जिरीका जिरेल सर !

भावुक हुँदै उहाँ भत्रुहुन्छ, “हाम्रो शिक्षाले हाम्रा घरखेत र गोठबारी सिध्याएर बिल्लीवाठ पारी विदेशतिर धपाएको छ । हामी अतीतको कालो अफ्रिकामा रुपान्तरित त भइरहेका छैनौं ? कक्षाकोठामा विद्यार्थीलाई पढाइरहेको बेला यही चित्र सामु आउँदा कुनै दुस्वप्न झ्ैं म झ्सङ्ग हुन्छु र कहिलेकाहीँ कक्षाकोठाबाट बाहिर गएर रोएको पनि छु ।”

स्विट्जरल्याण्डको ज्यूरिचसँग तुलना गरेको पाइन्छ नेपालको जिरीलाई । सुन्दर सल्लेरी पाखाहरूले घेरिएको जिरीमा हिजोआज व्यावसायिक तवरमा चिया खेती समेत शुरु भएकाले धेरैले यहाँ भारतको दार्जीलिङको झलक पनि पाउन थालेका छन् । शहरको कोकोहोलोबाट मुक्ति र प्राकृतिक सुन्दरता खोज्नेहरूका निम्ति राम्रो गन्तव्य रहँदै आएको छ जिरी । तर, शिक्षा र सामाजिक विकासमा चासो हुनेहरू एउटा अर्को ठाउँमा पुग्न खोज्छन् र एउटा व्यक्तिलाई भेट्न खोज्छन् । हो, जिरी उच्च मावि र त्यसका प्राचार्य टेकबहादुर जिरेलको पनि एउटा राष्ट्रियस्तरको गन्तव्यको हैसियत बनिसकेको छ ।

चार वर्षअघि एउटा वृत्तचित्र महोत्सवमा सहभागी हुन जिरी पुग्दा टेकबहादुर जिरेलसँग पहिलो भेट भएको थियो । परिचयका क्रममा मेरो नाम सुत्रासाथ उहाँले दि काठमाण्डू पोष्ट मा प्रकाशित मेरा लेखहरूको चर्चा गर्नुभयो । जिरीमा गएर त्यस किसिमको प्रतिक्रिया पाउने आसै नगरेकाले होला, म चकित भएको थिएँ । पछि थाहा हुँदै गयो, उहाँको चाख र सूचना सम्पत्रता अद्भुत रहेछ । छापामा आएका लेख, समसमायिक राजनीतिक टिप्पणी र साहित्यका राम्रो अध्येता मात्र हैन, उहाँलाई धेरै लेखक साहित्यकारहरूका कतिपय हरफहरू कण्ठस्थ हुँदा रहेछन् । पूर्ण मनोयोगले पढ्ने व्यक्तिलाई मात्र कुनै कुरा त्यसरी सम्झ्ना हुनसक्छ । त्यति भइकन पनि उहाँमा मन परेका रचनाहरूलाई पुस्तकालयमा ‘आर्काइभिङ’ गर्ने बानी पनि रहेछ ।

अक्षरसँग यस्तो गहिरो मितेरी भएका जिरेल सरको अक्षर यात्रा भने निकै दुरुह रहेछ भत्रे कुराको ज्ञान चाहिँ मैले धेरै पछि मात्र पाएँ ।

द्वितीय विश्वयुद्धमा बेलायती सेनाका तर्फबाट लडेका फौजी पिताका छोरा टेकबहादुरको बाल्यकाल फौजी कथाहरूकै रोमाञ्चकतामा बित्यो । २०२१ सालमा तत्कालीन जिरी राष्ट्रिय प्राइमरी स्कूलमा भर्ना हुँदा उहाँको उमेर ११ वर्ष पुगिसकेको थियो । जिरी र सिक्री खोलाका दहहरूमा खेल्दै र वनपखेरामा चराका गुँडहरू खोज्दै समय बिताइरहेका टेकबहादुरलाई अक्षरसित खेल्न र किताबमा पढेका कुराहरूको उत्तर खोज्न पहाडै बोकेजस्तो हुन्थ्यो । पढ्न मात्र हैन, अरु कठिनाइ पनि धेरै थिए । ती दिनहरू सम्झ्ँदै जिरेल सर भत्रुहुन्छ, “बेलुका पढ्नका लागि दियालो खोज्नुपथ्र्यो । जिरीको ठिही कटाउन खुट्टामा जुत्ता र आङमा न्यानो लुगासम्म हुँदैनथ्यो । तैपनि जेनतेन एसएलसी पास गरेँ ।”

त्यसबेला शिक्षा ‘अधिकार’ थिएन, त्यो एउटा एकदमै मुस्किलले पाइने अवसर थियो र थियो कठिन साधना । “त्यही भएर होला, त्यसबेला पढेका कतिपय कुराहरू अहिले पनि मलाई कण्ठस्थ छन् । अहिलेकाहरूले शिक्षाका निम्ति त्यस्तो सङ्घर्ष गर्नु परेको छैन ।”

प्रवेशिका पछि काठमाडौं आउनुभयो र त्रिविवि कीर्तिपुरको शिक्षा संकायबाट स्नातक उत्तीर्ण गरेपछि जिरी फर्केर तत्कालीन जिरी माविमा पढाउन थाल्नुभयो । तर, पञ्चायतकालका कठोर दिनहरूमा उहाँ बरू राजनीतिक पूर्वाग्रहको सिकार हुन राजी हुनुभयो तर राजनीतिक चेत र विवेकलाई बन्धकी राख्न भने तयार हुनु भएन । २०३७ चैत १४ गतेको प्रथम नेपाल बन्दमा उहाँले गिरफ्तारी दिई स्वेच्छिक जेलयात्रा गर्नुभयो । जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा वकालत गरेवापत उहाँलाई मावि तहमा १५ वर्षसम्म स्थायी हुनबाट वञ्चित गरियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भने जिरेल सरले आफूलाई दल निरपेक्ष व्यक्तिका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । राजनीति र शिक्षाको सम्बन्ध बारे भत्रुहुन्छ, “आफ्नो पेशागत धर्म र कर्म अनुसारको कर्तव्य पालना गर्नु नै शिक्षकको राजनीति हो । हामी शिक्षकहरू मुलुकका प्रबुद्ध र जिम्मेवार व्यक्ति हौं । किसानको मञ्चमा किसान, विद्यार्थीको मञ्चमा विद्यार्थी र राजनीतिको मञ्चमा राजनीतिज्ञको भूमिका निर्वाह गर्ने हो भने हामी शिक्षक कम अभिनेता ज्यादा हुनेछौं ।”

जिरी उच्च माविले अनेकौं कोसेढुङ्गाहरू खडा गर्दै दोलखामा मात्र नभएर मुलुकमै आफूलाई एउटा नमुना विद्यालयका रूपमा उभ्याएको छ । यस उच्च माविमा शिक्षा, विज्ञान, मानविकी र व्यवस्थापन विषयहरूमा अध्ययन अध्यापन शुरु हुन थालेपछि जिरी र वरपरकाहरू राजधानीसम्मको खर्चिलो र बोझ्लिो यात्राबाट मुक्त भएका छन् ।

औपचारिक शिक्षाका लागि मात्र नभएर जिरी उच्च मावि अहिले एउटा बहुउद्देश्यीय स्रोत केन्द्रको रूपमा समेत जिल्ला र जिल्ला बाहिर परिचित बन्दै गएको छ । विद्यालय हातामा निर्मित ४०० भन्दा वढी क्षमताको सुविधासम्पत्र सभाहलमा मल्टिमिडियाको व्यवस्था हुनाले त्यहाँ सभा सम्मेलनका अतिरिक्त समय–समयमा वृत्तचित्रहरूको पनि प्रदर्शन हुँदै आएको छ । अहिले विद्यालय हातामै जिल्लाको सबैभन्दा ठूलो खेलमैदान निर्माण भइरहेको छ । विद्यालयको सुरम्य भौगोलिक अवस्थिति र यिनै सुविधा र आकर्षणका कारण पनि यो विद्यालय अवलोकन गर्न आउनेहरूको सङ्ख्या दिनहुँ बढ्दो छ । अनेकौं आरोह–अवरोह पार गर्दै आएको जिरी उमाविले गत साल आफ्नो स्थापनाको स्वर्ण वर्ष मनाएको थियो, जसको प्रमुख आतिथ्य राष्ट्रपति डा. रामवरण यादवले ग्रहण गर्नुभएको थियो ।

गुणस्तरीय शिक्षाका निम्ति भौतिक संरचनाहरूको दरकार पर्छ नै । “विद्यालय भनेको केही पुस्तक, ढुङ्गा र माटो मात्र होइन; यहाँसम्म ल्याइपु¥याउने अग्रजहरूको निस्वार्थ सेवाभाव र समर्पण पनि हो”, आफ्ना अग्रजहरूप्रति नतमस्तक जिरेल सर भत्रुहुन्छ, “त्यसैले उहाँहरूप्रति हामी सदैव ऋणी छौं ।” नयाँ पुस्ताकाहरूले संस्थापक शिक्षकहरूको योगदानको स्मरण गरुन् भनेर जिरेल सरले अग्रजहरूको सम्मान र अभिनन्दन गर्दै आउनुभएको छ । विद्यालयको हातामा निर्मित संस्थापक शिक्षक युवराज उपाध्यायको सालिक कुनै पनि शिक्षाजीवीको जिल्लाभरकै पहिलो सालिक पनि हो ।

आफ्ना विद्यार्थीले समाजका विविध क्षेत्रमा पहिचान बनाउन सकेकोमा जिरेल सर सन्तुष्ट हुनुहुन्छ । उहाँका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, शिक्षक लगायत विविध पेशाहरूमा छरिएका छन् । दोलखा क्षेत्र नम्बर १ की सभासद् शान्ति पाख्रिन र पप गायनमा राम्रै पहिचान बनाएकी गायिका रेश्मा सुनुवार उहाँका विद्यार्थी थिए । जिरेल समाजबाट पहिलो पल्ट सगरमाथा आरोहण गर्ने लालबहादुर जिरेल पनि उहाँकै विद्यार्थी हुन् । बेलायती सेनामा रहेका बसन्त जिरेल उहाँकै प्रेरणाले थातथलो जिरीको विकासमा यथासक्दो सहयोग पु¥याउँदै आइरहेका छन् । “पासाङ ल्हामु क्याम्पसका नेपाली भाषाका शिक्षक मेरा विद्यार्थी टीका जिरेल ३० वर्षपछि यस वर्षको गुरुपूर्णिमामा मलाई भेट्न आएका थिए”, जिरेल सर सम्झ्नुहुन्छ, “मेरा कतिपय विद्यार्थीहरू देश बाहिर पनि राम्रै गरिरहेका छन् । उनीहरू चिट्ठीपत्र र इमेलमार्फत नियमित सम्पर्कमा छन् । अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका संयोजक केदार सुनुवार ‘संकेत’ बारम्बार मेल गरिरहेका हुन्छन् ।”

“प्रत्येक वर्ष केही विद्यार्थी विद्यालयबाट जान्छन् र प्रत्येक वर्ष नयाँ जोश र उमङ्गका साथ नयाँ विद्यार्थी थपिन्छन् । त्यसैले नयाँ ऊर्जा थपेको होला जस्तो लाग्छ, हुनुपर्छ, मलाई सधैँ युवक नै रहेजस्तो लाग्छ । अनवरत पढाइरहेको छु, उनीहरूको भविष्यमै आफ्नो भविष्य देख्छु”, जिरेल सर एउटा सच्चा शिक्षकको भावना व्यक्त गर्नुहुन्छ ।

शहरमा बस्नेहरूलाई जिरीसँग जोड्नका लागि उहाँले आफूलाई अनेकौं आयामहरूसँग जोड्नुभएको छ । राजधानीको प्रत्येक पटकको यात्रा उहाँका निम्ति उद्देश्यपरक हुने गरेको छ । सङ्गीतकार अम्बर गुरुङदेखि लिएर कैयन् युवा साहित्यकार–कलाकारहरूसित उहाँको नियमित सम्पर्क छ । शक्ति र सत्ताका केन्द्रहरूको साटो सृजनाका मन्दिरहरूमा परिक्रमा गर्ने उहाँको बानीका कारण धेरै स्रष्टाहरू जिरीका बारेमा जात्रे र जिरीको माया गर्ने भएका छन् ।

जिरेल सर लामो समयसम्म शिक्षण पेशामा रहँदा समाजबाट पाएको सम्मानबाट सन्तुष्ट हुनुहुन्छ । तर शिक्षामा समयोपयोगी परिवर्तन हुन नसकेको र मुलुकका शिक्षित युवाहरू हुलका हुल बाँधेर विरानो मुलुकमा रोजगारीमा गएको कुराले आफू निकै विचलित बनेको बताउनुहुन्छ । भावुक हुँदै उहाँ भत्रुहुन्छ, “हाम्रो शिक्षाले हाम्रा घरखेत र गोठबारी सिध्याएर बिल्लीवाठ पारी विदेशतिर धपाएको छ । हामी अतीतको कालो अफ्रिकामा रुपान्तरित त भइरहेका छैनौं ? कक्षाकोठामा विद्यार्थीलाई पढाइरहेको बेला यही चित्र सामु आउँदा कुनै दुस्वप्न झ्ैं म झ्सङ्ग हुन्छु र कहिलेकाहीँ कक्षाकोठाबाट बाहिर गएर रोएको पनि छु ।”

झ्रीमा रुझ्ेर होस् वा घाममा उभिएर एक्लो नै सही सतीसालले झ्ैं जिरेल सरले धेरैलाई छहारी दिँदै आउनुभएको छ । मैले उहाँको विद्यार्थी हुने सौभाग्य त पाइनँ, तर उहाँको असलपना र गुणग्राहिताबाट परिचित हुने मौका पाएको छु । र, शायद मेरोभन्दा पनि उहाँ जस्तै शिक्षाका ज्योति फैलाइरहेका म्यागासासे पुरस्कार विजेता महाबीर पुनले आगन्तुक पुस्तिकामा लेखेका केही हरफहरू जिरेल सरका निम्ति सही मूल्याङ्कन हुन सक्लान् । पुन लेख्नुहुन्छ, “यो दुनियाँमा अलिकति असल हृदय, सौन्दर्य, सिर्जनशीलता, प्रेम, करुणा जस्ता गुण नहुँदा हुन् त, अर्थात् टेकबहादुर जिरेल सर जस्ता सुन्दर हृदयका मानिस नहुँदा हुन् त झ्न् कठिन हुन्थ्यो होला मानिस भएर बाच्न !”

commercial commercial commercial commercial