गतिला शिक्षक सबै देशको सङ्कट

गुणस्तरीय शिक्षाको माग बढिरहँदा संसारभर ‘गतिला’ (अर्थात् पढाउन रमाउने, विषयमा दक्ष र नैतिक बलमा विश्वास राख्ने) शिक्षकको अभाव साझ चिन्ताको विषय बन्न थालेको छ । दक्षिण एशिया र अफ्रिकाजस्ता गरिब क्षेत्रमा आर्थिक अवस्था र अन्य सुविधाको अभावका कारणगतिला शिक्षकको आपूर्तिमा समस्या परेको छ भने अमेरिका र युरोपमा चाहिँ शिक्षणभन्दा अरू पेशा बढी आकर्षक भएका कारणगतिला शिक्षकको कमी हुन गएको छ

परिणामतः आज संसारका सबैजसो सरकार र विद्यालय सञ्चालकहरू राम्रा शिक्षकको खोजीमा जुटेका पाइन्छन् । सामान्यतः विद्यार्थीको नतिजाबाट शिक्षकको स्तर मापन गर्ने चलन विश्वभरि नै छ । तर,गतिला शिक्षक कस्ता हुन् भन्ने मापदण्ड र तिनलाई कसरी आकर्षित गर्ने भन्नेमा चाहिँ देशैपिच्छे फरक अवधारणा रहेका पाइन्छन् ।

विकसित देशहरूमा शिक्षक छनोट गर्ने काम निजी कम्पनीहरूले गर्न थालेका छन् । कुनै विद्यालयलाई शिक्षक आवश्यक परेमा यस्ता कम्पनीहरूलाई आफूले चाहेको शिक्षकको विवरण दिन्छन् । त्यस अनुसार आवेदन माग गर्ने , लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिने काम कम्पनीहरूले नै गर्छन् । देशपिच्छे यस्ता कम्पनीहरूले लिने परीक्षाको ढाँचा फरक हुने गर्छ । आजभोलि प्रायः इमेलबाटै आवेदन माग गरिन्छ । शिक्षक छनौट गर्दा शिक्षकको बायोडाटाभन्दा उसको सीप र अतिरिक्त प्रतिभामा बढी ध्यान दिइन्छ ।

शिक्षकलाई कुन कुरा ले ‘गतिलो’ बनाउँछ भन्ने यकिन मापदण्ड कहीँ पनि छैन । तथापि, शिक्षाविद्हरूद्वारा गरिएका अध्ययनहरूबाट ‘गतिलो शिक्षक’ का केही विशेषताहरू भने सङ्केत गरेका छन् । यी सङ्केत भनेका शैक्षिक योग्यता, शिक्षण अनुमति पत्र, अनुभव, विषयवस्तुको ज्ञान र शिक्षण विधि नै हुन् । कुनै शिक्षकगतिलो हो वा होइन भन्ने एकै वर्षमा थाहा हुने केही अध्ययनहरूले देखाएका छन् । टेनेसी भ्यालुले गरेको अध्ययनले कम प्रभावशाली शिक्षकले पढाएको कक्षाका विद्यार्थीले गणितको परीक्षामा २९ प्रतिशत अङ्क ल्याए भने बढी प्रभावकारी शिक्षकका विद्यार्थीले ८३ प्रतिशतसम्म ल्याएको देखाएको छ ।

टिचर एप्रिसियशन ब्लगका अनुसार अमेरिकामा १० हजारभन्दा बढी विदेशी शिक्षकहरू निजी र सार्वजनिक विद्यालयहरूमा भर्ना गरिएका छन् । जसमा सबैभन्दा बढी सङ्ख्या फिलिपिन्सका शिक्षकको छ । अमेरिकी सरकारले फिलिपिनो शिक्षकको शैक्षिक पृष्ठभूमि र तालिमप्रति बढी विश्वस्त र सहज ठानेको उक्त ब्लगले जनाएको छ । तर, पछिल्ला पाँच वर्ष देखि एशिया क्षेत्रबाट जाने धेरैजसो शिक्षकहरू गाउँ वा साना शहरमा खटाइने र यिनको तलब सुविधा पनि कम हुने गरेको छ । अमेरिकामा गणित र विज्ञान शिक्षकको अभाव बढ्दै गइरहेको छ । अहिले अमेरिकामा शिक्षक बन्न शिक्षण अनुमति लिएपछि ‘लेभल ए’ पनि पास गर्नु पर्छ । ‘क्लोजिङ दी एचिभमेन्टग्याप’ वासिङटनका अनुसार अमेरिकाका गरिब स्कूलले स्तरीय शिक्षक पाउन एकदमै गाह्रो छ । शिक्षकको बढ्दो अभावलाई ध्यानमा राख्दै अमेरिकी सरकारले प्रतिभावान् युवाहरूलाई शिक्षणमा आकर्षित गर्न छात्रवृत्ति र आर्थिक सहयोग बढाउने योजना अघि सारेको छ ।

नर्वेमा ‘गतिला’ शिक्षकको सङ्ख्या बढाउन नवप्रवेशीहरूको तलब, सेवा–सुविधा वृद्धि गर्ने , कर घटाउने, इन्टरनेट सेवा उपलब्ध गराउने, बोनस दिने, ऋण मिनाहा गर्ने लगायतका योजना ल्याइएको छ । औद्योगिक राष्ट्रहरूमा बूढा शिक्षक धेरै छन् र शिक्षक बन्न चाहने युवाको सङ्ख्या निरन्तर घट्दो छ । यस्तो सङ्कटबाट जोगिन पर्याप्त स्रोतसाधन भएका देशहरूले सार्वजनिक अभियान र आर्थिक प्रोत्साहन बढाउनुका साथै छनोटको वैकल्पिक तरिका अपनाउनुपर्ने सुझाव युनेस्कोले दिएको छ । युनेस्कोका अनुसार सहस्राब्दी विकास लक्ष्य अन्तर्गत विश्वव्यापी प्राथमिक शिक्षाको लक्ष्य पूरा गर्न एक करोड ८० लाख थप शिक्षक आवश्यक पर्छन् ।

‘दि टाइम्स अफ इन्डिया’ का अनुसार ९ लाख विद्यालय र ४६ लाख शिक्षक भएको भारतमा प्राथमिक र निमाविमा मात्रै आठ लाख शिक्षक अपुग छन् । यस्तै, उच्चमाविमा १२ लाख शिक्षकको न्यूनता छ । बिहारका प्रावि स्कूलमा ८३ विद्यार्थी बराबर एक शिक्षक पर्छन् । उत्तरप्रदेशका सबै प्राविमा एक–एक जना शिक्षक पनि पुग्न सकेका छैनन् । भारतका १० प्रतिशत शिक्षक ५५ वर्षभन्दा माथिका छन् । त्यहाँ ६.५ प्रतिशत शिक्षकले प्रति वर्ष अवकाश पाउँछन् अथवा पेशा छोड्छन् ।

भारतको शैक्षिक योजना तथा प्रशासन राष्ट्रिय विश्वविद्यालय (एनयुईपीए)का अनुसार भारतमा एक देखि आठ कक्षासम्म पढाउने एक चौथाइ शिक्षकले एसएलसी मात्र पास गरेका छन् । त्यहाँको राष्ट्रिय मूल्याङ्कन तथा प्रमाणीकरण परिषदका अनुसार कलेज तहमा अझै २० प्रतिशत शिक्षक मात्र स्नातक छन् । कतिपय ठाउँमा शिक्षक तयारी कोर्षमा बीएड पास शिक्षकले नै बीएडलाई पढाउँछन् । सेवाकालीन तालिम पाउने शिक्षक जम्मा ३१ प्रतिशत मात्र छन् । कुल शिक्षकमा १० प्र तिशत ‘प्यारा टिचर’ ९एबचब त्भबअजभच० छन् । झरखण्डमा ३३ प्रतिशत, उत्तरप्रदेशमा २५ प्रतिशत, छत्तीसगढमा १७ प्रतिशत, बिहार र आन्ध्रप्रदेशमा १४ प्रतिशत यस्ता ‘प्यारा टिचर’ छन् । यस्ता ‘प्यारा टिचर’ मध्ये ४४ प्रतिशत विना तालिमका र आफूले पढाउने विषयमा विशेषज्ञता नभएका छन् । उनीहरूको तलब भारु ९०० देखि २५०० सम्म छ । सरकारी शिक्षकको तलब प्राविको भारु ४५००, माविको भारु ५५०० र उच्चमाविको भारु ६५०० छ । निजी विद्यालयको तलब योभन्दा कम छ ।

अफ्रिका र दक्षिण एशिया उस्तै

विकसित देशहरूको तुलनामा दक्षिण एशिया र अफ्रिकाको शैक्षिक स्थिति अत्यन्त नाजुक देखिन्छ । पाउल बेनेलले शिक्षण पेशाप्रतिको आकर्षण र प्रोत्साहन व्यवस्था सम्बन्धी अफ्रिका र एशियाका नेपाल लगायतका देशमा गरेको अध्ययन (२००४)ले कम आम्दानी हुने देशका शिक्षकहरू अल्प व्यवसायी हुने निष्कर्ष निकालेका छन् । निम्नस्तर को शिक्षा र तालिमको अभावले गर्दा यी देशका बहुसङ्ख्यक शिक्षक पूर्ण दक्ष हुन नसक्ने उनको धारणा छ । यो क्षेत्रमा जागिर नपाएपछि मास्टर बन्ने चलन रहेको पनि उनले औंल्याएका छन् । शिक्षण पेशाको सुरक्षा खस्किँदै गएको, पर्याप्त सेवा–सुविधा नभएको र अति राजनीतिकरण भएको ले शिक्षकलाई चाँडै निराशाले छोप्ने र योग्य मानिसहरू शिक्षक बन्न नचाहेको उनको निचोड छ ।

त्यस्तै यी देशहरूमा शिक्षकले बढी समय खट्नुपर्ने, ठूला कक्षाकोठा र धेरै विषयहरू पढाउनु पर्ने भएकाले पनि वितृष्णा जाग्ने गरेको छ । उक्त प्रतिवेदनले न्यून आय भएका देशकाग्रामीण स्कूलमा धेरै कम सङ्ख्यामा दक्ष शिक्षकहरू भएको देखाएको छ । केन्द्रीकृत शिक्षक भर्ना प्रणालीका कारण पनि गतिला शिक्षक नभेटिने प्रतिवेदनले देखाएको छ ।

डीएफआईडीले सन् २००७ मा अफ्रिकाको सहारा क्षेत्र र दक्षिण एशियामा गरेको अध्ययनले प्रावि शिक्षकहरू शिक्षण पेशाप्रति सबैभन्दा कम आकर्षित भएको देखाएको छ । घाना र जाम्बियामा त प्राविप्रति अलिकति पनि आकर्षण नभएको प्रतिवेदनमा उल्लेख छ । सो अध्ययनमा समेटिएका घाना, सियरालियोन र जाम्बियाका एकचौथाइ शिक्षक सर्वेक्षणका बेला विद्यालयमा भोकै भेटिएको पनि प्रतिवेदनमा जनाइएको छ । नेपाललगायत दक्षिण एशियाका शिक्षकहरू भने घरपायक पर्दा सन्तुष्ट हुने गरेका छन् । प्रतिवेदनमा; अति राजनीतिकरणका कारण दक्षिण एशियाका शिक्षक अफ्रिकाका भन्दा कम जिम्मेवार हुने गरेको उल्लेख छ । तर, अनुशासित ढङ्गले कक्षा सञ्चालन गर्ने सवालमा भने युरोप र अमेरिकाभन्दा एशियाका शिक्षकहरू अगाडि रहेको अध्ययनले देखाएको छ ।

भारतमा असान्दर्भिक भइसकेको पुरानो पाठ्यक्रमका कारण तालिमप्राप्त र तालिम नलिएका शिक्षकमा खासै भिन्नता नहुने एक अध्ययनले देखाएको छ । शिक्षकको अयोग्यताको प्रमुख कारण तालिम कोर्षको अभाव नै हो भन्ने निचोड पनि निकालिएको छ । प्रतिभावान् युवाहरूको विदेश पलायन बढ्दै गएका कारण भारतमा राम्रा शिक्षकको अभाव भएको मानिएको छ । भारतमा सालाखाला वार्षिक भारु ८० हजार देखि १ लाखसम्म कमाउने शिक्षकले अमेरिका वा बेलायतमा भारु १६ लाखसम्म कमाउन सक्छन् । भारतीय प्रोफेसर सतिस देवदारका अनुसार भारतबाट हरेक वर्ष १० हजार मावि शिक्षकहरू विज्ञान, गणित र अङ्ग्रेजी विषय पढाउन अमेरिका र युरोपतिर गइरहेका छन् । बैङ्गलोरकी शिक्षाविद् माया मेननका अनुसार भारतमा शिक्षणलाई स्थिर र कम तलबसुविधा भएको पेशा मानिन्छ, त्यसैले बाहिर सानो अवसर पाउनासाथ युवाहरू त्यतातिर लागिहाल्छन् ।

शिक्षकको योग्यता

शिक्षकको आधारभूत शैक्षिक योग्यता संसारभरि लगभग उस्तै रहेको पाइन्छ । अष्ट्रेलियामा शिक्षक हुन शिक्षण–कला सम्बन्धी सैद्धान्तिक विषय र एउटा स्वेच्छिक विषय लिएर चार वर्षसम्म पढेको हुनुपर्छ । अथवा एकै पटक कलाशास्त्रमा स्नातक र बीएड पनि गर्न सकिन्छ । एकवर्षे बीएड पनि छ । पेशागत ज्ञान, विषयगत विशेषज्ञता र नैतिक प्रतिबद्धता शिक्षकका आधारभूत आवश्यकता मानिन्छन् । प्राज्ञिक दक्षता, सिकाइको व्यवस्थापन, विद्यार्थीको अनुगमन र विद्यालयको व्यापक जीवनमा योगदान गर्न सक्ने कुरा लाई आधारभूत सीपका रूपमा लिइएको छ । हङ्गेरीमा शिक्षक हुनका लागि अन्तर सांस्कृतिक अनुभव, सूचनाप्रविधिको ज्ञान, स्नातकोत्तर उत्तीर्ण र शिक्षण अनुमतिपत्र जरुरी हुन्छ ।गतिलो शिक्षक को हो र कहाँ पढेको वा कुन देशको व्यक्तिगतिलो भन्ने बुझइ पनि फरक–फरक रहेको पाइन्छ । न्यूजिल्याण्डमा बेलायत, अष्ट्रेलिया, क्यानाडा, दक्षिण अफ्रिका र अमेरिकामा तालिमप्राप्त शिक्षकहरूलाई उच्च प्राथमिकता दिइन्छ । अमेरिकी शिक्षा विभागले राज्यबाट शिक्षण अनुमति पत्र पाएकोे, कम्तीमा स्नातक, राज्यले लिने स्तर परीक्षा उत्तीर्ण र विषयवस्तुको रराम्रो ज्ञान भएको व्यक्तिलाई गतिलो शिक्षक भनेर परिभाषित गरेको छ । तर, व्यवहारमा भने गणित, अङ्ग्रेजी, विज्ञान र कम्प्युटरमा उसले प्राप्त गरेको अङ्कलाई महत्व दिने गरिएको छ । प्रायः विकास ोन्मुख देशहरूमा विकसित देशका ठूला र नाम चलेका विश्वविद्यालयमा पढेको व्यक्ति राम्रा शिक्षक हुन्छन् भन्ने मान्यता रहेको छ । शिक्षाविद् जेनिफर किङ्ग राइसको विचार मा प्रतिष्ठित शैक्षिक संस्थानबाट पढेर आएका शिक्षकहरूबाट विद्यार्थीको उपलब्धिमा सकारात्मक प्रभाव पारेको छ ।

छनोट विधिः आ–आफ्नै

अमेरिकामा विद्यालयका प्रतिनिधिले देश– विदेश जहाँबाट पनि गएर आफूले चाहेजस्तो शिक्षक छान्न सक्छन् । प्रअले भिडियो कन्फ्रेन्स, टेलिफोन, वेभक्याम्पमार्फत राम्रा शिक्षकको खोजी गर्ने चलन पनि छ । यस्तै, सांस्कृतिक आदानप्रदान कार्यक्रममार्फत पनि शिक्षक छनोट गरिन्छ । यस्तो जाँचमा अङ्ग्रेजी जानेको हुनुपर्ने, बीएड र यसका अतिरिक्त सम्बन्धित विषयमा एउटा अन्डरग्य्राजुयट डिग्री हासिल गरेको हुनुपर्ने प्रावधान छ । तर प्रायः शिक्षकहरू स्नातकोत्तर र विद्यावारिधि गरेका हुन्छन् । त्यस्तै तीन वर्षभन्दा बढी पढाएको अनुभव, विषयवस्तुको गहिरो ज्ञान र शिक्षण पेशाप्रतिको लगाव हुनुपर्ने प्रावधान पनि छन् । विदेशी शिक्षकले चाहिँ आफू काम गर्ने अमेरिकाकै राज्यबाट पनि प्रमाणित हुनुपर्छ ।

न्यूजिल्याण्ड, जापान, कोरिया आदि मुलुकमा विशेषज्ञ कम्पनीमार्फत शिक्षकको छनोट हुन थालेको छ । ती मुलुकमा शिक्षक आवश्यकताका विज्ञापनहरू प्रकाशित गर्ने र त्यस सम्बन्धी थप सूचनाहरू दिने असङ्ख्य वेबसाइटहरू खुलेका छन् । त्यस्ता वेबसाइटहरूमा शिक्षक र विद्यालय सम्बन्धी समाचार र स्रोत सामग्रीहरू पनि राखिएका हुन्छन् । प्रायः हरेक देशमा विदेशी उम्मेद्वारको योग्यता प्रमाणिकरण गर्ने अलग निकायहरू स्थापना गरिएका छन् ।

नर्वेको शिक्षक भर्ना व्यवस्था सबैभन्दा बढी प्रतिस्पर्धी मानिन्छ । नर्वेमा जति धेरै कडा प्रतिस्पर्धा भयो त्यति योग्य शिक्षक भेटिने मान्यता छ । यहाँ तलब सुविधा, संस्कृति, पाठ्यक्रम, सामुदाय र शैक्षिक प्रमाणपत्रलाई स्तरीय शिक्षकको योग्यताका रूपमा मूल्याङ्कन गरिन्छ । स्कटल्याण्डमा स्थानीय निकायले शिक्षक भर्ना गर्छन् । शिक्षक बन्न चाहनेले शिक्षण परिषदमा दर्ता हुनुपर्छ । शिक्षणका लागि योग्यता नपुगेका र कम्तीमा सात वर्ष शिक्षण सेवा न गरेकालाई प्रोभिजिनल शिक्षकको रूपमा दर्ता गरिन्छ । त्यस्तै युरोपियन युनियनका सदस्य राष्ट्रहरूमध्ये कुनैबाट पनि शिक्षक लिइन्छ । विदेशमा तालिम प्राप्तले त्यहाँको सम्बन्धित निकायबाट पुनः मान्यता पाउनुपर्ने व्यवस्था छ ।

आकर्षित गर्ने प्रयास

अमेरिकामा युवाहरूलाई शिक्षण पेशामा आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम र योजना भइरहन्छन् । यसका लागि शिक्षक भर्ती दिवस र सप्ताह समेत तोकिएको छ । यो समयमा अनलाइनबाट शिक्षक बन्न चाहनेहरूको नाम दर्ता गरिन्छ र यिनबाट शिक्षक छनोट गरिन्छ । यस्तो दिवस वा सप्ताहमा आवेदन दिनेमा विद्यावारिधि गरेका व्यक्तिसमेत हुने गरेका छन् । यस अतिरिक्त राम्रा शिक्षकहरूलाई विभिन्न उपहार, अध्ययनवृत्ति र सम्मान गर्ने गरिएको छ । अनालास्का फाउण्डेशनले भने शैक्षिक उन्नतिका लागि विद्यार्थी र अभिभावकलाई पैसा नै उपहार दिन प्रोत्साहित गरेको छ र त्यस्तो उपहारबाट जम्मा भएको कोष शिक्षकको पेशागत विकास मा लगाउने गरिन्छ । यसबाट अध्ययनवृत्ति पनि दिइन्छ । तर, लर्नि ङ रि सो र्स  म् यानु फ् याक् च र को अनुसन्धानले भने शिक्षकलाई भौतिक उपहारभन्दा मुखैले धन्यवादै दिए पुग्ने देखाएको छ ।

अमेरिकाको शिक्षा बजेटको ४० देखि ५० प्रतिशत शिक्षकको तलब र सेवा–सुविधामा खर्च हुन्छ । सन् २००२ मा अमेरिकाले १९२ अर्ब डलर शिक्षकको तलब तथा सुविधामा खर्च गरेको थियो । त्यहाँ अनुभवी शिक्षकहरूले राष्ट्रिय शिक्षक सम्मेलनमा भाग लिन पाउँछन् । उक्त सम्मेलनमा भाग लिन पाउनु ठूलो अवसर ठानिन्छ । अमेरिकामा नयाँ शिक्षकको न्यूनतम ३१ हजार र पुरानाको ४० देखि ४५ हजार डलर वार्षिक तलब तोकिएको छ । कोरियामा एकवर्षे करारमा शिक्षक नियुक्त हुन्छन् । सातामा पाँच दिन पढाउनु पर्ने शिक्षकको तलब प्रति महिना १८ सय देखि २७ सय डलरसम्म हुन्छ । यसबाहेक विदा, स्वास्थ्य बीमा, पेन्सन, तालिम र बासको पनि व्यवस्था हुन्छ । विदेशी शिक्षकलाई दोभाषेको व्यवस्था हुन्छ । एउटा कक्षामा तीस देखि चालीस विद्यार्थी हुन्छन् भने एउटा विद्यालयमा ३० देखि ५० शिक्षक हुन्छन् । विकसित देशमा उत्कृष्ट शिक्षकहरूलाई सम्मान पूर्वक परिचयसहित सूचीकृत गरेर ‘शिक्षक शोकेश’मा राखिन्छ । अष्ट्रेलियामा अन्य पेशाका नवप्रवेशीहरूको भन्दा नयाँ शिक्षकको तलब बढी हुन्छ । शिक्षकले इच्छाएको विषय पढाउन पाउँछन् । फिलिपिन्समा शिक्षकको तलब धेरै छैन तर पनि त्यहाँ शिक्षणलाई प्रतिष्ठाको पेशा मानिन्छ । दक्षिण अफ्रिकामा शिक्षकले व्यवस्थापन समितितिर जान पाउने व्यवस्था छ भने श्रीलङ्कामा पुराना शिक्षकलाई विद्यालयमै नयाँ शिक्षकका सल्लाहकारका रूपमा प्रयोग गरिन्छ ।

निचोड

शिक्षकलाई रराम्रो सेवासुविधा, काम गर्ने अनुकूल वातावरण, पेशागत विकास को आकर्षण, पर्याप्त दरबन्दी र पेशाप्रति उत्तरदायी संस्कृतिको विकास गर्न सके विकासोन्मुख देशहरूमा पनि प्रतिभावान् व्यक्तिहरूलाई शिक्षण पेशामा आकर्षित गर्न सकिने अध्ययनहरूको निचोड छ । शिक्षा क्याम्पसहरूको प्रवेश परीक्षालाई कडा बनाई राम्रा र पूर्णकालीन विद्यार्थीहरूलाई मात्र शिक्षक शिक्षा कोर्षमा भर्ना गराउनु पर्दछ भन्ने कुरा मा अध्ययनहरूले विशेष जोड दिएका छन् । त्यस्तै विश्व अनुभवको आधारमा शिक्षक छनोटको प्रक्रियालाई एउटा देशको सीमाभित्र सीमित गरिनुहुदैन बरु विश्वव्यापी प्रतिस्पर्धाबाट शिक्षकहरू छनोट गरिनुपर्दछ भन्ने पनि देखिन्छ ।

 (इन्टरनेटमा आधारित)

commercial commercial commercial commercial