सफलताको सूत्र कर्तव्यनिष्ठा र समन्वय

“चुनौतीलाई परास्त गर्न प्रअ भएपछि मैले मूलतः दुइटा योजना बनाएँ, पहिलो– सबैभन्दा पहिले आफू कर्तव्यनिष्ठ हुने र दोस्रो– समुदायलाई साथमा लिएर अघि बढ्ने ।” विकट हिमाली जिल्ला जुम्लामा मावि तहकी एकमात्र महिला प्रअ कान्तिकाका लागि यिनै दुई उपाय स्कूल चम्काउने अचूक सूत्र बने ।

२०६३ वैशाखमा प्रअ प्रयागदत्त उपाध्यायको सरुवा भएपछि जुम्लाको कर्णाली माविमा नयाँ प्रअको खोजी भयो । त्यस्तैमा सोही विद्यालयकी शिक्षक कान्तिका सेजुवाल अघि सरिन् प्रअ हुन । उनको आँट देखेर कतिपयलाई आश्चर्य पनि लाग्यो । धेरैले “महिलाले मावि चलाउन सक्लिन् र ?” भन्ने आशङ्का व्यक्त गरे । तर, कान्तिकाले विद्यालयको प्रशासनिक जिम्मेवारी लिएको तीन वर्षमै कर्णाली मावि जिल्लाकै उत्कृष्ट स्कूल बन्न पुगेको छ । पछिल्लो तीन वर्षको एसएलसी परीक्षामा उक्त मावि लगातार जिल्ला प्रथम रहँदै आएको छ । कान्तिका भन्छिन्, “हामी एसएलसीमा मात्र होइन, आठ कक्षाको जिल्लास्तरीय परीक्षामा पनि प्रथम हुँदै आएका छौं ।”

कान्तिकाले शिक्षण पेशा अँगालेको २० वर्ष भयो । प्रअ भएर हासिल गरेको प्रगतिलाई उनी आफ्नो पेशागत जीवनको महŒवपूर्ण उपलब्धि ठान्छिन् । डेढ दशकसम्म शिक्षक हुँदा नपाएको सन्तुष्टि चार वर्षमा कसरी प्राप्त भयो त ? उनी भन्छिन्, “जीवनमा चुनौती सामना गर्न सकेमा सफलता र सन्तुष्टि एकैसाथ प्राप्त हुँदोरहेछ ।”

हुन पनि चार वर्षअघि प्रअ हुन तम्सिँदा कान्तिकासामु थुप्रै चुनौती थिए– पाँच कक्षासम्म स्वीकृत विद्यालयलाई मावि सञ्चालन गर्नुपर्ने, विद्यालयलाई सोही वर्ष एसएलसीमा सामेल गर्नुपर्ने, समुदाय र जिल्ला शिक्षा कार्यालयको विश्वास लिएर अघि बढ्नुपर्ने आदि । तर, कान्तिका चुनौतीबाट भाग्ने महिला होइनन् । “चुनौतीलाई परास्त गर्न प्रअ भएपछि मैले मूलतः दुइटा योजना बनाएँ, पहिलो– सबैभन्दा पहिले आफू कर्तव्यनिष्ठ हुने र दोस्रो– समुदायलाई साथमा लिएर अघि बढ्ने ।” विकट हिमाली जिल्ला जुम्लामा मावि तहकी एकमात्र महिला प्रअ कान्तिकाका लागि यिनै दुई उपाय स्कूल चम्काउने अचूक सूत्र बने ।

गत असार–साउनमा विद्यालयको काम लिएर काठमाडौंमा जाँदा कान्तिकाले काज वा बिदा लिइनन् । उनले आफू काठमाडौं बस्दा पनि स्कूलको पठनपाठन नबिथोलियोस् भनेर आफ्नो तलबमा सट्टा शिक्षक राखिन् । अहिले यही नियममा विद्यालयका अरू शिक्षक पनि बाँधिएका छन् । त्यहाँ कार्यरत १४ जना शिक्षक अत्यावश्यक बाहेक एक हप्ताभन्दा बढी बिदा बस्दैनन् । बस्नै परे सट्टा शिक्षक राख्नुपर्ने नियम छ । कान्तिका भन्छिन्, “शिक्षा ऐनमा शिक्षकलाई विभिन्न बिदा व्यवस्था भए पनि हामी त्यसलाई भरसक उपयोग गर्दैनौं, पैसाभन्दा ठूलो विद्यार्थीको भविष्य हो भन्ने भावना हाम्रो स्कूलका शिक्षकहरूमा छ ।”
कर्णाली माविमा अरू स्कूलमा जस्तो विभिन्न निहुँमा बिदा हुँदैन । यो स्कूल वर्षमा औसत दुई सय ३० दिन खुल्छ, जुन सुगम ठाउँका विद्यालयमा पनि सम्भव भइरहेको छैन । “क्यालेन्डरमा रातो लागेको बाहेक बन्द÷हड्ताल वा स्थानीय बिदाका नाममा विद्यालय बन्द हुँदैन”, उनी भन्छिन् ।

कान्तिकाले आपूm र अन्य शिक्षकहरूमा ल्याएको यही सुधारको परिणाम हुनुपर्छ, शुरुमा उनको क्षमतामाथि आशङ्का गर्ने अभिभावकहरू अहिले विद्यालय सुधारका लागि उनीसँग हातेमालो गर्दैछन् । एसएलसी परीक्षा नजिकिँदै जाँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरसिंह बुड्थापाको व्यस्तता बढ्ने गर्छ । ६० वर्षे अमरसिंह साँझ्को खाना खानेवित्तिकै हातमा टर्च बोकेर परीक्षाको तयारीमा रहेका विद्यार्थीको घरघरमा चियो गर्न निस्किन्छन् । उनी यसरी खट्नुमा प्रअ कान्तिकाको प्रेरणाले काम गरेको बताउँछन् । “एउटी महिलाले हिम्मतका साथ स्कूल चलाउन सक्छिन् भने हामी किन सक्रिय नहुने” उनले भने ।

समुदायसँगको प्रभावकारी समन्वयकै कारण कर्णाली मावि भौतिक पूर्वाधारका हिसाबले सम्पन्न भएको छ । जिशिकाका साथै अरू सरकारी तथा गैरसरकारी दाताहरू पनि यो विद्यालयप्रति आकर्षित भएका छन् । “पर्खाल निर्माणको प्रस्ताव लिएर जानेवित्तिकै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले २० लाख रुपैयाँ दियो”, अध्यक्ष बुड्थापाले भने, “यसै वर्ष जिविसले तीन लाख र स्थानीय विकास मन्त्रालयले दुई लाख सहयोग गरे ।” गत वर्ष भक्तपुरकी सभासद् लीला न्याइच्याइँले समेत सांंसद् क्षेत्र विकास कोषबाट एक लाख रुपैयाँ उक्त माविलाई पठाएकी थिइन् ।

त्यसैगरी एसएलसीमा उत्कृष्ट हुँदा २०६४ मा शिक्षा मन्त्रालयबाट रु.१ लाख पाएको यस विद्यालयले २०६५ मा प्रथम भएबापत रु.४ लाख प्राप्त हुने अपेक्षा विद्यालय परिवारले राखेको छ । दाताहरूको सहयोगबाट विद्यालयका आठ वटा भवन निर्माण भइसकेका छन् । विकट जिल्लाको भए पनि कम्प्युटर, फर्निचर, टेलिफोनलगायत आधुनिक साधनले गर्दा यो विद्यालय सुगमको भन्दा सम्पन्न देखिन थालेको छ ।

प्रअ कान्तिका शैक्षिक सुधारको लागि शिक्षकहरूले राजनीति गर्न हुँदैन भन्ने मान्यता राख्छिन् । प्रधानाध्यापकले त झ्न् राजनीतिको ‘र’ समेत उच्चारण गर्न नहुने उनी बताउँछिन् । उनलाई विगतमा शिक्षकहरूको साझ संस्था शिक्षक युनियनले जिल्ला अध्यक्ष हुन प्रस्ताव गरेको थियो । तर, उनले उक्त प्रस्ताव स्वीकार गरिनन् । उनी भन्छिन्, “राजनीतिक आस्था राख्नु अपराध होइन, तर विद्यालय प्राङ्गणमा छिर्दा हरेक शिक्षकले राजनीतिलाई बाहिरै छोडेर आउनुपर्छ ।”

कान्तिका २०४५ सालमा एसएलसी पास गरेलगत्तै शिक्षण पेशामा लागेकी हुन् । उनी अहिले प्राथमिक तह द्वितीय श्रेणीको दरबन्दीमा छिन् । तर, उनको शैक्षिक योग्यता भने मावि तहलाई पढाउन पर्याप्त छ किनभने उनी अहिले एमएड दोस्रो वर्षकी छात्रा पनि हुन् । २०५० सालमा शिक्षा आयोगले प्रावि द्वितीय श्रेणीको लागि लिएको खुलातर्पmको परीक्षामा उत्तीर्ण ९० परीक्षार्थीमध्ये उनी एक मात्र महिला थिइन् ।

उनका सहपाठी र अभिभावकहरू कान्तिकालाई दृढ इच्छाशक्ति भएकी कर्तव्यनिष्ठ र समन्वय गरेर अघि बढ्न सक्ने क्षमताकी प्रअ ठान्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुड्थापा भन्छन्, “उहाँमा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबैसँग समन्वय गरेर अघि बढ्न सक्ने गुण छ, जुन गुण असल प्रअमा हुनैपर्छ ।” सहपाठी शिक्षक जागेश्वर उपाध्याय कुनै पनि समस्यालाई छलफल र परामर्शका माध्यमबाट सुल्झउने कान्तिकाको कौशलले आपूmहरूलाई प्रेरणा मिलेको बताउँछन् ।

कान्तिकाको विचारमा सफल शिक्षकभन्दा सफल प्रअ हुन बढी गाह्रो छ । शिक्षकले कर्तव्यनिष्ठ भएर शैक्षिक सीपलाई कार्यान्वयन गर्ने हो भने उसले आफ्नो उद्देश्य पूरा गर्न सक्छ । तर प्रअलाई त्यत्तिले मात्र पुग्दैन । उनी भन्छिन्, “प्रशासक, अभिभावक, समन्वयकर्ता र शिक्षकको भूमिका एकैसाथ निर्वाह गर्नुपर्छ, त्यसमाथि घरको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने महिलालाई त यो झ्नै गाह्रो छ ।” तर, कान्तिका यी सबै समस्यासँग जुधेर स्कूल चम्काउने अभियानमा छिन् । उनी भन्छिन्, “सबै सगरमाथाको शिखरमा पुग्न चाहन्छन्, तर म मेरो स्कूलबाट देखिने जुम्लाको कान्जिरोवा हिमालजत्तिकै माथि उठ्न सके सन्तुष्ट हुनेछु ।”

commercial commercial commercial commercial