‘सेलिब्रिटी’ शिक्षक पैसाभन्दा सन्तुष्टि धेरै
कलाको माध्यमबाट विद्यार्थीहरूमा समाज र जीवनको महत्व बुझउँदै असल नागरिक बन्न प्रेरित गर्ने शिक्षकका रूपमा कार्यरत ‘सेलिब्रिटी’हरू शिक्षण पेशामा सन्तुष्टि प्राप्त भएको बताउँछन् ।
‘जनगायक’को उपाधि पाएकागायक/सङ्गीतकार रामेश श्रेष्ठ (६३) राजधानीको स्वर्णिम हाईस्कूलमा २६ वर्ष देखि पढाइरहेका छन् । सङ्गीत शिक्षकको रूपमा उनले सिर्जना गरेका बालगीत– सङ्गीत देशका थुप्रै विद्यालयसम्म पुगेका छन् । त्यस्तै चर्चितगायिका कुन्ती मोक्तान (४५) ले शिक्षकको रूपमा विद्यार्थीमाझ आफ्नो ज्ञान र सीप बाँड्न थालेको २३ वर्ष भयो । सङ्गीत शिक्षकको रूपमा उनी राजधानीका एकदर्जन विद्यालयमा सेवा पुर्याइरहेकी छिन् ।
रामेश र कुन्ती मोक्तान जस्ता अरू धेरै स्थापित कलाकारहरू शिक्षकका रूपमा कार्यरत भेटिन्छन् ।गीत–सङ्गीतको क्षेत्रमा अलग्गै पहिचान बनाइसकेका कलाकारहरूलाई शिक्षकको रूपमा पाउँदा विद्यार्थी र अभिभावक दुवै खुशी हुने गरेको पाइएको छ । विद्यालय सञ्चालकहरू त ‘सेलिब्रिटी’ शिक्षक राख्न पाउँदा विद्यालयकै शान बढेको महसूस गर्छन् । गायिका कुन्ती मोक्तानले सङ्गीत पढाउँदै आएको बालुवाटारस्थित विजकिड्स इण्टरनेशनल स्कूलका प्रिन्सिपल राजेश खरेल भन्छन्, “कुन्ती मोक्तान जस्तो ‘सेलिब्रिटी’ शिक्षक पाउँदा विद्यालयकै ‘हाइट’ बढेको छ ।” साताको दुई दिन कुन्ती विद्यालय आउँदा विद्यार्थीहरूको उत्साह नै अर्कै हुने उनको अनुभव छ ।
रामेशको लगन
सङ्घर्ष हो जीवन..., रक्तक्रान्तिको ज्वालामुखीमा...,गाउँ -गाउँबाट उठ..., अध्यारोमा अँध्यारोमा ..., आऊ मिलाऊ हात... जस्तागीतकागायक तथा सङ्गीतकार रामेशको अधिकांश समय काठमाडौँको स्वर्णिम स्कूलका विद्यार्थीमाझ बित्छ । उनी भन्छन्, “खुशी र आनन्दको काम हो यो । समाज र देशप्रति यस पेशाको जिम्मेवारी महत्वपूर्ण छ ।” २०२७—०२८ सालमा काँधमागितार भिरेर गाउँ– गाउँमागीत गाउँदै हिँड्ने रामेशको स्वर र सङ्गीतसँग सिङ्गो देश परिचित छ । उनकागीतले जनआन्दोलनमा ऊर्जा थप्ने काम गरेका थिए । उनी भन्छन्, “म पहिले जनताकागीतगाएर गाउँ– गाउँ हिँडे, अहिले त्यही समाज का लागि शिक्षकको रूपमा उन्नत समाज , देश र जनहितका लागि असल नागरिक उत्पादनमा लागिरहेको छु ।” रामेश विद्यालयमा सङ्गीत मात्र सिकाउँदैनन्;गीतको माध्यमबाट विद्यार्थीहरूलाई देश, समाज र जीवन बुझइरहेका हुन्छन् । कथा सुनाउने, घटनाहरू भन्ने र कथासँग मिल्नेगीत बनाएर सुनाउने पनि गर्छन् । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध साथी–साथीको जस्तो हुनुपर्ने र बाल–बालिकालाई पनि आदर गरेर हाँसी–खेली पढाउनु पर्ने उनको बुझाइ छ ।
नेपालमा रेकर्डेड बालगीत–सङ्गीतको सुरुआत गर्ने श्रेय उनलाई जान्छ । उनले सुगन्धको पाउ, साना–साना खो लाखो ली, ती फूलहरू, चरीको चिरबिर, घान्द्रुक झलल र कनक चम्पा जस्ता बालगीतका अल्बम निकालेका छन् । उनका बालगीतको सातौं अल्बम पनि निस्कने तरखरमा रहेको छ ।
विद्यालयमा प्रवेश गरे पछि विद्यार्थीहरूका लागि नेपाली बालगीत नभएको देखेर रामेश आफैँ बालगीत बनाउन लागे । उनले आफ्नैगीत मात्रगाएनन्, क खग घ, ए बी सी डी लेख्ने बानी राम्रो ..., कोपिला हुँ फूल भई फुल्न बाँकी छ..., मेरो गाउँ ज्यामिरे..., लेकका हामी केटाकेटी ..., हे नानी हो उठ..., जुन देशको माटोमा... जस्ता अरू स्रष्टाका दर्जनौं बालगीतहरूमा पनि सङ्गीत भरे । उनले बाबा ब्ल्याक सी... जस्ता एक दर्जन अङ्ग्रेजीगीतलाई नेपालीमा भावानुवाद गरेर विद्यार्थीहरूसँग गाएका पनि छन् । यस्तागीतले विद्यार्थीहरूलाई जीवन र समाज लाई बुझन सजिलो पार्ने र यसले बाल–बालिकामा स्वस्थ र सही चेतना निर्माण गर्न मद्दत पुग्ने रामेशको अनुभव छ । उनी भन्छन्, “पढ्न नपाएका केटाकेटीका भावना समेटेर बनाएकोगीतले उनीहरूलाई शिक्षा दिन र हेला न गर्न सबैलाई प्रेरित गरिरहेको हुन्छ ।” बाटोमा हिँड्दा केटाकेटीहरूले आफूले बनाएकागीतहरूगाइरहेको देख्दा सुन्दा रामेशलाई एकदमै रमाइलो लाग्छ ।

विद्यालयमा बालबालिकालाई गीत–सङ्गीतको माध्यमबाट असल मान्छे बन्ने चेतना दिन सजिलो हुने रामेशको कथन छ । उनको भनाइमा शिक्षण महत्वपूर्ण र सबैभन्दा जिम्मेवार काम हो । विद्यालयमा विद्यार्थीले सिकेकागीतले घरमा अभिभावकहरूलाई समेत प्रेरणा दिने गरेको उनी सुनाउँछन् । भन्छन्, “विद्यार्थीले विद्यालयमा सिकेका कुरा ले घर समाज लाई चेतनशील बनाइरहेको हुन्छ । त्यसैले कक्षाकोठामा सिकाउने कुरा को महत्व स्वयम् शिक्षकले पनि बुझनुपर्छ ।”
रामेश नर्सरी देखि ८ कक्षासम्म नियमित र ९/१० का छानिएका विद्यार्थीहरूलाई सङ्गीत सिकाउँछन् । बाहिरी काम र बालगीति अल्बममा व्यस्त भएका बेला पनि प्राथमिक कक्षाका विद्यार्थीहरूमाझ् पुगी नै रहेका हुन्छन् । भन्छन्, “४५ मिनेटको कक्षा एकछिनमै सकिए जस्तो लाग्छ ।” देशको भविष्यको रूपमा रहेका विद्यार्थीमा सही चेतना भर्न असल शिक्षकको आवश्यकता पर्ने र असल शिक्षकले शिक्षक हुनुको महत्व बुझनु जरुरी रहेको उनको ठम्याइ छ । तर यस्तो अवस्थामा आम शिक्षकमा निराशा छाउँदै गएको पक्षले उनलाई दुः खित तुल्याएको छ । उनी भन्छन्, “शिक्षकलाई निराश बनाउने काम समाज र राज्यकै संयन्त्रको दुष्प्रभाव हो । राज्यले हरेक शिक्षकलाई उत्साही र आत्मनिर्भर बनाउनुपर्छ अनि मात्र समाज को रुप फेरिन्छ ।”
म पहिले जनताका गीत गाएर गाउँ–गाउँ हिँडे, अहिले त्यही समाजका लागि शिक्षकको रूपमा उन्नत समाज उत्पादनमा लागिरहेको छु ।
एकताका ‘राल्फाली’ आन्दोलनमार्फत् जनताकागीत– सङ्गीत सिर्जनामा होमिएका रामेशलेगाएका युद्धप्रसाद मिश्र, सिद्धिचरण,गोकुल जोशी, प्रमोद हमाल, पारिजात, विमल निभा, श्याम तमोटहरूकागीतहरू सुन्दा अझै पनि मानिसका रौं ठाडिन्छन् । जीवनलाई सुमार्गमा लैजाने र युगका लागि नयाँ चेतना छर्ने यस्तागीतहरू पछिल्लो पुस्ताका लागि मार्गदर्शक बनिरहेका छन् भने उनले शिक्षकका हैसियतले सिर्जना गरेका बालगीतहरूले विद्यार्थीको भविष्य उज्यालो पार्न कालान्तरसम्म योगदान पुर्याइरहने निश्चित छ ।
कुन्तीलाई भ्याई नभ्याई
माथी–माथी शैलुङ्गेमा...,चोली राम्रो पाल्पाली..., मायालु लाई ..., लालीगुराँस अजम्बरी..., हुम्ला–जु म्ला..., धरान–धनकुटा..., खुट्टा तान्दै गर... जस्ता लोकप्रियगीतकीगायिका कुन्ती मोक्तान राजधानीका झण्डै एकदर्जन विद्यालयहरूमा साताभरि व्यस्त रहन्छिन् ।
२०४१ सालमा नेपाल छिरेकी मोक्तानले करिब साढे ४ सयगीतगाइसकेकी छन् । अवार्ड र सम्मान को थुप्रोसँगै देश विदेशका मञ्चमा आज पनि कुन्ती मोक्तानको माग चर्को छ । उनका डेढ दर्जन अल्बम निस्किएका छन् । दार्जीलिङबाट श्रीमान शिलाबहादुर मोक्तानसँगै २३ वर्षअघि नेपाल भित्रिएकी कुन्तीले मित्रपार्कको हाल बन्द भइसकेको शिशु आदर्श स्कूलबाट शिक्षण शुरु गरे की थिइन् । सङ्गीतमै आफ्नो खुबी भएको ले आफूले जानेको ज्ञान विद्यार्थीहरूमा बाँडौँ भनेर शिक्षक बनेको उनी बताउँछिन् । भन्छिन्, “शुरु मा काठमाडौँमा काम खोज्दा स्कूलमा सङ्गीत सिकाउने काम नै पाइयो, आफूले जानेको काम भनेर गरियो, अहिले त यसैमा रमाइरहेकी छु ।” उनी अहिले विजकिड्स इण्टरनेशनल, सिद्धार्थ विद्यापीठ, नोब्स, जगतमन्दिर, प्यारागन,ग्लोबल क्याम्ब्रिजलगायत १२ निजी विद्यालय र एक क्याम्पसमा सङ्गीत शिक्षकको रूपमा कार्यरत छिन् । एउटा विद्यालयमा हप्तामा कुनैमा एक र कुनैमा दुई दिनसम्म ४५ मिनेटको कक्षा लिने कुन्ती एक दिनमा बढीमा पाँच विद्यालयमा पुगिरहेकी हुन्छिन् । विद्यालय छुट्टी भएको दिन उनलाई दिन कटाउनै गाह्रो हुन्छ । भन्छिन्, “यतिका वर्ष भइसक्यो, अब त विद्यार्थीहरू मेरा जीवनका अभिन्न अङ्ग जस्तै भइसके ।”
सबैले चिनेको कलाकार भएकाले विद्यार्थीहरूसँग चाँडै घुलमिल हुने गरेको उनको अनुभव छ । विद्यालयमा सङ्गीत बाहेक अरू पनि धेरै कुरा उनी सिकाउँछिन् । त्यसैले उनलाई आफूलाई सङ्गीत शिक्षक मात्रै ठान्दिनन् । उनी भन्छिन्, “सङ्गीत शिक्षक जस्तो मात्र लाग्दैन; मैले अनुशासन, सामाजिक व्यवहार आदि पनि सिकाउने गरे की छु ।” सामाजिक संस्कार, चाडपर्व र नेपाली मौलिकताका बारेमा आफ्ूले जानेका कुरा हरू विद्यार्थीहरूलाई कक्षामा बुझाउने गरेको उनले बताइन् । शिक्षक भएपछि विद्यार्थीहरूसँग कहिले साथी र कहिले अभिभावक बन्नु पर्ने पनि उनको अनुभव छ । एउटा शिक्षकको दायित्वका बारेमा चर्चा गर्दा उनको कथन थियो, “शिक्षकलाई हेरेर नै विद्यार्थीले धेरै कुरा को सिको गरिरहेका हुन्छन्, त्यसैले जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्छ ।”

विद्यार्थीहरूलाई सन्देश दिने र चेतनाबोध गराउने बालगीत, राष्ट्रिय गीत, लोकगीतहरूसँगै शास्त्रीय सङ्गीतको ज्ञान दिने गरेको कुन्ती बताउँछिन् । आफूले सङ्गीत सिकाएका सबै विद्यार्थीहरू भविष्यमा गएरगायक, कलाकार र सङ्गीतकार बन्ने भन्दा पनि गीतको माध्यमबाट लिने चेतनाले असल नागरिक बन्ने बताउँदै उनी भन्छिन्, “सङ्गीतको ज्ञानले गर्दा विद्यार्थीहरूगीत–सङ्गीतका असल श्रोता त बन्छन् नैगीतबाट सिकेका ज्ञानले उनीहरूलाई असल मान्छे बन्न पनि सघाउँछ ।”
आफू ‘सेलिब्रिटी’ भएकाले राम्रै मान –सम्मान र दाम पाए पनि आम रूपमा हेर्दा शिक्षण पेशाले जति मान – सम्मान पाउनुपर्ने हो सो नपाइरहेको महसूस कुन्तीले गरे की छिन् । उनी भन्छिन्, “धेरै शिक्षक पीडित छन् । काम गरे अनुसारको पारिश्रमिक पाएका छैनन् । अरूतिर काम नपाएर लागेको भनेर उनीहरूलाई अलग व्यवहार गरिन्छ । शिक्षण जति जिम्मेवारपूर्ण पेशा छ त्यो अनुसार सम्मान छैन ।” विद्यार्थीको भविष्य सुन्दर बनाउने पेशा भए पनि समाज को मान सिकताकै कारणले भविष्यमा शिक्षक बन्छु भन्ने विद्यार्थी नपाइने गरेको उनको आकलन छ । आफू कलाकार पनि भएकाले हुनसक्छ, समाज ले आम शिक्षक भन्दा भिन्न व्यवहार गरेको उनी बताउँछिन् । भन्छिन् “अभिभावकहरूको माया र सम्मान पनि पाइने रहेछ । मेरो नानीलाई भविष्यमा आफूजस्तै बनाइदिनुस् समेत भन्छन् ।” यो पेशामा पैसा भन्दा पनि ठूलो आत्मसन्तुष्टि पाइरहेकाले बुढेशकालसम्म नै शिक्षक भइरहने उनको चाहना छ ।
शिक्षक मासिक, २०६४ फागुन अंकमा प्रकाशित ।




