पढ्नु त पर्ने हो तर...

विगत १६ वर्ष देखि शिक्षण पेशामा संलग्न जलदेवी निमावि, खनियापानी, रामेछापकी शिक्षक नैनकला श्रेष्ठ (३६) ले कोर्षका किताबभन्दा बाहेक हालसम्म तीन वटा पुस्तक मात्रै पढेको सम्झना छ । बीपी कोइरालाको दोषी चस्मा , डायमण्ड शम्शेरको वसन्ती र सेतो बाघ पढेकी उनी भन्छिन्, “सीप तथा अध्ययन बिनाको शिक्षक भुत्ते–खुकुरी जस्तै हुन्छ । मलाई आफू त्यस्तै भएको महसूस हुन्छ । कम्प्युटरका बारेमा विद्यार्थीलाई जानकारी दिनुपर्छ तर मलाई नै त्यसबारे केही थाहा छैन ।” बीएड अध्ययन गरे की श्रेष्ठ आफैँ अनभिज्ञ भएकाले विद्यार्थीलाई कोरा सैद्धान्तिक शिक्षा मात्र दिनु परिरहेको सुनाउँछिन् । उनले भनिन्, “कहिलेकाहीँ विद्यार्थीहरू यो ‘मिस’ले पढाएको भएन भनेर आउँछन् कि जस्तो लाग्छ । डिग्री गरेर मात्र हुँदैन ज्ञानका लागि बाहिरी अध्ययन जरुरी रहेछ ।”

बाँकेको रझेनास्थित लक्ष्मी माविका होमप्रकाश सुवेदी (५८) प्रधानाध्यापकको जिम्मेवारीसँगै निमावि र मावि तहका विद्यार्थीलाई पढाउँछन् पनि । २८ वर्ष देखि शिक्षण पेशामा रहेका सुवेदी विद्यार्थीलाई पढाउने तथा विद्यालयका अरू शिक्षक र तिनको पढाउने शैलीको समेत अनुगमन गर्छन् तर उनी आफैँ भने त्यति धेरै पढ्दैनन् । भन्छन्, “पहिले त पढ्थें, अब उमेर पनि ढल्क्यो, त्यसैले पढ्ने बानी हटिसक्यो ।” दोलखाको भीमेश्वर, माटीस्थित महेन्द्रोदय माविका शिक्षक रामप्रसाद सापकोटा (४४) अहिलेसम्म साहित्यका धेरै पुस्तक पढेको बताउँछन् । तर, उनले केही महिनायता विज्ञानका विषयगत पुस्तक मात्रै पढेका छन् । २५ वर्ष देखि शिक्षण पेशामा संलग्न एमएड उत्तीर्ण गरेका सापकोटा भन्छन्, “डाइमण्ड शम्शेर, महाकवि देवकोटा, लेखनाथ पौड्याल र बीपीका सबै पुस्तक पढेको छु । माक्र्सवाद र प्रचण्डपथका पुस्तकहरू पनि पढ्न छुटाएको छैन ।”

गौखुरी उच्च मावि, मोराहाङ तेह्रथुमका प्रधानाध्यापक विश्वराज खापुङ (४८), विगत १९ वर्ष देखि शिक्षण पेशामा संलग्न छन् । तर उनीसँग पाठ्यपुस्तक बाहेकका पुस्तक पढेको अनुभव छैन । भन्छन्, “पुस्तकहरू पढिएको छैन । दुर्गम ठाउँ भएकाले पुस्तक नै पाइन्नँ । पाएसम्म पत्रिकाहरू चाहिँ हेरिन्छ ।” नेपालगन्जको घरबारीटोलस्थित नेपाल राष्ट्रिय प्राविकी प्रधानाध्यापक ललिता उपाध्याय १–५ कक्षासम्म अङ्ग्रेजी र सिर्जनात्मक विषय पढाउँछिन् । अध्ययनमा रुचि भए पनि उनले शिक्षासँग सम्बन्धित बाहेक अन्य पुस्तक भने पढ्ने गरे की छैनन् । उनी भन्छिन्, “शिक्षकले धेरै कुरा को अध्ययन गर्नु पर्छ तर, पढ्न सकिएको छैन ।”

बाँच्दाखेरी तिमी भोलि मर्छौ भनेर बाँ च, पढदाखेरी ति मी कहिल्यै मर्दैनौ भनेर पढ – महात्मागान्धीको यो भनाइले पुस्तक अध्ययनको महत्ता दर्शाउँछ । तर, लाखौं विद्यार्थीहरूको भविष्य बनाउने काममा तल्लीन शिक्षकहरू पाठ्यपुस्तक भन्दा बाहिरी अध्ययनमा कत्तिको रुचि राख्लान् ? आफ्नो विषयमा ज्ञानको दायरा फराकिलो पार्न शिक्षकहरू कत्तिको पढ्छन् ? समाज , अर्थतन्त्र, राजनीति, विश्वमा भएका विकास –प्रगति र कला–साहित्य, संस्कृतिका बारेमा आजका शिक्षकहरू कतिको ‘अपडेट’ छन् ? सबैलाई लाग्न सक्छ अरूलाई ज्ञान दिने गुरुहरू सबै कुरा मा जानकार हुन्छन् । तर, यथार्थ त्यस्तो छैन ।

शिक्षक ले ९ जिल्लाका १५ जना शिक्षकमा गरेको अध्ययनले अधिकांश शिक्षकहरूले अतिरिक्त ज्ञानका पुस्तक नपढेको देखायो । शिक्षाविद् केदारभक्त माथेमाको अनुभवमा नेपालका धेरै शिक्षकमा निरन्तर पढ्ने बानीको अभाव छ र उनीहरू पाठ्यपुस्तक भन्दा बाहिरी कुरा पढ्दैनन् । शिक्षक प्रविधि र ज्ञानको विकास समेतमा अद्यावधिक भएर कक्षाकोठामा विद्यार्थीमाझ् प्रस्तुत हुनुपर्छ । उसले पछिल्लो ज्ञान, सूचना र तथ्यसँग अद्यावधिक नभई विद्यार्थीलाई पछिल्लो ज्ञान बाँड्न सक्दैन । शिक्षा क्षेत्रमा पनि नयाँ–नयाँ शैली र प्रविधि विकास हुँदै गएका छन् । परम्परागत शैक्षिक प्रणालीमा पनि धेरै सुधार र विकास भइसकेको छ । विद्यार्थीहरू अब ‘किताबी कीरा’ मात्रै होइन, बाहिरी ज्ञानसँग पनि प्रत्यक्ष जानकार र अद्यावधिक हुन चाहन्छन् । तर, अधिकांश शिक्षकमा अध्ययन गर्ने बानी बसेको पाइएन । आफैँ अध्ययन न गर्ने , नयाँ प्रविधि, शैली र घटनाक्रमबारे अद्यावधिक हुने चासो पनि कतिपय शिक्षकमा भेटिएन । शिक्षक तालिममा पनि शिक्षकहरूलाई धेरै कुरा सिकाइन्छ तर, तालिममा सिकेका कुरा कक्षाकोठामा अहिलेसम्म लागू हुन नसकेको यथार्थ पनि शिक्षकबाटै सुन्न पाइयो ।

बहाना धेरै

भौगोलिक विकटताका कारण पुस्तक पत्रिका केही आइनपुगेका कारण पढ्न नपाएको रामेछापका शिक्षक नैनकलाको गुनासो छ । उनी भन्छिन्, “पुस्तकालय पनि छैन, सिन्धुलीको जनसमर भन्ने पत्रिका आउँछ त्यही पढ्छु । तर त्यसमा विद्यार्थीका लागि काम लाग्ने कुरा केही हुन्न ।” पुस्तक नपढ्नका लागि उनलाई दुर्गम गाउँको बहाना मिलेको छ । तर नेपाल शिक्षक युनियनको विधान अधिवेशनका लागि असारको दोस्रो साता काठमाडौं आएकी नैनकला गाउँ फर्कंदा कुनै पुस्तक किनेर लैजाने सुरसारमा भने छैनन् ।

सुगम क्षेत्रका शिक्षकहरू पनि पुस्तक र पत्रपत्रिका त्यति किन्दैनन्, पढ्दैनन् । शिक्षकहरूमा आफैँ अध्ययन गर्ने , खोजेरपुस्तक बढ्ने बानी छैन ।गोर्खा बुक डिपो, धरानका सञ्चालक, जय केरुङ आफ्नो पसलमा पुस्तक किन्न आउने शिक्षकको सङ्ख्या सारै कम रहेको बताउँछन् । उनी भन्छन्, “बरु अरूले पढ्छन्, शिक्षकले पढ्दैनन् । हाम्रा शिक्षकमा पढेर पढाउने बानी छैन ।” मैनाली पुस्तक पसलका सञ्चालकगोविन्द मैनालीको भनाइ भने यस्तो छ, “बेला–बेला हेर्न आउँछन् तर किनेरै लैजानेहरू छैनन् । बरु लोकसेवाका विज्ञापनहरू हेर्न आउँछन् ।”

महेन्द्रनगर मावि, कञ्चनपुरकी प्रधानाध्यापक चन्द्रकला पन्त (४५)ले केही महिनायता कर्ण शाक्यको सो च र तसलिमा नसरिनको लज्जा पढेकी छिन् । त्यसअघि शिक्षा सम्बन्धी निर्देशिकाहरू र फ्रायडको मनोविज्ञानका पुस्तक पढेको उनलाई याद छ । मनोविज्ञान र राजनीति– शास्त्रमा स्नातकोत्तर गरे की उनको भनाइमा शिक्षकले नपढ्नुमा विद्यालयमा पुस्तकालय नहुनु र पुस्तक किनेर पढ्ने खर्च नहुनु कारण हो । सरकारीस्तर बाटै पुस्तक उपलब्ध गराए पढ्नेक्रम बढ्ने उनले बताइन् । त्रिभुवन उच्च मावि, कोहलपुरका प्रअ बलराम यादव (५७)लाई पत्रिकाहरू शिक्षकले पढे पनि पुस्तक त्यति पढ्ने गरे जस्तो लाग्दैन । हालै शिक्षा सम्बन्धी केही पुस्तक र उपन्यास पढेको बताए पनि उनलाई तिनको नामै याद छैन । विगत ३२ वर्ष देखि शिक्षणमा संलग्न शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका यादव भन्छन्, “नेपालको शिक्षा नीति पट्टी लगाएको घोडा जस्तै छ । पाठ्ययोजना छ, तर बाहिरी पुस्तक र ज्ञान आर्जन गर्न शिक्षकलाई प्रेरित गर्ने किसिमको वातावरण छैन ।” शिक्षकले पुस्तक नपढ्नुको कारणमा उनले भने “पढ्न चाहेका पुस्तक पाइन्नँ ।”

दोलखाका शिक्षक रामप्रसाद सापकोटा पनि दोष जति सरकारलाई नै थोपर्छन् । भन्छन्, “नेपालको नीतिले शिक्षकलाई पढ्न प्रेरित गर्ने र अध्ययनशील बनाउन चाहेकै छैन ।” त्यसो त शिक्षकहरूले पढ्न नपाउने कारण थुप्रै छन् । कोहीमा पढ्ने बानी र आत्मबलको कमी छ भने कसैको घरायसी वातावरण उपयुक्त छैन ।

ज्ञानको भण्डार नै खाली !

अध्ययनका क्रममा भेटिएका शिक्षकले ‘अध्ययन अत्यावश्यक रहेको’ तथा ‘नियमित अध्ययन न गर्ने शिक्षकले विद्यार्थीलाई स्तरीय शिक्षा दिन नसक्ने’ प्रतिक्रिया त दिए तर, धेरैले आफूमा अध्ययन गर्ने बानी नभएको निरीहता पनि सुनाए ।

लक्ष्मीनारायण प्रावि, सिरहाकी शिक्षक, वसन्ती श्रेष्ठ (५८) पढाउन थालेको १८ वर्ष भइसक्दा पनि नयाँ ज्ञानका कुरा पढ्न सिक्न नपाउँदा त्यही पुरानो दिमागले चल्नु परिरहेको बताउँछिन् । बितेको एक वर्षमा दरबार हत्याकाण्डबारेको रक्तकुण्ड र पर्दाफास पुस्तक पढेको बताउने उनी भन्छिन्, “पाए न पढ्ने हो । साधन–स्रोत छैन, स्कूलमा पुस्तकहरू छैनन् । पुस्तकालय पनि छैन ।” प्रायः पुस्तक उपलब्ध नहुँदा उनलाई विद्यार्थीलाई बुझाउन सकिए जस्तो लाग्दैन ।

शिक्षाविद् केदारभक्त माथेमा धेरै शिक्षकले पाठ्यपुस्तक मात्रै पढेर विद्यार्थीलाई घोकाउने गरेको अनुभव सुनाउँछन् । उनका बुझइमा शिक्षकहरूमा ‘मैले पढाउन थालेको २० वर्ष भइसक्यो, मैले के नजानेको छु र’ भन्नेगलत सोचाइ छ तर आजको समयमा बढी जान्ने हुनुपर्छ र देश–विदेशका नयाँ–नयाँ कुरा मा ‘अपडेट’ हुनलाई पुस्तकहरू पढिरहनु पर्छ भन्नेतर्फ ध्यान नै दिइँदैन । स्कूल देखि नै पढ्ने र पढाउने बानी नहुँदा हामी नेपालीहरू अरू देशको दाँजोमा कम पढ्ने गरेको उनी बताउँछन् । भन्छन्, “हामी पढे पनि पाठ्यपुस्तक मात्र पढ्छौँ अरू पढ्दैनौँ ।” अर्का शिक्षाकर्मी टीका भट्टराई बीए, एमए र पीएचडी पढेपछि पढाइ सकियो भन्ने भावना भएका कारण शिक्षकहरूले बाहिरी अध्ययन न गर्ने बताउँछन् । आजका शिक्षकले बाहिरी पुस्तकहरू नै नपढेको बताउँदै उनी भन्छन्, “यसरी पढ्ने देशभरमा १० प्रतिशत शिक्षक पनि छैनन् । बरु शिक्षकको दाँजोमा विद्यार्थीहरू नै बढी अध्ययनशील छन् ।”

शिक्षाविद् तीर्थ खनियाँ भने शिक्षकहरूमा बाहिरी अध्ययनको कमीका कारण विद्यार्थीले खोजेको र चाहेको कुरा शिक्षकहरूबाट नपाउने गरेको बताउँछन् । उनी भन्छन्, “शिक्षकहरूका लागि पाठ्यपुस्तक हेरेर पढाउने समय मात्रै छ, आफैँ पढ्ने समय नै छैन । शहर बजारका धेरै शिक्षक त ४/५ वटा स्कूलमा पढाउने र ट्युसन गरेर कमाउने ध्याउन्नमा मात्रै देखिन्छन् ।”

सुनसरीका जिल्ला शिक्षा अधिकारी दीपक काफ्ले ‘सबैभन्दा नपढ्ने भनेकै शिक्षक हो’ भनेर लाग्ने गरेको आरोपमा केही सत्यता भएको बताउँछन् । उनी भन्छन्, “शिक्षक भनेको ज्ञानको भण्डार नै हो । भण्डारमा नै ज्ञान नभए के दिने ? त्यही भएर पनि शिक्षकले पढ्नुपर्ने हो । तर कमै मात्र शिक्षकले बाहिरी पुस्तक पढ्छन् ।” शिक्षक र विद्यार्थी दुवैका लागि बाहिरी ज्ञान बढोस् भनेर जिल्ला शिक्षा कार्यालयले यसपटक केही विद्यालयहरूमा पुस्तकालय निर्माणमा २० हजारसम्मको सहयोग समेत गरेको उनले जानकारी दिए ।

बाँकेका जिल्ला शिक्षा अधिकारी चूडामणि पौडेल पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि धेरै शिक्षकहरू लापरबाहीले नपढ्ने गरेको तथा कतिपय ठाउँमा भौगोलिक विकटता र साधनस्रोतको अभावले पनि यस्तो समस्या ल्याएको ठान्छन् । उनी भन्छन्, “नियमित अध्ययन न गर्ने र नयाँ–नयाँ ज्ञान तथा कुरा सँग अद्यावधिक हुन नसक्ने शिक्षकले पढाउनै सक्दैन तर, हामीकहाँ अध्ययन गर्ने बानी अझै बसेन ।” शिक्षा सदन मावि, धरानका प्रधानाध्यापक अम्बिका सम्बाहाम्फे नेपालमा १५ देखि २० प्रतिशत शिक्षकहरू मात्र पढ्ने स्वभावका रहेको र बाँकीले जागिर मात्रै खाइरहेको बताउँछन् । उनी भन्छन्, “विद्यार्थी र शिक्षकको ज्ञानको दूरी १ किलोमिटर मात्र फरक छ । तर न हराम्रो सरकार न त शिक्षकले नै यो कुरा बुझेका छन् ।”

शिक्षकलाई पढाउने उपाय

बाँकेको राँझस्थित आदर्श मावि स्रोत केन्द्र प्रमुख सुनिल शाह कक्षाकोठाको प्रभावकारी कार्यसम्पादन मूल्याङ्कन हुने व्यवस्था गरियो भने शिक्षकमा पढ्ने बानी बस्न सक्ने बताउँछन् । उनी भन्छन्, “शिक्षकको मूल्याङ्कन अब उसले पढाउने कक्षाका विद्यार्थीको जाँच लिएर गरिनुपर्छ, अनि मात्रै उसले कसरी पढायो र उसमा कति ज्ञान छ भन्ने प्रस्ट हुन्छ । त्यसबाटै उसले नियमित अध्ययन गर्ने /न गर्ने थाहा भइहाल्छ ।”

शिक्षकमा पढ्ने बानी नभएको र ज्ञानको कमीले स्तरीय शिक्षाबाट विद्यार्थी वञ्चित भएको बताउँदै शाह भन्छन्, “हाम्रै स्कूलमा प्रावि तहको स्तर जाँच्न परीक्षा लिँदा अधिकांश विद्यार्थी फेल भए, यो शिक्षककै ज्ञानको कमजोरीले हो । हराम्रो शिक्षा प्रणाली पनि शिक्षकलाई पढ्न प्रेरित गर्ने खालको भएन ।”

शिक्षकहरूमा अध्ययन र नयाँ घटनाक्रम तथा ज्ञान र प्रविधिसँग अद्यावधिक हुने बानी नबसेका कारण बाँकेका विभिन्न विद्यालयमा शैक्षिक स्तर का समस्या देखापर्न थालेपछि जिल्ला शिक्षा कार्यालय बाँकेले शिक्षकलाई पढ्न प्रेरित गर्ने अभियान चलाउने तयारी गरिरहेको जिशिअ चूडामणि पौडेल बताउछन् ।

धेरै शिक्षकहरू पढ्दैनन् भन्ने कुरा शिक्षा विभागलाई पनि थाहा छ । विभागका निर्देशक महाश्रम शर्मा शिक्षकहरू बाहिरी अध्ययन कति गर्छन् या गर्दैनन् भन्ने तथ्याङ्क नभए पनि पुस्तक र पत्रपत्रिकाको पहुँच भएका ठाउँमा ५० प्रतिशत जतिले पढ्ने गरेको अनुमान गर्छन् । शिक्षा सम्बन्धी पुस्तक र पत्रिका अध्ययन गर्न शिक्षा विभागले अनुरोध गरेको दाबी गर्दै उनी शिक्षकहरूमा चासो नै कम रहेको बताउँछन् । शर्माको दाबी छ “शिक्षकलाई पढ्ने बनाउन क्षेत्र र जिल्ला शिक्षा कार्यालयमार्फत अनुगमनका कार्यक्रमहरू पनि भइरहेका छन् ।” एरिस एकेडेमी ललितपुरका प्रधानाध्यापक हरेन्द्र लावती (३३) नेपालको शिक्षा प्रणाली पनि शिक्षकलाई पढ्न प्रे रित गर्ने खालको नभएको ठान्छन् । लावतीका भनाइमा शिक्षकलाई पढ्ने बनाउनका लागि समय–समयमा उसको दक्षता र बाहिरी ज्ञानको परीक्षण गरिनुपर्छ र जागिरे मान सिकताबाट बाहिर निकालेर पढ्नलाई उत्प्रेरणा दिने कार्यक्रम ल्याइनुपर्छ । उनी भन्छन्, “तर, हामीकहाँ त विद्यालय भर्ती केन्द्र जस्तो मात्र भएको छ, शिक्षकलाई पढ्न प्रेरित गरिँदैन ।” सबै ठाउँमा पुस्तक र पाठ्यसामग्री उपलब्ध भए शिक्षकमा पढ्ने बानी बस्न सक्छ, त्यसका लागि शिक्षा मन्त्रालय, विभाग र जिल्ला शिक्षा कार्यालयहरूले चासो देखाउनुपर्ने हुन्छ । तर जागरुकता र इच्छा भएमा शिक्षकले जस्तोसुकै अवस्थामा पनि पढ्न सक्छन् ।

साथमा रामेश्वर बोहोरा, नेपालगञ्ज र रविनगिरी धरान

कुन कुन कक्षामा के के विषय पढाउनु हुन्छ ?

१ देखि ५ सम्म अङ्ग्रेजी, नेपाली र सामाजिक विषय ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

कुनै पनि पुस्तक पढेकै छैन ।

अहिलेसम्म पढेकै छैन ?

पुस्तकालय पनि छैन, पुस्तक पनि कतै पाएको छैन, त्यसैले पढेकै छैन ।

पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?

स्कूलमा आउनेगोर खाप त्र र असल शासन अनि स्थानीय पत्रिका बेला–बेला पढ्छुु ।

पत्रिका पढ्दा कस्ता खालका विषयमा तपाईको रुचि हुने गर्छ ?

वातावरणीय र सामाजिक ज्ञानका कुरा ।

शिक्षकले पाठ्यक्रम बाहिरका कुरा पनि पढ्नुपर्छ ?

पर्छ नि ! तर आर्थिक समस्या र पुस्तक नै नपाएर पढ्नै पाइएको छैन ।

पढ्न पाए विद्यार्थीलाई पढाउन सजिलो हुन्थ्यो होला हैन ?

धेरै सजिलो हुन्थ्यो नि ! कथा–कहानीका पुस्तक पढ्न पाए केटा–केटीले पनि ज्ञान पाउँथे । सधैँ एउटा कथा पढेर कक्षामा सुनाउन पाए कति मज्जा हुन्थ्यो भन्ने लाग्छ तर आफैँले पढ्न नपाएपछि के सुनाउने ?

धेरै शिक्षक बाहिरी कुरा पढ्दैनन् भनिन्छ ?

मेरोतिर पनि धेरैले पढ्दैनन् । पढ्न चाहेर पनि मैले पाइरहेको छैन ।

शिक्षकलाई पढ्न कसैले उत्प्रेरणा दिएका छन् कि ?

छैन । शिक्षकहरूले बाहिरी पुस्तकहरू नपढ्नुको कारणहरू के होलान् ? आर्थिक समस्याले पुस्तक किन्न नपाएर र के पढ्ने भन्ने ज्ञान नभएर पनि पढ्दैनन् । म आफैँ नै के पढ्ने भन्ने कुरा मा अनभिज्ञ छु । शिक्षण तालिमहरूले पढ्नका लागि सहयोग गरेको छ कि छैन ? छैन ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले म बेलायती कथाहरूको सङ्ग्रह र ओशोको स म् भोग से समाधि तक भन्ने पुस्तक पढिरहेको छु ।

केही महिनायता पढ्नुभएका पुस्तकहरू ?

नारायण वाग्लेको पल्पसा क्याफे भर्खरै सिध्याएँ । अर्नेष्टो हेमिग्वेंको ओल्ड मेन इन द सी र लियो तोल्सतोयको ह्वाट मेन लिभ वाई दोहोरयाएर पढेँ ।

वर्ष दिनभित्रमा नि ?

दार्जीलिङमा छापिएको नेपाली संस्कृति , सरुभक्तको तरुनी खे ती , विश्वका साहित्यकारहरूको जीवनी, शेक्सपियरको ओथेलो , म्याक्सिमगोर्कीको उपन्यास आमा र बालकविता सङ्ग्रह सुनपंखी चरी मैले वर्ष दिनभित्र पढेका महत्वपूर्ण कृतिहरू हुन् ।

नियमित पत्रपत्रिकाहरू चाहिँ ?

कान्तिपुर, हिमाल, नेपाल, युवामञ्च, मूल्याङ्कन र शिक्षक नछुटाई पढ्ने गरेको छु ।

शिक्षकले पाठ्यक्रम बाहेकका पुस्तक पनि पढ्नुपर्छ र ?

किन नपर्नु । अझ् शिक्षकले त अरूभन्दा बढी नै पढ्नुपर्ने अरूभन्दा बढी पढ्नुपर्छ लक्ष्मण अधिकारी (३१), शिक्षक ज्वालामुखी निमावि विष्णुपादुका, सुनसरी हो । वास्तवमा किताब भनेको त विद्यार्थीका लागि एउटा निर्देशिका मात्र हो । पढाउने त अरू कुरा नै हुन् ।

शिक्षकले बाहिरी ज्ञान लिँदा विद्यार्थीलाई चाहिँ के फाइदा ?

बाहिरी उदाहरणहरूले विद्यार्थीहरूलाई एउटै कुरा लाई फराकिलो हिसाबले हेर्ने बनाउँछ । पाठ्यपुस्तकमा पुराना भएका घटनाक्रमहरू पनि अद्यावधिकगराउँछ जसले विद्यार्थीहरूलाई मौलिकताका साथ लेख्न र बोल्न पनि सहायता गर्छ ।

तर, धेरै शिक्षक त पढ्दैनन् नि ?

वास्तवमै यो तीतो सत्य हो तर मेरो अनुमान मा पूरै २० प्रतिशत शिक्षक मात्र त्यस्ता छन् जो बाहिरी कुरा पढ्छन् र त्यो विद्यार्थीलाई सुनाउँछन् ।

शिक्षकलाई पढ्नका लागि कसरी प्रेरित गर्ने ?

गर्न सक्ने अनुगमन पनि सरकारी कार्यालयले खासै गरेको छैन भने यस्ता कुरा को के आशा गर्नु ?

के भए शिक्षकले पढ्लान् त ?

विद्यालयमा पढ्ने वातावरण हुनुपर्छ । रराम्रो पुस्तकालय स्थापना हुनुपर्छ । पुस्तक किनेरै पढ्नेहरूका लागि सुविधा पनि थप गरिनुपर्छ ।

शिक्षकले कस्ता कस्ता पुस्तक पढ्नुपर्ला ?

विद्यार्थीको मनोविज्ञान अध्ययन गर्न सहयोग गर्ने खालका पुस्तक पढ्नुपर्छ । साथै जीवनप्रति आशा जगाउने दर्शनका कुरा पनि पढ्नै पर्छ ।

commercial commercial commercial commercial