प्रयोगधर्मी शिक्षक

उनी निम्नमाध्यमिक तहका शिक्षक हुन् । कक्षा ६ र ८ मा विज्ञान विषय पढाउँछन् । नयाँ पाठ शुरु गर्दा उनी सीधै किताबको परिभाषामा जाँदैनन् । विद्यार्थीलाई नयाँ पाठको सामान्य परिचय र अवधारणा सुनाउँछन् । अनि सोझ्ै प्रयोगात्मक क्रियाकलापतर्फ विद्यार्थीको ध्यान खिच्छन् र समूहगत रूपमा पालैपालो अभ्यास गराउँछन् । क्रियाकलाप सकिएपछि त्यसको प्रभावबारे विद्यार्थीलाई नै आपसमा छलफल गराउँछन् र निचोड निकाल्न प्रेरित गर्छन् ।

उनी हुन्, तनहुँको जामुने, गुणादीस्थित महेन्द्र माविका शिक्षक अनुज शर्मा न्यौपाने । न्यौपानेको शिक्षण शैली औसतभन्दा केही फरक र अनुकरणीय लाग्छ । गएको ७ जेठमा शिक्षक प्रतिनिधि महेन्द्र माविमा पुग्दा अनुज सर कक्षा ८ लाई ‘तरल पदार्थको चाप’को अवधारणा बुझउन विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँदै थिए । विद्यार्थीको एउटा समूहलाई सात मिनेट समय दिइएको थियो । क्रियाकलापका लागि चाहिने सामग्री विद्यार्थीले घरैमा बनाएर ल्याएका थिए । कसैले आफैंले बनाएको ‘म्यानोमिटर’(तरलको चाप नाप्ने यन्त्र)को प्रयोग गरेर देखाए भने कसैले छेउछाउमा प्वाल पारिएका प्लास्टिकका बोतल, बाँसको ढुङ्ग्रो र टिनको बट्टामा पानी हालेर तरल पदार्थको चापको परीक्षण गरे । अनि त्यसको निचोड पनि सुनाए । अनुज सर विज्ञानका सबैजसो विषयवस्तु÷पाठ यसैगरी क्रियाकलाप गराएरै पढाउँछन् । उनको कक्षामा शिक्षक र विद्यार्थी पनि साथी–साथी झ्ैं लाग्छन् ।

शिक्षक न्यौपाने प्रयोगात्मक अभ्यासका क्रममा आपूm सहजकर्ता बनिदिन्छन् र सबै अभ्यास विद्यार्थीलाई नै गराउँछन् । यसो गर्नुको औचित्य स्पष्ट्याउँदै उनी भन्छन्, “यसरी अभ्यास गराउँदा विद्यार्थीहरू बढी सक्रिय हुन्छन् । उनीहरू जति धेरै सक्रिय हुन्छन् त्यति नै बढी सिक्छन् । त्यसैले म हरेक क्रियाकलापमा उनीहरूलाई नै प्रेरित गर्छु ।” यसरी सिक्ने÷सिकाउने अभ्यास विद्यार्थीका लागि पनि उत्तिकै रुचिपूर्ण हुन्छ । कक्षा ८ की छात्रा सरस्वती विश्वकर्मा भन्छिन्, “किताबमा पढेका सबै कुरा बुझन र सम्झ्न सकिँदैन । तर, आफैंले प्रयोग गरेर हेर्दा छर्लङ्गै बुझ्न्छि ।” न्यौपाने विद्यार्थीलाई ‘नोट’ लेखाउँदैनन् । उनको भनाइमा नोट लेखाउनु भनेको ‘तयारी चाउचाउ’ खुवाएसरह हो, जसले विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्दैन । केही पहिले अनुजको कक्षा अवलोकन गरेका शैक्षिक तालिम केन्द्र, तनहुँका प्रशिक्षक गोविन्द पोखरेलको टिप्पणी थियो, “उहाँको कक्षामा मैले ‘पढाइ’ होइन, ‘सिकाइ’ देखेँ ।”

शिक्षक न्यौपानेले विज्ञानको प्रयोगात्मक शिक्षण सिकाइमा विद्यार्थीलाई प्रोत्साहित र सक्रिय रूपमा सहभागी तुल्याइराख्न घरघरमा प्रयोगशाला बनाउने अभियान चलाएका छन्, जसलाई ‘साइन्स कर्नर’ नाम दिइएको छ । विज्ञान क्रियाकलापका लागि चाहिने शैक्षिक सामग्री विद्यार्थी आफैंले बनाउँछन् र घरैमा सङ्ग्रह गर्छन् । ‘साइन्स कर्नर’को अवधारणा न्यौपानेले २०६४ सालदेखि बसाएका हुन् । उनका अनुसार, हाल २० भन्दा बढी विद्यार्थीले ‘साइन्स कर्नर’ राखेका छन् । सङ्गीता श्रेष्ठ (कक्षा ९) तिनै मध्येकी एक छात्रा हुन्, जसले आफ्नो घरेलु प्रयोगशालामा म्यानोमिटर, घिर्नी, पिनहोल क्यामरा, परमाणुको संरचना लगायत ४० भन्दा बढी स्वनिर्मित सामग्रीहरू सङ्कलित गरेकी छिन् । ‘साइन्स कर्नर’ बनाउन शिक्षक न्यौपानेले नै प्रेरित गरेको उल्लेख गर्दै सङ्गीता भन्छिन्, “शुरुमा सरले नै हामीलाई सामग्री बनाउन सिकाउनुभयो । आज आपूmलाई चाहिने सामग्री आफैं बनाउन सक्ने भएका छौं ।”

‘साइन्स कर्नर’का लागि घरेलु प्रयोगशालाको अवधारणाले विद्यार्थीमा विज्ञानका सामग्री बनाउने अभ्यास मात्र बढाएको छैन कि स्कूलमा सिकेका कुरालाई घरमा पनि प्रयोग गरेर हेर्ने बानी बसाएको छ । कक्षा ९ की छात्रा मेनुकाले हालसालै ‘पुतलीको जीवनचक्र’ पाठको प्रयोग घरैमा गरेर हेरिन् । त्यसनिम्ति उनले घरछेउको बारीबाट ‘लार्भा’ खोजेर ल्याइन् । त्यसलाई हरेक दिन अवलोकन गर्दै गइन् । त्यो लार्भा १३ दिनपछि पुतली बनेको आफैंले देखिन् ।

शिक्षक न्यौपाने माध्यमिक तहमा शिक्षण त गर्दैनन्, तथापि हाल कक्षा ९ र १० मा पुगेका विद्यार्थीले समेत विगतमा उनले बसालेको प्रयोगात्मक अभ्यासलाई निरन्तरता दिइनै रहेका छन् । यही अभ्यासका कारण तल्ला कक्षामा सिकेका कतिपय ज्ञान÷सीप अझ्ैसम्म ताजै रहेको विद्यार्थीको अनुभव छ । कक्षा १० का छात्र कमल थापा भन्छन्, “अनुज सरले कक्षा ६ देखि प्रयोग गरेर सिकाउनुभएका धेरै कुरा मैले अझ्ैसम्म बिर्सिएको छैन ।” महेन्द्र माविका प्रअ विकासबाबु भट्टराई न्यौपानेको प्रयास सराहनीय ठान्छन् । “पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लिखित क्रियाकलापलाई उहाँले मनोरञ्जनात्मक तरिकाले सिकाउनुभएको छ । यो निकै सान्दर्भिक छ,” उनी भन्छन् ।

तालिमले दिएको उत्साह
२०३८÷३९ सालमा पृथ्वीनारायण क्याम्पस, पोखरामा आई.एस्सीको विद्यार्थी छँदै तनहुँको श्याम्घास्थित साँगे निमाविको शिक्षक बनेका न्यौपाने २०४४ सालमा काठमाडौं आएर अमृत साइन्स कलेजमा बी.एस्सीमा भर्ना भए । तर, उनको ध्यान ‘पढ्न’ भन्दा ‘पढाउन’ तिरै मोडियो । उनी काठमाडौंको तरुण माविको निम्नमाध्यमिक तहमा विज्ञान÷गणित पढाउने शिक्षक बने ।

२०४८ सालमा उनी स्थायी भएपछि २०५२ सालमा घरपायक मिलाएर महेन्द्र मावि (तनहुँ) मा सरुवा भए । बी.एस्सीको पढाइ अधुरै रह्यो । २०५३ सालमा शैक्षिक तालिम केन्द्र, गोरखामा लिएको एकमहिने तालिमले उनलाई विज्ञान शिक्षणका आधारभूत सीप, प्रयोगात्मक अभ्यास र शैक्षिक सामग्री निर्माणका धेरै विधिहरूको जानकारी दियो । उक्त तालिमका प्रशिक्षक कृष्णप्रसाद पोखरेललाई शिक्षक न्यौपाने अहिले पनि प्रेरक–प्रशिक्षकका रूपमा सम्झ्न्छन् ।  

सो तालिमबाट फर्केपछि उनले आपूmलाई विज्ञानका शैक्षिक सामग्री निर्माण र प्रयोगात्मक अभ्यासमा केन्द्रित गरे । विद्यार्थीलाई पनि सामग्री निर्माणमा प्रेरित गर्दै लगे । आज न्यौपानेको अगुवाईमा उनका विद्यार्थीले बनाएका सामग्रीहरूबाट महेन्द्र माविको प्रयोगशाला भरिएको छ । प्रयोगशालामा सरल यन्त्र, माटो र काठबाट बनाइएका प्राणी तथा वनस्पति कोषका नमुना, म्यानोमिटर, विद्युत् सर्किट सिस्टम, पाचन प्रणालीका नमुना जस्ता सयौंको सङ्ख्यामा विद्यार्थी निर्मित सामग्रीहरू सङ्गृहीत छन् ।

शैक्षिक सामग्री किन्न बजेट अभाव भएको कारण देखाएर कतिपय विद्यालयमा विज्ञानको प्रयोगात्मक शिक्षणलाई पन्छाउने गरिन्छ । तर, न्यौपाने चाहिँ यो तर्कलाई स्वीकार्न तयार छैनन् । उनी भन्छन्, “विज्ञानका सबै सामग्री किन्नै पर्छ भन्ने एउटा भ्रम मात्र हो । करिब ८० प्रतिशत सामग्रीहरू घर वरपर पाइने स्थानीय चिजबिजबाटै बनाउन सकिन्छ ।”

शिक्षक न्यौपानेले २०५४ सालमा गठन गराएको ‘विद्यार्थी विज्ञान क्लब’ अहिले पनि उत्तिकै क्रियाशील छ । क्लबले २०५६ सालयता हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आएको छ । गत वर्ष तेस्रो तनहुँ महोत्सवमा आयोजित अन्तर विद्यालय विज्ञान प्रदर्शनीमा महेन्द्र माविकै ‘विद्यार्थी विज्ञान क्लब’ प्रथम भएको थियो । अनुज सर स्कूलमा पनि विद्यार्थीबीच बर्सेनि सामग्री निर्माणको प्रतिस्पर्धा गराउँछन् र त्यसमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरेर हौसला प्रदान गर्छन् ।

कक्षा ६–१० को विज्ञानको कुल पूर्णाङ्कमध्ये २५ प्रतिशत अङ्कभार प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको छ । बहुसङ्ख्यक विद्यालयमा प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित हुने गरेको पाइन्छ । तर, शिक्षक न्यौपाने त्यसका अपवाद पात्रमध्येका एक हुन्, जो प्रयोगात्मक परीक्षा नलिइकन विद्यार्थीलाई अङ्क दिँदैनन् । यस्तो परीक्षा लिने उनका दुई किसिमका विधि छन् । एउटा सामान्य अभ्यासात्मक कार्य र अर्को परियोजना कार्य । पहिलो विधि तुरुन्तै मापन गर्ने किसिमको हुन्छ, जसमा विद्यार्थीलाई कुनै एउटा विधिको परीक्षण गर्न लगाइन्छ । दोस्रो विधि अर्थात् परियोजना कार्य अन्तर्गत विद्यार्थीले शैक्षिक सामग्रीको निर्माण र सङ्कलन गर्नुपर्छ, जुन एकदेखि दुई हप्ताको हुन्छ ।

शिक्षण बाहेक कुनै अतिरिक्त धन्दा÷व्यवसाय उनको छैन । विद्यालयबाट बँचेको समय पनि शिक्षण तयारीमै बिताउँछन् । प्रयोगात्मक विधिबाट विज्ञान शिक्षण गराउनुलाई उनी आफ्नो दायित्व ठान्छन् । भन्छन्, “प्रयोगात्मक अभ्यास विना विज्ञानको सार्थक शिक्षण र विद्यार्थीको मूल्याङ्कन हुनै सक्दैन । विज्ञान यस्तो विषय हो, जसमा विद्यार्थीको ज्ञान÷सीप उसको जिब्रो र कलमको टुप्पोबाट मात्रै मापन गर्न सकिँदैन ।”

शिक्षक न्यौपानेको परिश्रम र लगनशीलता विद्यालयमा मात्रै पनि सीमित छैन । विज्ञानको प्रयोगात्मक शिक्षण र परीक्षाको बहसलाई उनी विद्यालय बाहिरका ‘फोरम’हरूमा पनि उठाइरहन्छन् । अरू शिक्षकलाई पनि प्रयोगात्मक शिक्षणप्रति समर्पित हुन झ्कझ्क्याउँछन् । आफ्ना छोराछोरीलाई विज्ञानका स्रोत÷सामग्री जुटाएर सहयोग गरिदिन अभिभावकलाई पनि अपील गर्छन् । यही लगावकै कारण न्यौपाने तनहुँ जिल्लामै भिन्न चरित्रका शिक्षकका रूपमा चिनिन्छन् । उनलाई शिक्षा मन्त्रालयले २०६५ सालमा ‘राष्ट्रिय शिक्षा पुरस्कार’ दिएको थियो । ५२ हिउँद काटेका न्यौपाने अब पेन्सन अवधि पुग्नबाट केही महिना मात्रै टाढा छन् । र पनि उनमा प्रयोगात्मक शिक्षणको लगावमा कुनै कमी आएको देखिँदैन । बरु अझ् बढी समर्पित देखिन्छन् ।

commercial commercial commercial commercial