बच्चा !
त्यता नजाऊ !
बच्चा त्यतै जान्छ ।
त्यो फूल नचुँड !
बच्चा फूल चुँडेरै छोड्छ ।
त्यो किताब नछोऊ !
बच्चा त्यो किताब जसरी पनि छुन्छ ।
त्यता नहेर !
बच्चा बारम्बार त्यतै हेर्छ ।
बच्चा, आफ्नो सहज खुल्दुली मेट्न
प्रत्येक पटक आदेश र नियम तोड्छ
र, जोखिम मोलेर
आफ्ना लागि केही सन्तुष्टि आर्जन गर्छ,
अलिकति खुशी थप्छ ।
– बलदेव वंशी
(शिक्षक मासिक, चैत २०७२ बाट ।)