दृष्टिविहीनका निम्ति समर्पित

“मैले समाज बाट यति माया र सम्मान पाउँछु भनेर कहिल्यै कल्पना गरे कै थिइन्, यति ठूलो चिज पाएपछि गुमाएका सबैगौण लाग्ने रहेछ ।”

विसं.२०४५ सालको कुरा हो । धरानको स्वयम्भू चैत्य महाबिहारका भिक्षु विशुद्धानन्दले उनलाई गृह त्याग गरी भिक्षुणी बन्ने सल्लाह दिए । एक प्रतिभावान युवतीले भिक्षुणी बनेमा उनको जीवन सार्थक बन्ने र उनीजस्ता धेरै युवायुवतीहरूले जीवनको सही मार्ग पहिल्याउन पाउने विशुद्धानन्दको ठम्याइ थियो ।

तर, भर्खरै २३ वसन्तमा टेक्दै गरे की ती युवतीले भिक्षुको सल्लाह स्वीकार गरिनन् । घर गृह स्थी छाडेर भन्दा समाज मै रहेर सार्थक जीवन बाँच्नु उनले ठीक ठानिन् । स्नातक तह उत्तीर्ण गर्ने बित्तिकै पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरानमा स्वयंसेवकको रूपमा संलग्न भइन् । र, आजपर्यन्त उनी त्यही स्कूलमा दत्तचित्तका साथ काम गरिरहेकी छिन् । उनी अर्थात् विद्या शाक्य (४३) सेवा निवृत्त नभएसम्म दृष्टिविहीन बालबालिकाकै शिक्षामा समर्पित हुने आफ्नो सपना र इच्छा प्रकट गर्दै भन्छिन्, “रिटायर्ड नभएसम्म यी दृष्टिविहीनहरूबाट अलग हुन चाहन्न ।” आँखा नदेख्नेहरूलाई आँखा देख्नेले पढाउँदाको अनुभव कस्तो हुन्छ ? विद्यासँग धेरैले राख्ने जिज्ञासा हो यो । उनी भन्छिन्, “धेरैले; नदेख्नेहरूलाई त जसरी पढाए पनि हुन्छ भन्ने ठान्छन्; तर यथार्थ त्यो होइन । आँखा देख्नेहरूले विभिन्न वस्तु आफैँ देखेर अनि कान नसुन्नेले सङ्केतद्वारा धेरै कुरा बुझन सक्छन् तर दृष्टिविहीनहरूले सिक्नका लागि छुनु र सुन्नु अनिवार्य हुन्छ । तिनलाई पढाउने प्रभावकारी माध्यम पनि यही हो ।”

कोठा सफा नदेखे कुचो लगाउन आफैँ अग्रसर हुन्छिन् । सर्वप्रथम उनी विद्यार्थीको सञ्चो विसञ्चो र पढाइप्रतिको मनस्थिति बुझन थाल्छिन् । कसैलाई बिसञ्चो भए एकछिन त्यसैको बारेमा कुरा कानी हुन्छ । उनी आफ्नो शिक्षण शैलीबारे स्पष्ट पार्दै भन्छिन्, “त्यति मात्रै होइन, धेरै विद्यार्थी पढ्ने मूडमा छैनन् भने उनीहरूकै रोजाइमागीतगाउने, नाच्ने या खेल्ने काम हुन्छ । पढ्छौं भनेपछि मात्र विषयवस्तुमा प्रवेश गर्ने गरे की छु ।”

भोलिपल्ट पढाइने विषय वा पाठको जानकारी उनले अघिल्लो दिनमै विद्यार्थीहरूलाई दिइसकेकी हुन्छिन् । विद्यार्थीलाई कुरा बुझाउन धार्मिक कथा, बाहिरी घटना र छरछिमेकको दृष्टान्त प्रयोग गर्ने उनको मौलिक शैली नै बनेको छ । उनी थप्छिन्, “एउटा पाठका लागि पाँच दिनसम्म लगाएको छु । विद्यार्थीले नबुझेसम्म म नयाँ पाठ पढाउँदिनँ ।”

पाठ पढाउँदै जाँदा स्वास्थ्य चौकीको सन्दर्भ आउँछ, प्रहरी चौकीको प्रसङ्ग भेटिन्छ । दृष्टि भएकाहरूले त ती कुरा आफैं देखेर पनि बुझलान् तर दृष्टिविहीनहरूलाई कसरी बुझाउने ? झण्डै दुई दशक लामो अनुभवबाट विद्याले यस्ता चुनौती पार गर्ने थुप्रै विधिहरू पहिल्याइसकेकी छन् । स्थलगत भ्रमण र छलफल उनले प्रायः अपनाउने शिक्षण विधिभित्र पर्छन् । “केही महिनाअघि बजारको वडा प्रहरी कार्यालयमा लगेर विद्यार्थीहरूलाई प्रहरीहरूसँग अन्तरक्रिया गराएँ । यसो गर्दा प्रहरीकोे काम र अनुभवबारे विद्यार्थीहरूले सजिलै बुझेको पाएँ ।” हालैको एउटा अनुभव सुनाउँदै उनले भनिन्, “चिसो कस्तो हुन्छ भन्ने थाहा दिन भेडेटार लगेकी छु, पहाड कस्तो हुन्छ भन्ने बुझाउन पाँचकन्याको उकालो हिँडाएकी छु ।” विद्यार्थीको सृजनशीलता र व्यक्तित्व विकास मा अतिरिक्त क्रियाकलाप को अहं भूमिका हुने कुरा लाई गहिरोसँग अनुभूत गरे की विद्या आफ्ना विद्यार्थीलाई त्यस्ता अवसर हुनेसम्म बढी जुटाउन हरदम लागिपरेकी देखिन्छिन् ।

विद्यार्थीहरू नैतिकवान भएमात्र तिनले सही अर्थमा शिक्षा प्राप्त गरेको मान्ने विद्या त्यस्ता विद्यार्थी उत्पादन गर्न सक्नु नै शिक्षकको कर्तव्य र सफलता ठान्छिन् । “नत्र हामी शिक्षक बेकार छौं, पढाउन हामीलाई कुनै अधिकार छैन”, उनी भन्छिन् ।


चिसो कस्तो हुन्छ भन्ने थाहा दिन भेडेटार लगेकी छु, पहाड कस्तो हुन्छ बुझाउन पाँचकन्याको उकालो हिंडाएकी छु ।

कतिपय शिक्षकहरू जहिले पनि जान्ने विद्यार्थीलाई मात्र ध्यान दिइरहेका हुन्छन् र कमजोर विद्यार्थीलाई उनीहरूको केन्द्रमा हुँदैनन् । तर त्यस्ता शिक्षकहरूको भीडमा विद्या पर्दिनन् । उनी कमजोर विद्यार्थीहरूलाई झन् ज्यादा ध्यान दिने र उनीहरूको पढाइको स्तर जान्ने विद्यार्थीको हाराहारीमा पुर्याउनुलाई आफ्नो दायित्वका रूपमा स्वीकार गर्छिन् । यस सम्बन्धमा उनको सुझाव छ– “चिकित्सकले बिरामीको सामाजिक, मान सिक, व्यक्तिगत सबै अवस्थाको बारेमा जानकारी लिएपछि मात्र औषधि शुरु गरे जस्तै शिक्षकले पनि कमजोर विद्यार्थीको सम्पूर्ण पृष्ठभूमि खोतल्नुपर्छ, के कारणले ऊ पढाइमा कमजोर भएको हो थाहा पाउनुपर्छ, उसलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ, जान्नेलाई पछाडि राखी नजान्नेलाई अगाडि बसाउनुपर्छ । अनि ऊ पनि अरूजस्तै जान्ने बन्नसक्छ भनी आत्मविश्वास जगाउन हौसला दिइरहनु पर्छ ।” त्यसनिम्ति उनी विद्यार्थी र शिक्षकबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ भन्ने मान्यता राख्छिन् । “विद्यार्थीले अभिभावकलाई समेत भन्न नसकेका आफ्ना भित्री र मसिना समस्याहरू पनि शिक्षकलाई खुलेर राख्न सक्ने बनाउने काम शिक्षककै हो ।” विद्याको लामो शिक्षण अनुभवको निष्कर्ष हो, “शिक्षकले विद्यार्थीका समस्याहरू थाहा पाउने र उचित तरिकाले समाधान गर्न आवश्यक पहल गर्नु पर्छ । अभिभावक र विद्यार्थीबीचको सेतु पनि शिक्षक नै हुनुपर्छ ।”

कुनै बेला समाज मा सम्मान का साथ हेरिने शिक्षण पेशाप्रति क्रमशः आकर्षण घट्दै गइरहेको छ । विश्वविद्यालयमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने मेधावीहरूको पहिलो छनौट शिक्षण पेशा नभई, अरू नै हुने गरेको तथ्यले पनि यही कुरा लाई पुष्टि गर्छ । शिक्षाको गुणस्तर वृद्धि गर्न योग्य शिक्षकको भूमिका अहं हुने निष्कर्ष विद्याको छ । उनी सबै सबैभन्दा दक्ष र योग्य मानिसहरूलाई शिक्षणमा आकर्षित गरिनुपर्ने र विशेष शिक्षा अन्तर्गतका विद्यालयहरूमा पढाउनका लागि शिक्षण क्षेत्रलाई विशुद्ध पेशाभन्दा पनि सेवाको ध्येय राख्ने योग्य व्यक्तिहरूको खोजी गरिनुपर्ने ठान्छिन् ।

विद्या; आफूलाई दृष्टिविहीनको सेवामा लाग्ने अवसर जुटाइदिएको श्रेय समाज सेवी सरला कायस्थलाई दिन्छिन् । कायस्थकै सहयोग र सल्लाहमा उनी उक्त विद्यालयमा पुगेकी थिइन् । त्यतिबेलासम्म उनलाई धरानमा दृष्टिविहीनहरूको विद्यालय छ भन्नेसम्म पनि थाहा थिएन; न त कहिल्यै कुनै दृष्टिविहीनसँग सङ्गत नै थियो । जहाँ भएपनि पढाउने मात्र रहर भएको भए उनको घरको आँगनमै पब्लिक माध्यमिक विद्यालय पनि थियो, जहाँबाट उनलाई पढाउने प्रस्ताव समेत आएको थियो । तर, शाक्यलाई भने दृष्टिविहीनहरूकै विद्यालयले बढी आकर्षित गरयो । त्यसको कारण खोल्दै भन्छिन्, “आँखा देख्नेहरूका लागि विद्यालय पनि थुप्रै थिए पढाउनेहरू पनि धेरै थिए । त्यसैले मैले आफूले अरू भन्दा केही बढी सेवा गर्नसक्ने ठाउँ यही विद्यालय हो भन्ने सोचें ।”

विद्यालय प्रवेश गरे पछि उनले विद्यार्थीहरूबाटै ब्रेललिपि सिकिन् । उनी शुरु का दिन सम्झिँदै भन्छिन्, “विद्यार्थीसँग जति नजिक भयो उति नै उनीहरूलाई सिकाउन सकिने रहेछ र उनीहरूबाट पनि सिक्न सकिने रहेछ भन्ने बुझेपछि म झन् उनीहरूसँग नजिक हुन थालेँ । मैले पढाउने तरिका, बुझाउने शैली पनि विद्यार्थीहरूबाटै सिकेकी हुँ । पहिले विद्यार्थी मेरा शिक्षक भए; उनीहरूबाट मैले सिकेँ । अहिले पनि केही सिक्दै र केही सिकाउँदै छु ।”

पहिलो एक वर्ष स्वयंसेवकका रूपमा काम गरे पछि २०४९ सालमा ज्यालादारी शिक्षकका रूपमा नियुक्ति पाएकी विद्या २०५८ देखि स्थायी शिक्षकका रूपमा कार्यरत छिन् । यो उमेरसम्म पनि किन अविवाहित भन्ने जिज्ञाशाको जवाफ उनी यसरी दिन्छिन्, “विवाह गरे पछि घरव्यवहारमा फसिने र अरूको सेवा गर्न कठिन हुने बौद्ध दर्शनकै प्रभाव म अविवाहित रहनु को प्रमुख कारण बन्यो ।” त्यसो भए शिक्षक बनेर उनले के पाइन् केगुमाइन् त ? “मैले समाज बाट यति माया र सम्मान पाउँछु भनेर कहिल्यै कल्पना गरे कै थिइन्, यति ठूलो चिज पाएपछि गुमाएका सबैगौण लाग्ने रहेछ” उनको जवाफ थियो ।

शिक्षण कार्यको क्रममा उनले कैयौं उदेकलाग्दा र पीडादायी अनुभव पनि सँगालेकी छन् । “परिवारबाटै उपेक्षित दृष्टिविहीनहरूमध्ये धेरैलाई घरमा यातना दिएर राख्ने गरेका छन् । जसले गर्दा कतिपयले हिँड्न, बोल्न, खानजस्ता सामान्य कुरा समेत जानेका हुँदैनन् ।” गम्भीर हुँदै उनले भनिन्, “यो कुरा ले मलाई बेचैन बनाउँछ ।” हेलचेक्रयाइँ र परम्परागत सोचका कारण अभिभावकले आफ्ना दृष्टिविहीन बालबालिकालाई ढिलो गरी विद्यालय पठाउने गरेकाले पाँच वर्षका र १५ वर्षकालाई एकै कक्षामा राखेर पढाउनु पर्ने समेत बाध्यता आइपर्छ ।

दृष्टिविहीनको विद्यालयबाट सेवा निवृत्त भएपछि के गर्ने ? विद्याको स्पष्ट जवाफ छ, “बाँकी जीवन पनि शिक्षक नै भएर बिताउने छु ।” त्यसनिम्ति उनले धरान–१७ उदयटोलमा सम्यक् शिक्षा प्राविको स्थापना गरे की छन्, जहाँ वरपरका सुकुम्बासी टोलका अति विपन्न समुदायका केटाकेटी पढ्ने गर्द छन् । उनी भन्छिन्, “नमरुञ्जेल त्यही विद्यालयको सेवा गर्छु ।”

१८ वर्षअघि, विद्यालाई शिक्षण पेशामा लाग्न प्रेरित गर्ने सरला कायस्थको बुझइमा अधिकांश मानिसमा हुने लोभ, लालच र ईष्र्या जस्ता अवगुणबाट मुक्त भएकै कारण विद्या शाक्य असल शिक्षक बन्न सकेकी हुन् । कायस्थ भन्छिन्, “विद्याको विद्यार्थीप्रतिको समर्पण आजसम्म उस्तै छ, यस्तोगुण सबैमा पाउनु दुर्लभ छ ।”

commercial commercial commercial commercial