुग्दैन, निश्चित अवधिको तालिम पनि हासिल गर्नु पर्छ । “चार वर्षको एमबीबीएस कोर्स, एक वर्षको इन्टर्नसीपपछि मेडिकल काउन्सिलको परीक्षा पास गरेर मात्र कुनै पनि व्यक्ति डाक्टर हुन पाएजस्तै शिक्षक बन्न पनि त्यस्तै खालको कोर्स, तालिम र अनुमतिपत्रको स्तर पनि त्यस्तै बनाएको भए शिक्षक पेशा पनि चानचुने पेशा हुने थिएन”, शिक्षा मन्त्रालयका उप–सचिव तुलसी थपलिया भन्छन् । बालबालिकालाई शिक्षा दिने काम प्राविधिक भएको उल्लेख गर्दै उनी सेवा प्रवेशद्वार खुकुलो बनाउन नहुने विचार राख्छन् ।

commercial commercial commercial commercial