सिकाइलाई कक्षा-कोठाबाट बाहिर निकाल्ने कि !

हाम्रो विद्यालय-शिक्षाका पाठ्यक्रमहरू क्रमशः परिवर्तन र प्रवद्र्धन हुँदै आएका छन्। उदाहरणको लागि पहिले भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान, भूगर्भ तथा खगोल जस्ता विषय मात्रै समेट्ने विज्ञान विषयको पाठ्यक्रममा २०७८ सालपछि वातावरण र दिगो विकासका आयामहरू पनि समेटिएका छन्। विश्व जगतमा वातावरणीय समस्याहरू थपिंदै गरेको र त्यसको प्रत्यक्ष असर आम रूपमा पर्ने गरेको सन्दर्भमा पाठ्यक्रममा गरिएको पछिल्लो सुधार सकारात्मक छ। तर विद्यालय तहमा हुने सिकाइलाई विद्यार्थीको वरपरको वातावरणसँग जोड्न नसक्ने हो भने पाठ्यक्रममा गरिएको यस्तो परिवर्तन मात्र निरर्थक सावित पनि हुन सक्छ।

पाठ्यक्रममा के समेट्ने ?
विश्वव्यापीकरणको आजको युगमा हाम्रो विद्यालय तहको पाठ्यक्रममा स्थानीय कुराहरू मात्र राख्ने कि विश्वव्यापी कुराहरू पनि समेट्ने भन्ने कुरामा बहस हुन सक्छ। तर अहिलेलाई विद्यालय तहको पढाइमा स्थानीय पक्षलाई प्राथमिकतामा राखेर समेट्नुपर्छ र क्रमिक रूपमा ज्ञानको परिधि र क्षेत्र विस्तार गर्दै लैजानुपर्दछ । यो आलेख यही दृष्टिकोणको सेरोफेरोमा रहनेछ।

के अहिले हाम्रो पाठ्यक्रमले वा पाठ्यपुस्तकले स्थानीय पक्षलाई पर्याप्त मात्रामा समेटेको छ त ? पक्कै छैन। उदाहरणका लागि, विद्यालय तहमा पढ्ने हाम्रा विद्यार्थीले प्राथमिक तहमा नै अफ्रिका तथा भारतका केही क्षेत्रमा मात्र पाइने सिंहका बारेमा जानकारी पाउँछन्। सिंहको बारेमा कक्षा-१ को ःभचय भ्लनष्किज मा नै उल्लेख गरिएको छ, जबकि सिंह नेपालमा पाइँदैन। नेपालमा पाइने बाघको बारेमा पनि पाठ्यपुस्तकमा उल्लेख भएको छ। तर, बिरालो प्रजातिमा पर्ने बाघ बाहेक त्यसका अरू प्रजातिहरू बारे पाठ्यपुस्तकमा खासै उल्लेख पाइँदैन। जबकि नेपालमा बिरालो प्रजातिका १२ वटा प्रजातिका जीवहरू अभिलेख गरिएको छ । तीमध्ये बाघ एउटा हो । नेपालमा पाइने चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, मलाहा बिरालो, चरी बाघ, वनबिरालो आदि प्रजातिका बारेमा कति विद्यार्थीले जानकारी पाएका होलान् ? पाठ्यपुस्तकमा सबै विषय समेट्न सम्भव हुन्न तर सिकाइको दायरा पाठ्यपुस्तकबाट बाहिर लैजान सक्ने हो भने, सिकाइलाई व्यापक बनाउन तथा हाम्रा विद्यार्थीलाई उनीहरूको समाज र वातावरणसँग जोड्न सकिन्छ।

सिकाइ र परिवेश 
विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मको अध्ययन तथा २०६५ सालमा तनहुँको विद्यालय र त्यसपछि विभिन्न शैक्षिक संस्थामा विज्ञान शिक्षकको रूपमा अध्यापन गर्दा संकलन गरेको अनुभवको आधारमा मैले हाम्रो अध्ययन–अध्यापनमा एउटा गम्भीर समस्या देखेको छु । त्यो समस्या हो- सिक्ने-सिकाउने कुरामा स्थानीय परिवेशसँग जोड्न नसक्नु । विगतका विभिन्न कालखण्डमा धेरै विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदा मैले पनि पाठ्यक्रमलाई बाहिर जोड्न नसकेको कुरा अहिले आत्मबोध गर्दछु । अहिले पनि धेरै विज्ञान शिक्षकलाई शिक्षण–सिकाइका क्रममा बाहिर वातावरणसँग जोड्न सजिलो भएको छैन । उदाहरणका लागि, तपाईं नेपालको कुनै पनि माध्यमिक विद्यालय (९–१२) को कक्षाकोठामा गएर विद्यार्थीलाई भ्यागुताको वैज्ञानिक नाम के हो ? भनेर सोध्नुभयो भने– च्बलब तष्नचष्लब र द्यगाय दगाय (खस्रे भ्यागुतो) भन्ने उत्तर आउँछ । विद्यालय तहमा मैले पनि यही पढेको थिएँ भने पढाउने बेला पनि मैले यही नै भनेर पढाएँ । पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबपेजमा राखेको २०७९ मा प्रकाशित कक्षा–९ को पाठ्यक्रममा कुल ११ प्रजातिका वैज्ञानिक नामको सूचीमा भ्यागुताका प्रजातिहरूको नाम उल्लेख छैन । तर निजी प्रकाशन गृहका कतिपय पाठ्यपुस्तकमा अहिले पनि सोही नाम लेखिएको छ (हे. चित्र) र सोही कुरा पढाइ भइरहेको छ । तर त्यो गलत हो भन्ने कति विज्ञान शिक्षकलाई थाहा होला ? 

विश्वभरका उभयचर प्रजातिहरूको अभिलेख राख्ने अम्फिबिया वेब ९जततउकस्ररबmउजष्दष्बधभद।यचनर० का अनुसार विश्वभर उभयचर प्रजातिको कुल संख्या ८ हजार ८०६ अभिलेख गरिएको छ, जसमध्ये ७ हजार ७५७ भ्यागुताका प्रजाति छन् । यो तथ्यांक २०२४ को डिसेम्बर ७ सम्मको हो । यसमा भ्यागुता र खस्रे भ्यागुता भनेर वर्गीकरण गरिएको छैन । यी ७ हजार ७५७ वटा प्रजातिको एउटा वा दुई वटा मात्रै वैज्ञानिक नाम हुने कुरा त भएन ! पछिल्लो समय खोज तथा अनुसन्धानका कार्य बढ्दै जाँदा उभयचरका नयाँ–नयाँ प्रजातिहरू पत्ता लाग्ने क्रम बढेको छ । २००७ पछिका प्रत्येक वर्ष विश्वभरिबाट १०० भन्दा माथि नयाँ प्रजातिका उभयचरहरू थपिंदै आएका छन् । सन् २०२४ मा पनि हालसम्म ७९ प्रजाति थपिएका छन् ।

नेपालमा पनि पछिल्लो समय उभयचरहरूको अनुसन्धान बढ्दै गइरहेको छ र नयाँ प्रजातिहरू थपिने क्रममा छन् । अम्फिबिया वेबका अनुसार हालसम्म नेपालमा ५७ प्रजातिका भ्यागुताहरू अभिलेख गरिएको छ भने जम्मा ६० प्रजातिका उभयचर रहेको उल्लेख छ । अनुसन्धानहरूमा आएको बढोत्तरीसँगै नेपालका विभिन्न स्थानहरूबाट सन् २०१७ मा ःष्अचयजथबि तबचबष्भलकष्क, सन् २०१९ मा सिकुटाइगर घुन्सा ९क्अगतष्नभच नजगलकब०, सन् २०२० मा ब्mययिउक mबजबदजबचबतभलकष्क प्रजातिका भ्यागुताहरू विश्वका लागि नै नयाँ प्रजातिको रूपमा अभिलेख गरिएको थियो । त्यो क्रम भविष्यमा पनि बढ्न सक्ने देखिन्छ ।


आम अभिभावकहरूको गुनासो हुन्छ, ‘हाम्रा छोरा छोरीहरू मोबाइलमा मात्रै व्यस्त रहन्छन्’ भनेर । यसरी आफ्नो वरपर भएका विविधता खोज्ने कार्यमा विद्यार्थीलाई प्रेरित गर्ने हो भने मोबाइल फोनको प्रयोगलाई सिकाइसँग जोड्न सकिन्छ।

विद्यार्थीलाई विद्यालय क्षेत्र वा उनीहरूको घर वरपर पाइने भ्यागुता मात्रै खोज्न लगाउने हो भने तिनले नेपालका धेरै क्षेत्रमा ५÷७ प्रजातिका भ्यागुता भेट्ने छन् । म सहित संलग्न भएर सन् २०१८ मा गरेको एक अध्ययनबाट काठमाडौं उपत्यकामा १० प्रजातिका भ्यागुता अभिलेख गरिएका थिए, जुन विवरण सन् २०२० को डिसेम्बरको ग्लोबल इकोलोजी एण्ड कन्जर्भेसन जर्नल मा प्रकाशित भएको छ । नेपालका अन्य ठाउँहरूमा पनि स्थान हेरी थुप्रै भ्यागुताका प्रजाति अभिलेख गर्न सकिन्छ । सरीसृप, पुतली, चराहरूको सन्दर्भमा पनि यहाँको थोरै क्षेत्रफलमा धेरै विविधता पाउन सकिन्छ । शिक्षकको सानो पहलले विद्यार्थीमा कौतूहल जन्माउन सक्छ र अहिलेका विद्यार्थी भोलि जैविक विविधताको क्षेत्रका अनुसन्धानकर्ता बन्न सक्छन् । सिक्ने उमेरका विद्यार्थीलाई प्रकृतिसँग जोड्नु- त्यो लक्ष्यका लागि पहिलो खुड्किलो हो । 

प्रकृतिसँग कसरी जोड्ने ?
विद्यालय तहमा हुने अध्ययन अध्यापनलाई प्रकृतिसँग जोड्ने कामका लागि विभिन्न मोडालिटी हुन सक्छन् । विद्यार्थी अनुसार उनीहरूको रुचि फरक–फरक हुन सक्छ । कसैलाई उभयचर र सरीसृप, कसैलाई स्तनधारी जनावर त कसैलाई चराचुरुङ्गीमा रुचि हुन सक्छ । कसैलाई पुतली र मौरी वा कसैलाई वनस्पति मन पर्न सक्छन् । रुचि अनुसार फरक–फरक आयामहरू खोज्न लगाउन सकिन्छ । नेपालमा अहिले विभिन्न नागरिक–वैज्ञानिक अभियानहरू चलिरहेका छन्, जस्तै नेपाल पक्षी संरक्षण संघले छिमेकी चरा भनेर अभियान शुरू गरेको छ, जसमा दिइएको ठाउँ र समयमा कुन–कुन चरा देखिए भनेर तथ्यांक प्रविष्ट गर्न सकिन्छ । वातावरण अध्ययन तथा संरक्षण केन्द्रले भ्यागुता अध्ययन गर्ने भनी क्रोकिंग मनसुन अभियान शुरू गरेको छ । 

यस्ता थुप्रै राष्ट्रिय स्तरका कार्यक्रमसँगै विश्वव्यापी अभियानहरू पनि छन्, जस्तै— सबै किसिमका जैविक विविधताहरूबारे तथ्यांक योगदान गर्न सकिने आई नेचुरलिस्ट ९ष्ल्बतगचबष्कित० वा चराहरूको तथ्यांकका लागि परिचित ई बर्ड ९भदष्चम० जस्ता प्रणालीहरू छन् । ष्ल्बतगचबष्कित मा राखिएका प्रजातिहरू चिन्न सकिएन भने पनि त्यहाँ भएका तस्वीरका आधारमा अन्य अनुभवी व्यक्तिहरूले त्यो प्रजाति चिन्न सहयोग पु¥याउने गर्दछन् । यस्ता नागरिक–वैज्ञानिक अभियान मार्फत नयाँ प्रजातिहरू पहिचान भएका, प्रजाति बारे जानकारीहरू हासिल गर्न सहयोग पुगेका तथा प्रजाति संरक्षण गर्न मद्दत पुगेका अनेकौं उदाहरण भेट्न सकिन्छ । नेपालका एक नागरिक–वैज्ञानिक सरोजकुमार कसजुले नगरकोट क्षेत्रबाट विश्वकै लागि नौलो बिरुवा खोज्ने कार्यमा योगदान गरेका थिए । सो बिरुवाको नाम पछि उनकै नाउँबाट थुनबेर्जिया कसुजना ९त्जगलदभचनष्ब पबकबवगबलब० भनी रहन गएको छ ।

हाम्रा विद्यार्थीले प्राथमिक तहमा नै अफ्रिका तथा भारतमा मात्र पाइने सिंहका बारेमा जानकारी पाउँछन्। जबकि, नेपालमा पाइने बिरालो प्रजातिको बाघ बाहेक चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, मलाहा बिरालो, चरी बाघ आदि १२ थरीका जीवका बारेमा खासै जानकारी दिइँदैन।

धेरै शिक्षकले अहिले पनि प्रयोगात्मक कार्यहरूलाई जोड दिंदै, सिकाइलाई बाहिरी वातावरण र परिवेशसँग जोड्नुभएको छ । सिकाइलाई कक्षाकोठामा सीमित गरिरहनुभएका बाँकी शिक्षकहरूले पनि सिकाइको दायरा परिवर्तन गर्ने हो भने प्रभावकारी सिकाइ र सिकाउने कार्य एकसाथ अगाडि बढाउन सकिन्छ ।

 

(उप-प्राध्यापक, वातावरण विज्ञान, पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि ।)

शिक्षक  मासिक, २०८१ पुस अंकमा प्रकाशित।  

commercial commercial commercial commercial