‘नपढाउने शिक्षकलाई बिदा गर्न पाउनुपर्छ’

किन शिक्षक पेशा अपनाउनुभयो ?
२०३६ सालमा एसएलसी दिनेबित्तिकै जागिर खानुपर्ने बाध्यता थियो । अरू जागिर गर्दा घरबाट टाढा जानुपर्ने तर शिक्षक भएपछि घरपायकमा नै पाउने भएकाले म यो पेशामा आएँ । तर, मुख्य कारण चाहिँ बौद्धिक क्षेत्रमा काम गर्ने मेरो इच्छाले नै मलाई शिक्षक बनाएको हो ।

एउटा शिक्षकले विद्यार्थीसँग कस्तो व्यवहार गर्नु पर्छ ?
सबभन्दा महत्वपूर्ण हो मनोविज्ञान । आजभोलि करीब चार वर्षको उमेर देखि नै बालबालिकालाई स्कूल पठाउने गरिएको छ । त्यस्ता साना बालबालिकालाई बालमनोविज्ञान बुझेर सही व्यवहार न गर्दा तिनको बालमस्तिष्कमा नरराम्रो असर पर्न सक्छ । विद्यार्थीलाई लौरो ठटाएरै ठीक पार्नुपर्छ भन्ने मनस्थिति हरेक शिक्षकले त्याग्नुपर्छ । किनभने लौरोले न सिकाउँछ, न पढाउँछ ।

शिक्षकप्रतिको सम्मान घट्दै जानुको कारण के होला ?
त्यसको मूल कारण त हामी शिक्षकहरू नै हौं । हामी शिक्षकले नै पेशागत धर्मअनुरुप आफ्नो आचरण र काम न गरेकाले यस्तो अवस्था आएको जस्तो लाग्छ । तर सबै शिक्षक खराब छैनन् । खराब काम गर्ने लाई सेवाबाट बिदा दिने अनि योग्यलाई भित्रयाउने हो भने धेरै समस्या आफैं समाधान हुन्छन् । हामी शिक्षकहरू विद्यार्थी र स्कूलप्रति नै बफादार हुने हो भने सम्मान फेरि बढ्दै जान्छ । किनकि शिक्षण निकै रराम्रो पेशा हो ।

पुरुष र महिला प्रधानाध्यापक हुँदा के फरक हुँदोरहेछ ?
सबैभन्दा पहिले त समाज ले नै महिला प्रधानाध्यापकलाई नरराम्रो दृष्टिले हेर्छ । पुरुष प्रअ हुँदा केही नबोल्ने समाज महिला प्रअ हुनेबित्तिकै “ए महिला रै’छ यसले के गर्न सक्छे होला र !” भन्ने गर्छ । यस्तो सोचका कारण मैले पनि दुः ख पाएँ । तर पनि एउटा कुरा मा खुसी छु । हिजो महिला प्रअले केही गर्न सक्दैनन् भन्ने त्यही समाज आज महिलाले पनि गर्न सक्दारहेछन् भन्न बाध्य भएको छ । महिलाले प्रशासनिक काम पुरुषको भन्दा चुस्त र पारदर्शी रूपमा गर्न सक्छन् भन्ने मेरो कामले देखाएको छ । तर पनि केही आन्तरिक कुरा मा विद्यालयका निर्णय गर्दा महिला प्रअ भएकै कारण थप केही कठिनाई भने अझै पनि व्यहोर्नै पर्छ ।

तपाईको विशेष उपलब्धि केही छ ?
म प्रअ भएपछि २०६३ साल देखि यस विद्यालयमा उच्च मावि सञ्चालन गर्न समर्थ भइयो । यसमा अभिभावक, व्यवस्थापन समिति, समाज सेवी सबैको आ–आफ्नो ठाउँबाट उत्तिकै सहयोग प्राप्त छ । एसएलसीमा उत्तीर्ण हुने दर पनि बढेको छ । २०५९ सालमा १५ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसपछि बर्सेनि बढ्दै गएर २०६५ सालमा ८८ प्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भए । तर, अनपेक्षित रूपमा यो वर्ष ५८.६५ प्रतिशत मात्र पास भएका छन् ।

निजी विद्यालय र सामुदायिक विद्यालयको एसएलसी नतिजामा ठूलो अन्तर देखि नुको कारण के ठान्नुहुन्छ ?
मुख्य गरी सामुदायिक विद्यालयका धेरैजसो शिक्षकहरूमा जिम्मेवारीबोध छैन । जे गरे पनि उनीहरूको तलब पाकेकै छ । रराम्रो काम गर्ने शिक्षक पुरस्कृत हुने हो भने काम ठग्ने शिक्षक पनि स्वतः काममा लाग्छन् । त्यसपछि पनि रराम्रोसित नपढाउने शिक्षकलाई पेशाबाट बिदा गरिदिनुपर्छ । शिक्षकले जिम्मेवारीबोध न गर्नु को मुख्य कारण आफ्नो पेशा सुरक्षित छ भन्ने मनस्थिति बोकेर पनि हो । निजी विद्यालयमा शिक्षकले रराम्रो गरे न भने उसलाई जागिरबाट तुरुन्तै निकाल्न सक्ने भएको ले उसले जिम्मेवारीबोध गर्छ र खटेर लाग्छ । अतः स्वतन्त्र र निष्पक्षतापूर्वक शिक्षकको मूल्याङ्कन गर्ने पद्धति बस्ने हो भने यो समस्या हल हुन्छ । सामुदायिक विद्यालयमा शिक्षकको अपुग दरबन्दी, भौतिक एव शैक्षिक पूर्वाधारको कमी, अभिभावक, विद्यार्थी र शिक्षकमा प्रतिबद्धता र अनुशासनको कमीले गर्दा पनि सार्वजनिक र निजी स्कूलबीचको खाडल बढेको हो ।

तपाइँ आफंैले आफूलाई मूल्याङ्कन गर्नु परयो भने... !
आफ्नो पेशाप्रति इमान दार छु जस्तो लाग्छ । शिक्षकको जागिर १० देखि चारबजेसम्म मात्र हो भन्ने मान सिकता मैले कहिल्यै राखिनँ । अठार घण्टासम्म म विद्यालयको काममा लागेँ, लागिरहेकी छु । सबैसँग मिलेर काम गरिरहेकी छु । सधंै आफ्नो पद र पेशाको जिम्मेवारीबोध गरें भन्ने लाग्छ ।

मनोज घर्तीमगर

commercial commercial commercial commercial