स्कूलमा गैरसरकारी संस्था

केही विद्यालय वा गैर सरकारी संस्था कुन काम गर्ने वा न गर्ने भन्ने विषयमा प्रस्ट होलान् तर धेरै विद्यालय र गैससंले सहकार्यको एजेण्डा छलफल गरी पहिचान गर्नु जरुरी छ ।
औपचारिक शिक्षामा गैर सरकारी संस्थाहरूको संलग्नता २०३० सालको दशकको अन्तिम वर्षहरूबाट नै शुरु भइसकेको हो तर त्यो धेरैजसो शिक्षाको एक पक्षतर्फ——भौतिकतर्फ बढी केन्द्रित वा सीमित थियो । तर अहिले स्थिति फेरिएको छ । सामुदायिक विद्यालयहरूलाई गैर सरकारी संस्था ( गैससं)ले सेवा प्रदान गर्ने व्यवस्था सरकारीस्तर बाटै भइसकेको छ । अहिले धेरै कम गैससंहरू विद्यालयसँग मिलेर काम गर्दैछन् ।
सरकारले तयार पारेको समुदायद्वारा व्यवस्थापन हुने विद्यालय सञ्चालन कार्य निर्देशिका २०५९ अनुसार समुदाय, अभिभावक, शिक्षक र व्यवस्थापन समितिले गैर सरकारी संस्था समेतको साझेदारीमा विद्यालय सुधारको योजना बनाउने, कार्यान्वयन गर्ने , अनुगमन गर्ने , मूल्याङ्कन गर्ने तथा अभिलेख राख्ने काम गर्नु पर्छ । यो बाहेक स्थानीय स्वायत्त शासन ऐन तथा निर्देशिका २०५५ ले पनि विद्यालय सुधारको लागि गैर सरकारी संस्थाहरूको प्राविधिक सहयोगलाई अपरिहार्य शर्तको रूपमा स्वीकार गरेको छ । त्यसै गरी डकार कार्य योजना २००० ले पनि सन् २०१५ सम्ममा सबैको लागि शिक्षाको पूर्ण प्राप्तिका लागि गैर सरकारी संस्थाहरूले साझेदारको रूपमा काम गर्नु पर्ने अवधारणा अगाडि सारेको छ । यसै कुरा लाई स्वीकार्दै नेपालले पनि आफ्नो राष्ट्रिय कार्य योजना २०००–२०१५ निर्माण गरयो । यो कार्य योजनाले किटानका साथ उल्लेख गरेका १८२ क्रियाकलाप मध्ये पचास वटा भन्दा बढी क्रियाकलाप गैर सरकारी संस्थाको जिम्मामा सुम्पेको छ र बाँकीमा सहकार्यको सम्भावना खुला राखेको छ ।
सहकार्यको एजेण्डा
केही विद्यालय वा गैससंकुन काम गर्ने वा न गर्ने भन्ने विषयमा प्रस्ट होलान् तर धेरै विद्यालय र गैससंले सहकार्यको एजेण्डा छलफल गरी पहिचान गर्नु जरुरी छ । गैससंहरूको अनुभव विभिन्न प्रकारका छन् । सबैले विद्यालय शिक्षामा अनुभव हासिल गरिसकेका छैनन् । धेरै गैससंकार्यान्वयन पक्षमा दक्ष होलान्, केही सहयोगी संस्थाको रूपमा प्राविधिक सहयोग मात्र पुरयाउने पनि होलान् । यस्तो अवस्थामा कम्तीमा सर्वसम्मत एजेण्डा अर्थात् सबैले गरे बेस हुने शैक्षिक क्रियाकलाप पहिचान गर्न सके एकरुपता आउन र गुणात्मक सुधार हुनसक्थ्यो । यसको लागि समुदाय सञ्चालित विद्यालयमा संलग्न गैससंको सामुहिक छलफल हुनसके रराम्रो हुनसक्थ्यो । तल उल्लिखित केही एजेण्डालाई अहिले प्रस्तावको रूपमा लिन सकिन्छः
१. कक्षा एक देखि शुरु – पहिलो वर्ष आफूले जति गर्ने हो त्यो कक्षा एकको लागि मात्र गर्ने । अर्को वर्ष कक्षा दुई आदि गर्दै कम्तीमा पाँच वर्ष काम गर्ने योजना बनाउन सके विद्यालय र गैससंको पक्षमा ढुक्क भई काम गर्ने वातावरण सृजना हुनेथियो ।
२. गुणात्मक शिक्षामा जोड – कक्षाको वातावरणमा सुधार ल्याउने र शिक्षकहरूको लागि बालकेन्द्रित शिक्षण सिकाइ तालिमको व्यवस्था गर्नु पर्छ । गुणात्मक शिक्षाको परिभाषा आ–आफ्ना परिवेश अनुसार फरक–फरक छन् तर पनि एउटा अध्ययनले गुणस्तरीयतालाई सुनिश्चित गर्न देहायका तत्वहरूको आवश्यकता औंल्याएको छः
- विद्यालय सहयोगमा बहुपक्षीय संलग्नता ।
- शैक्षिक व्यवस्थाको विस्तारित र गहन सञ्जालको निर्माण ।
- सुधार आफैँ एउटा सिकाइ प्रक्रिया बनाउनुपर्ने ।
- कक्षा आधारित शैक्षिक अभ्यास को आवश्यकतालाई प्राथमिकता दिने ।
- शिक्षक सधैँ नयाँ कुरा सिक्न उत्सुक ।
- उत्तरदायित्व/जिम्मेवारीको बोध ।
- विद्यालयलाई स्थानीय र केन्द्रीय दुवैस्तर बाट निरन्तरको सहयोग र सशक्तिकरण ।
- अभिभावक र समुदायको निरन्तर र अन्तरक्रियात्मक सहभागिता ।
३. कोष स्थापना – विद्यालय आधारित विद्यालय सुधार कार्यक्रमको लागि सरकारले दिने आर्थिक सहयोग पर्याप्त हुँदैन । गुणात्मक विद्यालय शिक्षा दिन थप साधन–स्रोत र शैक्षिक सामग्रीको आवश्यकता पर्छ । त्यसनिम्ति चाहिने आर्थिक स्रोतको परिचालनका लागि अक्षय कोष स्थापना गर्न जरुरी छ । यसको लागि विद्यालयको उपलब्ध स्रोत परिचालन गरी आम्दानी वृद्धि कार्यक्रमहरू सञ्चालन गर्नु पर्छ । यो स्रोतको माध्यमबाट नै सहकार्य दिगोे र निरन्तर हुन्छ । सरकारको स्रोतमा मात्र निर्भर रहनु हुँदैन ।
४. अभिभावक तथा समुदाय परिचालन – जबसम्म साक्षर संस्कृतिको निर्माण गर्न सक्दैनौँ त्यसबेलासम्म हराम्रो सहकार्यले पूर्ण सफलता प्राप्त गर्न सक्दैन । साक्षर संस्कृतिको निर्माण भनेको अभिभावक तथा समुदायको शिक्षामा सहभागिता हो । निरक्षर अभिभावक साक्षर हुनुपर्ने र विद्यालयले त्यस्ता कार्यक्रम सञ्चालन गर्नु पर्ने हुनसक्छ । अभिभावक र समुदायले केटाकेटीको लागि घरमा थप पढाइलेखाइलाई सघाउनुपर्ने वातावरण सृजना गर्न सक्नुपर्छ । जति बढी पढ्ने समय उपलब्ध हुन्छ सिकाइ त्यति प्रभावकारी हुन्छ । साथै विद्यालयको कोष स्थापनामा पनि अभिभावक तथा समुदाय परिचालन गर्न जरुरी छ ।
५. संयुक्त नेतृत्वको लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसँग स्वस्थ सम्बन्धको विस्तार– समुदाय सञ्चालित विद्यालय कार्यक्रम सफल हुनको लागि शिक्षक र विद्यालय व्यवस्थापन समिति खुल्ला, प्रवद्र्धनात्मक र सकारात्मक हुन जरुरी छ । गैससंले यी दुई पक्षसँग आफ्नो सम्बन्ध सुमधुर राख्न सक्नुपर्छ । हालैको एसएलसीको अध्ययनले संयुक्त नेतृत्वले विद्यालय प्रभावकारी र परिणाममुखी हुन्छ भन्ने देखाएको छ । समुदाय सञ्चालित विद्यालयको सफलता शिक्षक, समिति र गैससंको संयुक्त नेतृत्वमा नै निर्भर हुनेछ ।
६. साना किसिमका कार्यगत–अनुसन्धान– विद्यालय र गैससंले संयुक्त रूपमा सञ्चालन गरेका प्रत्येक क्रियाकलाप को प्रक्रियागत अभिलेख राख्न जरुरी छ । प्रतिवेदन लेख्न वा आफूले गरेका सम्पूर्ण क्रियाकलाप को लिखित दस्तावेज राख्नाले सहकार्यको प्रगति, सिकाइ र भविष्यमा गर्नु पर्ने कार्यको प्रस्ट लेखाजोखा गर्न सकिन्छ
७. शिक्षालाई अन्य विकास कार्य सँग एकीकृत गर्ने – समुदाय सञ्चालित विद्यालयको लागि सहयोगी संस्थाको रूपमा शिक्षा विभागसँग संलग्न साझेदार संस्थाहरूको कार्यगत अनुभवमा विविधता पाइन्छ । विद्यालय शिक्षासँग सम्बन्धित कामको अनुभव नभएका प्रशस्त गैससंहरू छन् । उनीहरूलाई वा अन्यलाई पनि के काम गर्ने भन्ने दुविधा हुनसक्छ तर विकास का अन्य क्रियाकलाप जस्तो स्वास्थ्य, सामुदायिक वन, आम्दानी वृद्धि, सशक्तिकरण, मानव अधिकार, अनौपचारिक शिक्षा आदिसँग विद्यालय प्रत्यक्ष सम्बन्धित छ । स्वास्थ्यले विद्यार्थीको स्वास्थ्यको हेरचार सम्बन्धी क्रियाकलाप , सामुदायिक वनले विद्यालयको स्रोत वृद्धि र भौतिक तथा शैक्षिक सुधारमा सहयोग, अनौपचारिक शिक्षाले केटाकेटीका आमाबाबुलाई साक्षर गराई साक्षर संस्कृतिको निर्माण गर्नमा ठूलो सहयोग पुर्याउन सक्छन् । शिक्षा तटस्थतामा फस्टाउन सक्तैन भन्ने कुरा अहिलेसम्मको अनुभव र अध्ययनले देखाइसकेको छ । एकीकृत विद्यालय शिक्षा अवधारणा र अभ्यास समुदाय सञ्चालित विद्यालयको सफलताको साँचो हो ।
सुरुआतमा यी सात वटा क्रियाकलाप लाई गैससंहरूले आफ्नो रोडम्यापको रूपमा स्वीकार गरी सहकार्य अगाडि बढाएमा काममा एकरुपता आई केही ठोस उपलब्धि देखाउन पक्कै पनि सकिन्छ । गैससंले यो नयाँ चुनौती पूर्ण जिम्मेवारीलाई सफल बनाएनन् भने गैससंको सामाजिक रुपान्तरण, सामाजिक न्याय, मानव अधिकार, समताको प्रतीकको छवि धुमिल हुनेछ । यो गैससंको छवि सुधार वा रराम्रो छवि निर्माणको अवसर पनि हो ।
सबैको लागि शिक्षा अभियानले विद्यालयमा गुणात्मक शिक्षा चाहेको छ । शिक्षा मन्त्रालयले त्यो कार्य गैससंले गर्न सक्छ भन्ने विश्वास गरेका बेलामा अन्य काम जस्तो भद्रगोल किसिमले हुनुहुदैन । शिक्षा बालबालिकाको संस्कार, देशको भविष्य, असल नागरिक हुने, नैतिक चरित्र विकास गर्ने , सामाजिकीकरण आदि पक्षसँग गाँसिएको छ । त्यसकारण यसमा हेलचेक्र्याइँ गर्नु हुँदैन । गैससंछनोट प्रक्रिया कडा गरिनुपर्छ । एउटा ‘नम्स’ नै बनाएर छनौटको काम गरिनुपर्छ । सबै कुरा परियोजना निर्माण गराए र प्रतिस्पर्धा गराउने कार्यनीतिबाट गुणात्मक काम नभएको अनुभव छ । कामको गुणात्मकता र विश्वसनीयतालाई पनि ध्यान दिन जरुरी छ । थोरै र स्वच्छ छविका गैससंबाट काम शुरु गर्नु पर्छ । सबै काम दिगो र निरन्तर हुने क्षमता र दक्षताबाट गरिनुपर्छ । परिवर्तन देख्ने गरी हुनु परयो । विद्यालयले विश्वासिलो र सम्पूर्ण शर्तहरू पूरा गर्न सक्ने गैससं नभेटिएसम्म सहकार्य अगाडि बढाउनुहुँदैन । प्रस्तावना माग्ने र त्यसकै आधारमा मात्र कामको जिम्मा लगाउनुहुँदैन । विद्यालयका जिम्मेवार व्यक्तिहरू गैससंको कार्यालय र कार्य स्थलमा उनीहरूले गरेको कामको अवलोकन गर्न जान जरुरी हुन्छ । भनेको र सुनेको आधारमा विश्वास गरी सहकार्य अगाडि बढाउनु भन्दा देखेको आधारमा मात्र गैससं छनोट गर्नु रराम्रो प्रक्रिया मान्न सकिन्छ ।
शिक्षा मन्त्रालयले गैससंलाई तालिम वा अभिमुखीकरण कार्यक्रम, अवलोकन भ्रमण,गोष्ठी, राष्ट्रिय र अन्तर्राष्ट्रिय तालिम आदिमा सहभागी गराउनु पर्छ । साथै भविष्यमा शिक्षा सम्बन्धी कुनै पनि काम, नीति र निर्णयहरू गर्दा गैससंलाई सहभागी गराउन बिर्सनुहुँदैन । यसको साथसाथै शिक्षा मन्त्रालयले विद्यालय र गैससंको कामको निरन्तर अनुगमन गर्नु पर्छ । नरराम्रो काम गर्ने लाई दण्ड र रराम्रो काम गर्ने लाई पुरस्कार को व्यवस्था गर्न पनि शिक्षा मन्त्रालय पछाडि पर्नुहुन्न । शिक्षा मन्त्रालयले उपलब्धि देखाउन नसक्ने गैससंलाई तुरुन्त विद्यालय छोड्न लगाउन पनि सक्नुपर्छ र भविष्यमा त्यस्ता गैससंलाई कुनै पनि कार्यमा सहभागी गराउनु हुन्न । कार्यगत एकता वा एकरुपताको लागि विद्यालय विकास मा संलग्न गैससंको सञ्जाल बन्नु पर्ने पनि त्यतिकै आवश्यक देखि एको छ । यस्ता सञ्जाललाई सबैको लागि शिक्षामा लगानी गरिरहेका वा गर्न चाहने जुनसुकै दातृ संस्था सहयोग गर्न तयार हुनुपर्छ । गैससंहरूले यस्तो अवसरको फाइदा उठाउन सक्नुपर्छ ।
केही वर्षको विद्यालय र गैससंको सहकार्यको अभ्यास हेर्दा आशावादी हुने प्रशस्त ठाउँहरू देखापरेका छन् । गैससंहरूले आ—आफ्ना अनुभव र योग्यताको आधारमा विद्यालय सुधारको लागि विभिन्न कामहरू गरिरहेका छन् जस्तो स्वास्थ्य शिविर तथा औषधि वितरण, जुकाको औषधि वितरण, लेखा सम्बन्धी तालिम तथा जनशक्ति सहयोगको साथै बाल— केन्द्रित शिक्षण सिकाइ सम्बन्धी शिक्षक तालिम आदि सञ्चालन गरेका कुरा हरूलाई केही उदाहरणको रूपमा लिन सकिन्छ । यस बाहेक धेरै गैससंले दिइएको कार्य—विवरण (टर्मस् अफ रिफरेन्स) अनुसार नै कामहरू गरिरहेका छन् तर ती कामहरू सामुदायिक विद्यालय र विद्यालय रुपान्तरणको आधार विद्यालय— अवधारणाको आधारमा कति काम भइरहेको छ भन्ने कुरा चाहिँ खोजकै विषय हुन सक्छ । यसो हेर्दा करिब १०० गैससंहरू विगत तीन वर्ष देखि यस क्षेत्रमा संलग्न भइसकेकाले र सबैको लागि शिक्षाको सन्दर्भमा पनि औपचारिक शिक्षाको लागि गैससंको संलग्नता र यसले पारेको प्रभावलाई वैज्ञानिक ढङ्गले पत्ता लगाउन यस सम्बन्धी अनुसन्धान जतिसक्दो छिटो गर्न जरुरी देखिन्छ । यो किन पनि छिटो गरिनुपर्छ भने गैससंहरूले अझै धेरै वर्षसम्म शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका रहरिहनेछ । यदि तिनले अहिले गरेका कामहरूको उपलब्धि कम छ भने त्यसको कारण पत्ता लगाएर नीतिगत र व्यावहारिक दुवै क्षेत्रमा परिवर्तन गरी नयाँ ढङ्गलेगैससलाई परिचालित गरिनुपर्छ
(अधिकारी सामुदायिक विकास प्रवर्तन केन्द्रका अध्यक्ष हुनु हुन्छ ।)