प्रवचनदेखि सात E सम्म
कुन पाठ कसरी पढाउन सकिन्छ र कसरी पढाउँदा बढी प्रभावकारी हुन्छ भन्ने कुरा लाई साधारण भाषामा शिक्षण–सिकाइ विधि भनिन्छ । तर, हामी शिक्षकहरू कस्तो क्रियाकलाप गराउँदा विद्यार्थीले विषयवस्तु रराम्रोसँग बुझन वा त्यसबारे धारणा निर्माण गर्न सक्छन् भन्ने हेक्का कमै मात्रामा राख्छौँ । परिणामस्वरूप हराम्रो दैनिक क्रियाकलाप सधैँजसो उस्तै हुन्छ र विद्यार्थीले शिक्षकको क्रियाकलाप मा विविधताको कमी महसूस गर्छन् । यसबाट पढाइने विषय र सम्बद्ध शिक्षकप्रति नै विद्यार्थी निराश हुन थाल्छन् । विद्यार्थीलाई कुनै कुनै पाठ सजिलोसँग बुझाउने तरिका र अभ्यास नै सही शिक्षण विधि हो । प्रायः जसो एउटा कक्षामा भिन्न–भिन्न रुचिका विद्यार्थीहरू हुन्छन् । एउटै विद्यार्थीले पनि भिन्न तरिकाले सिक्न चाहन्छ । त्यसैले प्रभावकारी शिक्षण–सिकाइलाई शिक्षकले एउटै पाठमा पनि विभिन्न विधि अपनाएर व्यावहारिक रूपमा प्रयोगमा ल्याउनुपर्छ ।
शिक्षण–सिकाइ विधि शिक्षककेन्द्रित या विद्यार्थीकेन्द्रित हुन सक्छ । शिक्षकले सहयोगीको रूपमा कार्य गर्ने र शिक्षक– विद्यार्थी, विद्यार्थी–विद्यार्थीबीच छलफल , अन्तरक्रिया, अनुभव आदान– प्रदान गर्ने गरी तय गरिएको क्रियाकलाप लाई विद्यार्थीकेन्द्रित विधि भनिन्छ । यसको विपरीत कक्षाकोठामा शिक्षकले सूचना र अनुभव प्रदान गर्ने र विद्यार्थीहरूले सुन्ने तथा साधारण जिज्ञासाको पुष्टि शिक्षकसँग माग्ने जस्ता क्रियाकलाप लाई शिक्षककेन्द्रित विधि भनिन्छ । शिक्षकले पाठलाई व्याख्या गर्ने र विद्यार्थीले यसलाई अभ्यास गर्ने र जस्ताको तस्तै परीक्षामा उतार्ने प्रचलनलाई शिक्षण–सिकाइको प्रमुख अङ्गको रूपमा लिने प्रचलन हामीकहाँ अझै छ । विश्वविख्यात शिक्षाविद् जोहन डिबेले ‘ गरेर सिक्ने’ प्रक्रियामा जोड दिएका छन् । विद्यार्थीकेन्द्रित विधिमा शिक्षकले विद्यार्थीलाई नयाँ कुरा खोज्ने वातावरण सृजना गर्द छ । शिक्षक कक्षाकोठाको अगाडि कम समय मात्र उभिन्छ । नेपाली परिवेशमा के सबै शिक्षण–सिकाइ विधि प्रयोग गर्न सकिएला ? नसकिने के होला ? र किन होला ? अहिले हामीकहाँ प्रचलित विधिहरूमध्ये केही विधिका बारेमा यहाँ छलफल गरौं ।
प्रवचन विधि
प्रवचन विधिमा शिक्षकले पाठमा दिइएको जानकारी वा सूचना र तथ्यका आधारमा व्याख्या गर्ने हुनाले यसलाई व्याख्यान विधि पनि भनिन्छ । उदाहरणका लागि लक्ष्मीप्रसाद देवकोटाको जीवनी शिक्षकले विद्यार्थीलाई सुनाउँछन् । विद्यार्थीहरू शिक्षकको बोली मन्त्रमुग्ध भएर सुनिरहन्छन् । त्यस्तै विज्ञान शिक्षणमा साधारण यन्त्र के हो र कति प्रकारका हुन्छन् भनी शिक्षकले विद्यार्थीलाई उदाहरणसहित बताउनु पनि प्रवचन विधि हो । ट्राफिक नियम पालना न गर्दा हुने हानिका बारेमा विद्यार्थीलाई कक्षामा बताउनु पनि प्रवचन विधि हो । यसरी हेर्दा यो विधिमा शिक्षक बढी सक्रिय हुने र विद्यार्थीहरू निष्क्रिय श्रोता हुने भएकाले यो स्वतः शिक्षककेन्द्रित विधि हुन जान्छ । छोटो समयमा धेरै जानकारी दिनुपरेमा वा कक्षाकोठामा धेरै छात्रछात्रा भएको अवस्थामा यो विधि निकै उपयोगी मानिन्छ । यो विधि जानकारी दिन, विषय विस्तार गर्न, अध्ययन सामग्रीको महत्व दर्शाउन र विद्यार्थीलाई उत्प्रेरणा जगाउन सहायक हुन्छ । तर विद्यार्थीलाई क्रियाशील बनाउन एवं सीपमूलक र क्षमतावान् बनाउन यो विधि सामान्यतः काम लाग्दैन । यो विधिले विद्यार्थीको कल्पना गर्न सक्ने क्षमता बढाउन मद्दत गर्छ । यो विधिमा शिक्षकले विद्यार्थीको एकाग्रतागुम्न नदिन कक्षा क्रियाकलाप लाई तीन–चार खण्डमा विभाजन गरी १५–२० मिनेटपछि छलफल , प्रश्नोत्तर वा अन्तरक्रिया गर्नु आवश्यक छ ।
छलफल विधि
कुनै पाठलाई विद्यार्थीहरूबीच छलफल गराए र सिकाउने विधिलाई ‘छलफल विधि’ भनिन्छ । यो विधिमा विद्यार्थीलाई विषयवस्तुका बारेमा समूहमा विभाजन गरी तर्क, वितर्क र बहस गराए र निचोड निकालिन्छ । यस्तो छलफल ले विद्यार्थीको रचनात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ । उदाहरणका लागि खेलकुदले स्वास्थ्यलाई गर्ने फाइदाका विषयमा कक्षामा छलफल गराउन सकिन्छ । त्यस्तै सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानीका बारेमा पनि छात्रछात्राबीच छलफल गराउन सकिन्छ । यस्तो छलफल मा सकेसम्म एक समूहमा पाँच देखि सात जनाभन्दा बढी विद्यार्थी राख्नुहुदैन र निचोडलाई पालैपालो प्रस्तुत गर्न लगाउनुपर्छ । यसले विद्यार्थीको आत्मविश्वास र रचनात्मक क्षमता वृद्धि हुन्छ । छलफल मा शिक्षक आफू चाहिँ उत्प्रेरक बन्नु पर्छ ।
प्रदर्शन विधि
सामान्यतया व्यावसायिक तथा सीपमूलक विषय पढाउँदा प्रदर्शन विधिको प्रयोग गरिन्छ । यो विधिमा शिक्षकले कुनै कुरा को नमुना प्रदर्शन गरेर विद्यार्थीलाई बुझउँछन् । जस्तै, घाइतेको प्राथमिक उपचारमा कृत्रिम श्वास दिने विधि शिक्षकले गरेर देखाउने । यस्तै, कम्प्युटरमा फाइल सुरक्षित राख्ने तरिका शिक्षकले कक्षाकोठामा अभ्यास नै गरेर देखाउनु पनि प्रदर्शन विधि अनुसारको शिक्षण हो । यो विधिमा शिक्षकले गर्नु पर्ने कार्यलाई चरण–चरणमा विभाजन गरी प्रस्तुत गर्दा राम्रो हुन्छ ।
प्रत्येक चरणका कारणसहित व्याख्या गर्न सके झनै रराम्रो हुन्छ । आफूले प्रदर्शन गरिसकेपछि विद्यार्थीलाई गर्न लगाएमा विद्यार्थीले सिके नसिकेको तुरुन्तै थाहा पाउन सकिन्छ ।
खोज विधि
खोज विधिमा विद्यार्थीलाई कुनै समस्या दिई त्यसको समाधान खोज्न लगाइन्छ । यो विधिमा पहिले शिक्षकले विद्यार्थीले समाधान गर्न सक्ने तथा शिक्षकले धेरै निर्देशन दिनु नपर्ने खालका समस्या छनौट गर्नु पर्छ । यसले नयाँ कुरा पत्ता लगाउनसक्ने क्षमता बढाउँछ । यसैले यो विधि स्कूलस्तर का विद्यार्थीहरूका लागि रराम्रो मानिन्छ । विद्यार्थीलाई कुनै गाउँ–ठाउँका मानिसका रीतिरिवाजबारे खोज गर्ने तथा यिनको आफ्नो रीतिरिवाजसँग के–कस्ता समान ता–असमान ता छन् खोज्न लगाउन सकिन्छ । यस्तै पानीका धेरै मुहान पत्ता लगाई सफा पानी खोज्न लगाउन पनि सकिन्छ । क्लाइनोमिटरको प्रयोग गरेर अग्लोरूखको उचाइ निकाल्न लगाउनु पनि खोज विधि प्रयोग गर्नु हो ।
सहयोगात्मक विधि
सहयोगात्मक सिकाइले विद्यार्थीलाई आपसमा मिलेर काम गर्ने र सिक्ने अवसर प्रदान गर्छ । यो सिकाइ विधिमा विद्यार्थीलाई समूहमा विभाजन गरी पढ्न र छलफल गर्न लगाइन्छ । सहयोगात्मक विधिको मुख्य फाइदा विद्यार्थीमा जागृत हुने समूहको भावनालाई मानिन्छ । यो विधिले विद्यार्थीलाई एक्लो नभई समूहको हितका बारेमा सिकाउँछ । सहयोगात्मक विधि प्रयोगका भिन्न–भिन्न तरिका छन् । तीमध्ये ‘विद्यार्थी समूह उपलब्धि विभाजन’ र ‘समूह–खेल प्रतियोगिता’ को प्रयोग बढी भएको पाइन्छ ।
‘विद्यार्थी समूह उपलब्धि विभाजन’मा भिन्न–भिन्न स्तर का विद्यार्थीको समूह विभाजन गरेर सिक्नुपर्ने सामग्री र गर्नु पर्ने क्रियाकलाप दिइन्छ । यस्तो सामग्रीबाट सिक्दा विद्यार्थीले क्विज खेल्न, कार्यतालिका बनाएर हेर्न वा श्रव्य–दृश्य सामग्रीको प्रयोग गर्न पनि सक्छन् । सिकाइपछि सबै समूहका विद्यार्थीलाई प्रश्न सोधिन्छ । बढी अङ्क ल्याउने समूह विजयी बन्छ । कक्षापछि कुनै प्रतियोगिता गरिन्छ भने त्यसलाई समूह खेल प्रतियोगिता भनिन्छ ।
निर्माणवादी विधि
निर्माणवादीहरूको रायमा विद्यार्थीले आफ्नै अनुभवबाट छुट्टै किसिमले सिकिरहेका हुन्छन् । यो दर्शन अनुसार आपसमा छलफल र अन्तरक्रियाबाट विद्यार्थीले नयाँ–नयाँ कुरा आफैँ सिक्छन् । ज्ञान शिक्षकले भनेर वा दिएर बढ्दैन, बरु आफैँले परिस्थितिलाई अवलोकन गरेर प्राप्त गरिन्छ भन्ने मान्यता यो दर्शनले बोकेको छ । रोगर वाइबीले अङ्गे्रजीको ‘इ’ अक्षरबाट शुरु हुने पाँच शब्दको एउटा निर्माणवादको नमुना प्रस्तुत गरेका छन् । हिजोआज यसमा ‘इ’ बाटै शुरु हुने अरू दुई वटा शब्द थपी सात ‘इ’ को नमुना बनाइएको छ । यसको उदाहरण तल दिइएको छ । भ्हअष्तभ (एक्साइट)ः यसको आशय विद्यार्थीलाई सर्वप्रथम सिक्न उत्पे्ररित/ उत्साही तुल्याउनुपर्छ भन्ने हो । कुनै पाठबारे ‘यस्तो किन ?’, ‘के थाहा छ ?’ र ‘के पत्ता लगाउने ?’ भन्ने जस्ता प्रश्न सोध्न सकिन्छ । उदाहरणका लागि सरुवा रोगका बारे पढाउँदा शिक्षकले कक्षाको प्रारम्भमा ‘रोग के हो ?’, ‘किन लाग्छ ?’, ‘यसका बारे के थाहा छ ?’, ‘के–के पत्ता लगाउन सक्छौ ?’ जस्ता प्रश्नहरूमा छलफल गराउनु पर्दछ । यसले विद्यार्थीलाई नयाँ कुरा सिक्न र छलफल मा सहभागी हुन प्रेरित गर्छ ।
Explore (एक्सप्लोर)ः यसले विद्यार्थीलाई जिज्ञासा वा आकाङ्क्षा मेटाउन प्रेरित गर्छ । यस विधिमा विद्यार्थीले उनीहरूमा पैदा गरिएको उत्सुकताका आधारमा सोधखोज गर्छन् । यो चरणमा कुनै विचार ठीक हो वा बेठीक भनी परीक्षण हुन्छ । विद्यार्थीलाई नयाँ विचार खोज्न प्रोत्साहित गर्नु पर्छ । सरुवा रोगका बारे विद्यार्थीले भनेका कुरा सुन्ने, सर्ने नसर्ने रोगका बारेमा सोचविचार गर्न र तिनको परीक्षण सहजकर्ताको भूमिका शिक्षकले निर्वाह गर्नु पर्छ ।
Explain (एक्सप्लेन)ः कुनै धारणा वा विचार को व्याख्या गरिन्छ । तर यस्तो व्याख्या शिक्षकले न गरी विद्यार्थीलाई गर्न लगाउने । यसले अरूको व्याख्या सुन्ने, विवेचना गर्ने र प्रश्न गर्ने क्षमता बढाउँछ । कुनै विषयमा शिक्षकले गरेको व्याख्या सुन्ने र आफ्नो धारणालाई परिष्कृत गर्न पनि यसले सघाउ पुर्याउँछ । शिक्षकले नयाँ धारणा बनाउन विद्यार्थीका पूर्व अनुभवलाई जोड दिन्छन् ।
Expand (एक्सपान्ड)ः विद्यार्थीलाई सम्बन्धित पाठकको उपयोगिताको आयाम खोज्न लगाउने । पहिलेको भन्दा फरक तर समरूप परिस्थितिमा प्रयोग गर्ने उपायका रूपमा छलफल गर्न सकिन्छ ।
Extend (एक्सटेन्ड)ः विद्यार्थीहरूले सम्बन्धित विषय वा धारणाहरूलाई विस्तार गरी अन्य विषयवस्तु वा धारणासँग दाँज्ने, फरक छुट्याउने र नयाँ परिस्थितिमा प्रयोग गर्ने गर्द छन् । यसले कुनै पाठलाई विस्तृत रूपमा बुझाउन सहयोग गर्छ । उदाहरणका लागि रोगलाई सरसफाईसँग सम्बन्धित बनाएर छलफल गराउन सकिन्छ ।
Exchange (एक्सचेन्ज)ः विद्यार्थीले आफ्नो धारणा अन्य साथी वा समूहसँग आदानप्रदान गर्द छन् । शिक्षकले उक्त आदानप्रदानमा सहयोग गर्द छन् ।
Examine (एक्जामिन)ः यसमा विद्यार्थीले निर्माण गरेको वा बुझेको कुरा जाँचिन्छ । यस्तो परीक्षण खुला प्रश्न, अवलोकन र व्याख्याको आधारमा गरिन्छ । यो विधिमा शिक्षकले मात्र नभएर विद्यार्थी स्वयंले पनि आफूले सिकेका सीप, ज्ञान प्रदर्शन गर्द छन् र आफ्नो प्रगति आफैँ मूल्याङ्कन गर्छन् ।
लेखक काठमाडौँ विश्वविद्यालयका एसिसटेन्ट प्रोफेसर हुुन् ।



