अवधारणा र हाम्रा चुनौती

जोसुकैले गर्न सक्ने पेशाको स्तर बाट केही माथि उठे पनि शिक्षणलाई अन्य स्थापित पेशाको कोटिमा पुर्‍याउन, रोजाइको पेशा तुल्याउन र पेशागत पहिचानबाट गर्व को अनुभूति हुने स्थितिमा पुर्‍याउन अझ् धेरै गर्न बाँकी छ ।

विद्यालय शिक्षाको प्रभावकारितामा असर पार्ने विभिन्न तत्वहरूमध्ये ‘शिक्षक’लाई सबभन्दा महत्वपूर्ण मानिन्छ । शायद त्यसैकारण होला, ‘कुनै देशको शिक्षा त्यस देशका शिक्षकको स्तर भन्दा रराम्रो हुन सक्दैन’ भन्ने गरिन्छ । समग्रमा भन्दा; शिक्षा प्रणालीको सफलता/असफलता शिक्षकको प्रभावकारितासँग घनिष्ठ रूपमा गाँसिएको हुन्छ । शिक्षकको भूमिका यति महत्वपूर्ण हुन्छ भन्ने स्वीकारेपछि त्यो काम वा पेशाको बारेमा चिराफार गर्नु , त्यसलाई अन्य विशिष्ट व्यवसायसँग तुलना गर्नु तथा ती व्यवसायसँग तुलनीय बनाउन शिक्षक व्यवस्थापनमा के कस्ता संरचनागत, प्रक्रियागत वा रणनीतिक प्रयास हुनुपर्ला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हुन्छ । यहाँ शिक्षक व्यावसायिकताका अवधारणागत पक्ष तथा नेपाली अनुभवहरूबारे विश्लेषण गरिनेछ

पेशा तथा व्यवसायमा फरक

नेपाली भाषामा पेशा तथा व्यवसायलाई समान अर्थमा प्रयोग गरिएको पाइन्छ । यी दुवै शब्दले ‘जीविकाका निम्ति गरिने काम’ भन्ने अर्थ बुझाउँछन् । तर, अङ्ग्रेजीमा डाक्टर, इन्जिनियर, आर्किटेक्ट, वकिल जस्ता पेशालाई जनाउन ‘प्रोफेसन’ शब्दको प्रयोग हुन्छ । यस लेखमा अङ्ग्रेजी शब्द ‘प्रोफेसन’लाई व्यवसायको अर्थमा उपयोग गरी सामान्य अर्थको ‘पेशा’ शब्दभन्दा भिन्न रूपमा चर्चा गर्न खोजिएको छ । माथिको उदाहरणमा भनिएझैँ जीवनयापनका निम्ति गरिने काम भए पनि सबै काम व्यवसायको श्रेणीमा पर्दैनन् । झ्ट्ट हेर्दा अलि प्राविधिक प्रकृतिका र विशेष सीप चाहिने पेशालाई व्यवसाय भनिएको हो कि भन्ने लाग्न सक्छ तर ड्राइभर, सिकर्मी, कुमाले जस्ता काम गर्न विशेष प्राविधिक सीप चाहिए पनि ती पेशालाई ‘व्यवसाय’ भन्ने गरेको पाइन्न ।

अर्को चरणमा विश्लेषण गर्दा त्यो पेशासँग सम्बन्धित ज्ञानको विशिष्ट विधाको विकास ले पनि ‘व्यवसाय’लाई सामान्यार्थी शब्द ‘पेशा’ बाट अलग्याउन सहयोग पुग्छ । केही दिनको प्रशिक्षणबाट वा देखेर सिकिने सीपभन्दा लामो समय लगाएर अध्ययन गर्नु पर्ने गरी विकास भएको ज्ञानले विधाकोरूपग्रहण गरे पछि मात्र व्यवसायको अर्थमा प्रयोग भएको देखिन्छ ।

ज्ञानको विशिष्ट विधाको रूपमा पहिचान बनेपछि त्यो ज्ञानको प्रसार गर्ने , स्तरीकृत अभ्यास का स्वरुपहरू परिभाषित गर्ने , त्यो स्तरीय अभ्यास गर्न सक्छ भन्ने ठानेमा आफ्नो समुदायको सदस्य बनाउने, सदस्यता विस्तार गर्ने , सो व्यवसाय सञ्चालन गर्न इजाजत (लाइसेन्स) प्रदान गर्ने जस्ता कार्यहरूमार्फत व्यवसायका मूल्य, मान्यता तथा आचारहरू स्थापित हुन्छन् । ती स्थापित मूल्यका आधारमा समुदाय या राज्यले त्यस्तो व्यवस्था स्वीकार गर्ने अवस्थामा पुगेपछि ‘व्यवसाय’ले परिपक्वता हासिल गर्ने ठानिन्छ ।


हामीकहाँ शिक्षक पदोन्नतिको व्यवस्था त छ तर निरन्तर ज्ञान आर्जनमा लाग्नुपर्ने बाध्यता छैन । हाम्रा शिक्षण पदका नामले पनि व्यावसायिकभन्दा प्रशासनिक ढाँचाको झल्को दिन्छन् । बेलालयतमा शिक्षक पद–श्रृंखलामा नवप्रवेशीदेखि विज्ञ, विद्वत तह गरी पाँच तह भएको पाइन्छ ।

यसप्रकार पेशालाई जीविकाका निम्ति गरिने काम वा इलमको सामान्य अर्थमा तथा व्यवसायलाई विशिष्टीकृत ज्ञानको अभ्यास लाई स्तरीकृत गर्ने गरी दीर्घकालिक प्रशिक्षण तथा अभ्यास समेत संलग्न विशेष पेशाको अर्थमा बुझन सकिन्छ ।

‘व्यावसायिकता’का मूलभूत आधारहरू

समाज मा राम्ररी स्थापित भएका व्यवसायका विशेषताहरू केलाउँदा निम्नानुसारका आधारहरू भेट्टाउन सकिन्छ ।

  • स्थापित व्यवसायमा समयक्रममा क्रमशः विकास र विस्तार हुँदै विशिष्टीकृत ज्ञानको भण्डार निर्माण भएको पाइन्छ ।
  • व्यवसायमा लागेर आर्जित ज्ञानलाई आलेखमा उतार्ने तथा स्थानान्तरण गर्ने प्रबन्ध मिलाइएको हुन्छ । यस्तो वितरण कार्य गर्ने संस्थाको समेत प्रमाणीकरण गर्ने गरिन्छ ।
  • ज्ञानको वितरण गर्ने प्रयासमा अध्ययन वा अध्यापनले मात्र नपुग्ने भएकाले पेशाविद्को  काम गर्दै सीपमा प्रवीणता हासिल भएको सुनिश्चित गर्ने प्रबन्ध मिलाइएको हुन्छ । सुपरीवेक्षणमा तथा नजिकको निगरानीमा रही
  • गर्नु पर्ने कामको व्यावसायिक स्तर किटान गरी सो स्तर अनुरूपको पाठ्यक्रमको डिजाइन गर्ने , शिक्षणको प्रबन्ध गर्ने तथा अभ्यास मार्फत सिक्ने प्रबन्ध मिलाइएको हुन्छ ।
  • सिकाइलाई प्रमाणित गर्ने तथा सो आधारमा काम गर्न समान मूल्य, मान्यता, स्तर यकिन गर्ने प्रयोजनका निमित्त निश्चित सङ्गठनको निर्माण भएको हुन्छ । साथै सो अभ्यास गर्ने अनुमति जारी गर्ने स्तरीकृत प्रबन्ध मिलाइएको हुन्छ ।
  • व्यावसायिक स्तर अनुरूपका आचरण र कार्यस्तर यकिन गर्न अनुगमन गर्ने कार्यसमेत सो सङ्गठनबाट हुन्छ । अनुगमनबाट अपेक्षित स्तर अनुरूप आचार, व्यवहार र कार्यस्तर नभएको स्थितिमा व्यावसायिक अभ्यास गर्न दिइएको अनुमति रद्द गर्न सक्ने अधिकारसमेत सो सङ्गठनले राख्दछ ।
  • व्यावसायिक अभ्यास गर्ने क्रममा तोकिएका स्तर को पालना गर्नु का अतिरिक्त ज्ञानको निर्माण आफ्नो समुदायसँग आदान–प्रदान जस्ता कार्यलाई समेत व्यावसायिक उत्तरदायित्वको परिधिभित्र राखिएको हुन्छ ।
  • व्यावसायिक विकास सँग सँगै वृत्ति–शृङ्खलामा उन्नति हुने तथा आम जनसमुदायमा व्यापक स्तर मा सेवा पुग्ने गरी विज्ञता भएका व्यक्तिको भूमिकामा समेत परिवर्तन गर्ने व्यवस्था हुन्छ ।

शिक्षण पेशा र व्यावसायिकता

माथि चर्चा गरिएका व्यावसायिकताका आधारहरूको पृष्ठभूमिमा अब शिक्षण पेशाका विशेषताहरूबारे चर्चा गरौँः

  • समय क्रमसँगै कुन समूहका निमित्त कस्तो प्रकारको शिक्षाको प्रबन्ध गर्ने , कसरी सिकाउने वा सिक्न सहयोग गर्ने र सिकेको यकिन गर्न कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा विशिष्टीकृत ज्ञानको भण्डार निर्माण भएको छ । यो निरन्तर परिमार्जनको क्रममा पनि छ ।
  • यस्तो ज्ञानको वितरण गर्ने अधिकार निश्चित संस्थाहरूलाई प्रदान गरिएको हुन्छ । त्यस्ता संस्थाहरूको न्यूनतम स्तर निर्धारित हुन्छ ।
  • सीपमा प्रवीणता हासिल गरेको यकिन गर्न शैक्षिक संस्थामा इन्टर्नसीप, शिक्षण–अभ्यास गर्नैपर्ने गरी पाठ्यक्रममा व्यवस्था गरिएको हुन्छ ।
  • विभिन्न मुलुकमा व्यावसायिक स्तर निर्धारण गर्दा केही समान ता र केही भिन्नता रहने गरेको भेटिन्छ । थाइल्यान्डको कुरा गर्ने हो भने त्यहाँ ज्ञान तथा अनुभव सम्बन्धी, कार्यसम्पादन सम्बन्धी र आचार– व्यवहार सम्बन्धी गरी जम्मा ३२ वटा स्तर हरू निर्धारण गरिएका छन् ।
  • व्यावसायिक स्तर अनुरूप ज्ञान आर्जन गरेको विश्वविद्यालय वा कलेजबाट प्रमाणित गर्ने कार्य भएपछि पनि समान मूल्य तथा व्यवहार ‘सेयर’ गर्न, ज्ञानको स्तरीकरण गर्न शिक्षक काउन्सिल वा शिक्षक व्यावसायिक स्तरीकरण ब्युरो जस्ता संस्थाहरूगठन भएका उदाहरण भेटिन्छन् । यी वा यस्तै प्रकृतिका संस्थाले आवश्यक प्रक्रिया पूरा गरी व्यावसायिक अभ्यास गर्ने अनुमति प्रदान गर्द छन् । अनुमति प्राप्त न गरे सम्म व्यावसायिक अभ्यास गर्ने कार्य अवैधानिक हुन्छ ।
  • ती संस्थाले आफूले निर्धारण गरेका व्यावसायिक स्तर को पालना भएको यकिन गर्न, आफ्नो समुदायको सेवाको विश्वसनीयता कायम राख्न, दक्ष व्यक्तिबाट सेवा पाउने सेवाग्राहीको हकको रक्षा गर्ने उद्देश्यका निमित्त कार्यसम्पादनको अनुगमन गर्ने र अपेक्षित स्तर पूरा भएको नपाइएका अवस्थामा अभ्यास गर्ने अनुमति रद्द समेत गर्ने प्रचलन छ ।
  • शिक्षकको व्यावसायिक उन्नयनका निमित्त ज्ञान आर्जन गर्ने तथा त्यस्तो ज्ञान आफ्नो समुदायभित्र निरन्तर आदान–प्रदान गर्ने व्यवस्था भएको हुन्छ । शिक्षकका विषयगत सङ्गठनहरू निर्माण हुने र ती सङ्गठनमार्फत विषयगत ज्ञानको विकास मा टेवा दिने कार्य संसारभरि प्रचलनमा छ ।
  • विज्ञता भएका शिक्षकहरूले समग्र शिक्षा प्रणालीमा खास गरी पाठ्यक्रम विकास , पाठ्यसामग्री निर्माण, शैक्षणिक प्रविधिको विकास जस्ता विषयमा समेत योगदान पुर्याउन सक्ने गरी वृत्ति शृङ्खलामा उन्नतिसँगै ठूलो क्षेत्रमा सेवा पुरयाउने गरी भूमिकामा परिवर्तन भएको पाइन्छ ।

नेपालमा शिक्षण पेशा र व्यावसायिकता

  • नेपालमा प्राथमिक तहको शिक्षक तयारी गर्ने कोर्स विश्वविद्यालय तथा शिक्षा सङ्कायमार्फत सञ्चालन हुने व्यवस्था छैन । एसएलसी उत्तीर्ण शिक्षकहरूले निजीस्तर मा सञ्चालित शिक्षक तालिम केन्द्रहरूमार्फत पूर्व–सेवाकालीन तालिम प्राप्त गरे पछि मात्र शिक्षक लाइसेन्सको परीक्षामा सामेल हुनसक्ने व्यवस्था छ । निम्न माध्यमिक तथा माध्यमिक तहको शिक्षक तयार गर्ने कोर्सहरू विश्वविद्यालयहरूमार्फत सञ्चालनमा छन् । यी दुवै प्रकारका (प्राथमिक तथा माध्यमिक) शिक्षक तयारी कार्यक्रम सञ्चालन गर्ने संस्थालाई कार्यक्रम सञ्चालन अनुमति प्रदान गर्दा अन्तर्राष्ट्रिय प्रचलनअनुरूप मुख्य–मुख्य शर्त र आधारहरू पूरा भएका छन् भनेर दाबी गर्न सकिने स्थिति छैन ।
  • सीपमा प्रवीणता भएको यकिन गर्न अन्यत्र अपनाइने ‘इन्टर्नसीप’, शिक्षण अभ्यास जस्ता ‘इन्स्ट्रूमेन्ट’हरू व्यावसायिक मर्म अनुसार सञ्चालन गर्ने भन्दा पनि प्रायः ‘रीति’ धान्ने गरी सञ्चालित पाइन्छन्
  • शिक्षकको तहगत रूपमा आवश्यक न्यूनतम योग्यता नियमद्वारा निर्धारित छ । तालिम र लाइसेन्सको प्रावधानलाई अनिवार्य गरिएको छ । तर, व्यावसायिक स्तर निर्धारण हुन अझै हुन बाँकी छ ।
  • शिक्षकको व्यावसायिक अभ्यास लाई स्तरीकृत गर्ने ‘शिक्षक काउन्सिल’ जस्ता संस्था अझ्सम्म अस्तित्वमा छैनन् । ‘शिक्षण–अनुमति’ शिक्षक सेवा आयोगमार्फत प्रदान हुँदै आएको छ । शिक्षकहरूका केही विषयगत सङ्गठनहरू (जस्तै, नेल्टा, गणित शिक्षक परिषद् आदि) मार्फत विषयगत शिक्षण सम्बन्धी ज्ञानको निर्माण र वितरणमा केही सराहनीय काम हुन थालेका छन् ।
  • संस्थाको व्यावसायिक पहिचान, विश्वसनीयता र गरिमा कायम राख्ने तथा कुशल व्यक्तिबाट सेवा पाउने सेवाग्राहीको हकको सम्वद्र्धन गरी आम समुदायको विश्वास जित्न प्रदान गरिने ‘अध्यापन अनुमतिपत्र’ सन्तोषजनक ढंगबाट वितरण हुन सकेको छैन । यसनिम्ति शिक्षक तयारी पक्षको खुकुलोपना तथा रोजगारीको निमित्त चर्को दबाब मुख्य चुनौती भएका छन् । तोकिएको आचरण र कार्यसम्पादनको स्तर पूरा न गर्ने को अनुमतिपत्र रद्द गर्ने व्यवस्था लागू नै हुन सकेको छैन । शिक्षकको उत्तरदायित्वलाई मूलतः तीन अर्थमा

बुझन सकिन्छ:

  • शास्त्रीय उत्तरदायित्व (जसलाई नियम पालनाको अर्थमा प्रशासनिक पनि भन्न सकिन्छ);
  • केन्द्रीय उत्तरदायित्व (केन्द्रीय पाठ्यक्रम, परीक्षा र मूल्याङ्कन संयन्त्रमार्फत गरिने नियन्त्रणात्मक उत्तरदायित्व जुन कार्यसम्पादन र नतिजासँग सरोकार राख्दछ) तथा
  • व्यावसायिक उत्तरदायित्वः व्यवसायको मूल्य, मान्यता, स्तर , आचरणअनुरुप व्यवहार गर्न स्तर , समूह वा व्यावसायिक मर्यादाप्रति उत्तरदायी हुने व्यवस्था ।
  • हामीकहाँ शिक्षक पदोन्नतिको व्यवस्था त छ तर निरन्तर ज्ञान आर्जनमा लाग्नुपर्ने बाध्यता छैन । शिक्षकका निम्ति निर्धारित विभिन्न पदका नामले पनि व्यावसायिकभन्दा प्रशासनिक ढाँचाको झल्को दिन्छ । बेलायतमा र थाइल्यान्डमा शिक्षक पद– शृङ्खलामा नवप्रवेशी देखि विज्ञ, विद्वत तह गरी पाँच तह भएको पाइन्छ । माथिल्लो तह पदनामले पनि बढी व्यावसायिक छ र ज्ञानको विकास र विस्तारमा उसको भूमिकालाई फरक ढङ्गले बुझने गरिन्छ ।

माथिका व्यहोराबाट नेपालमा शिक्षण पेशालाई व्यावसायिक बनाउने दिशामा केही प्रयास भएका देखिन्छ । तर जो सुकैले गर्न सक्ने र धान्न सक्ने पेशाको स्तर बाट यो पेशा केही माथि उठे पनि अन्य स्थापित पेशाको कोटिमा पुर्याउन, रोजाइको पेशा बनाउन तथा पेशागत पहिचानबाट गर्व को अनुभूति गर्न सक्ने स्थितिमा पुग्न अझ् धेरै गर्न बाँकी देखिन्छ । शिक्षक तयारी, सेवाकोगठन र सेवा शर्तमा सुधार, निरन्तर पेशागत विकास जस्ता पक्ष सरकारी तवरबाट गरिनुुपर्ने केही महत्वपूर्ण कार्यहरू हुन् । शायद व्यावसायिकताको प्रवद्र्धनमा शिक्षक समुदायको भूमिका त्योभन्दा कम महत्वपूर्ण हुँदैन । आफ्नो विशिष्ट पेशागत पहिचान कायम गर्ने , स्तर वृद्धिमा टेवा पुरयाउने , निरन्तर सिकाइ र विकास का अवसरहरू सिर्जना गर्ने , आफ्ना ज्ञान, सिकाइ र आचार सम्बन्धी पक्षको अनुगमन गर्ने जस्ता कार्य अन्य व्यावसायिक समुदायले झैँ शिक्षक समुदायले पनि आफ्नै प्रयासमा अघि बढाउनुपर्ने हुन्छ ।


व्यावसायिकता प्रवद्र्धन गर्नका निमित्त न्यूनतम सुविधा सुनिश्चित गर्नुका अतिरिक्त व्यावसायिक विशिष्टताको संरक्षण र प्रवद्र्धन गर्नु पनि उत्तिकै महत्वपूर्ण र आवश्यक छ ।

शिक्षक व्यावसायिकता र चुनौती

  • व्यावसायिकता र समावेशी सेवाः शिक्षण सेवा समावेशी बनाउनुका साथै स्तर उकास्ने चुनौती पनि छ । त्यसकारण शिक्षक तयारी कार्यक्रममा आकर्षण गर्ने , अनुदान दिएर व्यक्तिको लागत घटाउने जस्ता रणनीतिमार्फत व्यावसायिकताको सम्वद्र्धन तथा समावेशी सेवाको उद्देश्यलाई एकसाथ प्राप्त गर्नु पर्ने अवस्था छ ।
  • व्यावसायिकता र विकेन्द्रीकृत शिक्षक व्यवस्थापनः शिक्षक व्यवस्थापनलाई विकेन्द्रीकृत गर्ने काममा व्यावसायिकता पक्षलाई कमजोर हुन नदिन शिक्षकको व्यावसायिक स्तर निर्धारण गर्ने ; शिक्षक तयारी पक्षमा अनुशासन कायम गर्ने , दुर्गम क्षेत्रमा योग्य व्यक्तिलाई आकर्षित गर्न प्रोत्साहनका विशेष योजनाहरू लागू गर्ने उपायहरू अवलम्बन हुन सक्छन् ।
  • जवाफदेहिताको संयन्त्र र व्यावसायिकताः आफ्नो व्यवसायप्रति उत्तरदायी बनाउन स्वतन्त्र काउन्सिलगठन गरिनु पर्छ । राजनीतिक वा पेशागत लाभहानिका निमित्त सङ्घर्ष गर्ने भन्दा पनि व्यावसायिक उन्नयनमा समर्पित संस्थाको निर्माणबाट आफ्नो व्यावसायिक मर्यादाप्रति उत्तरदायी हुने र स्व–नियमनको विधिबाट सञ्चालित हुने आधार तयार हुन्छ ।
  • शिक्षक सेवाकोगठन र व्यावसायिकताः प्राथमिक तहका शिक्षकहरू, माध्यमिक शिक्षकका सहायक वा तल्लो दर्जाका नभएर विशिष्ट व्यावसायिक पहिचान बोकेका शिक्षक हुन् भन्ने मान्यता स्थापित गर्नु आवश्यक छ । रोजगार बजारका अन्य सेवासँग तुलनीय बनाउन शिक्षक सेवालाई पनि शैक्षिक योग्यतासँग आबद्ध गरिएका कारण प्राथमिक शिक्षक पदोन्नति भएर माध्यमिक शिक्षक बन्नु पर्ने अवस्था छ । त्यसै गरी निजी स्रोतमा वा अन्य किसिमबाट नियुक्त शिक्षकले न्यून तलबमा काम गर्नु परेका गुनासाहरू पनि उत्तिकै छन्, यसको पनि संबोधन हुने व्यवस्था गर्नु आवश्यक छ ।

(थपलिया शिक्षा मन्त्रालयका उपसचिव हुन् ।)

commercial commercial commercial commercial