मेरो अङ्ग्रेजी मास्टरी

कक्षामा उच्चाटलाग्दो वातावरणमा वाक्कलाग्दो विधिले मास्टरले विद्यार्थीहरूलाई जबर्जस्ती घोट्टा पिलाउँथ्यो । पिलाइएको त्यही घोट्टा वाकेर विद्यार्थीहरू जाँचबुझउँथे । जसले वाक्न सक्यो, ऊ पास भयो । जसले वाक्न सकेन, उसले आलु खायो !

पाँचथरको सुभाङ, गुरुङछाप भन्ने मेरो गाउँमा सरस्वती मिडिल स्कूल थियो । त्यो स्कूल भाग्यवश मेरै पुस्तामा खुलेको हो । कक्षा सात पास गरेर एक वर्ष म त्यहीँ अङ्ग्रेजीको मास्टर भएँ । घरपायकमा हाईस्कूल थिएन । तमोर नदीपारि तेह्रथुमको आठराईका हाईस्कूलमा पढ्न जान मलाई औकातले दिएन । त्यसैले एक वर्ष पढाएर आनासुकी खर्च जोहो गर्ने र नाउमा तमोर नदी तरेर पढ्न पारि भित्तामा जाने सपना कोरल्दै म मास्टर भएको थिएँ । मेरो गाउँको लोकसंस्कार र लोकबोलीमा इहलोकको सबैभन्दा ठूलो मानिस राजा थियो । गाउँखाने कथामा राजै ठूलो, भूतप्रेतका कथामा राजै ठूलो, केटाकेटीहरूको बाजीमा राजै ठूलो, पाठ्यपुस्तकमा पनि राजै ठूलो ! हातमा सानो छडी हल्लाउँदै मास्टर भएको दिन मलाई आफू राजै भएँ भनेजस्तो लाग्यो । हराम्रो गाउँको पुन्टे राजा ।

अङ्ग्रेजीको मास्टर मेरो जीवनको ‘रोल मोडेल’ थियो । अर्थात् पछि गएर आफू त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने आदर्श मानव । मेरो चुलबुले किशोर मान समा अङ्ग्रेजीको मास्टर मेरो ‘रोल मोडेल’ हुनुका अनेक कारण थिए । एक त पढे–लेखेका मानिसका लागि गाउँ–ठाउँमा मास्टरीबाहेक अर्को पेशा नै थिएन । अर्को कुरा , गाउँका डाँडा–पाखामा सुलभ नहुने अङ्ग्रेजीका मास्टरको ठूलो महत्व थियो । नेपाली र संस्कृत पढाउने टुप्पीधारी गुरुजी गाउँमा सजिलै फेला पर्थे । नजिकको तीर्थ हेलाँ भनेझैँ तिनको खासै मान –मनितो हुँँदैनथ्यो । उसो त तिनको तलब पनि कम हुन्थ्यो । मनग्गे नगद नहुनाको दुः खले तिनलाई जिन्सी दिएर तिनको तलबकोगर्जो टार्ने गरिन्थ्यो । तर, अङ्ग्रेजीको दुर्लभ मास्टर सात डाँडापारि इलामतिर बाट खोजेर ल्याउनुपथ्र्यो । ऊ स्वतः हेडमास्टर हुन्थ्यो । उसको तलब गुरुजीको भन्दा बढी हुन्थ्यो । फेरि, महिना म¥यो कि उसलाई छन्छन् नगद हाजिर । उसको मान –मनितो पनि कता हो कता बढी हुन्थ्यो । उसको लवाइ, खवाइ र बोली–वचनमा आकर्षणको जादु हुन्थ्यो ।

अङ्ग्रेजीको मास्टर दिनदिनै सनक्क दाह्री–जुँघा खौरेर, सुकिला लुगा लगाएर चिटिक्क पथ्र्याे । त्यसैले उसले यतै नमस्कार पाउँथ्यो, उतै नमस्कार पाउँथ्यो । गाउँका हुनेखानेहरू उसलाई निम्ता गरेर घिउभात र मासु–भात टक्र्याउँथे । अङ्ग्रेजीको मास्टर आफ्नो पाहुना हुनु घरबेटीको त शान हुने नै भयो । ऊ जहाँ गयो, सबैका उत्सुक नजर उस माथि परिहाल्थे । उसको उपस्थितिमा बाँकी मानिसहरू केही न केहीका हुन्थे ।रूपहीन, रङ्गहीन र स्वत्वहीन भनेजस्ता । र, नै मलाई ऊ कथाकुथुङरीमा पढे–सुनेको राजाजस्तो लाग्थ्यो ।

गाउँमा पुस्तकमा बाहेक कतै देखा नपर्ने सात समुद्रपारिकोगोरो छाला हुने कुइरेलाई म्लेच्छे, विधर्मी, कुजात भनेर छिः छिः –दूरदूर गरिन्थ्यो । तर त्यही ‘म्लेच्छे’को, त्यही ‘विधर्मी’, त्यही ‘कुजात’को  भाषा पढाउने मास्टरको भने बयान गरिनसक्नु हाईहाई हुन्थ्यो ।

मलाई पछि थाहा भयो, अङ्ग्रेजीको मास्टरको ट्युसन धन्दा पनि बडो रराम्रोसँग चल्दो रहेछ । जता पनि लाभैलाभ । मान का ठाउँमा मान , शानका ठाउँमा शान, धनका ठाउँमा धन ।

तेह्रथुमको आठराई, चुहानडाँडाको शारदा हाईस्कूलबाट म्याट्रिक पास गरे पछि म त्यहीँको वीरेन्द्र इन्टर कजेलमा आईएमा भर्ना भएँ । पछि गएर अङ्ग्रेजीकोगतिलो मास्टर हुने आकाङ्क्षाले मैले आईएमा स्पेशल इङ्लिस लिएँ । त्यो बडो गाह्रो विषय लिने एक जना मनुवा मै मात्र थिएँ । महिनावारी खर्च टार्न म आफूले पढेकै हाईस्कूलको मास्टर पनि भएँ । बिहान–बेलुका विद्यार्थी, दिउँसो–दिउँसो  मास्टर । मैले साना कक्षामा अङ्ग्रेजी पढाएँ, ठूला कक्षामा भूगोल ।

मास्टरीको मेसोमा बीएको जाँच दिएपछि म उबेलाको नामुद जुद्धोदय पब्लिक हाईस्कूल, क्षेत्रपाटी (काठमाडौँ) को उपल्ला कक्षामा नेपाली र तल्ला कक्षामा अङ्ग्रेजीको मास्टर भएँ । मास्टरीको त्यो क्रम अङ्ग्रेजी साहित्यको विद्यार्थी भएर अलिन्जेल कीर्तिपुर धाउन्जेलसम्म पनि चलिरह्यो । पछि मैले लमजुङको खुदी, तनहुँका चुँदी, बन्दीपुर र दमौलीका हाईस्कूलमा पढाएँ । आखिरमा चितवनको नारायणगढको हाईस्कूलमा केही वर्ष र चितवनकै भरतपुरको वीरेन्द्र कलेजमा केही समय अङ्ग्रेजी पढाएपछि मेरो औपचारिक अध्यापनको कथा टुङ्गियो ।

अङ्ग्रेजी मास्टरको मान , शान र आर्जन कथाको एउटा रमाइलो पाटो हो । कथाको अर्को पाटो भने उति रमाइलो छैन । पढाइको तरिका ‘रोट लर्निङ’ अर्थात् घोकन्ते काइदाको थियो । मैले घोकन्ते विधिबाट पढेँ, घोकन्ते विधिबाटै पढाएँ । पढाइको यो विधिलाई घोट्टा पिलान वा सुगारटान भने पनि हुन्छ । पहिले पढाइने पाठका नौला र कठिन शब्दहरूकोगोटा माने कालोपाटीमा नेपालीमा लेखिदियो । त्यसपछि पाठका वाक्य–वाक्यको माने अथ्र्याइदियो । आखिरमा पाठको पुछारमा प्रश्नहरू भए ती प्रश्नका उत्तर लेखिदियो, प्रश्नहरू नभए केही प्रश्न बनाएर तिनका उत्तर लेखिदियो र भन्यो— लौ, नानी–बाबु हो ! लिट्टी कसेर यो सब रट । बस्, अङ्ग्रेजी पढाइको भुत्ते किस्सा खत्तम । तोरिलाहुरे तालको त्यो पढाइमा विद्यार्थीको जिज्ञासा, कल्पनाशीलता र सिर्जनशीलतालाई एकरत्ति ठाउँ थिएन । यान्त्रिक ढङ्गलेगोटा माने र प्रश्नहरूका उत्तर घोकेर तिनले अङ्ग्रेजी भाषा सिक्ने त झन् कुरै भएन । त्यो त केवल लटरपटर जाँच पास गर्ने र कक्षा उक्लिने कर्मकाण्डी मेलो मात्र थियो । कक्षामा उच्चाटलाग्दो वातावरणमा वाक्कलाग्दो विधिले मास्टरले विद्यार्थीहरूलाई जबर्जस्ती घोट्टा पिलाउँथ्यो । पिलाइएको त्यही घोट्टा वाकेर विद्यार्थीहरू जाँचबुझउँथे । जसले वाक्न सक्यो, ऊ पास भयो । जसले वाक्न सकेन, उसले आलु खायो !

पढाइ अङ्ग्रेजीको, पढाउने नेपालीमा, अनि जाँच दिनुपर्ने चाहिँ अङ्ग्रेजीमा ! विद्यार्थीहरू अङ्ग्रेजीमा भुसुक्कै फेल हुन्थे । फेल हुने विद्यार्थीका निन्याउरा अनुहार र अरू विषय पढाउने मास्टरका उपहासयुक्त नजर देखेर मेरो हृदय आत्म–ग्लानिले आहत हुन्थ्यो । मलाई त्यसैत्यसै क्लेशपूर्ण अपराधबोध हुन्थ्यो । फेल हुनुमा अबोध विद्यार्थीहरूको के दोष ? आखिर दोष त सुगारटान विधिले पढाउने म अङ्ग्रेजीको मास्टरको न थियो !

विक्रम संवत्को तीस सालमा मैले सेवाकालीन मास्टरको हैसियतले कीर्तिपुरमा एकवर्षे बीएड गरें । त्यो बीएड अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी औपचारिक प्रशिक्षण थियो । त्यो प्रशिक्षणको क्रममा मैले भाषा शिक्षण सम्बन्धी सिद्धान्तहरू पढेँ र थोरैतिनो भए पनि भाषा शिक्षणको व्यावहारिक अभ्यास गरें । शिक्षण विषयक सिद्धान्त र व्यवहारको छिपछि पे जानकारीबाट मलाई ज्ञानोदय भयो– त्यतिन्जेलसम्म म आफैँ लद्दु शिक्षणविधिको सुगातुल्य मास्टर भएर कक्षारूपी कारखानाबाट सुगाहरूको उत्पादन गरिरहेको रहेछु । इत्तेरिका नाथे !

बीएडमा उपयुक्त शिक्षण सामग्रीहरू, सरल रेखाचित्र, तत्क्षण मुद्रा परिवर्तन, ध्वनिको उतार–चढाव र आङ्गिक हाउभाउको माध्यमबाट जीवन्त वातावरणको सिर्जना गरी वैयक्तिक तथा सामूहिक प्रश्नोत्तर, संवाद, रचनात्मक लेखन–अभ्यास आदिद्वारा पृथक्–पृथक् वाक्यहरूको क्रमबद्ध शिक्षण गर्ने अर्थपूर्ण विधि त मैले सिकेँ, तर कक्षामा त्यसलाई प्रयोग गर्न भने मलाई महाभारत भयो । प्रत्येक कक्षामा तल्लो कक्षाबाट टुप्पी वा चुल्ठा समात्दै माथि उकालिएका विद्यार्थीहरूको बाहुल्य थियो । केही कुरा जान्ने दश जना विद्यार्थीभन्दा तिनको पछि ल्तिर का अरू दश जना र ती दश जना पछि ल्तरका अरू दश जनाबीचको दूरी धेरै लामो हुन्थ्यो । अघिल्ला दश जनाको तहबाट पढाऊँ, पछिल्ला दुई थान दश जना कुहिराका काग हुन्थे । पछिल्ला दुई थान दश जनालाई पढाऊँ, तिनको स्तर र पाठ्यवस्तुको स्तर को बीचमा ठूलो खाडल हुन्थ्यो । अब गर्ने के ? म रनभुल्ल मुद्रामा निरुपाय हुन्थेँ । केही सीप नलागेर म कथित तालिमप्राप्त मास्टर पुरानै बाटोतिर फर्किन विवश भएँ । पहिले पाठ्यवस्तु अङ्ग्रेजीमा प्रस्तुत गरयो, अनि भकाभक नेपालीमा अथ्र्यायो । यसरी कुरो फेरि घुम्दैफिर्दै उही बासी रुम्जाटार हुन पुग्यो ।

उबेला म्याट्रिक वा एसएलसी परीक्षालाई भयको विकराल प्रतीक बनाएर ‘आइरनगेट’ वा फलामे द्वार भन्ने गरिन्थ्यो । त्यो फलामे द्वार छिचोल्ने कार्यमा सबभन्दा ठूलो बाधक तŒव अङ्ग्रेजी भाषा नै हुन्थ्यो । विडम्बना के भने विद्यार्थीहरूको अधिकांश समय अङ्ग्रेजी भाषाका पाठहरू घोक्दै र अङ्ग्रेजीमा मगुल्टिउँला कि भनेर रातोदिन पिरोलिँदै बित्थ्यो । तर त्यही अङ्ग्रेजीमागुल्टिएर ती ‘आइरनगेट’ पारि पुग्न विफल हुन्थे । अङ्ग्रेजीको उपायहीन आतङ्कबाट आक्रान्त भएर विद्यार्थीहरूको जिज्ञासा–ग्रन्थि नै सुस्त र सुष्क हुन्थे । ‘धूले स्कूल’ भनेर होच्याइने सार्वजनिक विद्यालयहरूमा पढ्ने विपन्न वर्गका धेरैजसो केटाकेटीहरूको नियति आखिर आज पनि यही छ । मुलुकका दूरवर्ती गाउँ–देहातहरूमा एसएलसीको परीक्षाफलमा आफू माथि विफलताको त्रूmर झ्ट्का खप्न नकसेर बर्सेनि कतिपय केटाकेटीले आत्महत्या गरेका समाचार पढ्न हामी अभिशप्त छौँ । मलाई लाग्छ, यी कटु अनुभवहरूलाई स्मरण गर्दै अङ्ग्रेजी भाषाको सुगारटान शिक्षणविधिलाई मैले हत्यारो शिक्षापद्धतिको हत्यारो शिक्षणविधि भनेँ भने के नै पो अर्घेल्याइँ होला र ?

हामीले आफ्नो मातृभाषा व्याकरणका निष्प्राण सूत्रहरू रटेर वा कसैले गरिदिएको व्याख्या सुनेर सिकेका होइनौँ । हामीले आमा–बा र दिदी–दाजुहरूको सिको गर्दै बोलेर, फेरि बोलेर र पटक–पटक उही कुरा बोलेर स्मृतिपटमा छाप बसाउँदै सिकेका हौँ । अङ्ग्रेजी होस् वा अरू कुनै भाषा, त्यो सिक्ने असली काइदा पनि यही हो । भयमुक्त र जीवन्त वातावरण, तह सुहाउँदो रुचिकर विषय र निरन्तर बोल्ने अभ्यास बाट मात्र कुनै पनि भाषा सिकिन्छ । सुगारटान शिक्षणविधि त दशपटक रामायण पढ्यो सीता कसकी जोई भएर शेष हुन्छ ।

commercial commercial commercial commercial