लाइट बाल्ने केटो

साहस गरेर मैले एक दिन उसलाई भनें, “आजकाल लाइट देखाइन्न क्यारे, हगि ?” उसले झ्स्किँदै मतिर हेरेको देखेर हावा अङ्कल हाँस्नुभयो । मेरो पनि हाँसो फुत्कियो । पछि भुईंतिर हेरेर ऊ पनि हाँस्यो । आहा ! पुक्क—पुक्कगालामा बस्ने उसका डिम्पल टपक्क टिपेर खल्तीमा राखूँ जस्ता थिए ।

कसैले मेरो बाटोमा झलििक्क लाइट बाल्यो । लाइटको उज्यालोले अगाडि को पानी टल्कियो ।
मैले फरक्क फर्केर हेरें । पसलका एक हूल केटाहरूको जमातबाट कसैले मेरो बाटोमा लाइट देखाइरहेको थियो । बत्ती गएकाले मैनबत्तीको मधुरो प्रकाशमा मैले लाइट देखाउनेको अनुहार देख्न भने पाइनँ ।

मलाई झ्नक्क रिस उठ्यो, तर झ्ट्ट केही बोलिहाल्नु उचित ठानिनँ । सरासर आफ्नो बाटो लागें ।

पुस–माघताका कलेज छुटेपछि बाफल ओर्लंदा धेरैजसो घडीको सुई ६ कै वरिपरि हुन्थ्यो । जाडोयाममा ६ बजे झ्मक्क साँझ् परिसक्ने भएकाले अब अगाडि १५ मिनेटको साँघुरो र सुनसान बाटो एक्लै हिँडेर मामाघरसम्म पुग्न मलाई डर थियो । पीच नभएको हुँदा बर्खामा हिलै र हिउँदमा धुलै हुने भए पनि माथिगणेशस्थानको बाटोभन्दा मलाई यही बाटो कता हो कता सोझे पथ्र्याे । आफू सच्चा भए कसले के नै गर्न सक्छ र भनेर आदर्श छाँट्ने मलाई आजको यस घटनाले सोच्न बाध्य बनायो ।
पुसको १५ यता काठमाडौं धमिलो कुहिरोले हुस्स फुलेर बसेको जस्तो देखि न थालेको थियो । हिजो राति पनि बाक्लै पानी परेछ । बिहान जाँदा जस्तो बाटो हिलो नभए पनि खाल्डाखुल्डीमा पानीको सतह त्यति घटेको थिएन । अलि यतै आइपुगेपछि मैले सोचें शायद त्यो केटोले बत्ती नदेखाइदिएको भए म खाल्डोको पानीमा हाम्फाल्ने रहेछु । तर पनि चिन्नु न जान्नुको केटीलाई लाइट देखाउन त्यसलाई के खाँचो ? टेके टेक्थें त पानीमा ! अरु केटाहरू कस्तरी हाँसे । तुरुन्तै मेरो अर्काे मनले प्रतिवाद गरयो तर त्यसले लाइट नदेखाएर म झयाम्म पानीमा परेको देखेको भए पनि त तिनीहरू हाँस्ने थिए नि !

गेटमा पुग्नासाथै मामाकी छोरी रविना आएर मलाई कक्षाको कहानी सुनाउन थाली । १२ कक्षामा ऊ बिहानी कक्षा पढ्थी । उसकोगफले मेरो सोचाइ यत्तिकै खल्बलियो ।

त्यसपछि मगणेशस्थानकै बाटो आउन थालें । तर एक दिन घरमा केही जरुरी काम पर्दा हतारमा म तल्लो बाटो आएछु । संयोग भनुँ या दुर्भाग्य, दिउँसो देखि पर्न थालेको पानी अझै रोकिएको थिएन । बाटो हिलै थियो । मेरो चित्त छिटो घर पुग्नमै लागेछ; अस्तिको घटनाको त यादै भएनछ । तर आज पनि पसल अगाडि आइपुगेपछि आफ्नो बाटोमा लाइट बालिएको देखेर मलाई रिस अनि डरले एकैचोटि अँठ्यायो ।

मैले अस्तिकै जसरी टक्क अडिएर पछाडि फर्किई लाइट बाल्नेलाई आँखा जुधाएर हेरेँ । मर्करीको सेतो उज्यालोमा कालो ट्रयाकसुट लगाएको रातोकालो वर्णको १८/१९ वर्षको केटो केही डराए जस्तो गरी पहेँलो टर्च लाइट बन्द गर्दै गरेको प्रस्टै देखि यो । शायद पानी परेकाले आज पसलमा केटाहरूको उपस्थिति पातलो थियो । मैले केही भनिहाल्न सकिनँ । आवारा केटाहरूसँग बोलेर आफ्नो टाउको दुखाउनुभन्दा बेवास्ता गरिदिनु नै ठिक ठानेँ । तर मैले घुरेर हेर्दा केटा डराउनुले भने वर आइपुगेपछि मलाई हाँसो उठायो । डराई–डराई पनि के केटी जिस्क्याउनु !

“अब देखि त्यो बाटो कहिल्यै पनि नआऊ ।”

मैले रविनासँग यो कुरा भन्दा उसले यति मात्र भनी । मैले पनि त्यो बाटो हिँड्न छाडिदिएकी थिएँ । एकदिन हराम्रो घरमा भाडामा बस्ने आन्टीहरू किनमेल गरेर फर्कनु र मगाडीबाट ओर्लनु एकैचोटि भएछ । मैले छोटै बाटो उहाँहरूलाई पछ्याएँ ।
काठमाडौं अझै तात्न सकेको थिएन । माघे झरी दिनदिनै जस्तो बर्सिन थालेको थियो । जाडो झन्झन् कठोर बन्दै गइरहेको थियो । हिले बाटोले बर्खाको याद दिलाउँथ्यो ।

यस पटक म छक्कै परेँ । लाइटवाला केटाले त आन्टीहरूलाई पनि लाइट देखाइदियो तर अलिक पछाडि आइरहेकी मलाई भने लाइट देखाएन । मेरो मनमा त्यस केटोप्रति कौतुहल उब्ज्यो । त्यसले केटी जिस्क्याउने नियतले लाइट नबालेको कुरा मा त म अब विश्वस्त भइसकेकी थिएँ । हाउडे र आवारा केटाहरूको जमातमा आजको जमानामा कसैलाई सानो सहयोग भए पनि गरौं भन्ने मान सिकताको मान्छे भेट्टाउनु मलाई नौलो लाग्यो ।

हराम्रो घरबाट १० मिनेटको बाटो हिँडेपछि पुगिने त्यस पसलका पसले अङ्कल पहिले हराम्रो छिमेकमा किराना पसल गर्नु हुन्थ्यो । पछि ग्रीनफिल्ड स्कूलनेर घर बनेपछि दुईवटा सटरमा किराना पसलसँगै स्टेशनरी पनि खोल्नुभएको थियो । भूपू भारतीय सैनिक उहाँले ४५ मजाले नाघिसक्नु भए पनि कसैले ‘भर्खरको’ भनिदिए मक्ख पर्नुहुन्थ्यो । आफ्नो ठुटे अङ्ग्रेजीका कारण टोलमै चर्चित उहाँका पल्टने र जवानीकागफ सुन्नगर्मीमा हावा खान र जाडोमा आगो ताप्न पसल अघि भेला हुनेहरूलाई मात्र होइन, हामी दिदीबहिनीलाई समेत रमाइलो लाग्थ्यो । जापानमा ‘स्टुडेन्ट’ भिसामा ‘आई.टी.’ पढ्दै गरेका उहाँका छोराको चिनामा बाक्लो कपाल भएकी कालीकाली मिजासिली हाँस्दागालामा डिम्पल बस्ने केटीसँग बिहे हुन्छ भनेको थियो रे ! उहाँलाई ज्योतिषीले भनेको केटीको हुलिया मसँग मिल्छ जस्तो लाग्दो रहेछ । त्यसैले उहाँ मलाई ‘बुहारी’ भनेर जिस्क्याउनुहुन्थ्यो । धेरै ठट्टा र उट्पट्याङगफ गरिरहने भएकाले हामी दिदीबहिनीले उहाँको नामै ‘हावा अङ्कल’ राखिदिएका थियौं ।

शुक्रबार थोरै क्लास हुने हुँदा म उज्यालोमै घर आइपुग्थें । कहिलेकाहीं हावा अङ्कलकागफ सुन्न पसलतिर पनि छिर्नेगर्थें । उहाँ धेरैजस्तो स्टेशनरीमा बस्नुहुन्थ्यो । यसपटक छिरेको बेला मैले लाइट बाल्ने केटोको कुरा निकालें । उहाँ पहिल्यै जिस्किनुभो, “ह्वाई निडिङ ? थिङ्किङ् चिटिङ् माइ सन् ?”

मैले सिरियस हुन भनेपछि उहाँले भन्नुभयो, “नरराम्रो नियतले बालेको होइन । पानी परेको बेला ऊ त्यो खाल्डोमा अँध्यारोमा धेरै जना पर्छन्, त्यसैले हो । केटो साह्रै सज्जन छ, अरूहरू जस्तो चुरोट तानेर झयाप भएर बस्ने, केटी जिस्क्याउने, निहुँ खोज्ने गर्दैन । धेरै भएको छैन यता डेरा सरेको । यहाँ स्टेशनरीमा बेलुकी सधैं आउँछ । भाइ पनि छ भन्थ्यो तर ऊ त्यति देखिँदैन ।
“त्यही त । नत्र मैले अस्तिको शुक्रबार पस्दा विचार गर्नु पर्ने ।” म बीचमै बोलें, “अनि के सधैं चोरले जस्तो लाइट बोकेर बसिराख्छ त ? बटुवालाई देखाउन भनेरै बोकेर त आउँदैन होला ?”

“त्यत्ति साह्रो पनि नभन के । ऊ त्यो सेतो घरमा बस्छु भन्थ्यो । पत्रपत्रिका पढेर ढिलो फर्कन्छ । त्यसैले होला ।” अलिक गम्भीर बन्न खोज्दै उहाँले भन्नुभो, “त्यस्तो केटा भेट्टिदैन आजकल ।” उहाँको अन्तिम वाक्यले मेरो मनमा कताकता छोयो ।
माघको ८/१० तिर बल्ल पानी थामियो । हुस्सुको घुम्टो उघारेर काठमाडौं पहार ताप्नमा व्यस्त देखि न्थ्यो । दिनहरू विस्तारै न्याना र लामा बन्दैगइरहेका थिए । अब म पसलकै बाटो आउन थालेकी थिएँ । लाइट बाल्ने केटोले लाइट देखाउन छाडिसकेको थियो । देखाउनुपर्ने कारण पनि थिएन ।

म फर्कंदा ऊ प्रायः स्टेशनरीमा हातमा पत्रिका लिएर हाउभाउसहित हावा अङ्कलसँग गफ गर्दै गरेको भेटिन्थ्यो । यस्तो बेला केही किन्ने निहुँले म पसलमा पसें भने टक्क अडिन्थ्यो । एक–दुई पटक यस्तै भएपछि साहस गरेर मैले एक दिन उसलाई भनें, “आजकाल लाइट देखाइन्न क्यारे, हगि ?”

उसले झ्स्किँदै मतिर हेरेको देखेर हावा अङ्कल हाँस्नुभयो । मेरो पनि हाँसो फुत्कियो । पछि भुईंतिर हेरेर ऊ पनि हाँस्यो । आहा ! पुक्क—पुक्कगालामा बस्ने उसका डिम्पल टपक्क टिपेर खल्तीमा राखूँ जस्ता थिए ।

हावा अङ्कलको सहयोगमा त्यसै दिन हराम्रो औपचारिक चिनजान भयो । नाम सुमन थापा अनि उसको घर तनहुँको दमौली । एस.एल.सी. सकेर काठमाडौँ छिरेको ऊ यसै वर्ष देखि त्रिचन्द्रमा भौतिक विज्ञान विषय लिई स्नातक अध्ययन गर्दै रहेछ । भूपू भारतीय सैनिक उसको बुबा पेन्सन निकालेर उतै दमौलीतिर कपडा पसल गर्नु हुने अनि आमा गृहिणी । एउटी बहिनी उतै पढ्दी रहिछन् । अहिले ऊ बिहान ‘मर्निङ वाक्’ गर्दै ‘ट्युसन’ पढाउन स्वयम्भू जाने अनि दिउँसो कलेज जाने गर्दाे रहेछ । कति रराम्रो; चिटिक्क परेको परिवार अनि पैसाको दुः ख नहुँदा पनि आफैं कमाऊँ भन्ने उसको सोच !

ऊसँग को दुईचार भेटघाट र कुरा कानी पछाडि मलाई मेरो मन ऊतिर विस्तारै ढल्किन थालेको भान भइरहेको थियो । कुनै पनि ‘टिनएजर’ केटी एउटा सुन्दर त्यस माथि असल अनि व्यावहारिक केटो देखेर आकर्षित हुनु आफैंमा प्राकृतिक र स्वाभाविक पनि हो । झन् हामी बीचको ‘केमेष्ट्री’ त भिन्नै प्रकारको रमाइलो थियो ।

अब कलेजबाट फर्कंदा हावा अङ्कलको पसलमा पस्ने काम मेरो दैनिकी जस्तै भइसकेको थियो । शङ्का नहोस् भन्ने ध्येयले म केही किन्ने निहँले पसलमा जान्थें र एकैछिन बोलेर फर्कन्थें । ‘प्राक्टिकल’ छिटो सकिएको दिन हामी बीच विभिन्न विषयमा बहस चल्थे । तर समाज सेवा अनि नेता राजनीतिज्ञका कुरा उठ्नेबित्तिकै ऊ त्यसै त्यसै आक्रामक बन्थ्यो । उसलाई साहित्य, त्यसमा पनि कवितामा विशेष चाख थियो । उसका दुईचार वटा कविता मागेर मैले पढेकी पनि थिएँ, तर ती बुझन भर्खर ११ कक्षामा पढ्दै गरे की मलाई हम्मेहम्मे पथ्र्याे । तर जहाँसम्म मैले बुझें, उसका कविता निष्ठुर अवश्य हुन्थे तर मार्मिक हुन्थे, निराशावादी हुन्थे तर यथार्थपरक हुन्थे अनि आक्रामक हुन्थे; तर स्वाभाविक हुन्थे । उसका कवितामा समाज सेवाको नाउँमा भ्रष्टाचार गर्ने अनि राजनीतिका नाउँमा देश डुबाउनेहरूप्रति आक्रोश पोखिएको हुन्थ्यो । उसका वाक्यहरू प्रायः अकरणमा हुन्थे, मानौं उसको मनमा सकारात्मक भन्ने कुनै सोचै छैन । कहिलेकाहीं त मलाई उसले मेरो बारेमा के सोच्छ भन्ने कवितामैलेखिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहँ, उसले कहिल्यै मायाप्रीतिका कविता लेखेनँ ।

हावा अङ्कललाई हाम्रागफ बौद्धिक लाग्थे रे ! रमाइलो कुरा त के भने किनमेल गर्न आएकालाई पठाउनेबित्तिकै उहाँ ‘अँ, ह्वेर वयर वी ?’ भन्दै कुर्सीमा बस्न आइपुग्नुहुन्थ्यो । यतिबेला एकअर्कालाई हेराहेर गरेर हामी हाँस्थ्यौ । एकैचोटि चारगालामा डिम्पल पर्दाको त्यो क्षण मलाई कहिल्यै नसकियोस् जस्तो लाग्थ्यो ।

एक पटक मैले उसका कविता किन यति निष्ठुर र आक्रामक हुन्छन् भनेर प्रश्न गरे की थिएँ । कतै ऊ परिस्थितिको सिकार त बनेको छैन भन्ने मेरो जिज्ञासा थियो । तर मेरो प्रश्न भुईंमा झ्र्न नपाउँदै उसले विचित्रका आँखाले मलाई हेरेर उत्तर दिएको थियो, “साहित्यमा कुनै पनि कुरा लेख्नलाई त्यो आफ्नै वा आफैंसँग सम्बन्धित हुनुपर्छ भन्ने छ र !” उसको उत्तरले मेरो मुखमा बुजो लागेको थियो ।

मान्छेलाई नजिकिन कति नै बेर लाग्दो रहेछ र ! सुरुआत मात्रै गाह्रो रहेछ । १५/२० दिनमा नै म उसको धेरै नजिक महसुस गर्न थालेकी थिएँ । साँच्चै भन्नुपर्दा उसलाई मन पराउन लागेकी थिएँ । यस कुरा को भेऊ म र रविनालाई मात्र थियो । हावा अङ्कल शङ्का गर्नु हुन्थ्यो कि जस्तो लाग्थ्यो । उसलाई थाहा थियो/थिएन भगवान जानून् । तर मेरो मनमा जस्तै उथलपुथल उसको मनमा पनि हुन्छ जस्तो मलाई उसको व्यवहारबाट लाग्थ्यो । ऊ मेरो सकारात्मक सोच अनि देशका बारेमा मैले देखेका सपनाहरूको खुलेर प्रशंसागथ्र्याे । कहिलेकाहीं तपाईं खुब असल हुनुहुन्छ भनेर मोबाइलमा ‘मेसेज’ पठाउँथ्यो ।

फेब्रुअरी १४ आउनै लागेको थियो । यसभन्दा अघि ‘भ्यालेन्टाइन डे’ लाई ‘नौटङ्की पर्व’ मान्ने म यसपटक भने कतै उसले कुनै सुन्दर कविताद्वारा प्रस्ताव राखिहाल्छ कि भन्ने आशमा थिएँ । यस्तो सोच्दा मात्र पनि मन रोमाञ्चित हुन्थ्यो । म आफ्नो नम्रताले उसको आक्रोश चिसो पार्ने सपना देख्न थालेकी थिएँ । आफ्नो चोखो प्रीतले उसको मनबाट निराशावादी सोचलाई हटाएर फूलको आँखाले हेरे संसार सुन्दर देखिन्छ भन्ने बुझाउन चाहन्थें । उसका कवितामा प्रेम र कलाको अनुपम मेल गराउन चाहन्थें । अनि यस्तै यस्तै ... !

फेब्रुअरी १४ को बेलुकी भेट्दा ऊ हडबडाएको जस्तो देखि न्थ्यो । केही महत्वपूर्ण काम छ भनेर छिट्टै हिँड्यो पनि । म भने मन भित्र खुसी भएँ ।

उसको महत्वपूर्ण कामबारे उत्सुकता अनि ‘भ्यालेन्टाइन डे’ को व्यग्र प्रतीक्षाले गर्दा मेरो मन पढाइमा अडिन सकेन । ११ बजेतिर कापी थन्क्याएर पल्टें तर निन्दै्र लागेन । कतिबेला झ्काउनै लागेकी रहिछु । सिरानीनेरको टेबलमा मोबाइल धरर्र... गरयो । उठेर मोबाइल समातें । आँखा चिम्म गरेर एकछिनसम्म दुई हातले मोबाइल अँठ्याएर छातीमा टाँसिरहें अनि विस्तारै अगाडि ल्याएर आँखा खोलें । मेरो मन अमिलो भयो । मोबाइलको स्क्रिनमा ‘कविन्द्र दाइ’ भनेर पो आइराखेको थियो ।
कहिलेकाहींगर्लफ्रेन्डलाई फोन गर्न पैसा नहुँदा कविन्द्र दाइ राति मलाई फोन गरेर ‘व्यालेन्स ट्रान्सफर’ गरिदिन भन्नुहुन्थ्यो । उठाऊँ कि नउठाऊँ हुँदै मैले ‘हेलो’ भनें ।

उता पट्टिबाट दाइको मसिनो तर हतारिएको स्वर सुनियो  ‘दीक्षा !’ चोर आएको जस्तो छ । टि.भी. कोठाको झयालको रड काट्दै गरेको आवाज आइरहेको छ । रविनालाई उठाएर तयारी अवस्थामा बस । मैले ममी र प्रशान्तलाई फोन गरिसकें । मैले ढोका खोल्ने बित्तिकै निस्क है ! ल छिटो ! आवाज न गरिकन !

मेरो मुटु डरले ढक्क फुल्यो । रविनालाई उठाएँ । दुवै जना ढोका खोल्न तयार भएर बस्यौं । दाइले ढोका खोलेको आवाज आउनेबित्तिकै निस्कियौं । अरू कोठाबाट मामामाइजू र प्रशान्त दाइ पनि आउनुभयो । जताततैको बत्ती झलमल्ल बले । टि.भी.को तार फुत्काउँदै गरेको एउटा र बत्ती देखाउँदै गरेको अर्काेलाई दाइहरूले कठालोमा समातेर छतमा पुर्याउनुभयो । भर्याङमा बाँधेपछि उनीहरूकोे मुखको मास्क थुतेर फ्याँकियो । म त छाँगाबाट खसेजस्तै भएँ । मेरो अगाडि मैले सपना अनि कल्पनामा देख्ने गरेको र असल ठान्ने गरेको त्यही चेहरा थियो जसलाई मैले मेरो भोलिको ‘भ्यालेन्टाइन’ ठानेकी थिएँ । पहिले त मलाई सपना जस्तो लाग्यो । विश्वास गर्न गाह्रो भयो तर सत्यता त्यही थियो । मेरा आँखाबाट बरर्र आँसु झ्रे । थप्पड हान्न कविन्द्र दाइले उसको चिउँडो माथि तान्दा हाम्रा आँखा जुधे ।ग्लानि र हीनताबोधले होला, उसको शिर तुरुन्तै निहुरियो ।

त्यतिन्जेलसम्ममा वरपरका थुप्रै मान्छे हराम्रो छतमा भेला भइसकेका थिए । कतिले कुट्दै थिए भने कतिले पुलिसकोमा बुझाउनुपर्छ भन्दै थिए । पुलिसकोमा बुझाउने कुरा सुनेपछि म आत्तिएँ । तर त्यो आत्तिएर हल हुने विषय थिएन । मैले मामालाई भित्र बोलाएर सम्झएर छाड्नुपर्ने कुरा राखें । मामा ‘त्यसै गर्ने हो’ भन्दै बाहिर निस्केर दाइहरूलाई नकुट्न आदेश दिंदै यस पटकलाई सम्झएर छाड्ने कुरा सबैसामु राखिदिनुभयो । त्यसपछाडि सबैजना लाखापाखा लागे ।

शिक्षक भएकाले होला, मामामा सही कुरा को बोध गर्ने क्षमता थियो । राति कतिबेरसम्म मामामाइजूले उनीहरूलाई धेरै कुरा सम्झउनुभयो । म भित्र बसेर रोइरहें । मेरो सपना भत्किएको थियो ।

भोलिपल्ट बिहान म उठ्दा उनीहरू थिएनन् । पछि मामासँग सोध्दा थाहा भयो सम्झइबुझइ गरे पछि उनीहरूले माफी मागेछन् । माइजूले उनीहरूलाई दुईचार पैसा हातमा राखिदिई चियासिया खुवाएर पठाउनुभएछ । मैले सन्तोषको सास फेरें । मनको उद्विग्नता पनि अलिक शान्त भयो ।

त्यसदिन म टाउको दुखेको भान पारेर कलेजगइनँ । पर्सिपल्ट बेलुकी फर्कंदा पसलमा ऊ थिएन । हावा अङ्कलले बोलाएर मेरो हातमा एउटा स्टिच न गरेको कागज थमाइदिनुभयो । खोलेर हेर्दा यस्तो लेखेको रहेछ–

प्रिय दीक्षाजी,
तपाईं जस्ती सुन्दर मन भएकी केटीको भावनासँग खेलवाड गरे पछि तपाईंलाई प्रिय भन्ने हक अब मसँग   छैन । आफ्ना बारेमा मैले तपाईंसँग बताएका सबै कुरा झूठा हुन्, तर साहित्यमा भने मलाई अत्यधिक लगाव छ । हो, वास्तवमा म एक चोर नै हुँ । म १० वर्षको छँदा मेरी आमा स्वर्गे हुनुभोे । त्यसपछि छोराछोरीसहित अर्काकी श्रीमती भित्र्याएको मेरो बाउको बेवास्ता अनि सौतेनी आमाको हेला र कुटाइले मलाई चोर बनायो । घरमा बस्न नसकी भागेर काठमाडौँ छिरेको मलाई काम गराए र ज्याला नदिई कुटेर पठाउने ठेकेदारहरूले चोर बनाए । मन्त्रीको घरमा नोकर बस्दा मलाई उसको ज्यादती र भेदभावले चोर बनायो । मलाई भ्रष्टाचारीहरूले सित्तैंमा कमाएको धनले चोर बनायो । मलाई माग्ने काम तुच्छ ठान्ने मेरो सोचेले चोर बनायो । मलाई यी सबै कुरा प्रतिको विद्रोहले र जोखिम मोल्ने रहरले चोर बनायो । हो, मलाई परिस्थितिले चोर बनायो । तपाईंका मामामाइजू जस्तो चोखो माया गर्ने र गल्ती गर्दा सम्झउने मानिसको अभावले म चोर भएँ ।

चोर्नु मेरो रहर हैन बाध्यता हो । रहर त मेरो धेरै पढ्ने थियो, तर पाइनँ । त्यसैले म चोरेरै भए पनि मैले भाइ भनी ढाँटेको (मजस्तै परिस्थितिले बनाएको अर्काे चोर) मेरो साथीलाई पढाउँछु । अलि टन्न भएको बेला माग्ने, खातेहरूलाई पनि बाँडिदिन्छु । यसो गर्दा मलाई आनन्द मिल्छ ।

तर म चोरेरै बाँच्न चाहन्नँ । कहिलेकाहीं परिश्रमको कमाइ खानेवालाको लुटियो भन्ने थाहा पाउँदा त बडो नरमाइलो पो लाग्छ । जीवन देखि नै वितृष्णा पैदा हुन्छ ।

तपाईंले बेजोड शैलीका मान्ने गरेका मेरा कविताहरू पीडा र गुनासाहरू सुनाउन कोही नहुँदा लेख्न बस्ने बानीका उपज हुन् । अर्काको घर फोर्ने यी हातले लेखेका कविता मन पराइदिनुभएको मा तपाईंलाई धेरै धन्यवाद । झेला बोकेर विद्यालय जान नसके पनि साहित्यका केही कृति पढेको छु । खानतलासी गर्न आउँदा कोठामा किताबका चाङ देखेर पुलिस चकित पर्छ । मेरो सम्पत्ति भनेको पनि यिनै किताब हुन् ।

तपाईंसँग संयोगले भेट भयो । शायद चोर नभइदिएको भए हाम्रा चारै डिम्पल एकै झुप्रोमा सजाउन हुन्थ्यो । तर तपाईं जस्तीको सपना देख्नु मेरा लागि “आकाशको फल आँखा तरी मर्” भने जस्तै हो । मलाई कतै देखि हालेमा नचिने झै गरिदिनुहोला । मलाई तपाईंका आँखा देखि डर लाग्छ । यो पहिलो चोटि हो, जीवनमा कसै देखि डराएको ।
अँ, यस ठाउँको बसाइ अन्तको दाँजोमा लामो भए पनि तपाईं अनि अङ्कलको साथले छोटो लाग्यो । धेरै धन्यवाद यो सहयात्राको लागि । तपाईंको जीवन सुन्दर र सुखी रहोस् ।
– लाइट बाल्ने केटो

अघि देखि टिलपिल गरिरहेको आँसुगाला हुँदै थोपा थोपा बनेर भुईंमा झ्¥यो । चिठ्ठी हावा अङ्कललाई सुम्पेर म घरतिर दौडिएँ ।
त्यसदिन देखि मैले उसलाई फेरि कहिल्यै त्यो पसलमा देखि नँ ।
२०६७ बितेर २०६८ आयो । २०६८ को पनि पुस आयो, माघ आयो । यो साल पनि पुस माघतिरै पानी पर्न थालेको छ । दिनै काठमाडौं हुस्सुलेगमक्क फुलेर बस्छ । म कलेजबाट फर्किंदा उस्तै अँध्यारो हुन्छ अनि पसल अगाडि को खाल्टामा उत्तिकै पानी जमेको हुन्छ । तर म बाटो राम्ररी हेरेर हिँड्छु किनकि मलाई थाहा छ पसलको सिँढीमा बसेर मेरो बाटोमा लाइट देखाउने ऊ अब छैन ।
मोर्गन इन्टरनेशनल कलेज, बसुन्धरा, काठमाडौं
कक्षा १२

commercial commercial commercial commercial