‘म’ बन्ने चाहना

सर, म तपाईं जस्तो बन्न चाहन्नँ । म देवकोटा, शेरचन, टाल्सटाय,गोर्की, हेनरी पनि बन्न चाहन्न । म त म भएर बाँच्न चाहन्छु । जहाँ मैलेगाउनेगीत मेरै होस् ।

आदरणीय प्राचार्यज्यू,
नमस्कार !

सर आराम रही आरामको कामना गर्द छु । हामीबीचको गहिरो दूरी चिर्न म यो पत्र लेख्दैछु । अचम्म नमान्नुहोला हामी धेरै नजिक भएर पनि धेरै टाढा छौँ । हामी एकअर्कासँग परिचित भएर पनि चिरअपरिचित छौँ । हामी एउटा सफल औपचारिकतामा बाँचेका छौँ । सोचेँ हामीले एकअर्कालाई रराम्रोसँग चिन्नुपर्छ । एकअर्काको इच्छा–आकाङ्क्षा बुझनुपर्छ । त्यसैले यो पत्र कोरेको हुँ । तपाईंले यस पत्रलाई दुई किनारा जोड्ने नदीका रूपमा लिनुहुनेछ भन्ने विश्वास राखेको छु ।

सर, आज म गहिरो चिन्तनमा छु । म सोचिरहेछु, वशिष्ठ नभएका भए के राम, राम हुन्थे होला ? द्रोणाचार्य नभएका भए के अर्जुन, अर्जुन हुन्थे होला ? दुर्योधन पनि द्रोणाचार्यकै चेला हो, ऊ किन कुटिल छ ? सफलता र असफलता दुवै जीवनका मार्ग हुन् । यी दुवैलाई ग्रहण गर्न सक्ने क्षमताको विकास हामी आफैँले गर्नु पर्छ । असफलतामा नै सफलता लुकेको हुन्छ । हामी हराम्रो असफलतालाई नै चिन्दैनौँ, त्यसैले सफलता हामीभन्दा टाढा हुन्छ । मैले अँगालेको यात्रामा मेरोगन्तव्यसम्म पुरयाउने तपाईंहरूको साथ सीमित छ, छोटो छ तर अमूल्य छ ।

सर, संसारलाई हेर्नुस् त यो कति अगाडि छ । तर हामी भने अझै ह्रस्व–दीर्घमा अल्झ्रिहेका छौँ । दिक्क लाग्छ, थकथक लाग्छ । म ९बंद०द्द. बद्दंद्दबदंदद्द को अर्थ योभन्दा पनि व्यापक रूपमा खोज्छु । म अपूर्णतामा सम्पूर्णता खोजिरहेछु । असफलतामा सफलता खोजिरहेछु, मृत्युमा जीवन खोजिरहेछु । मैले जीवनको एउटा सुन्दर इतिहास रच्नु छ । मलाई विश्वास छ, म एकदिन अवश्य सफल हुनेछु ।

सर, म तपाईं जस्तो बन्न चाहन्नँ । म त्यो पृथकता खोजिरहेछु— जसले हामीबीचको भिन्नता छुट्याओस् । म देवकोटा, शेरचन, टाल्सटाय,गोर्की, हेनरी पनि बन्न चाहन्न । म त म भएर बाँच्न चाहन्छु । जहाँ मैलेगाउनेगीत मेरै होस् । यसको अर्थ देवकोटा, शेरचन, टाल्सटाय,गोर्की, हेनरी जस्ता व्यक्तिहरूसँग अपरिचित रहनु पर्छ भन्ने होइन । ती सबै सफल र सफा अनुहार चिनाउने दर्पण हुन् । मलाई लाग्छ, हामीले त्यो सफा दर्पणमा मुहार हेर्ने बानी बसाल्नुपर्छ । दर्पणले जहिले पनि उसैको अनुहार देखाउँछ जसले दर्पण हेर्छ । सर, तपाईंले भनेझैँ त्यही कोइला हुँ र म यस बेला उच्च चाप र ताप सहने परीक्षणमा छु । म हीरा हुन्छु कि खरानी त्यो त मलाई पनि थाहा छैन । तर म संसार चम्काउने सुरमा छु । म सधैँ यही जप गरेर हिँड्छुः मैले संसार चम्काउनु छ । म सिङ्गो संसारमा उज्यालो खोजिरहेछु, म तपाईंमा उज्यालो खोजिरहेछु । म आफैँभित्र उज्यालो खोजिरहेछु । मलाई थाहा छ उज्यालो त्यसैले दिन सक्छ जोसँग उज्यालो छ, जोसँग उज्यालो दिन सक्ने क्षमता छ ।

सर, मैले अब्राहम लिङ्कनले आफ्नो छोरालाई यस्तो शिक्षा दिनू भनेर उसका प्रधानाध्यापकलाई लेखेको पत्र पढेको छु । मैले नेहरूले छोरी इन्दिराका लागि लेखेको पत्र पढेको छु । म पनि मेरो जीवनमा यसरी नै मार्गदर्शन गर्ने मार्गदर्शकको खोजीमा छु । म पनि यस्तै अभिभावकको खोजीमा छु, जो समय, परिस्थिति अनुसार साथी होस्, अभिभावक होस्, गुरु होस् । मलाई थाहा छ तपाईं हजारमा एक खोज्दै हुनुहुन्छ, म एकमा हजार खोजिरहेछु । मलाई थाहा छ तपाईंसँग हरेक क्षेत्र बदल्ने सूत्र छ । मान्छेलाई वास्तविक मान्छे बनाउने सूत्र छ । तपाईंहरू जस्ता गुरु नपाएका भए संसार सभ्यताको एक कदम पछाडि नै हुन्थ्यो । विज्ञानले विशालता नपाएर बाँझ्निे थियो । कलाकारले आफू भित्रको कला भेट्टाउने थिएन । त्यसैले म तपाईं भित्रको त्यो सूत्र खोजिरहेछु, जसको सहयोगले म हरेक क्षेत्रमा क्रान्ति ल्याउन सकूँ । हरेक क्षेत्रमा विज्ञानको मूल फुटाउन सकूँँ । हरेक क्षेत्रमा नवीनताको आविष्कार गर्न सकूँ ।

सर, पत्रको अन्त्यमा म के भन्न चाहन्छु भने यो मेरो लेखनको अन्त्य होइन, सुरुआत हो । जानाजान वा अन्जानमा कहीँ कतै सरको चित्त दुखाएको भए माफी चाहन्छु । मैले आशा राखेको छु यस पत्रले हामीबीचको अपरिचितताको दूरी घटाई सामीप्यता बढाउनेछ । म त केवल शून्यताको सहयात्री, त्यसैले त भन्छु नदी जति लामो र गहिरो भए पनि मिसिने सागरमा नै हो । त्यसैले आफूभित्र आफैँले नदीको सिर्जना गरी विशाल सागरतर्फ लम्किरहेछु । सागरको विशालतामा विलीन हुन विशाल सागरतर्फ लम्किरहेछु ।

उही तपाईंको स्नेही छात्र
सन्तोष

यो आलेख चाबहिलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसको प्रकाशन ब्रिलियन्ट दर्पण बाट साभार र सम्पादन गरिएको हो ।

commercial commercial commercial commercial