कुटपिट नगरी बालबालिका हुर्काउने पढाउने कसरी ?

 शारीरिक सजायले बालबालिकालाई गलत कुरा सिकाउँछ । त्यसको सट्टा तलका उपाय अपनाउनु लाभप्रद हुन्छः

१. आफूभन्दा ठूलाबाट पिटिँदा बालबालिकाहरू निराश र असहाय भएको महसूस गर्छन् । यसले उनीहरूलाई उदास वा आक्रामक बनाउन सक्छ ।

के गर्ने तः तपाईं उनीहरूले जुन काम जसरीगरुन् भन्ने चाहनुहुन्छ, त्यो कसरी गर्ने भनेर पहिला नै रराम्रोसँग सिकाउनु स् । साना बालबालिकालाई आफूले गरिरहेको काम या तरिकागलत हो भन्ने थाहा नहुन पनि सक्छ । पढाउँदा आफ्नो धैर्य कायम राख्नुस् । बालबालिकाहरू तपाईंलाई हरदम खुशी पार्न र खुशी देख्नै चाहन्छन् ।

२. पिटाइले बालबालिकालाई समस्या समाधान गर्न सिकाउँदैन, बरु उनीहरूलाई दुः खी मात्र बनाउँछ । सानो उमेरमा अनुभव गर्नु परेको आत्मग्लानि वा लघुताभासको चोट तिनको जीवनभर कायम रहन सक्छ । यसैले; उनीहरूलाई कस्तो भाषामा के भन्दै हुनुहुन्छ भन्ने पनि हेक्का राख्नुहोस् । शब्द र भाषाले पनि पिटाइले जत्तिकै आघात पार्न सक्छ ।

के गर्ने तः आफूलाई रोकिहाल्नुस् र शान्त हुनुस् । लामो सास फेर्नुस् । एक देखि दशसम्मगन्नुस्, बीससम्मगने झन् रराम्रो ।

३. पटाइले बालबालिकालाई क्रूद्ध, आक्रामक र रिसाहा स्वभावको बनाउँछ । उनीहरूमा प्रतिशोधको भावना पनि जन्माइदिन सक्छ ।

के गर्ने तः उनीहरूले के गल्ती गरे र कसरी गल्ती गरे भन्ने कुरा राम्ररी बुझाउनुस् । त्यसबारेमै कुरा गर्नु स् । घरमा पनि आवश्यक पर्ने कुरा हरू जस्तै, सरसफाई, सुरक्षाका उपाय, खाना खाने र सुत्ने समयका नियमहरू शुरु देखि नै सिकाउँदै जानुस्

४. शारीरिक सजायले बालबालिकालाई के सही हो र केगलत हो भन्ने छुट्याउन नसक्ने बनाइदिन्छ । त्यसकारण, अन्जानवश ‘कुटपिटमा संलग्न बालबालिकालाई कुटेरै ठीक पार्नुपर्छ’ भन्ने कुरा ले कत्तिको अर्थ राख्ला ? सोच्नुहोस् ।

के गर्ने तः केहीबेरका लागि उनीहरूसँग नबस्नुस् । सम्हालिनुस् र बालबालिकाप्रतिको तपाइँको धारणा सकारात्मक बनाउनुस् । तपाईं उनीहरूबाट कस्तो व्यवहार चाहनुहुन्छ र तपाईंका कुरा नमाने के हुन्छ भन्ने कुरा उनीहरूलाई पहिल्यै बुझाउने गर्नु होस् । उदाहरणका लागि उनीहरूले खेल्नु वा टिभी हेर्न नहुने हो कि; सुविधा छाड्नुपर्ने हो कि भन्नेजस्ता कुरा शुरु मै राम्ररी सम्झाउनुस् ।

५. बालबालिकालाई पिट्नु भनेको ‘अर्कालाई पिट्नु पनि राम्रै कुरा हो रहेछ’ भनेर उनीहरूलाई शिक्षा दिनु हो । बालबालिकाले ठूलाको सिको गर्छन् । तपाईंको पिटाइबाट उनीहरूमा अरूलाई पिटे पनि हुनेरहेछ भन्ने धारणा बन्न सक्छ ।

के गर्ने तः कसैलाई नपिटी, चित्त नदुखाइकन आफ्ना कुरा शिष्ट शब्दमा व्यक्त गर्ने तरिका सिकाउनु स् । अनि उनीहरूका भावना र भनाइलाई पनि स्वीकार गर्नु स् । तपाईं उनीहरूका कुरा बुझनुहुन्छ र ख्याल गर्नु हुन्छ भन्ने कुरा उनीहरूलाई देखाउनुस्, अनुभव गराउनु स् ।

६. पिटाइले बालबालिकाको भावनामा चोट पुर्याउँछ । यसले उनीहरूको पढाइमा असर त पार्छ नै, उनीहरू साथी बनाउन नसकेर एक्लो महसूस पनि गर्न सक्छन् ।

के गर्ने तः बालबालिकाले गरेका सबै राम्रा कामको जानकारी लिनुस् र प्रशंसा गर्नु स् । आफ्नो बच्चा/विद्यार्थीलाई तपाईं माया गर्नु हुन्छ भन्ने कुरा को बोध गराउनु स् । यो अलि नमिल्दो कुरा लाग्न सक्छ, तर कहिलेकाहीँ बालबालिकाको खराब बानीलाई नदेखे झै गरेर पनि उनीहरू माथि पर्न सक्ने आघातलाई कम गर्न सकिन्छ ।

७. पिटाइ वा थप्पडले बालबालिकालाई उग्र र ध्वंसात्मक बनाउन सक्छ । शारीरिक सजाय नै उनीहरूमा नरराम्रो बानी व्यवहारको थप कारण बन्न सक्छ । यसले उनीहरूमा ‘म खराब छु, त्यसैले म खराबै भइराख्नु ठीक छ’ भन्ने भाव पैदा गरिदिन्छ ।

के गर्ने तः बालबालिकाले नरराम्रो व्यवहार गरे भने हतारिएर वा आवेशमा केही न गर्नु स्, एकछिन रोकिनुस् । यसले तपाईं र बालबालिकालाई केही समयका लागि अलग राख्छ । त्यसपछि उसलाई कुर्सी, सिँढी वा उसकै कोठामा बस्न भन्नुस् । यस्तोबेला हरेकचोटि एउटै ठाउँ प्रयोग गर्ने गर्नु स् । बालबालिकाले आफूलाई नियन्त्रण गरिसकेपछि (अर्थात आवेश–आक्रोश मत्थर भएपछि ) मात्र उनीहरूसँग कुरा गर्नु स् । यसले उनीहरूलाई रराम्रो काम गरेर तपाईंको मन जित्न प्रेरित गर्छ । तपाईंले भनेजस्तै काम गर्दा उनीहरूको तारिफ गर्नु स् । सबै बालक बालिका आफू रराम्रो बन्न र आफूलाई रराम्रो ठान्न चाहन्छन् ।

८. शारीरिक सजायले बालबालिकालाई स्व– नियन्त्रण गर्न सिकाउँदैन ।

के गर्ने तः बालबालिकालाई कहिल्यै थप्पड नलगाउनुस् । धेरै थप्पड खाएका बालबालिकामा आत्म– नियन्त्रण गर्ने सोचाइको विकास हुनसक्दैन । उनीहरूले रराम्रो/नरराम्रोको निर्णय आपैंm गर्न सक्दैनन्, सधैँ अरूको मुख ताक्छन् । सजाय पाएका बालबालिका आफूले रराम्रो गर्न सक्दिन भनेर हतोत्साही हुने गर्छन् । रराम्रो काम गर्दा पनि खराबै गर्छ भन्ने सबैले ठान्ने हुँदा उनीहरू दिक्दार हुन्छन् । बालबालिकासँग गाँसिएका आफ्ना आकांक्षाका बारे स्पष्ट हुनुस् । तपाईंका बालबालिका कसैका साथी र सहयोगी हुनखोज्छन् भने त्यसको प्रशंसा गर्नुस् । आफ्नो रुचिको छनौट आफैं गर्न प्रेरित गर्नु स् ।

९. जुनसुकै किसिमको शारीरिक सजायले पनि बालबालिकालाई तर्साउँछ ।

के गर्ने तः आफूलाई नियन्त्रण गर्नु स् । उपद्र्या बालबालिकालाई शान्त अभिभावक बाहेक अरू कसैले पनि तह लगाउन सक्दैन । आफ्ना बालबालिकालाई रिस साम्य गर्न सिकाउनु स् र आफैं उत्तेजित नहुनुस्, न रिसाउनुस् । त्यसो गर्दा तपाईंले उसको रिसलाई थाम्न सक्नुहुन्छ । तपाईं आफू ठूलो मान्छे हो भन्ने कुरा सझिदिनुस् ।

१०. कहिलेकाहीँ रोइरहेको बच्चा देखि झिजो मानेर थकित वा दिक्क भएका अभिभावकले बच्चालाई अलि बढी नै झँगलझुगल पारिदिन्छन् । यसले बच्चा अन्धो हुने, मस्तिष्कमा आघात पुग्ने वा अपाङ्ग हुने पनि हुनसक्छ ।

के गर्ने तः आफूलाई रोक्नुस् । यदि बच्चा तपाईंसँग रोएको हो भने कुनै छिमेकी, साथी वा नातेदार खोज्नुस् । उसलाई केहीबेरका लागि बच्चा जिम्मा लगाउनुस् । अरूको मद्दत लिन सिक्नुस् ।

यदि तपाईंलाई तपाईंकै व्यवहारका कारण समस्या सिर्जना भएको भन्ने लाग्छ भने त्यस्तो व्यवहार छोडिदिनुस् र अरुको सहयोग खोज्नुस् । यसमा अरू आमाबाबु र शिक्षकको अनुभवबाट तपाईंले आफूलाई चाहिने धेरै कुरा सिक्न सक्नुहुन्छ । बालबालिका र उनीहरूको विकास क्रमका बारेमा थप सिक्ने प्रयास गर्नु होस् ।

यदि बच्चा छँदा तपाईं आफैले पनि शारीरिक सजाय पाउनुभएको थियो भने त बालबालिका पिट्ने बानी छोड्न तपाईंलाई झनै सजिलो हुनुपर्छ । पिटाइ खाँदा कस्तो लाग्थ्यो, सम्झिनुस् त !

तपाईं आफूले बालबालिकाप्रति कस्तो व्यवहार गरिरहेको छु भन्ने कुरा दिनको एकपटक आत्मसमीक्षा गर्नु रराम्रो हुन्छ । यस्ता सवालमा मद्दत गर्ने वा सल्लाह दिनसक्ने मानिस र संस्थाहरुको सहयोग लिने प्रयास गर्नु होस् । साथै, आप्mनो समयको उपयोग गर्नु स्, बालबालिकाको सेवा, घरेलु हिंसा आदिबारे बुझने जमर्को गर्नु स् । यसबाट तपाईंलाई सन्तोष अनुभव हुन थाल्छ र अन्ततः तपाईं एउटा रराम्रो शिक्षक वा अभिभावकमा रुपान्तरित हुनुहुनेछ । 

(www.health.shiawassee.net af6 )

 

commercial commercial commercial commercial