पुस्तक र पाठ्यपुस्तक

सामान्य पुस्तक भन्दा पाठ्यपुस्तक भिन्न हुन्छन्। पाठ्यपुस्तकमा अन्य पुस्तकमा जस्तो जानकारी या साहित्य होइन, ‘पाठ’ हुन्छन्। स्कूलको सन्दर्भमा ‘पाठ’ को अर्थ हुन्छ ‘सिकाइ’; जुन कहिलेकाहीं ‘शिक्षा’ को पर्यायवाचीका रूपमा पनि प्रयोग गरिन्छ। ‘पाठ’ लाई अंग्रेजीमा ‘लेसन’ शब्द प्रयोग हुन्छ। ‘पाठ’ को अवधारणाले बालबालिकालाई स्वयं अनुभव गर्ने अनुमति दिंदैन; यसले तिनका सोचाइ र अनुभवलाई पनि पूर्वनिर्धारित मान्यता (साँचो) मा ढालिदिन्छ।
– प्रा. कृष्ण कुमार

पाठ्यपुस्तकलाई नै शिक्षणको माध्यम मान्ने हो भने शिक्षकका वचनको शायद नै कुनै मूल्य रहला । जुन शिक्षकले पाठ्यपुस्तकमा सीमित रहेर सिकाउँछन्, तिनले आफ्ना विद्यार्थीलाई स्वतन्त्र र मौलिक विचार गर्ने शक्ति दिंदैनन् । यस्तो पद्धतिमा शिक्षक स्वयं पाठ्यपुस्तकका गुलाम बन्न पुग्छन् र उनले आफ्नो स्वतन्त्र तेज वा प्रतिभा प्रदर्शन गर्ने अवसर गुमाउँछन् । यसबाट, एउटा कुरा स्पष्ट हुन्छ– पाठ्यपुस्तक जति कम हुन्छन्; शिक्षक र विद्यार्थीलाई त्यति नै बढी लाभ हुन्छ 
– महात्मा गान्धी
(‘राज, समाज और शिक्षा’ बाट)

commercial commercial commercial commercial