टिपिएका ‘टिप्स’हरू

सुनका सिक्का आफूतिर फ्याँकेको बुझन नसकेका बेलायतीगायकहरूले अचम्म मान्दै जङ्गबहादुरतर्फ हेरे । अनि जङ्गबहादुरले चिच्याउँदै नेपालीमा भने, ‘टिप–टिप’ ।

सन् १८५० मा जङ्गबहादुरले बेलायत यात्रा गरेका थिए । नेपालका श्री ३ महाराजाको त्यो पहिलो युरोप भ्रमण थियो । जङ्गबहादुरको बेलायत यात्राका बारेमा थुप्रै किस्साहरू पनि सुनिने गरिन्छ । त्यस्तै एउटा किस्सा छ भाषाका बारेमा ।

बेलायत भ्रमणका बेला एक साँझ् जङ्गबहादुर महारानी भिक्टोरियासँगै ‘कोभेन्टगार्डेन’मा त्यहाँका ख्यातिप्राप्तगायकहरूका सुमधुर सङ्गीतको आनन्द लिँदैथिए । नेपाली महाराजले अङ्ग्रेजीगीत–सङ्गीतको स्वाद लिएको देखेर महारानी भिक्टोरियाले उनलाई “तपाई त अङ्ग्रेजी बुझनुहुन्न, कसरी रमाउँदै हुनुहुन्छ’ भनेर सोधिन् । जवाफमा जङ्गबहादुरले भने, “कोइलीको भाषा बुझन नसके पनि मलाई उसको आवाज चाहिँ साह्रै मीठो लाग्छ ।” बेलायतीगायकहरू आफ्नी महारानी र नेपालका श्री ३ महाराजासहितको त्यो भव्य उपस्थितिमा एकपछि अर्कोगायन पस्कन्थे । त्यसैबीचमा जङ्गबहादुरले सुनका सिक्काहरू फ्याँक्दैगायकहरूको तारिफ गर्न शुरु गरे ।

तर, सुनका सिक्का आफूतिर फ्याँकेको बुझन नसकेका बेलायतीगायकहरूले अचम्म मान्दै जङ्गबहादुरतर्फ हेरे । अनि जङ्गबहादुरले चिच्याउँदै तिनीहरूलाई नेपालीमा भने, ‘टिप–टिप’ । जङ्गबहादुरले त्यसबेला बोलेको ‘टिप’ भन्ने नेपाली शब्द नै त्यसपछि अङ्ग्रेजी शब्द भण्डारमा टिप्स ९त्ष्उक० (सेवाको कदरस्वरुप दिइने बक्सिस) बन्न पुगेको हो भन्ने किस्सा छ । अङ्ग्रेजी व्युत्पत्ति शास्त्रले ‘टिप्स’ को नालीबेली अर्को किसिमले पर्गेल्छ, तर हाम्रा लागि जङ्गबहादुरको यो कथा रमाइलो र मनपर्दो छ ।

एउटा भाषाबाट थुप्रै शब्दहरू अरू भाषामा आएका हुन्छन् र त्यसलाई रोक्न पनि सकिँदैन । टर्किस, पर्सियन, स्पेनिस, अरबी तथा अङ्ग्रेजी भाषाबाट नेपाली शब्द भण्डारमा थुप्रै शब्दहरू थपिएका छन् ।

वीरभद्र कुँवरले सन् १८४६ को कोतपर्वपश्चात् शक्ति हत्याएर आफ्नो नामै बदलेर जङ्गबहादुरको रूपमा स्थापित गरे । पर्सियन भाषामा ‘शम्शेर जङ्गबहादुर’को अर्थ ‘रणभूमिमा तरबार बोक्ने बीर योद्घाहरू’ भन्ने हुन्छ ।

त्यसयता नेपालको राजदरबार, भाइभारदार तथा अदालती काममा पर्सियन शब्दहरू एकदम धेरै भित्रिँदै आएको मान्न सकिन्छ । ‘सुब्बा’, ‘काजी’, ‘खरदार’, ‘बहिदार’, ‘हुकुम’, ‘लबेदा–सुरुवाल’ आदि पर्सियन भाषाबाट नेपाली शब्द भण्डारमा थपिएका महत्वपूर्ण शब्दहरू हुन् । ५० वर्षअघि नेपालमा ‘विदा’ को सट्टामा ‘टटील’ भन्ने शब्द प्रयोग गरिन्थ्यो, जुन टर्किस शब्द हो ।
नेपाली न्याय क्षेत्रमा अरबी भाषाका शब्दहरूकै बाहुल्य छ । सामान्य बोलिचालीमा प्रयोग हुने शब्द ‘हजुर’ को मूल पनि अरबी नै हो । आजकल टेलिफोनमा ‘हेल्लो’ भन्दा पनि धेरैले ‘हजुर’ नै भन्ने गरेको सुनिन्छ ।

त्यसबखत राणा परिवारका थुप्रै महिलाहरूले ‘भिक्टोरियन ड्रेस’ र ‘लखनऊ लुट’ भेराइटीका गहनाहरूले सजिएर बसेका तस्बिरहरू हामी देख्न सक्छौं । अरबी शब्द तस्वीर (Tasveer) बाट नेपाली शब्द भण्डारमा तस्बिर  (Tasbir) भित्रिएको हो । ‘अत्तर’  (Attar), अरबी शब्द ‘इत्तर’ (Ittar) बाट नेपालीमा आएको हो ।

‘किताब’ जुन हामी नेपालमा ‘पुस्तक’को पर्यायवाची शब्दको रूपमा प्रयोग गर्छौं, त्यो पनि अरबी नै हो । हराम्रो ‘अखबार’ पनि अरबी शब्दको मिलावट हो । ‘आखिर’ शब्दको पर्यायवाची ‘अन्त्य’ हुन्छ । यो शब्द पनि नेपालीमा अरबीबाटै आएको हो ।

चाखलाग्दो कुरा के छ भने, नेपालीमा बोलिने शब्दहरू ‘पकेट’, ‘गोजी’ र ‘खल्ती’ कुनै पनि नेपाली शब्द होइनन् । सम्भवतः दौरा–सुरुवाल, फरिया, चोली, बर्को, धोती, कछाड, भोटोजस्ता नेपाली पोशाकमा खल्ती नहुने भएकाले त्यसका लागि नेपाली मौलिक शब्दहरू पनि छैनन् ।

धेरैजसो अनौठा शब्दहरू नेपालीमा अङ्ग्रेजी भाषाबाट भित्रिएका छन् । अङ्ग्रेजी शब्दकोगलत उच्चारण वागलत सुनाइबाट त्यस्ता शब्दहरू भित्रिएको मान्न सकिन्छ । जङ्गबहादुर बेलायत गएका बखत त्यहाँका सम्भ्रान्त वर्गका मानिसहरू ‘विलियम कार्ट’ (William cart) मा बसेर शहर घुम्थे । पछि त्यही शब्द नेपालीमा ‘उलिनकाठ’ बन्यो । ‘काठ’कै प्रयोग गरेर बनाइने भएकाले यो शब्द नेपाली जिब्रोमा राम्ररी बस्यो । त्यस्तै ‘टान्डेम्’ (Tandem) बाट ‘ताम्दान’ भयो ।

ब्रिटिशहरूले लगाउने ‘वेष्टकोट  (Waist Coat) नेपालका गाउँघरसम्म पुग्दा ‘इष्टकोट’ भयो । किनभने हाम्रा पूर्वजहरूलाई ‘वेष्ट’ (West) को ठीक उच्चारण गर्न आउँदैनथ्यो । यसरी अन्त्यमा ‘वेष्ट’ (West) कोटको उच्चारण ‘इष्ट’  (East) कोटमा परिणत भएर नेपाली जनजिब्रोमा बस्यो ।

अहिले धेरैजसो सैन्य प्रयोगमा आउने अङ्गे्रजी शब्दहरू जस्तै ‘एम्बुस’  (Ambush) ‘जेल’ ९व्बष्०ि ‘बाइरोड’  (Byroad) पहिले नै नेपालीकरण भइसकेको छ । Cheroot बेलायतीहरूले पिउने एकप्रकारको सानो सिगार हो । यही शब्द ठीकसँग उच्चारण नहुँदा नेपालीमा ‘चुरोट’ भयो ।

ब्रिटिश योद्घा ड्युक अफ वेलिङ्गटन ९म्गपभ या (Duke of Wellington) जसले नेपोलियनलाई युद्घमा पराजित गरेका थिए; उनको नाम अपभ्रंश भई नेपालीमा ‘डुकुलन्ठन’ (Dukulanthan) बन्न पुगेको हो । जसको अर्थ ‘सुकुल गुन्डा’ भन्ने हुन्छ । यदि नेपोलियनले यो अपभ्रंश शब्द सुन्न पाएका भए औधी खुसी हुन्थे होलान् !

commercial commercial commercial commercial