आवाज नै चर्को छ छडी चाहिँदैन - शर्मा प्रअ, ज्ञानोदय मावि, काठमाडौं

तपाईं सरकारी कर्मचारी, पत्रकार, व्यापारी नबनेर किन शिक्षक बन्नुभयो ?

शायद शिक्षक सबैभन्दा मर्यादित पेशा भएकाले । यदि इमानदार छ भने समाजमा सबैभन्दा बढी मर्यादा शिक्षकले पाउँछ ।

स्कूल पढ्दा मेधावी, औसत वा कमजोर कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?

म मध्यम कोटिको थिएँ । सबै डिग्री सेकेन्ड डिभिजनका छन् । तर, बोल्ने कुरामा अगाडि थिएँ ।

पहिलो पटक शिक्षक पेशामा कसरी प्रवेश गर्नुभयो ? चिनजानबाट, खुला प्रतिस्पर्धाबाट वा कसैको आग्रहमा ?

२०३२ सालमा खुला प्रतिस्पर्धाबाट शिक्षक भएको हुँ

कुन विषय पढाउनुहुन्छ ? किन ?

नेपाली पढाउँछु, मेरो डिग्री नै नेपालीको छ ।

आपूmले पढाउने विषयका बाहेक अरू पुस्तकहरू कत्तिको पढ्नुहुन्छ ? पछिल्लो कुन हो ?

पढ्छु । स्कूलमा लगाएको पुराणका कारण अहिले अलि फुर्सद छैन । पछिल्लो किताब कर्ण शाक्यको ‘सोच’ । यसले मेरो जीवनवादी र आशावादी दृष्टिकोणलाई थप बलियो बनाउन मद्दत ग¥यो ।

विद्यार्थीलाई अनुशासनमा राख्न छडी÷थप्पडको प्रयोग कत्तिको गर्नुप¥यो ?

हाम्रो स्कूलमा मैले मात्र होइन, कुनै पनि शिक्षकले छडी वा थप्पडको प्रयोग गर्न पाउँदैन । यदि कुनै विद्यार्थीले गलत काम ग¥यो भने शिक्षकले त्यो विद्यार्थीलाई म भएको ठाउँमा ल्याउनुपर्छ ।

विद्यार्थीको नजरमा तपाईं ‘कडा सर’ कि ‘सोझे सर’ ?

मैले कडा व्यवहार नगरे पनि विद्यार्थीहरू मलाई ‘कडा सर’ भन्छन् । मेरो आवाज चर्को छ । बरन्डामा बसेर कराएँ भने सबै कक्षामा सुनिन्छ ।

आपूmले पढाएको विषयमा विद्यार्थी फेल हुँदा वा कम अङ्क ल्याउँदा कस्तो लाग्छ ?

मेरो विषयमा अहिलेसम्म एउटा पनि विद्यार्थी फेल भएको छैन । अहिले मेरो विषयमा सबैभन्दा कमजोर विद्यार्थीले पनि ४० नम्बर ल्याउँछ, धेरै ल्याउनेले ८५ सम्म ल्याएको छ ।

आपूmलाई कस्तो शिक्षक ठान्नुहुन्छ ? योग्य, औसत, मेहेनती...?

म योग्य हुँ कि होइन भन्ने अरूले मूल्याङ्कन गर्ने कुरा हो । म विद्यार्थीको भलाइका लागि मेहेनत गर्ने शिक्षकचाहिँ हुँ भन्ने लाग्छ ।

यो पेशा अपनाएकोमा गर्व छ कि पछुतो ?

गर्व छ । किनभने, मान्छेले खोज्ने भनेको आत्मसन्तुष्टि हो । मेरो मनको आनन्द यसैमा छ ।

के कुरा भइदिए अझ् राम्ररी पढाउन सकिन्थ्यो भन्ने लाग्छ ?

सामुदायिक विद्यालयका बारेमा अब सरकारले निर्णय गर्नुपर्छ । कि पूरै सरकारले जिम्मा लिनुप¥यो कि समुदायलाई दिनुप¥यो । यसरी बीचको बनाएर स्कूल राम्रो बनाउन सकिँदैन ।

स्कूलमा पुराण किन लगाउनुभएको ?

स्कूलको आँगन छैन । हामीले प्रयोग गर्दै आएको साहित्यिक पत्रकार सङ्घको जग्गाको विषयमा २४ वर्षदेखि मुद्दा थियो । सर्वोच्च अदालतमा  मिलापत्र भएपछि स्कूलले साहित्यिक पत्रकार सङ्घलाई रु.३५ लाख दिनुपर्ने भयो । तर, स्कूलसँग पैसा थिएन । कम्प्युटर ल्याबका लागि नयाँ भवन बनाउनुपर्ने थियो । यसैका लागि पुराण लगाएको । यसबाट डेढ करोड जति रकम उठेको छ ।

तपाईं शिक्षक भएकोमा परिवार र छिमेकीले के भन्छन् ? इज्जत, गुनासो वा इष्र्या के गर्छन् ?

इज्जतै गर्छन् जस्तो लाग्छ । परिवारले गुनासो गर्नु स्वाभाविक हो । मेरो छोराले उच्च श्रेणीमा एसएलसी पास ग¥यो । एमबीबीएसमा नाम पनि निकाल्यो । तर, मैले खर्च दिन नसकेर दुई वर्ष खेर गएपछि अहिले ऊ आर्टस् पढ्दैछ । कुरा बझ्ेर होला छोरीले सोझ्ै कमर्स पढ्न थाली ।

आपूmभन्दा योग्य, अनुकरणीय शिक्षकको नाम लिनुप¥यो भने कसको लिनुहुन्छ ?

विश्व निकेतन स्कूलका पूर्व प्रअ गम्भीरमान मास्के, शान्ति कुञ्जका पूर्व प्रअ बुद्धशरण मानन्धर, ज्ञानोदयका पूर्व प्रअ रेवरत्न बज्राचार्य । दिवङ्गत भइसकेका शिक्षकमा शङ्करदेव पन्त ।

अरू शिक्षकलाई के सन्देश छ ?

सबै शिक्षक साथीहरू आफ्नो पेशाप्रति प्रतिबद्ध, इमानदार र विद्यार्थीप्रति उत्तरदायी हुनुहोस् भन्छु ।

commercial commercial commercial commercial