दायित्व दोहोरै हुन्छ

गत साल राजविराजका एक शिक्षकलाई विद्यार्थीले छुरा प्रहार गरे । त्यहीताका इनरुवा (सुनसरी)मा पनि विद्यार्थीहरूले शिक्षकसँग रिसइबी साँध्न साङ्घातिक आक्रमण गरे । विद्यार्थी र शिक्षकहरूको असहज सम्बन्धका कारण शिक्षकहरूले बेइज्जती भोग्नु परेका र पठनपाठन अवरुद्ध भएका घटनाहरू देशभरिबाटै सुन्नमा आइरहन्छन् ।

शिक्षक विद्यार्थीबीच हुने खटपट, खटपटले निम्त्याउने विष्फोट अनि विष्फोटको परिणामले ल्याउने असन्तुलन नराम्रा कुरा हुन् । शिक्षकहरू संयम एवं बुझक्कड हुँदाहुँदै र विद्यार्थीहरूलाई शिक्षकसँग चिसो सम्बन्ध राख्न हुँदैन भन्ने ज्ञान रहँदारहँदै पनि घटना भने भई नै रहन्छन् ।

शिक्षककोगाली भनौं या अर्ती सहन नसकेर विद्यार्थीहरू आक्रोसित हुने गर्छन् । सबैको बुझइ र सहिष्णुता बराबरी नहुन सक्छ । कहिले भनेको कुरा को अपव्याख्या भएर पनि सम्बन्धमा आँच आइदिन्छ । कुनै पनि शिक्षकले विद्यार्थीलाई कुदृष्टि र पूर्वाग्रही भावनाले हेर्नु हुँदै हुँदैन । तथापि शिक्षकको बोली पचाउन नसकी विद्यार्थीले बोलीसँगै हात फर्काउने गरेका घटनाहरू घट्ने गरेका छन् । केही दशकअघिसम्म विद्यार्थीले फलाना शिक्षकलाई कुटे अरे भन्ने चर्चाले राम्रै बजार जमाउँथ्यो । किनकि त्यतिबेला विद्यार्थीलाई देखाइने त्रास र शारीरिक यातनालाई नै अनुशासनको मुख्य साधन मानिन्थ्यो ।

यदि मान सिक स्वस्थता छ भने शिक्षकले सही सन्देशयुक्त कडा शब्दहरू विद्यार्थी माथि व्यक्त गर्दाग्रहण गर्न सक्छ । त्यस्तै स्वास्थ्य दिमागको शिक्षकले कहिलेकाहीं विद्यार्थीले फर्काउने बोलीमा कतिको दम छ या ठीक हो भनेर विचार गर्नै पर्छ । यही समझ्दारी र विचार मन्थन वाग्रहणीय क्षमता नभएका कारण सम्बन्ध विचलित हुन्छ ।

क्याम्पस स्तर मा यस प्रकारका घटना अति कम पाइन्छन् । किनकि एउटै प्राध्यापक र उही विद्यार्थीबीच लामो समय अन्तरक्रिया भइरहेको हुँदैन । विद्यार्थीहरूमा पनि परिपक्वता आइसकेको हुन्छ । माध्यमिक विद्यालय तहमा भने विभिन्न बहानामा शिक्षक–विद्यार्थीको सम्बन्धमा विष मिसिन्छ । राम्रै उन्नति गरी गएकाहरूले पनि विद्यालयमा पढाउने गुरुहरूसँग को असहजताको भावना पछि सम्म पनि पोखिरहेका हुन्छन् । खास गरी शिक्षकहरूलाई परीक्षामा सीट प्लानिङ, मार्क दियाइ, गृह कार्य अवलोकन, कक्षा क्रियाकलाप आदि काममा ‘पक्षपाती’ भएको आरोप विद्यार्थीहरूले ल गाउँछन् ।

त्यसै गरी शिक्षकले अनाहकमा विद्यार्थीलाई गाली गर्ने , प्रश्न गर्दा रिसाउने, विद्यार्थीलाई लैङ्गिक विभेद गर्ने जस्ता अवगुण औंल्याएर विद्यार्थीलाई चिढ्याएको हुनसक्छन् । प्रयोगात्मक विषयमा नम्बर कम दिएका कारण रराम्रो स्कोर ल्याउन फलाना शिक्षकले गर्दा पाइएन भन्ने गुनासा सज्जन विद्यार्थीले समेत गरिरहेका हुन्छन् । यिनै बहानाले शिक्षकसँग सम्बन्ध टाढिरहेको हुनसक्छ । शारीरिक मात्र हैन मान सिक यातनाले समेत विद्यार्थीमा गहिरो चोट र इख सिर्जना गराउन सक्छ । अझै पनि कतिपय शिक्षकहरू यस प्रकारका अवैज्ञानिक बाटाहरू विद्यार्थी सुधार्ने उद्देश्यमा प्रयोग गर्दैछन् । तर यसले कुसम्बन्ध मात्र ल्याउँछ ।

शिक्षक विद्यार्थीमा असहजता आउने अर्को कारण एउटै कक्षामा धेरै विद्यार्थी हुनु पनि हो । साधारणतया ४० विद्यार्थी बराबर एक शिक्षक भनिन्छ तर यसको व्यावहारिक दृश्य नगण्य नै छ । जब धेरै विद्यार्थीलाई ठूलो कक्षामा व्यवस्थित गरी पढाउनु पर्छ त्यतिबेला शिक्षकले कक्षा नियन्त्रणकै निम्ति पनि मीठो सम्बन्ध राख्न सक्दैन । धेरै विद्यार्थीमा शिक्षणको व्याख्यानभन्दा अरू विधि अपनाउन असम्भवप्रायः हुन्छ । तब न सफल शिक्षण न त सबल सम्बन्ध ।

शिक्षक विद्यार्थी सम्बन्ध सुधार गर्न ‘आफू भलो जगत भलो’ भन्ने मान्यता सबैको मनमा रहन जरुरी छ । यस्तो मन भएमा सदैव सकारात्मक सोच बन्दछ । सकारात्मक सोचले आत्मीयता र घनिष्टता अनि एकता बढाउँछ । शिक्षकले ख्याल गर्नु पर्ने कुरा के हो भने विद्यार्थीको वास्तविक गल्ती पहिल्याएर मात्र उसलाई आवश्यक सजाय दिनुपर्ने हुन्छ । निर्दोष विद्यार्थीले सजाय पायो भने त्यो विद्यार्थीले सधैँ शिक्षकलाई आफ्नो देख्दैन ।

कक्षा नियन्त्रणको विषयलाई सहज बनाउन अनिवार्य कक्षामा निश्चित नियमहरू बनाउनुपर्छ र शिक्षक स्वयम्ले पालना गर्दै विद्यार्थीलाई लागू गर्नु पर्छ । नियमले सबैलाई बराबरी देख्छ । त्यसो भएपछि सम्बन्ध बिगँ्रदैन । हत्तपत्त साधारण विद्यार्थीले शिक्षकसँग प्रतिशोध राख्दैन तर शिक्षकबाटै बढी भयो भने बाँकी राख्दैन ।

विद्यार्थीसँग असल सम्बन्ध स्थापित गर्न शिक्षकले विवेकभन्दा तथ्य र नियममा अडिनु पर्छ । तर असहज सम्बन्धको भागीदार शिक्षक मात्र अवश्य हैन । उसले जतिसुकै सकारात्मक व्यवहार गरे पनि विद्यार्थी टेडिन्छ भने केही लाग्दैन । तथापि विद्यार्थीलाई सकारात्मक सोचका साथ हिँडाउने भूमिका शिक्षककै रहन्छ ।

सम्बन्ध असल राख्न विद्यार्थी पनि उत्तिकै जिम्मेवार छन् । सम्बन्ध बिग्रने स्थिति निमावि वा मावि तहमै हो । प्राविका विद्यार्थीले शिक्षकका सामु तुरुन्तै प्रतिवाद गर्न नसकेपनि उनीहरूमा शिक्षकको व्यवहारले मनोवैज्ञानिक असर चाहिँ पारेकै हुन्छ । जब उत्तर–बाल्यावस्थामा पुगेपछि युवा जोस विद्यार्थीको आत्मामा भरिन्छ त्यसपछि घटना निम्तिन्छन् । त्यसैले विद्यार्थीले संयमित हुन त परयो नै शिक्षकले पनि यस अवस्थाका र फरक स्वाभाव भएका विद्यार्थीलाई विशेष उपाय अपनाएर उपदेश गर्नु पर्ने हुन्छ ।

(लेखक विराट साइन्स क्याम्पस, विराटनगरमा प्राध्यापन गर्छन्)
 

 

commercial commercial commercial commercial