यसरी हुर्काऔं केटाकेटी !

सानो गल्तीमा पनि बालबालिकालाई गाली गरिरहे उनीहरू आफ्नो कुरा आमाबुबासँग राख्न सक्दैनन् । त्यसैले तिनका कुरा नरिसाइकन सुन्नुपर्छ । उनीहरूलाई अनुशासनमा राख्नुपर्छ, तर्साउनुहुँदैन । 

आत्मनिर्भर बनाऔं
बालबालिकालाई सानै देखि आमाबुबाले घरको काममा सहयोग गर्न, खाना पकाउन, लुुगा धुुन सिकाउनु जरूरी छ । यसले गर्दा उनीहरू आत्मनिर्भर हुन सिक्छन् र शारीरिक रूपमा पनि सक्रिय हुन्छन् । यसबाट काम वा अध्ययनका सिलसिलामा पछि घरबाहिर वा विदेश जाँदा उनीहरूलाई नै सजिलो हुन्छ । घरबाट टाढा बस्दा केही पकाउन जानिएन भने बाहिरको ‘पत्रुखाना’ खानुुपर्छ र यसले स्वास्थ्यमा नरराम्रो असर पर्छ ।

त्यस्तै ६–७ वर्षका बालबालिकालाई चाहिनेभन्दा बढी माया गरेर बाहिर खेल्न जान नदिने, लड्छ भनेर कतै नछोड्ने, २४सै घण्टा आफैंसँग च्यापेर राख्ने गर्नाले उनीहरूको व्यक्तित्व विकास हुन पाउँदैन । यसको अर्थ उनीहरूको सुरक्षाको ख्याल न गर्नु भन्ने होइन । आफ्ना साथीहरूसँग खेल्दा, झ्गडा गर्दा, झ्गडा गरेर फेरि मिल्दा उनीहरूको सामाजिकीकरण बढ्न जान्छ । तर, आमाबुुबासँग मात्रै टाँसिएर हुर्किएका बालबालिका स्कूूल वा कतै बाहिर जाँदा केही समस्या परयो भने सहजै व्यक्त गर्न सक्दैनन् । समाधानका लागि पहल गर्न सक्दैनन् । पछि कलेज पुग्दा समेत कुुनै सानो समस्या परयो, कसैसँग वादविवाद भयो भने पनि आफंैले निर्णय लिन सक्दैनन्, कमजोर बन्छन् ।

रुचिको कदरगरौं
आजकल दुई–तीन वर्षकै उमेरमा स्कूूलमा राखिदिने चलन छ । यदि घरमा बाजेबज्यै भए भने चार–पाँच वर्षसम्म घरमै राख्नु उपयुक्त हुन्छ । तर अहिलेको जमानामा शायद यो सम्भव छैन । घरमा तीन–चार वर्षसम्म बसेर बाजेबज्यैको माया, स्नेह र कथा सुुनेर हुुर्किएका बालबालिकाको सामाजिक सम्बन्ध धेरै रराम्रो हुुन्छ ।

स्कूल पठाएको केही महीनापछि नै आफ्ना सन्तानले अंग्रेजीको अक्षर चिनिहालोस्,गीत–कविता कण्ठ पारिहालोस् भन्ने धेरै आमाबुबाको चाहना हुन्छ । साना बालबालिकालाई धेरै गृह कार्य दिए रराम्रो हुन्छ भन्ने कतिपयको बुझइ हुन्छ । तर बच्चालाई उमेर नपुगी जबरजस्ती गरयो भने यसले बालबालिकाको विकास मा अवरोध नै पैदा गर्छ । उनीहरूले त विस्तारै सिक्दै जान्छन् । आफ्ना छोराछोरीलाई अरूका छोराछोरीसँग तुलना गरेर ‘फलानो त यस्तो रराम्रो पढ्छ, यस्तो स्मार्ट छ, यस्तो रराम्रो नम्बर ल्याउँछ, तेरो त खोई बुद्घि नै छैन’ भन्ने जस्ता शब्दहरू उनीहरूको व्यक्तित्व विकास को लागि असाध्यै घातक हुन् । आफ्नै छोराछोरीबीच पनि तुलना गर्नु हुँदैन । हरेक बच्चाको आफ्नै विशेषता हुन्छ । रुचि हुन्छ ।

रराम्रो नम्बर ल्याउन् भनेर दिन–रात पढ्न मात्र लगाउने गर्दा बच्चाको व्यक्तित्वमा कतै बाधा पुगिरहेको त छैन भन्ने विचार गर्नैपर्छ । सधैं ‘पढिराख’ भनेर झ्पार्दा प्रायः आमाबुवाले आफूूले आफ्नो बाल्यकालमा केगर्थें भन्ने कुुरा बिर्सिन्छन् । छोराछोरीलाई गाली गरिरहँदा उनीहरू विस्तारै टाढा हुँदै जान्छन् । कति मातापिता आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् तर छोराछोरीको चाहना र योग्यता के छ भनेर बुुझन नसक्दा कहिलेकाहीं दुर्घटना पनि हुन्छन् ।
मेरा एक जना परिचित डाक्टर आफ्नो छोरालाई जसरी भए पनि डाक्टर बनाउन चाहन्थे । तर छोरालाई चाहिं पत्रकार बन्ने मन थियो । साहित्य र भाषा सिक्नमा रुचि थियो । उसको भाषा पनि रराम्रो थियो । कविता र कथा लेख्न सोख पनि थियो । ‘म डाक्टर बन्न चाहान्नँ’ भन्दाभन्दै, उसलाई कक्षा–१२ पछि जबरजस्ती उसको बुबाले जाँच दिन लगाए, डाक्टरी पढ्न लगाए । पढ्न नसकेर छोरा सबै विषयमा फेल भएपछि बाबुले बेस्सरीगाली गरे । त्यसको केही दिनपछि छोराले झुुण्डिएर आत्महत्या गरे । त्यो घटनाले आमा विक्षिप्त भइन् । बाबु शहरै छोडेर अर्को ठाउँमा गए ।

डाक्टर, इन्जिनियर हुँदैमा सफल भइन्छ भन्ने विचार अब त्याग्नुुपर्छ । सबै जनालाई उच्च शिक्षा हासिल गर्न मन पनि हुँदैन, सामथ्र्य पनि हुँदैन । तर उनीहरूले जीवनमा अन्य काम सफलतापूूर्वक गर्न सक्छन् । उनीहरूको रुचि र योग्यता अनुसार अघि बढ्न प्रेरणा दिए उनीहरू स्वावलम्बी हुन्छन् । कक्षा–१२ पास गरे पछि कैलालीमा २२ वर्षकीगीताले केही साथीहरूसँग मिलेर कपडा सिलाइ व्यवसाय शुरू गरिन् । महीनामा रु.४० हजार कमाउँछिन् । उनी भन्छिन्, “मलाई सानै देखि खाना पकाउन र लुुगा सिउन मन लाग्थ्यो । मेरी आमा म कलेज पढेर शिक्षक होओस् भन्ने चाहना राख्नुहुुन्थ्यो । तर मैले आफ्नो इच्छा बताएपछि उहाँले दुुः खी मनले ‘हुुन्छ त, सिलाई सिक’ भन्नुभएको थियो ।” उनलाई मेशिन किन्न पनि आमाले मद्दत गरिन् ।गीता भन्छिन्, “सिलाई पसल खोलेर पैसा कमाएपछि उहाँ खुुशी हुनुहुन्छ । मेरो निर्णय ठीक रहेछ भन्नुहुुन्छ ।”

सरसफाइ
बालबालिकाको सरसफाइका लागि आजकल अनेकथरीका विज्ञापनको कारणले गर्दा महँगो स्याम्पो वा साबुन किन्ने चलन छ । तर मैले मेरा छोरीहरूको लागि पनि कुुनै ‘बाल साबुन’ किनिनँ । तर पनि उनीहरू स्वस्थ भएर नै हुुर्के ।

बालबालिकालाई नुुहाउँदा कुनै महँगो साबुन प्रयोग गर्नु पर्दैन । ठूूला व्यक्तिहरूले प्रयोग गर्ने साबुन नै लगाइदिए हुुन्छ । गाउँघरमा एउटा रराम्रो चलन छ । नुुहाउनुुभन्दा अघि तोरीको तेलले शरीर मालिस गरिदिने, त्यो पनि घाममा राखेर । यसो गर्दा भिटामिन ‘डी’ प्राप्त हुन्छ । तर घाममा राखे कालो भइन्छ भन्ने डरले मातापिताले आजकल बच्चालाई घाममा खेल्नबाट रोक्छन्, घाममा बसेर तेल लगाइदिंदैनन् । यसले गर्दा भिटामिन ‘डी’ को कमी हुन्छ । कति आधुनिक मातापिताले त मालिस गर्दा तोरीको तेल प्रयोग गर्नु हुँदैन, बाहिरको विदेशी बास्नादार तेल प्रयोग गर्नु पर्छ भन्नेगलत विचार राख्छन् । शुद्ध तोरी, नरिवल, तिल आदिको तेलले बालबालिकाको छालाको मसाज गर्नु रराम्रो हुन्छ भन्ने कुरा हजारौं वर्ष देखि चलिआएको व्यवहारले देखाइसकेको छ ।

त्यस्तै आजकल बालबालिकालाई ‘डाइपर’ लगाइदिने चलन बढ्दो छ । २४सै घण्टा ‘डाइपर’ प्रयोग गर्दा शिशुको कोमल छाला चिलाउँछ, घाउ आउँछ । त्यसैले सुतेको बेलामा डाइपर फुकालिदिएर पानीले सफा गरी त्यस ठाउँमा तोरी वा नरिवलको तेल लगाइदिए बेस हुन्छ । सकिन्छ भने बाहिर जाने बेला बाहेक ‘डाइपर’ को प्रयोग न गरे कै बेस । मेरा छोरीहरू ‘डाइपर’ विना नै हुुर्के । सानै देखि दिसा–पिसाब लाग्यो भने भन्न सिकाउन सकिन्छ वा समय समयमा आफैंले शौचालयमा लगेर पिसाब गराउनु ुपर्छ । दिसा–पिसाब गरे पछि हात धुन सिकाउनु पर्छ । भित्री बस्त्र त शिशु देखि किशोरकिशोरीलाई पनि सूतीकै प्रयोग गर्नु पर्छ । कति मातापिताले महँगो लुुगा वा भित्री बस्त्र बालबालिकाको लागि रराम्रो हुुन्छ भन्ने ठान्छन् । सूती लुुगाले पसिना पनि रराम्रोसँग सोस्छ । यसले गर्दा चिलाउने पनि हुँदैन ।

कुरा गरौं र सुनौं
अहिले १०–११ वर्षका बच्चा देखि युवायुवतीसम्म तनावको कारणले मान सिक अवस्था विचलित भएका घटना पनि देखि एका छन् । बालबालिका र किशोरकिशोरीले पनि आत्महत्या गरेका घटना सुनिन्छन् । यस्तो अवस्थाबाट बच्न बालबालिकासँग कुरा कानी गर्ने , उनीहरूको समस्या केही छ भने भन्न प्रेरित गर्नु पर्छ; सुन्नुपर्छ । “कतिपय आमाबुबाले मैले रराम्रो स्कूलमा पढाएको छुु, भिडियोगेम किनिदिएको छुु, त्यति भए त अरू के चाहिन्छ र” भन्ने सोच्छन् । तर आमाबुुबाको सामीप्यता, माया, स्नेह, कुरा कानी सबै बालबालिकाको लागि महत्वपूर्ण  हुन्छ । यसले गर्दा छोराछोरी कतै समस्यामा परे,गलत बाटोमा लागे भने समयमा नै थाहा पाइन्छ । 

मेरो गाउँका एक परिचितले छोरालाई कक्षा–१२ पढ्न काठमाडौंमा राखेका थिए । मोटरसाइकल पनि किनिदिएका थिए । छोराले किताब किन्न पैसा चाहियो भनेर खबर गर्दा जति पनि पठाइदिन्थे । ‘छोराले राम्ररी पढिरहेछ’ भन्ने उनीलाई लागेको थियो । एकदिन छोराले रक्सी खाई मोटरसाइकल चलाएर दुर्घटना भएको खबर सुुनेपछि पो उनी झ्सङ्ग भए । समय–समयमा छोरासँग भेटेर उसको जीवन कसरी चलिरहेछ, पढाइ कस्तो हुँदैछ भनेर बुझेको भए शायद यस्तो समस्या हुुँदैनथ्यो ।
त्यस्तै अहिले छोराछोरीलाई अत्याधुुनिक खालको ‘मोबाइल’, ‘स्मार्ट फोन’ उपहार दिने चलन छ । तर यसको प्रयोग छोराछोरीले कसरी गरिरहेका छन् भनेर नहेर्ने हो भने पछि समस्या पर्न सक्छ । किशोरकिशोरीमा शारीरिक र मान सिक रूपमा छिटोछिटो परिवर्तन भइरहेको हुन्छ । यस्तो बेलामा उनीहरूको मनको कुरा धैर्यसँग सुुनिदिने, सल्लाह दिने घरका मातापिता, फुुपू, दिदी, दाजु नै हुन सक्छन् । उनीहरू घरको मानिससँग कुरा गर्न पाएनन् भने बाहिरका मानिससँग कुरा गर्दा समस्यामा पर्न सक्छन् ।

निर्मला नामकी काठमाडौंकी १६ वर्षीया किशोरीलाई , कक्षा–१० पास गरे पछि बुवाले ‘स्मार्ट फोन’ किनिदिए । उनी फेसबूकमा भुुल्न थालिन् । फेसबूकबाट नै उनको २५ वर्षीय युवकसँग परिचय भयो । उनीहरू कुरा कानी गर्न थाले । निर्मलाका आमाबुबालाई यो बारेमा केही ज्ञान थिएन । निर्मलाको त्यो युुवकसँग प्रेम परयो । उनी विवाह गर्न भागेरगइन् । धन्य केही घण्टापछि नै घरबाट भागेको भन्ने थाहा पाएपछि वीरगञ्जमा प्रहरीले फेला पारयो । भारतमा चौकीदारी गर्ने युुवकले आफूलाई लगेर बेचिदिन पनि सक्थ्यो भन्ने थाहा पाएपछि पो निर्मला झसङ्ग भएकी थिइन् ।

बालबालिकालाई सानै देखि बाहिरको व्यक्तिले उनीहरूको शरीरको कुनै भाग छोयो, मुुसारयो र म्वाईं खायो भने यस्ता कुरा मातापितालाई भनी हाल्नुुपर्छ भनेर सिकाउनु ुपर्छ । घर बाहिरका छिमेकी, घरमा आएका काम गर्ने मानिसको भरमा साना बालबालिकालाई छोड्दा यौनशोषण हुने सम्भावना हुन्छ ।
त्यसै गरी १२–१३ वर्षका बालबालिकालाई पनि ‘मलाई यसरी छोएको मन पर्दैन’ भनेर प्रतिकार गर्न सिकाउनु पर्छ । किनभने यसो न गर्दा घरपरिवार भित्रबाट नै यौनशोषणका घटना पनि हुनसक्छन् । बालिका मात्र होइन बालक माथि पनि यौन शोषणका घटना हुनसक्छन् । सानै देखि बालबालिकालाई आफूलाई समस्या परयो भने फरक मानिसलाई भन्नुपर्छ भनेर सिकाउनु पर्छ ।

स्कूलमा शिक्षकले वा आफूभन्दा ठूूला केटाहरूले पनि यस्तो गर्न सक्छन् । त्यसैले कसैले यस्तो गरिहालेमा तुरुन्तै आएर घरका ठूूला मान्छेलाई भनिहाल्नुुपर्छ भन्ने कुरा सिकाउनु पर्छ । प्रायः यस्तो कुरा भन्यो भने कसैले मलाई गाली गर्छ कि भन्ने डरले प्रायः यस्तो कुुरा लुुकाउँछन् र पछि समस्या पर्न सक्छ । सानो गल्तीमा पनि बालबालिकालाई गाली गरिरहे उनीहरू आफ्नो कुरा आमाबुबासँग राख्न सक्दैनन् । त्यसैले बालबालिकाका कुरा नरिसाइकन सुन्नुपर्छ । बालबालिकालाई अनुशासनमा राख्नुपर्छ, तर्साउनुहुँदैन । यसको लागि मातापिता आफैं पनि अनुशासनमा बस्नुपर्छ । 
२०७६ असोज अंकमा प्रकाशित । 

commercial commercial commercial commercial