म पेशाले एक सरकारी शिक्षक

''मिस चाहिं कुन पार्टीको ??''
नियुक्ति लिएर गयो त्यही प्रश्न,
सरुवा भएर जान खोज्यो त्यही प्रश्न,
पदस्थापनाको कुरा आयो त्यही प्रश्न।
''अरे यार ! थोडी राजनीति गर्न आएको हो र ??
एउटा शिक्षकलाई बरू उसको योग्यता सोध्नुस् ।
शिक्षण अनुभव सोध्नुस्।
योजना सोध्नुस् न !''
रातो गल्बन्दी लगाउँदा वैद्य बाको समर्थक भन्ने !
संघको कार्यक्रममा नजाँदा संगठनको रहेछ भन्ने !
संगठनको कार्यक्रममा नजाँदा संघको नेता भन्ने !
मन्दिरको घण्टी समाएर फोटो खिच्यो,
'कहिलेबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्नुभयो ?'
कहिले के कहिले के !
वाक्क-दिक्क-पिच्च भइयो बा !!
तटस्थ भन्ने शब्द पनि हेक्कामा रहोस् !!
थाहा छैन भने
कानूनी अर्थ यस्तो छ:
'कुनै गुटमा नलाग्ने, मध्यस्थ, निष्पक्ष।'
प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर, काठमाडौं
(नोट: कसैको जीवनमा मेल खाएको भए, संयोग मात्र मानिदिनु होला !)
शिक्षक मासिकले २०८० असार २८ गते आयोजना गरेको स्थानीय तह र शिक्षक बीचको सम्बन्ध विषयक शिक्षा–संवाद कार्यक्रममा कवितात्मक शैलीमा व्यक्त विचार।
शिक्षा-सम्वाद कार्यक्रमका केही तस्वीरहरू