विद्यालय र अभिभावक सहकार्य = उच्च सिकाइ उपलब्धि

पढेलेखेका अभिभावकले मात्र होइन, जुनसुकै परिवारले विद्यार्थी सिकाइको उद्देश्यमा सघाउन सक्छन् । यसको योजना र परिचालनमा चाहिं विद्यालयले अग्रसरता देखाउनुपर्छ । प्रभावकारी भनेर चिनिने विद्यालयको एउटा महइभ्वपूर्ण पक्ष नै ती विद्यालयले अभिभावकसँगको सहकार्यको महइभ्व बुझ्ेर त्यसनिम्ति आफैं अग्रसरता लिनु रहेको पाइन्छ ।

 

सहकार्य = उच्च सिकाइ उपलब्धि
“विद्यार्थीलाई उच्चस्तरको शिक्षा प्रदान गर्नका निम्ति सबैभन्दा अत्यावश्यक तत्वहरूमा अभिभावकको सहभागिता र अभिभावकसँगको सहकार्य एउटा हो ।”
(www.standards.dfes.gov.uk/parentalinvolvement)

विद्यालय र अभिभावकको साझ चासोको विषय– विद्यार्थीको विकास र सिकाइ हो । विद्यालयको पक्षबाट हेर्दा आफ्नो सङ्गठनात्मक प्रभावकारिताको निम्ति अभिभावकको सहयोग कसरी परिचालन गर्ने विषय प्रधान बन्छ । अर्कोतिर अभिभावकको पाटोबाट हेर्दा आफ्नो बच्चाको समग्र विकास र सिकाइमा योगदान पु¥याउन विद्यालयसँग कसरी सहकार्य गर्न सकिन्छ, विद्यालयबाट प्राप्त हुने सेवालाई कसरी बढी भन्दा बढी आफ्नो बच्चाको हितमा उपयोग गर्ने भत्रे प्रश्न नै मुख्य हुने देखिन्छ ।

सफल र प्रभावकारी भनेर चिनिने विद्यालयले अभिभावकसँग सहकार्य गर्न विशेष प्रयत्न गर्ने गरेको देखिन्छ । त्यस्तै सचेत अभिभावकले सोच्ने गर्छन्– के यो विद्यालयका क्रियाकलापबाट मेरो बच्चाको आवश्यकता अनुकूल सिकाइ अवसर प्राप्त भइरहेको छ ?

यसरी विद्यार्थी सिकाइका सन्दर्भमा विद्यालय र अभिभावक दुवैको सहकार्य महŒवपूर्ण हुने स्पष्ट हुन्छ । 

महŒव
विभित्र अध्ययनहरूले देखाएका छन्– विद्यार्थीको सिकाइ र समग्र विकासका लागि परिवारको पृष्ठभूमि तथा अभिभावकको संलग्नताले ज्यादै महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । विद्यालय छनोटदेखि नै परिवारको भूमिका महŒवपूर्ण हुन्छ । त्यस्तै, घरमा दिइने वातावरण, प्रोत्साहन, सहयोग आदिको सिकाइमा प्रभाव रहने कुरा सामान्य रूपमा अनुभव गरिएको विषय हो ।

कोलमेन र साथीहरूको बहुचर्चित अध्ययन (सन् १९६६) को निष्कर्ष थियो– सिकाइ उपलब्धिमा हुने फरकलाई व्याख्या गर्न– बच्चाको परिवारको सामाजिक–आर्थिक अवस्था (Socio Economic Status-SES) को फरकलाई केलाउनुपर्छ । परिवारको सामाजिक आर्थिक अवस्था अनुसार सिकाइ उपलब्धि फरक पर्छ । अर्थात् विद्यार्थी जस्तो परिवेशबाट आउँछ, नतीजा त्यस्तै हुन्छ । यो अध्ययनले विद्यालय बाहिरको एउटै मात्र बलवान तत्वका रूपमा पारिवारिक पृष्ठभूमिलाई प्रस्तुत ग¥यो ।

पारिवारिक पृष्ठभूमिलाई यति धेरै महŒव दिइयो कि स्कूलभित्र गरिने समग्र प्रयासभन्दा पनि यो एउटै पाटो भारी भत्रे ढङ्गले प्रस्तुत भयो । त्यसोभए विद्यार्थीको सिकाइ र विद्यालय विकासका निम्ति पाठ्यक्रम, तालीम, शिक्षण–प्रविधि र व्यवस्थापनका क्षेत्रमा सुधारका लागि गरिने प्रयत्नहरू निरर्थक हुन् त भत्रे प्रश्न उठ्नु स्वाभाविक थियो । त्यसैले, विद्यालयका प्रयासले नतीजामा उल्लेख्य फरक पार्न सक्छ भत्रे देखाउने अरू थुप्रै अध्ययन अनुसन्धान हुन थाले ।

पारिवारिक पृष्ठभूमि मात्र होइन, विद्यालयले गर्ने नियोजित प्रयत्न, उसका रणनीति र समग्र अभ्यासले विद्यार्थीको सिकाइ उपलब्धिमा फरक पार्छ भत्रे निष्कर्ष धेरै वटा अध्ययनले निकाले । तिनले ‘विद्यालयले फरक पार्छ’ ९क्अजययकि mबपभ मषाभचभलअभ० भत्रे स्वीकारेर त्यस्तो फरक र गतिलो उपलब्धि हासिल गर्न हरेक विद्यालयका आन्तरिक प्रक्रियाहरू बारे रहस्यको खोजी गर्ने प्रयास पनि गरे । यस्ता अध्ययनले उस्तै परिस्थितिमा रहेका, उस्तै उस्तै विद्यार्थी चरित्र भएका विद्यालयहरूबीच उपलब्धिमा किन फरक हुन्छ ? कुनै विद्यालय– कुनै अर्को विद्यालयभन्दा किन स्पष्ट रूपमा सफल देखिन्छ– त्यस्तो सफल देखिन त्यस्तो विद्यालयले के के गर्दोरहेछ भनेर खोजी गर्नेतिर ध्यान केन्द्रित गरे ।

केही अध्ययनले विद्यालयभित्रका ‘लगानी’, र ‘प्रक्रिया’ सम्बन्धी विभित्र तत्वहरूलाई सिकाइ उपलब्धिको निर्धारकका रूपमा पनि प्रस्तुत गरे । कुनै अध्ययनले कुनै तत्वलाई बढी महŒव दिए, कुनैले अरू नै कुनै तत्वहरूलाई । तर केही तत्वलाई चाहिं प्रायः सबैजसो अध्ययनहरूले समान महŒवका साथ प्रस्तुत गरे । जस्तैः लेजोट र साथीहरूको सन् १९९० को अध्ययनले तलका तत्वहरूलाई विद्यालय प्रभावकारिताका सन्दर्भमा महŒवपूर्ण तत्वका रूपमा स्थापित गरेः

स्पष्ट दूरदृष्टि (भिजन)ः यसले विद्यालयको प्राथमिकता निश्चित गर्दोरहेछ र हरेक निर्णयका लागि आधार प्रदान गर्दोरहेछ । साथै विद्यालय परिवारका हरेक सदस्यलाई साझ उद्देश्यमा आवद्ध गर्न पनि सहयोग गर्दोरहेछ ।

सुरक्षित र भरपर्दो वातावरणः प्रभावकारी विद्यालयको अर्को चिनारी हुँदोरहेछ– मुख्य कार्यमा (पठनपाठन)– बाधा हुनसक्ने सम्भावनालाई न्यूनतम हदसम्म सीमित गर्ने; हरेक कार्यका निम्ति जिम्मेवारी तोक्ने; आपसी सम्बन्ध र व्यवहार समेत पूर्व निर्धारण गरिए अनुरुप हुने; फलस्वरुप, आपसमा झ्गडा, बेमेलका कारणबाट मुख्य कार्यमा बाधा पर्ने सम्भावना न्यून रहने ।

विद्यार्थी–सफलताको उच्च–मापदण्डः प्रभावकारी विद्यालयको अर्को चिनारी ‘सामान्य सफलतामा सन्तुष्ट नहुने’ हुँदोरहेछ । तिनले सफलताका उच्च मापदण्ड निर्धारण गर्दा रहेछन् । यस्तो मापदण्डले शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई थप मिहिनेत गर्न प्रेरणा प्रदान गर्दो रहेछ ।

सिकाइ उपलब्धिमा जोडः विद्यालयका हरेक महŒवपूर्ण निर्णयले सिकाइ उपलब्धि सुधार गर्न सहयोग गर्छ, गर्दैन वा कति मात्रामा सहयोग गर्छ भनेर हेर्ने अभ्यासले हरेक निर्णयको केन्द्रमा ‘सिकाइ–सुधार’ को उद्देश्य रहने गरेको देखिन्छ । यसबाट उद्देश्यमा एकत्व (unity of purpose)  को अवधारणा अनुसार सबैको प्रयत्नमा समन्वय गर्ने आधार प्राप्त हुने रहेछ ।

प्रअबाट शैक्षणिक नेतृत्वः विद्यालयको प्रभावकारिताको निम्ति प्रअको भूमिका महŒवपूर्ण हुनेबारे प्रायः सबैजसो अध्ययन एकमत देखिन्छन् । सिकाइको केन्द्रीय प्रक्रियालाई प्रभावित गर्ने सन्दर्भमा प्रअबाट प्रदान हुने नेतृत्वलाई विशेष महŒवका साथ उल्लेख गर्ने गरेको पाइन्छ ।

उपलब्धिको निरन्तर मूल्याङ्कनः प्रभावकारिताको कारण र रहस्य खोज्दै जाँदा विद्यार्थी उपलब्धिको निरन्तर मूल्याङ्कन, विद्यार्थीको सिकाइ अवस्था अनुसार शिक्षण र सिकाइ पद्धतिमा सुधार गर्ने प्रयत्न प्रायः राम्रा विद्यालयहरूमा भेट्टाइने रहेछ । शिक्षण सिकाइको निम्ति सचेत प्रयत्नमा लाग्ने क्रममा यी विद्यालयले विद्यार्थी सिकाइको निम्ति जिम्मेवारी स्वीकार गर्नु आफैंमा महŒवपूर्ण रहेछ ।

परिवारसँग दरिलो सम्बन्ध र संलग्नताः विद्यार्थीका बारे जानकारी प्राप्त गर्न, घरमा सिकाइको निम्ति उचित वातावरण सिर्जना गर्न तथा सिकाइमा सहयोग उपलब्ध गराउनका लागि परिवारको विशेष भूमिका देख्ने यस्ता प्रभावकारी भनेर चिनिएका विद्यालयले परिवारसँग कसिलो सम्बन्ध स्थापना गर्न र परिवारको संलग्नता प्रवद्र्धन गर्न सचेत प्रयत्न गर्दा रहेछन् । यसप्रकार, परिवारको सहयोग ‘आफैं प्राप्त हुने विषय’ को रूपमा लिएर अपेक्षा गरेर बस्नुको साटो विद्यालयको तर्फबाट हुने सचेत प्रयत्नको महŒव बुझ्ी सो अनुरुपको अग्रसरता प्रदर्शन गर्ने कार्यले यी विद्यालयलाई अरूभन्दा पृथक् र ‘विशेष’ बनाएको हुँदोरहेछ ।

विद्यालयको भूमिका
अभिभावकको संलग्नता र सहकार्य विद्यार्थी सिकाइका लागि यति धेरै महŒवपूर्ण कुरा हो भने त्यो ‘कसरी’ भत्रे प्रश्न स्वाभाविक बत्र पुग्दछ । यस सन्दर्भमा अभिभावकको सहयोग परिचालन गर्ने कार्यका निम्ति प्रभावकारी भनेर चिनिएका विद्यालयले गर्ने गरेका अभ्यासहरूबाट केही सिक्ने सम्भावना रहन्छः

क)    अभिभावक शिक्षाः प्रभावकारी भनेर चिनिएका विद्यालयहरूले अभिभावक शिक्षाका लागि विशेष प्रयत्न गर्दा रहेछन् । यसको अर्थ छुट्टै कक्षामा अभिभावकलाई राखेर पढाउने भत्रे होइन कि– बच्चालाई हुर्काउने, उनीहरूलाई उचित वातावरण उपलब्ध गराउने, बच्चाको आनीबानी र समग्र व्यक्तित्व विकासबारे छलफल गर्ने प्रयोजनका निम्ति सानो सानो समूह वा व्यक्तिगत रूपमा भेटघाट गर्ने गरिंदोरहेछ ।

ख)    नियमित र प्रभावकारी संचारः विद्यार्थीको सिकाइको सबल र कमजोर पक्ष र अरू ‘व्यवहारगत’ पक्षहरू बारे अभिभावकसँगको नियमित संचारले विद्यालयलाई उपयुक्त उपाय खोजी गर्न तथा परिवारको सहयोग परिचालन गर्न सघाउ पुग्ने रहेछ । यस्तो संचारलाई दुईतर्फी बनाउन अभिभावकले सजिलोसँग आफ्ना कुरा राख्न सक्ने गरी सम्पर्क गरिने व्यक्ति, समय बारे जानकारी दिनाले ‘अभिभावक भेला’ वा बैठक हुने दिनसम्म कुर्न पर्दैन, वेलैमा उपयुक्त उपाय खोजी गर्न सम्भव हुने रहेछ ।

ग)    स्कूलमा स्वयंसेवाः अभिभावकहरूबाट विद्यालयको भौतिक वातावरण सुधारमा होस् वा विद्यालयभित्र शैक्षिक÷ गैर–शैक्षिक सेवा प्रदान गर्न होस् वा स्थानीय सीप सिकाउन श्रोत–व्यक्तिको रूपमा कार्य गर्न होस्– कुनै पनि हिसाबले अभिभावकको यसप्रकारको संलग्नताले ‘अपनत्व’ बढाउने र विद्यार्थीमा सिकाइ सुधारमा सकारात्मक योगदान पुग्ने देखिन्छ । यसका लागि स्थानीय परिवेश अनुसार कुन प्रकारको सेवा स्वयंसेवा परिचालनबाट सम्भव छ भत्रे बारे स्कूलले लेखाजोखा गर्ने तथा सोका निम्ति प्रयत्न हुनु आवश्यक हुन्छ । हाम्रै कैयौं विद्यालयहरूमा अभिभावक स्वयंसेवाका गतिला उदाहरणहरू पाउन सकिन्छ ।

घ)    घरमा सिकाइमा सहयोगः कतिपय अवस्थामा विद्यार्थीलाई घरमा समेत सहयोगको खाँचो पर्न सक्छः कमजोर विषयमा अभ्यास गर्न; कुनै प्रोजेक्ट कार्य गर्न वा अन्य किसिमले सिकाइ प्रक्रियामा अभिभावकको सहयोग आवश्यक पर्न सक्छ । लामो छुट्टीमा सिकाइको शृङ्खला टुट्न नदिन काम दिने कुरा प्रभावकारी विद्यालयले गरेकै हुन्छन् । यी र यस्ता सिकाइका प्रक्रियामा अभिभावकबाट के–कस्तो सहयोग वा संलग्नताको आशा गरेको हो– सोबारे प्रष्ट पार्ने काम विद्यालयको नै हुन्छ ।

ङ)    विद्यालयको निर्णय प्रक्रियामा सहभागिताः यस्तो सहभागिताले विद्यालय ‘आफ्नो’ भत्रे भावनाको विकासमा टेवा पुग्ने; फलतः विद्यार्थीको विद्यालयप्रतिको दृष्टिकोण सकारात्मक बनाउन सहयोग पुग्ने र त्यसबाट सिकाइ उपलब्धिमा सुधार गर्नमा सकारात्मक योगदान पुग्ने देखिएको छ । हाम्रा सन्दर्भमा यस सम्बन्धी अभिभावक संलग्नता बारे विशिष्ट अनुभवहरू छन् ।

च)    समुदायसँगको सहकार्यः समग्र समुदायको सहयोग परिचालनका निम्ति विद्यालयले गर्ने प्रयत्नले विद्यालयप्रति अभिभावकहरूको सकारात्मक धारणा विकासमा सहयोग पुग्ने र त्यसबाट विद्यार्थी सिकाइ तथा अन्ततः विद्यालय प्रभावकारितामा समेत सुधार हुन योगदान पुग्ने देखिएको छ ।

अभिभावकको भूमिका
विद्यालयबाट डिजाइन गरिएका क्रियाकलापको कार्यान्वयनका साथै आफ्ना केटाकेटीको समग्र विकास र खासगरी सिकाइमा सहयोग पु¥याउनका निम्ति परिवारको तर्फबाट के के गर्न सकिएला भत्रे चासोको मुख्य विषय हो । यस सम्बन्धमा युनेस्कोका निम्ति प्रकाशित पुस्तिकामा रेडिङ भन्छन्ः “घरमा केटाकेटीसँगको सम्बन्ध तथा उनीहरूसँग गरिने व्यवहार तथा सिकाइ बीच सोझे सम्बन्ध रहेको देखियो ।” त्यसोभए घर र परिवारले के कस्ता काम गरेर आफ्ना बच्चाका (वा विद्यार्थीका) विकास सिकाइमा योगदान गर्न सक्छन् त ?
रेडिङ अगाडि भन्छन्, “परिवारले गर्न सक्ने कुरा धेरै छन्; कति कुरा गर्न पढे–लेखेका अभिभावक हुनुपर्छ, कति कुरा गर्न सामान्य साक्षर अभिभावकले पनि सजिलै सक्छन् । त्यसकारण पारिवारिक पृष्ठभूमि गतिलो हुनुपर्छ भन्दैमा उच्चघराना वा पढेलेखेका बाबुआमाले मात्र बालबालिकाको सिकाइमा सहयोग गर्न सक्छन् भत्रे होइन, सबैले सहयोग गर्न सक्छन् । कसरी सहयोग गर्ने भत्रे सामान्य जानकारी भए सिकाइमा सहयोग पु¥याउन कठिन छैन ।”

विभित्र अनुसन्धानका प्राप्तिहरूलाई केलाउँदै उनी भन्छन्ः अभिभावकका भूमिका धेरै छन्– तर तिनलाई तीन भागमा बाँडेर हेर्न सकिन्छः क) बालबालिकासँगको सम्बन्ध र उनीहरूसँग गरिने व्यवहार, ख) परिवारको आशा, अपेक्षा तथा सुपरीवेक्षणको तरिका; र ग) परिवारको दैनिकी ।

क) बालबालिकासँगको सम्बन्ध र उनीहरूसँग गरिने व्यवहारः सम्बन्धको घनिष्टतालाई संचारको सघनताले समेत निर्धारण गर्दछ । आफ्ना केटाकेटीको दैनिकीबारे चासो राख्ने; उनीहरूका आवश्यकता बारे संवेदनशील हुने; माया र स्नेह प्रदर्शन गर्ने जस्ता कुरा सिकाइसँग भन्दा पनि निकटतासँग बढी सम्बन्धित छन् तर, यसले सिकाइमा सहयोग गर्ने क्रममा आधार तयार गर्दछ । यस सन्दर्भमा कुनै पुस्तक, कथा वा टीभी कार्यक्रम वा कुनै घटना, वा अन्य विषयको छलफल गर्ने एकअर्कालाई सुत्रे; कतै घुम्न जाँदा वा अन्य अवस्थामा केही नयाँ कुरा देखेको बारे भत्रे अवसर दिने, चासोका साथ सुनेर त्यसबारे गहिराइसम्म पुग्न प्रश्न सोध्ने । त्यस्तै छलफल वा घटना वर्णनका क्रममा नयाँ शब्द वा विषय सिक्न प्रोत्साहन गर्ने गर्नाले केटाकेटीले आत्मविश्वास बटुल्छन्; अनि जिज्ञासुपनलाई अझ् टेवा पुग्दछ ।

ख) परिवारको आशा, अपेक्षा तथा सुपरीवेक्षणको तरीकाः जे चितायो त्यही पुग्छ भने झ्ैं परिवारले केटाकेटीबाट गर्ने आशाले तिनको गन्तव्य र लक्ष्यलाई संकेत गरिरहेको हुन्छ । ‘यसले के गर्ला र खै’ भत्रे जस्ता अभिव्यक्तिले माथिल्लो तहको उपलब्धिका निम्ति आवश्यक आत्मविश्वास गुमाउँछ, उत्प्रेरणाको तह ओरालो लाग्छ र फलस्वरुप उपलब्धि साँच्चिकै कमजोर हुन्छ भनिन्छ । त्यसकारण, मबाट प्रशस्त आशा गरिएको छ भत्रे भावना सदा कायम रहोस् भत्रेमा अभिभावकहरू होशियार हुनुपर्छ । स्कूलको हरेक कामलाई महŒवका साथ हेर्ने; चासो राख्ने र सोध्ने जस्ता कार्यले मात्रै पनि उत्प्रेरणा बढाउन सघाउ पुग्न सक्छ । उसका साथी सङ्गतिबारे चासो राख्ने, के कस्ता काममा लागेको छ भत्रेमा विचार गर्ने गर्नाले बाटो बिराउने सम्भावनालाई कम गर्छ । त्यसकारण, उसका बानी व्यवहार बारे सुपरीवेक्षण गर्ने र विद्यालयबाट जानकारी लिने गर्नाले विद्यार्थीको सफलताका निम्ति योगदान गर्न सजिलो हुन्छ ।

ग) परिवारको दैनिकीः परिवारको दैनिकीबाट नै विद्यार्थीको समय पालनाको अनुशासन सिक्ने गर्दछन् । घरको खाने, पढ्ने, सुत्ने लगायतका कामको रुटिन र नियमितताले सकारात्मक बानी बस्न मद्दत पुग्छ । यसरी हरेक काम ठीक समयमा गर्ने बानीले अनावश्यक तनावबाट बचाउनका साथै आफ्नो कामको जिम्मेवारी लिने सोचको विकासमा समेत सघाउँछ । यसप्रकारको दैनिकीमा रमाइलो गर्ने, फुर्सदको उपयोग गर्ने विषय समेत पर्दछ र यसमा समेत शैक्षिक महŒवका अन्य रमाइला कार्यमा परिवारको रुचि र समय दिने गर्नाले बच्चामा सकारात्मक बानी बस्न सक्छ । घरमा पढ्नका निम्ति उपयुक्त वातावरण दिने; पढ्ने समयमा टीभी वा यस्तै अन्य कार्यक्रमले ध्यान अन्यत्र तान्दैछ भने परिवारले समेत केही त्याग गर्ने अभ्यासले बच्चाले उसको पढाइ परिवारको निम्ति कत्तिको महŒवको विषय हो भत्रे अनुभब गर्न थाल्दछ र ऊबाट गरिएको अपेक्षाको स्तर बुझन थाल्दछ । त्यसकारण परिवारको दैनिकी तय गर्दा खासगरी विद्यालय उमेरका बालबच्चाको आवश्यकताबारे विशेष सचेत हुनु जरूरी हुन्छ ।

परिवारभित्रको सम्बन्ध र घरमा गरिने व्यवहारले हरेक बालबालिकाको विकास र सिकाइका निम्ति महŒवपूर्ण प्रभाव छाड्दछ । तर विशेष सिकाइ आवश्यक हुने बालबालिकाका हकमा परिवारको सम्बन्ध र अभिभावकको व्यवहारको महŒव अरू धेरै हुने अनुसन्धानले देखाएका छन् । यस्तो अवस्थामा विद्यालय र परिवारबीच सहकार्यको विशेष योजना आवश्यक हुन सक्छ ।

विद्यार्थीको समग्र सिकाइको सन्दर्भमा विद्यालय र अभिभावक दुवैको भूमिका महŒवपूर्ण हुने कुरामा सन्देह देखिंदैन । यी दुवै संस्थाले आ–आफ्नै योजना अनुसार चलेर भन्दा पनि आपसी सहकार्य गरेर विद्यार्थीको सिकाइमा सकारात्मक योगदान पु¥याउन सक्छन् । साथै पढेलेखेका अभिभावकले मात्र होइन, जुनसुकै परिवारले विद्यार्थी सिकाइको उद्देश्यमा सघाउन सक्ने स्पष्ट छ । यसको योजना गर्ने र परिचालन गर्ने सन्दर्भमा विद्यालयको तर्फबाट सचेत प्रयत्न भने हुनैपर्छ । प्रभावकारी भनेर चिनिने विद्यालयको एउटा महŒवपूर्ण पक्ष नै ती विद्यालयले अभिभावकसँगको सहकार्यको महŒव बुझ्ेर त्यसनिम्ति आफैं अग्रसरता लिनु रहेको पाइन्छ ।

commercial commercial commercial commercial