भाषाहरूको आवाज

अल्पसङ्ख्यक भाषाहरूको विकास र संरक्षणको सवालमा छिमेकी मुलुकहरूको तुलनामा नेपाल अगाडि छ र भाषा सम्बन्धी गतिविधिहरू पनि आस जगाउने खालका छन् भन्ने लेखकको निष्कर्ष छ ।

डा. मार्क टुरिनले गएको दशकमा थामी भाषा र संस्कृतिलाई केन्द्र बनाएर नेपालका अन्य हिमाली जाति तथा भाषाको पर्याप्त अध्ययन गरेका छन् । उनको भर्खरै प्रकाशित पुस्तक यसै शृङ्खलाको अर्को उपलब्धि हो । उनले यसमा अध्ययन क्षेत्रलाई फरयाकिलो बनाएर बृहत् हिमाली क्षेत्र तथा जैविक र सांस्कृतिक विविधतासम्म पु¥याएका छन् । 

पुस्तक जम्मा तीन भागमा बाँडिएको छ । पहिलो भाग पृष्ठभूमि हो; जसमा चार वटा शीर्षक रहेका छन् । ‘भाषिक विविधताको ठूलो केन्द्रका रूपमा बृहत् हिमाली क्षेत्र’ शीर्षकमा पश्चिममा अफगानिस्तान देखि पूर्वमा म्यानमारसम्म ३,५०० किलोमिटर लम्बाइमा फैलिएको बृहत् हिमाली क्षेत्रलाई भाषिक विविधता र एसियाका अधिकांश लोपोन्मुख भाषाहरूको मुख्य क्षेत्रका रूपमा चिनाइएको छ । यो बृहत् हिमाली क्षेत्रलाई जैविक विविधताका विश्वका दश वटा ठूला क्षेत्रमध्ये एक मानिन्छ भने यहाँ विश्वका भाषाहरूमध्ये ६ भागको एक भाग भाषाहरू बोलिन्छन् । यसैले यो जैविक, भाषिक र सांस्कृतिक विविधताको केन्द्र हो भत्रे जानकारी दिइएको छ ।

नेपालको भाषिक सम्पदा शीर्षकमा नेपालका भाषाका बारेमा महत्वपूर्ण तथ्यहरू दिइएको छ । नेपालमा ‘एथ्नोलग’ अनुसार १२३ वटा र जनगणना २०५८ अनुसार ९२ वटा भाषा बोलिन्छन् । तिनमा भारोपेली परिवारका भारतीय– आर्य शाखाका, चीन–तिब्बती परिवारका भोट–बर्मेली शाखाका, आग्नेली परिवारका, द्रविड परिवारका र एकल भाषा कुसुन्डा समेत पर्छन् । यहाँ भारोपेली परिवारका भाषाका वक्ता करिब ८० प्रतिशत छन् भने ५७ वटा भोटबर्मेली भाषाहरू बोलिन्छन् । यिनमा लोपोन्मुख भाषाहरूको सङ्ख्या ठूलो छ ।

‘नेपालका लोपोन्मुख भाषाहरूको स्थिति’ शीर्षकमा कुसुन्डा र कोयुको उदाहरण प्रस्तुत गर्दै नेपालमा भाषा लोपका मुख्य तीन कारणहरू– परम्परागत बासस्थानकोरूपान्तरण, प्राकृतिक प्रकोप र नेपाली भाषाको प्रभाव ठम्याइएको छ । यी लोपोन्मुख भाषा संरक्षणको प्रयासलाई समुदायको साक्षरता र शिक्षासँग जोडेर तिनलाई आर्थिक तथा राजनीतिकरूपले आत्मनिर्भर बनाउने हो भने ती सफल हुने कुरा मा लेखक सहमत देखि एका छन् ।

‘हिमाली क्षेत्रमा भाषिक विविधताको संरक्षण र सम्बद्र्धन’ शीर्षकमा विश्वका चार प्रतिशत भाषा ९६ प्रतिशत मानिसले र बाँकी ९६ प्रतिशत भाषा चार प्रतिशत मानिसले बोल्ने तथा १५०० भन्दा बढी भाषाका वक्ताको सङ्ख्या १००० भन्दा कम रहेको रोचक तथ्य प्रस्तुत गरिएको छ । केही मानिसहरूको बहुभाषिकता अन्तर समुदाय सञ्चार तथा प्रगतिको बाधक हो भत्रे विचार पाइन्छ तर नेपालमा यस्तो स्थिति छैन । यहाँ त एउटा अल्पसङ्ख्यक भाषिक समुदायको मानिसले विभित्र सन्दर्भमा दैनिक काममा तीन वा चार भाषा सजिलै प्रयोग गर्ने स्थिति छ भत्रे कुरा उदाहरणसहित प्रस्तुत गरिएको छ ।

भाषा आफैँमा रोचक र महत्वपूर्ण कुरा भएको हुनाले लोपोन्मुख भाषाको संरक्षण, सम्बद्र्धन र अभिलेखन गर्नु आवश्यक छ । लेखकको विचार मा यसका मुख्य चार कारण छन्ः

१. एउटा भाषा लोप हुँदा त्योसँगै संस्कृति पनि लोप हुन्छ ।

२. एउटा भाषा लोप हुँदा सँगै संसारलाई हेर्ने एउटा दृष्टिकोण पनि लोप हुन्छ ।

३. एउटा भाषा लोप हुँदा सँगै त्यसमा रहेको परम्परागत ज्ञान र इतिहास पनि लोप हुन्छ ।

४. एउटा भाषा लोप हुँदा सँगै त्यसमा रहेको कृषि, वन, चिकित्सा र वातावरणीय ज्ञान पनि लोप हुन्छ ।

यस भागमा हिन्द–कुश पर्वतीय क्षेत्रका लोपोन्मुख अल्पसङ्ख्यक भाषाहरू, नेपालको जातीय वितरण, हिन्द– कुश पर्वतीय क्षेत्रका भारोपेली परिवारका लोपोन्मुख भाषा, हिन्द–कुश पर्वतीय क्षेत्रका चीन–तिब्बती परिवारका लोपोन्मुख भाषा, नेपालका भाषा, त्यही क्षेत्रका अति लोपोन्मुख अल्पसङ्ख्यक भाषाहरू र हिन्द–कुश पर्वतीय क्षेत्रको भाषिक र जैविक विविधता सम्बन्धी नक्साहरू राखिएका छन् ।

दोस्रो भागमा नेपालको जीव–सांस्कृतिक विविधताको सन्दर्भमा भाषाहरूको स्थितिबारे चर्चा गरिएको छ । यस भागमा जम्मा नौ वटा शीर्षकहरू रहेका छन् । ‘भाषिक तथा जैविक विविधताको सहअस्तित्व’ शीर्षकमा नेपालमा ५४०० प्रजातिका वनस्पति (विश्वका कुल प्रजातिको २.२ प्रतिशत) तथा ८५० प्रजातिका चरा (विश्वका कुल प्रजातिको ९.४ प्रतिशत) रहेको तथ्य प्रस्तुत गरेर भाषिक र जीव–सांस्कृतिक विविधताको सहअस्तित्व हुन्छ भत्रे देखाइएको छ ।

अर्को शीर्षकमा नेपालका विभित्र संविधानमा रहेका भाषा सम्बन्धी व्यवस्थाहरू प्रस्तुत गरिएको छ । संवैधानिक व्यवस्था भाषिक विकास का लागि प्रतिबद्धता हो कि प्रदान (अरूका लागि गरिदिएको) हो भत्रे बहस रोचक ढङ्गले उठाइएको छ ।

नेपालको संविधान २०४७ ले दिएको भाषिक अधिकारका आधारमा काठमाडौँ, राजविराज र जनकपुर नगरपालिका तथा धनुषा जिल्ला विकास समितिले दैनिक कामकाजमा नेपाल भाषा र मैथिलीको प्रयोग गरेकोमा सर्वोच्च अदालतले ती भाषाहरूको प्रयोगमा रोक ल गाएपछि कसरी त्यसको विरोधमा अल्पसङ्ख्यक भाषिक समुदाय आन्दोलित भयो भत्रे सन्दर्भ भाषा र कानून शीर्षकमा आएको छ ।

भाषा र जनगणना शीर्षकमा यहाँको भौगोलिक बनोट, यातायात, दक्ष जनशक्ति तथा नेपालका भाषा र जाति सम्बन्धी प्रश्नावली आदि कारणहरूले जनगणनापिच्छे फरक– फरक तथ्याङ्क आएको वास्तविकता औँल्याइएको छ । जनगणनाको लागि प्रश्नावली तयार गर्ने बेलामा नै कस्तो सूचना प्राप्त गर्न खोजिएको हो स्पष्ट हुनुपर्ने हुनाले तथ्याङ्क विभागले प्रश्नावलीको निर्माणमै बहुभाषिकता, द्विभाषिकता आदि विषयमा विशेष ध्यान दिनु पर्नेमा जोड दिइएको छ । यसै गरी सञ्चारमाध्यममा अल्पसङ्ख्यक भाषाहरूको प्रयोग, लैङ्गिक समान ता र भाषिक सन्दर्भ आदिका साथै विगतको माओवादी द्वन्द्व तथा विभित्र अल्पसङ्ख्यक भाषिक समुदायको संस्कृत विरोधी अभियानको उदाहरण प्रस्तुत गर्दै नेपालमा भाषा सम्बन्धी द्वन्द्वको प्रसङ्ग उठाइएको छ ।

यसै गरी नेपालको जाति–भाषा सम्बन्धको जटिल अन्तरसम्बन्धलाई राई समूहका भाषाहरू र नेपाल भाषाको उदाहरणबाट प्रस्ट पारिएको छ । अन्तिम वा तेस्रो भागमा नेपालका छिमेकी हिमाली मुलुकहरूको भाषिक नीतिको चर्चा गर्दै नेपाल अल्पसङ्ख्यक भाषाहरूको विकास का सन्दर्भमा छिमेकी मुलुकहरूको तुलनामा अगाडि छ भत्रे निष्कर्ष प्रस्तुत गरिएको छ । यसै गरी नेपालमा अहिले समुदाय, सरकार तथा अन्तर्राष्ट्रिय समुदायको सक्रियतामा भइरहेका भाषा सम्बन्धी गतिविधिहरूबाट लेखक आशावादी देखि एका छन् ।

यस पुस्तकमा जम्मा ४१ पृष्ठ छन् । त्यसमा पनि १२ वटा पूरा पृष्ठ ढाक्ने नक्साहरू छन् र अरू थुप्रै फोटो र चित्रहरू छन् । त्यसैले पुस्तकमा पढ्न मिल्ने कुरा थोरै छ तर नक्सा, फोटो र चित्रहरू सान्दर्भिक र जानकारीमूलक छन् । आकारको तुलनामा पुस्तकमा धेरै सूचना उपलब्ध छ । पुस्तकमा अगाडि सार तथा अन्त्यमा सन्दर्भ सामग्रीको सूची प्रस्तुत गरिएको छ । यसरी सानो पुस्तकमा पनि नेपालको भाषा र संस्कृति सम्बन्धी धेरै महत्वपूर्ण सूचनाहरू छन्, सान्दर्भिक नक्सा, फोटो र चित्रहरू अटाइएको छ । पुस्तक पठनीय छ । 

२०६५ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial