असल केटी !
“थाहा छ तिमीलाई, तिमी साँच्चै असल केटी हौ !”
हरेकचोटि तोत्तो–चानलाई भेट्ता हेडमास्टरले यसो भन्थे। अनि तोत्तो–चानचाहिं मुसुक्क हाँस्तै उफ्रिन्थी र भन्थी— “हो, म असल केटी हो।” यो कुरामा उसलाई कुनै शंका थिएन।
हुन पनि तोत्तो–चान धेरै हिसाबले असल केटी थिई। ऊ सबैप्रति दयालु थिई— खासगरी उसका अपाङ्ग साथीहरूप्रति । ऊ उनीहरूको प्रतिरक्षा गर्थी। अरू स्कूलका केटाकेटीले चित्त दुखाउने कुरा गरे भने ऊ उनीहरूसँग भिड्थी— बरु आखिरमा आफैं रुनु परे पनि केही थिएन । उसले भेटेका कुनै पनि घाइते जनावरका लागि आफूले सकेजति सहयोग पु¥याउँथी। तर कुनै असामान्य चिज देख्ने बित्तिकै उसको कौतूहलका कारण उसलाई जहिले पनि केही न केही आपत् आइलाग्थ्यो। अनि बारम्बार यस्तो भइरहेको देखेर उसका शिक्षकहरू छक्क पर्थे।
तोत्तो–चानको बारेमा अरू केटाकेटीका अभिभावक र शिक्षकहरूले व्यक्त गर्ने डर र गुनासो पक्कै पनि हेडमास्टरको कानसम्म पुगेको हुनुपर्छ । त्यसैले मौका मिल्ने बित्तिकै उनी तोत्तो–चानलाई भन्थे, “तिमी साँच्चैकी असल केटी हौ, थाहा छ ?” उनले त्यसो भन्दा ‘साँच्चै’ भत्रे शब्दमा जसरी जोड दिन्थे, ठूला मानिसले भए त्यसको वास्तविक महŒव बुझदा हुन् !
कोबायाशी सरले ऊ तोमोए (स्कूल)मा हुन्जेल ती शब्दहरू दोहोर्याइरहे, जुन शब्दले सम्भवतः उसको सिङ्गो जीवनको दिशा निर्धारण गरिदिएका थिए— “तोत्तो–चान, तिमीलाई थाहा छ हगि, तिमी साँच्चै असल केटी हौ !”
त्तोतोचान पुस्तकबाट।
...........................................................................................................................................................................................................................................................................




