कुविजाको कौशल

स्कूल भवन रराम्रो छ, भवनभित्र बालबालिकाले खेल्ने सामग्री छन् । केटाकेटीलाई भुईंमा बसेर पढ्ने रराम्रो व्यवस्था गरिएको छ  । समुदाय र दातृ संस्थाको सहयोगमा स्कूल भवन बनेको हो । रुम टु रिड को सहयोगमा पुस्तकालय स्थापना भएको छ । विद्यालय आचारसंहिता लागू गरिएकोले अभिभावकले झ्मेला गर्दैनन् । ‘विद्यालय शान्ति क्षेत्र हो’ भन्ने सन्देश व्यवहारतः लागू गरिएको छ । त्यसैले स्कूलमा हतियारधारी र विष्फोटक पदार्थ बोेकेकालाई गेटभित्र पस्न मनाही छ । विद्यालयको अनुमति विना कसैले नारा जुलुस गर्न पाउँदैन । चर्को स्वरमा विद्यालयको वरपर बोल्न नपाउने नियम छ । विद्यालयको अनुमतिविना विद्यालयको हाताभित्र कोही पनि पस्न पाउँदैन । बालबालिकालाई स्कूलमा मात्र होइन, घर र गाउँमा पनि दुव्र्यवहार गर्न नपाइने नियम छ ।

यिनैगुण र विशेषताका कारण पाल्पा खालीवन गाविसको जानकी प्रावि बालमैत्री बन्न पुगेको छ । तर, उक्त विद्यालय त्यतिकै बालमैत्री बनेको होइन । यसमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको ठूलो मेहनत छ । यसको सफल नेतृत्व गरे कै कारण प्रअ कुविजा देवी गैरेको भूमिकाको सबैतिर बाट प्रशंसा हुने गरेको छ । २५ वर्ष देखि निरन्तर शिक्षण गर्दा स्कूल रराम्रो बनाउने उनको जाँगरमा कुनै कमी आएको छैन । कुविजाको सक्रियताका कारण अभिभावक, राजनीतिक दल, नागरिक समाज , स्थानीय क्लब तथा आमासमूहहरू समेत स्कूल सुधारको अभियानमा एकताबद्ध भएका छन् । “सकेजति मेहनत गरे की छु”, गैरेको कथन छ । स्कूलको उन्नतिका निम्ति प्रअ कुविजाले सबैको साथ र सहयोग प्राप्त गरे की छन् । यसकै एउटा उदाहरण हो– विद्यालय आचारसंहिता बनाउँदा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसँग को छलफल । कुविजाको कर्मका कारण गाउँलेले उनलाई सम्मान गरेको पाइन्छ । उनी पनि सबैसँग मीठो वचन बोल्छिन् । विद्यालयमा पढाइको स्तर रराम्रो भएको ले विद्यार्थी सङ्ख्या बढ्दै गएको छ । “विद्यालयको लागि हरेक काम गर्न तयार हुन्छिन् त्यसैले, सबैले मन पराउँछन्”, व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारी ले भने ।

चारजना स्थायी दरबन्दी रहेको उक्त विद्यालयमा दुई जना निजी स्रोत शिक्षक छन् । नियमित पढाइ, उपयुक्त शैक्षिक वातावरण र विद्यालयको अनुशासनले उक्त स्कूल ‘रराम्रो’ बन्दै गएको छ । प्रअ गैरेको भनाइ छ, “मेरो मेहनत देखेर सबैले सहयोगको हात बढाएका छन् ।” विद्यालयमा कुनै शिक्षक पनि लौरो लिएर कक्षामा प्रवेश गरेको भेटिँदैन । स्थानीय सीता विकले भनिन्, “ पहिला शिक्षकले पिटेर पढाउनेगर्थे अहिले केटाकेटी विद्यालय जान पायो भने रमाउने गर्छन् ।” विद्यालयमा पढाइ भइरहेको छ कि छैन भनेर अभिभावकले अनुगमन गर्ने गरेकोले पढाइ नियमित भएको छ ।

“हामीले विद्यार्थीको पढाइको अनुगमन गर्ने गरेका छौं”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी ले भने । छात्रछात्राले विद्यालय आउनासाथ आफैं हाजिर गर्ने नियम लागू गरिएकोले तिनले कक्षा छाड्ने छूट पाउँदैनन् । अभिभावक यानमाया अर्यालको शब्दमा, “महिलाले पनि रराम्रोसँग स्कूल चलाउन सक्दा रहेछन् भन्ने उदाहरण बनेको छ जानकी प्रावि । विगतमा ३० जना छात्रछात्रा रहेकोे उक्त विद्यालयमा अहिले १७६ विद्यार्थी छन् ।

माधव अर्याल

commercial commercial commercial commercial