हेराइ र बुझाइ

म भारतरत्न विजेता सर सी.वी. रमणसँग को एउटा रोचक प्रसङ्ग उल्लेख गर्छु । सन् १९५४ जनवरीको अन्तिम साता रमणलाई भारतरत्न पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको थियो । दिल्लीको राष्ट्रपति भवनमा हुने पुरस्कार वितरण समारोहका लागि रमणलाई तत्कालीन राष्ट्रपति डा. राजेन्द्रपर सादले निजी पाहुनाको रूपमै निम्ता गरेका थिए । आफ्नो मार्गदर्शन (गाइडेन्स्) मा पीएचडी गरिरहेका विद्यार्थीहरूको शोधपत्र जनवरीको अन्त्यसम्म बुझाउनुपर्ने कारण दर्शाउँदै रमणले एउटा पत्र लेखेर समारोहका लागि दिल्ली आउन नसक्ने जनाए । आफ्ना विद्यार्थीले शोधपत्र सम्पन्न गर्न निकै मेहनत गरेका कारण तिनलाई साथ दिनुपर्छ भन्ने रमणलाई लागेको हुनसक्छ । मार्गदर्शक (गाइड) का रूपमा आफूले अन्तिम हस्ताक्षर गरे पछि मात्र विद्यार्थीले शोधपत्र बुझाउन् भन्ने रमणको इच्छा हुनसक्छ । रमण त्यस्ता वैज्ञानिक थिए जो सर्वोच्च सम्मान प्राप्त गर्ने भव्य समारोहमा उपस्थित हुनुभन्दा विद्यार्थीलाई साथ दिनुलाई नै आफ्नो कर्तव्य ठान्थे । यही नैतिकताले नै साँचो अर्थमा विज्ञानको निर्माण गर्छ ।

डा. अब्दुल जे. कलाम, भारतका पूर्वराष्ट्रपति

बेमेल र मिथ्याबोधले वातावरण दूषित पारिरहेको समयमा विद्वानहरुले हतोत्साह र खाली दर्शक भएर छुट्टै बस्ने बेला छैन । शिक्षाको महत्वको विषयमा दुईमत हुन सक्दैन, यसकारण अरुलाई दोष दिएर माफी माग्नु व्यर्थ छ । शिक्षाको उन्नतिमा प्रगति ल्याउन प्रत्येक मानिस कुममा कुम जोडेर उभियोस् र सहायतागरोस् । शिक्षित मानिस नै प्रजातन्त्रको उचित मूल्य तोक्न (कदर गर्न) जान्दछन् । अब पनि शिक्षा सम्बन्धी कार्यक्रमहरु एकातिर हटाइयो भने पहिले दुईपल्ट अवनतितिर लागेको नेपालको इतिहास तेस्रोपल्टमा पूरा विनासोन्मुख हुनेछ ।

सरदार रुद्रराज पाण्डे

(२०११ साल चैत ९ गते नेपाल सरकार सचिवालयको ग्यालरी बैठकमा शिक्षा आयोगको सभापतिको हैसियतले मन्तव्य दिँदै ।)


‘अन्वेषण गर्न सघाउ पुरयाउने कला नै शिक्षण कला हो’

मार्क भान डोरेन

commercial commercial commercial commercial