अवस्था, अवधारणा र प्रयोग

कक्षा व्यवस्थापनको मुख्य उद्देश्य भनेको कक्षालाई विद्यार्थी– मैत्री तथा रमाइलो र सिकाइ अनुकूल पार्नु हो । कक्षा व्यवस्थापनले शिक्षण गर्ने शिक्षक र सिकाइ गर्ने विद्यार्थी दुवैलाई आ–आफ्ना उद्देश्य पूरा गर्न सहयोग प्रदान गर्छ ।

पालमा थोरै मात्र विद्यालयको अवस्था रराम्रो छ भने बाँकी विशाल सङ्ख्यामा रहेका विद्यालयहरूको अवस्था सन्तोषजनक छैन । रराम्रो अवस्थाका स्कूल शहरी र सुगम क्षेत्रमा भेटिन्छन् भनेग्रामीण तथा दुर्गम क्षेत्रका स्कूलको अवस्था दयनीय । गाउँका कैयन् विद्यालयहरूको छानो छैन, झयालढोका छैन र कतिपयको गाह्रो पनि असुरक्षित छ । छाना भएको को पनि पानी–बतासमा बिदा दिनुपर्ने अवस्था छ । एउटै बेञ्चमा क्षमताभन्दा बढी विद्यार्थी बस्नुपर्ने र त्यतिले मात्र नभई उभिएर , झयालमा, चउरमा समेत बसेर पढ्नुपर्ने अवस्था पनि आम रूपमा पाइन्छ । भएका कक्षाकोठा पनि साँघुरा, अँध्यारा, चीसो र फोहोर छन् । शहरी र घनावस्ती भएका तराईका विद्यालयहरूमा विद्यार्थीको चाप अत्यधिक भई कक्षाकोठाहरू साँघुरा हुनपुगेका छन् भने हिमाली तथा पहाडी विद्यालयहरूमा विद्यार्थी सङ्ख्या कम रही शिक्षक विद्यार्थी अनुपात असन्तुलित भई पर्याप्त शिक्षक उपलब्ध हुनसक्ने अवस्था छैन । यस्तो विभिन्न कठिनाई भोगिरहेका स्कूलका शिक्षकहरूलाई प्रभावकारी कक्षा व्यवस्थापनको कुरा गर्दा जिस्क्याएको जस्तो पनि लाग्न सक्छ । तर यो लेखोटको आशय त्यो होइन । कठिनाईका बाबजूद कसरी अझ् रराम्रो पढाइ हुने गरी कक्षा व्यवस्थापन गर्ने उपायहरूको खोजी गर्नु यस लेखोटको आशय हो ।

अवधारणाः हराम्रो कक्षाका भर्ना भएका सबै बालबालिका सिक्नका लागि आउँछन् । हरेक बालबालिका शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक र भाषिक हिसाबले फरकफरक अवस्था र परिवेशबाट आएका हुनसक्छन् । उनीहरूमध्ये अपाङ्गता (दृष्टिविहीन, सुस्तश्रवण, सुस्त मनस्थिति, शारीरिक अपाङ्गता, सिकाइमा कमजोरी आदि) भएका, घरेलु कामदार र मजदुर तथा सडक बालबालिका, फिरन्ते (राउटे, हिमाली क्षेत्रका जनता, बसाइसराइबाट आएका) समुदायका बालबालिका, सुकुम्वासीका बालबालिका, सडक बालबालिका, द्वन्द्व प्रभावित र द्वन्द्वमा संलग्न भएका बालबालिका, भौगोलिक विकटता र शहरी क्षेत्रका उपेक्षित बालबालिका, भाषिक, सांस्कृतिक, आदिवासी अल्पसङ्ख्यक बालबालिका, सुविधाविहीन सीमान्तकृत र लोपोन्मुख समुदायका बालबालिका, एचआईभी वा अन्य दीर्घ वा सरुवा रोग सङ्क्रमित बालबालिका, लजालु, ढिलो सिकाइ भएका बालबालिका, लैङ्गिकरूपले भिन्न बालबालिका समेत हुनसक्छन् । उपयुक्त वातावरण पाएमा जुनसुकै बालबालिकाले पनि राम्ररी सिक्न सक्छन् भन्ने मान्यता विश्वव्यापी रूपमा स्थापित छ । उपरोक्त मान्यताहरूकै जगमा उभिएर बालअधिकार सम्बन्धी सन्धि १९८९ ले सबै बालबालिकाको सिक्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । नेपालले पनि यस विषयमा आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । यो सन्दर्भमा, माथि उल्लिखित सबै प्रकारका बालबालिकाहरूको आवश्यकतालाई समेटी कक्षाकोठाको व्यवस्थापन गर्नु पर्छ । यी सबै प्रकारका बालबालिकालाई सकेसम्म उपयुक्त वातावरण दिनका लागि नै कक्षाकोठाको व्यवस्थापन गरिन्छ ।

कक्षा व्यवस्थापनको मुख्य उद्देश्य भनेको कक्षालाई विद्यार्थी– मैत्री तथा रमाइलो र सिकाइ अनुकूल पार्नु हो । शिक्षणसिकाइ कार्यमा सहजता प्रदान गर्न कक्षा व्यवस्थापनकोे स्थान सर्वोपरि रहेको हुन्छ । कक्षा व्यवस्थापनले शिक्षण गर्ने शिक्षक र सिकाइ गर्ने विद्यार्थी दुवैलाई आ–आफ्ना उद्देश्य पूरा गर्न सहयोग प्रदान गर्छ । कक्षा व्यवस्थापनअन्तर्गत,
१) विद्यार्थीको बसाइ व्यवस्था,
२) कक्षामा रहेको  शैक्षिक सामग्रीको उपयुक्त रखाइ
३) समूहगठन र समूहको काम तथा कक्षाको कार्यप्रणालीजस्ता पक्षहरू सिकाइअनुकूल कक्षा व्यवस्थापनका आवश्यक तत्व मानिन्छन् । कक्षा रमाइलो हुनु सिकाइका लागि अपरिहार्य हुन्छ ।

कक्षाकोठाको समग्र क्रियाकलाप मा सबै प्रकारका विद्यार्थीहरूको सक्रिय सहभागिता एवम् संलग्नता कसरी उच्च राख्ने भन्ने पक्ष कक्षाको व्यवस्थापनले नै निर्धारण गर्छ । जति बढी विद्यार्थीहरू सक्रिय र सहभागी हुन्छन् त्यति नै बढी उनीहरूको सिकाइ अर्थपूर्ण र दिगो रहन्छ । शिक्षकले यस कुरा मा विशेष ध्यान दिनुपर्छ ।

कक्षा रमाइलो कसरी बनाउने ?
रमाइलो कक्षा व्यवस्थापन भनेको त्यो कक्षा हो जहाँ  विद्यार्थीको स्वागत हुन्छ । प्रत्येक विद्यार्थीको भनाइ र भावनाको कदर गरिन्छ । विद्यार्थीका लागि त्यो कक्षा स्वस्थ, सुरक्षित, सकारात्मक, सहयोगी, प्रोत्साहित र अभिपे्ररित गर्ने खालको हुन्छ । विद्यार्थीहरू स्वयंले त्यस्तो अनुभूति गरेका हुनुपर्छ । बालबालिकाले आ– आफ्ना प्रतिभाहरू स्वः फूर्त रूपमा प्रदर्शन गर्ने मौका पाउँछन् र उनीहरूको प्रतिभाको विकास मा पनि मद्दत पुगिरहेको हुन्छ । सिकाइ कर गरेर होइन, आफैँ रहर गरेर सिक्ने हो भन्ने अवधारणालाई साकार रुप दिने काम नै कक्षा व्यवस्थापनले गर्छ । यो आफंैमा एउटा कला हो । शिक्षक विद्यार्थीको सम्बन्ध सुमधुर रहन्छ र विद्यार्थीहरूले लाज, सङ्कोच र भयमुक्त वातावरणमा स्कूलमा रम्ने र सिक्ने अवसर पाउँछन् । रराम्रो कक्षा व्यवस्थापन भए विद्यार्थीले रोएर होइन, हाँसेर सिक्छन् । यस प्रकारको कक्षा व्यवस्थापनमा विद्यार्थीहरू नै बढी सक्रिय रहन्छन् र उनीहरूको सहभागिता उच्च रहन्छ । कक्षा रमाइलो भए विद्यार्थीहरू लामो समयसम्म कक्षामा बस्न रुचाउँछन् । अन्ततः यसले उनीहरूको सिकाइमा महत्वपूर्ण सहयोग पुर्याउँछ ।

विद्यार्थीको बसाइ व्यवस्था
हामी शिक्षकहरू विद्यार्थीको बसाइको अवस्थाबारे कहिलेकाहीँ उति ख्याल गर्दैनौं । उनीहरूको बसाइ सहज भएन भने त्यसले प्रत्यक्ष बाधा पुर्याउँछ । अतः विद्यार्थीहरूले सजिलोसँग बस्न, क्रियाकलाप गर्न, कालोपाटी देख्न र कालोपाटीमा लेख्न पाउनुपर्छ । आफू बसेको ठाउँबाट सजिलैसँग बाहिर निस्कन र बाहिरबाट आफ्नो ठाउँमा जान सक्ने अवस्था कक्षामा हुनुपर्छ । अग्लोले छेक्ने ठूलोले हेप्ने, लेखेका कुरा वा कुनै शैक्षिक सामग्री देख्न नसकिने, टल्कने, शिक्षक वा साथीले भनेका कुरा सुन्न नसकिने, आवाज प्रतिध्वनित (इको) हुने, बोल्न अवरोध पैदा हुने जस्ता कुरा हरू बसाइको व्यवस्था गर्दा ध्यान पुर्याउनुपर्छ । त्यो कुरा मा हामी शिक्षकले सधैं ध्यान पुर्याउनै पर्छ । कक्षाको वातावरण मौसमअनुकूलगर्मीमा ठण्डा र जाडोमा न्यानो बनाउन सके विद्यार्थीहरू घण्टीको पट्यारलाग्दो पर्खाइमा हुँदैनन् । कक्षाकोठाको बसाइ र कामगराइ आरामदायक भयो भने विद्यार्थीहरू खुशी हुन्छन् र उनीहरूले पढाइमा रराम्रोसित ध्यान दिन सक्छन् । शिक्षकले सबै विद्यार्थीलाई उनीहरूको आवश्यकता अनुसार सहयोग गर्न र विद्यार्थीले गरेको कामको अनुगमन गरी पृष्ठपोषण दिन सक्ने गरी कक्षाकोठाको बसाइ व्यवस्था मिलाउनुपर्छ ।

कक्षाभित्र विद्यार्थीहरू बसेर मात्र सिकिरहेका हुदैनन् । उनीहरू उठेर, खेलेर,गीत, कथा कविता भनेर, उफ्रेर, दौडेर, कुनै कुरा प्रस्तुत वा प्रदर्शन वा अभिनयात्मक क्रियाकलाप गरेर पनि त्यसबाट सिकिरहेका हुन्छन् । उकुसमुकुस वातावरण, तीब्र जाडो वागर्मी, जोडदार हावा, कर्कस आवाज, झ्गडा, असहयोग, दण्ड, लामो समयसम्म एउटै क्रियाकलाप गराइनु, कडा अनुशासन, असुविधायुक्त बसाइजस्ता कुरा ले कक्षाकोठाप्रति विद्यार्थीको विकर्षण पैदा हुन्छ । विद्यार्थीको बसाइको व्यवस्था मिलाउँदा कुन आकारमा गर्नु पर्ने हो सोकोसमेत फाइदा बेफाइदा हेरी ठाउँ अनुसार उपयुक्त आकारको छनोट हुनुपर्छ । कहिलेकाहीँ धेरै विद्यार्थी सङ्ख्या हुँदा, छोटो समय हुँदा, पढाइने विषयवस्तु ज्ञान प्रधान हुँदा परम्परागत तरिकाबाट पनि विद्यार्थी बसाइ व्यवस्था मिलाउन सकिन्छ । तर यो तरिका विद्यार्थीका लागि रोचक तरिका भने होइन । केही प्रचलित बसाइ व्यवस्थाहरू यसप्रकार रहेका छन् । रो आकार,गोलाकार, अर्धगोलाकार, आयताकार, भी आकार, यु आकार, खुला बसाइ (जो जहाँ जसरी बस्छ त्यसरी नै) समूहगत बसाइ व्यवस्था आदि । विद्यार्थीको सङ्ख्याको आधारमा समूहगत बसाइ व्यवस्था उपयुक्त मानिन्छ ।

यस व्यवस्थामा नजान्ने विद्यार्थीले जान्ने विद्यार्थीबाट सिक्ने अवसर पाउँछन् र सहयोगात्मक सिकाइ हुने अवसर प्राप्त हुन्छ ।

शैक्षिक पक्षको व्यवस्थापन
विषयअनुकूल शैक्षिक सामग्रीको रखाइ व्यवस्था, विद्यार्थीको पहुँच र सतहमा कालोपाटीको रखाइ, संरक्षण र प्रयोग, कक्षामा विषय कुनाको व्यवस्था, शिक्षक र विद्यार्थी निर्मित सिकाइ सामग्री राख्ने छुट्टाछुट्टै ठाउँको व्यवस्था हुनुपर्छ । विद्यार्थीले सामग्रीको प्रयोग गर्न पाउने अवसर र आफूले तयार पारेका सामग्रीहरू तोकिएको ठाउँमा प्रदर्शन गर्न र आवश्यकता अनुसार बदल्न सक्ने अवस्था, विषयअनुकूलको पकेटबोर्डको प्रयोग, कक्षाको स्तर अनुसारका महान् व्यक्तिहरूका सन्देशमूलक भनाइहरू राख्ने व्यवस्था, विद्यार्थीका सिर्जनात्मक कार्यहरू तथा शिक्षकको प्रस्तुतिकरण विना नै व्यवस्थापनबाट विद्यार्थीको सिकाइमा पर्ने सकारात्मक प्रभावका पक्षलाई ध्यानमा राखी गरिने कक्षाको व्यवस्थापन शैक्षिक व्यवस्थापनअन्तर्गत पर्दछ । शिक्षकले कक्षाको शैक्षिक व्यवस्थापन गर्दा आफ्नै स्वविवेक मात्र प्रयोग न गरी विद्यार्थीहरूलाई पनि संलग्न गराई उनीहरूको सुझावलाई समेत ध्यानमा राखी गरे मा त्यो कक्षाले विद्यार्थीहरूको माया र संरक्षण पाउँछ । यसरी कक्षाको शैक्षिक व्यवस्थापन गर्दा शिक्षकले अन्य शिक्षक तथा प्रधानाध्यापकको समेत सहयोग र सल्लाह लिन सक्छन् ।

कक्षाको कार्यप्रणाली व्यवस्थापन
कक्षामा रहेका विद्यार्थीहरूको समूह समूहमा विभाजन गरी शिक्षणसिकाइ गर्दा प्रभावकारी भएको पाइएको छ । समूहगठन गरी शिक्षणसिकाइ गरे मा शिक्षणसिकाइ व्यवस्थित हुनुका साथै कक्षामा शिक्षकको छोटो अनुपस्थित रहेका अवस्थामा पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउँछ । समूहगठन गर्दा चार देखि ६ जनासम्मको समूह उपयुक्त मानिन्छ । समूह धेरै प्रकारले निर्माण गर्न सकिन्छ जस्तैः समान क्षमता समूह, मिश्रित क्षमता समूह, गाउँ वा टोल समूह, छ्यासमिसे समूह, रुचि समूह, सामाजिक समूह । शिक्षण गरिने विषय र समय अनुसार ती समूहहरूको प्रयोग र पुनर्गठन गर्नु पर्ने हुन्छ । समूहलाई कसरी काममा संलग्न गराउने भन्ने सम्बन्धमा प्रस्ट निर्देशन दिनुपर्छ । समूह नेता केही दिन बिराएर परिवर्तन गर्नु पर्छ यसले प्रत्येकलाई नेतृत्व विकास को अवसर प्राप्त हुन्छ । समूहको काम कर्तव्य र जिम्मेवारीको प्रस्ट रूपमा व्याख्या गर्नु पर्छ । यसले विद्यार्थीलाई जिम्मेवार बनाउँछ । समूह निर्माणमा विद्यार्थीहरूको सहभागितालाई प्राथमिकता दिनुपर्छ ।

कक्षामा दैनिक तालिका एवम् क्रियाकलाप तालिका राख्ने, सरसफाइको नियमित व्यवस्था मिलाउने र त्यसको अनुगमन गर्ने , कक्षाको सम्पूर्ण कार्य प्रणालीको तय विद्यार्थीहरूकै सहभागिता र संलग्नतामा गराउनु पर्छ  जसले गर्दा विद्यार्थीहरूमा यो हराम्रो कक्षा हो भन्ने भावनाको विकास गराउँछ । उपर्युक्त जानकारीको आधारमा शिक्षक आफैँले आफ्नो कक्षाको मूल्याङ्कन गरेर पनि कक्षाकोठाको व्यवस्थापन सहीरूपले भए नभएको पत्ता लगाउन सकिन्छ ।

(विष्ट शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।)

commercial commercial commercial commercial