संक्रमणले छुँदैन लुइरे हुँदैनौं !

विषम र कठिन परिस्थितिको धरातलमा खाएको जागीर होटेलमा खाएको भात जस्तो पक्कै होइन । परिश्रम गरेको छ । लगानी परेको छ । लगनशीलता र इमान दारीको स्वादमा खाएको जागीर भएको ले हामीलाई कुनै पनि संक्रमणले छँुदैन र हामी लुइरे हुँदैनौं ।

कतिपय अवस्थामा विद्यालयलाई स्रोत र साधनले सम्पन्न गराउन शिक्षकले राजनीतिक दलका नेताहरूसँग पनि सम्पर्क गर्नु पर्ने हुन्छ । हुन पनि आज हरेक क्षेत्रको विकास निर्माण भनेकै राजनीतिक दल र नेताहरूसँग गाँसिएको छ । त्यसैले यस्ता कार्य गर्दा शिक्षकले राजनीति गरेको ठान्नु हुँदैन । त्यति मात्र होइन शिक्षक भनेको समाज का संवाहक पनि हुन् । समय र परिस्थिति अनुरुप यथार्थताको धरातलमा उभिन सक्छन् । शिक्षकहरूले नै देशको कुनै पनि कलङ्कित राज्यव्यवस्था मिल्काउन सहयोग गर्दै आएका छन् । त्यसैले यसरी लेख्न पाउने वातावरण बनेको छ । केवल शिक्षकहरू नेताहरूको पछि लागेर मात्र हिंडेका छैनन् । महीनौंसम्मगयल भएर होइन बेला र परिस्थिति मिलाएर आफ्ना नेताहरूलाई जनपक्षीय निर्णय लिन समेत सल्लाह दिन्छन् । यही आशाले राजनीतिक दलले पनि विद्यालयसँग कुनै न कुनै रूपमा सम्पर्क गरिरहेका हुन् । त्यसैले सबै कुरा लाई नकारात्मक रूपमा लिई सरकारी विद्यालयका शिक्षकहरूले ठूला–ठूला नेता र राजनीतिक दलसँग सम्पर्क बढाएर पहुँचवाला बने; त्यसैले उनीहरूसँग अभिभावकहरूले पौंठेजोरी खेल्न नसकेर निजी विद्यालयतर्फ लागे र सरकारी विद्यालयहरू बन्द हुँदैछन् भन्ने कुरा पनि समय सान्दर्भिक होइन ।

निजी विद्यालयहरू मौलाउँदै जानुमा सरकारी विद्यालयका शिक्षकहरूको मात्रै रवैया होइन; यसका विभिन्न कारणहरू छन् । अहिले मानिसहरू सुविधाभोगी बन्दैगइरहेका छन् । सन्तान थोरै जन्माउँछन् । दुईचार हजार रुपैयाँ जम्मा हुनासाथ शहरतिर बसाईं जान्छन् । बालबच्चा उतै लान्छन् । विदेशतिर जाने र घर अपायक जागीरेका श्रीमतीहरूको त झन् विगत ५/७ वर्ष देखि छोराछोरी पढाउन सदरमुकामतिर जाने परिपाटी बढ्दै आइरहेको छ । निजी विद्यालयहरू प्रायः शहरबजारमै छन् । त्यसैले गाउँघरका विद्यालयहरूमा विद्यार्थी संख्या घट्न गएको हो ।

निजी विद्यालयप्रति आकर्षण बढ्नुका पछाडि अभिभावकहरूको अभिमान को पनि हात छ । अभिभावकहरूलाई गाउँ छोडेर शहर आइसकेपछि गाउँकै जस्तो सरकारी विद्यालयमा किन पढाउने भन्ने लाग्छ भने अर्कोतर्फ गाउँबाट आएर त निजी विद्यालय पढाएका छन्, झन् शहरकै बासिन्दा भन्ने पनि छ । निजी विद्यालयहरूमा आकर्षण बढ्नु अभिभावकहरूको व्यस्तता पनि हो । जुन बच्चाका आमाबाबु कुनै पेशामा छन् उनीहरूले बच्चा हेर्ने धरालो राख्नुपर्छ । खर्च गरेर घरमा धरालो राख्नुको सट्टा टुकुटुकु हिंडेर तोतेबोली बोल्नासाथ घरबाटै नर्सरी, केजी आदि शिशु कक्षामा राखिदिन्छन् । जसले गर्दा सिकाइ र सुरक्षा दुवै भयो । अनि त्यहींबाट बोर्डिङको पृष्ठभूमि बन्छ ।

निजी विद्यालयहरू भौतिक सुविधाले पनि सम्पन्न छन् । अभिभावकले आवश्यकता अनुरुप शुल्क तिर्छन् । फलतः विद्यालय स्रोत साधन सम्पन्न हुन्छन् । बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गराउने ६ वर्षसम्मको उमेरमा निजी विद्यालयले नर्सरी, केजी, एलकेजी, यूकेजी आदि कक्षा पढाइ सकेर बल्ल एक कक्षामा लैजान्छ । तर सरकारी विद्यालयमा आउने बालबालिकाहरू एक कक्षामा भर्ना हुन आउँदा घरआँगनकै धूलो र झरपातसहित आउँछन् । निजी विद्यालयले सरकारी विद्यालयबाट गएका बालबालिका भर्ना लिनुपरेमा दुई कक्षा घटाएर मात्रै भर्ना लिन्छन् भने सरकारी विद्यालयमा चाहिं न्यूनतम दुई कक्षा नबढाई बोर्डिङबाट आएका बालबालिकालाई भर्ना गर्न अभिभावक मान्दैनन् जसले गर्दा तिनै बोर्डिङबाट आउने विद्यार्थीको एक/दुई वर्षपछि वातावरणसँग तालमेल नमिल्दा स्तर खस्कँदैगई सरकारी विद्यालयको गुणस्तर घटेको देखिन्छ । अहिले त झन् सरकारी विद्यालयमा उदार कक्षोन्नतिको व्यवस्था आएको छ । सकभर विद्यार्थीलाई कक्षा रोक्न पाइन्नँ ।

तैपनि अझै, देशको अधिकांश भू–भागमा सरकारी विद्यालय नै पहुँचमा छन् । लगभग दुई लाखको संख्यामा रहेका सरकारी विद्यालयका शिक्षकहरूले आफ्नो बाहुबल र बुताले भ्याएसम्म जिम्मेवारी वहन गरी आ–आफ्नो विद्यालय र विषयका विद्यार्थीलाई अधिकतम अङ्क ल्याई उत्तीर्ण गराउने प्रयास गरिरहेका छन् । जुन कुरा हरेक वर्षको प्रवेशिका परीक्षाको नतिजाले पुष्टि गरिरहेको छ । त्यसैले सरकारी विद्यालयका शिक्षकहरू सक्ने जति पनि गर्दैनन्, जागीरे प्रकृतिका छन्, दायिŒवबोध छैन, सरकारले पनि निरर्थक लगानी गरिरहेको छ भनेर सरकारी विद्यालयको अस्तित्वलाई निजी विद्यालयको गुणस्तर को तुँवालोले छोप्न खोज्नेप्रति अब सचेत हुनुपर्दछ । यसको लागि हरेक वर्ष सरकारी विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा कति सामेल हुन्छन् ? कुन श्रेणीमा कति उत्तीर्ण हुन्छन् ? र तिनले उच्च शिक्षामा कस्तो नतिजा प्राप्त गरी देशको उच्च ओहोदामा पुग्न कति सफल भए ? भन्ने जस्ता कुरा को लेखाजोखा गरी सरकारी विद्यालयको सृजनशीलताको इतिहासलाई अद्यावधिक गर्दै जानुपर्दछ । तब मात्रै सरकारले सरकारी विद्यालयप्रति गरेको लगानी र शिक्षकहरूको परिश्रमको फल देखिन्छ ।

साथै सरकारी विद्यालयमा अध्यापन गर्दै आउनुभएका शिक्षक साथीहरूले आफूलाई बलजफ्ती रूपमा देखि इएका चुनौतीहरूप्रति घोरिनुपर्ने कुनै आवश्यकता छैन । हराम्रो आफ्नै प्रकारको इतिहास र अस्तित्व छ । पहाडका कुना–कन्दरामा घाँसदाउरा र ढुङ्गा–माटोसँग पौंठेजोरी खेलेका हातहरूलाई कलम समाउन लगाउनु सजिलो होइन । विषम र कठिन परिस्थितिको धरातलमा खाएको जागीर होटेलमा खाएको भात जस्तो पक्कै होइन । परिश्रम गरेको छ । लगानी परेको छ । निजी विद्यालयका २० वर्षे ठिटाहरूसँग २० वर्ष पढाएका, स्नातक गरेर तालिम लिएकाले आफूलाई तल्लो दर्जाको महसूस गर्छन् भनी जबर्जस्त हीनताबोधगराइएको प्रति गुनासो गर्नु पर्दैन । सरकारी विद्यालयका शिक्षकहरूले गरे / गरेनन् भन्ने कुरा देशको शैक्षिक तथ्याङ्कले देखाउँछ । सरकारी विद्यालयका शिक्षकहरूले केवल धैर्य धारण गरेर विगतका दिनका लगनशीलतालाई वर्तमान परिस्थितिको शान लगाएर कर्म क्षेत्रमा उत्रिनुपर्दछ । लगनशीलता र इमान दारीको स्वादमा खाएको जागीर भएको ले हामीलाई कुनै पनि संक्रमणले छँुदैन र हामी लुइरे हुँदैनौं ।

संसारी महेन्द्र उमावि
गाँखु–५, नयाँसाँघु, गोरखा

commercial commercial commercial commercial