धावनमार्गका अंक र अर्थ

हामी चराचुरुङ्गी कति सहज तरिकासँग उड्छन् भन्ने कुराले चकित पर्छौं । उनीहरूका लागि उड्नु भनेको हाम्रा निम्ति हिंड्नु, दौड्नु, उक्लनु र ओर्लनु जस्तै प्राकृतिक क्रिया नै भयो । बरू हवाईजहाज चढेर आकाशमा उडी एक ठाउँबाट अर्को ठाउँ जाने हाम्रो काम नितान्त अप्राकृतिक हो । कुनै पनि मानिसलाई आकाशमाथि उडेको हवाईजहाजले आफूतर्फ आकर्षण गर्छ नै, छोटो अवधिकै लागि भए पनि । यहाँ उडान सम्बन्धित यस्तै साधारण, साना–मसिना कुरो जानकारी गराउने प्रयास गरिनेछ ।

विमानस्थल/धावनमार्गका दिशा
एक ठाउँबाट अर्को ठाउँ जाँदा कुन दिशातर्फ लाग्नुपर्छ भन्ने कुरो सबैभन्दा पहिले निक्र्योल गरिन्छ । मोटामोटी रूपमा हामी फलानो ठाउँदेखि उत्तर, पूर्व, दक्षिण वा यस्तै भनेर गन्तव्यको ठेगान गर्छौं । तर हवाईजहाजको यात्राका निम्ति त्यतिले मात्र पुग्दैन । त्यसको लागि कम्पास (Compass) कै प्रयोग गर्नुपर्दछ । एउटा कम्पासको पूरा वृत्त (Circle) ३६० डिग्री या भागमा बाँडिएको हुन्छ । शून्य डिग्री (ण्ण्) ले उत्तर दिशा जनाउँछ । त्यसको ९०० मा पूर्व (घडीको सुई घुमाइ अनुसार), पूर्वभन्दा अर्को ९०० (उत्तरबाट ९०+९०=१८००) मा दक्षिण, त्यहाँबाट थप ९०० (१८०+९०=२७००) मा पश्चिम र अर्को थप ९०० (२७०+९०=३६००) मा पुनः उत्तर अथवा शून्य (००) डिग्रीमै आइपुगिन्छ । भन्नाले; उत्तर भनेको ०० या ३६०० दुवै हो । कम्पासको गोलो अथवा वृत्तको यस किसिमको भागबण्डालाई Whole Circle Bearing (WCB) भनिन्छ र छोटकरीमा ‘बियरिङ’ मात्र ।

हवाईजहाजलाई उड्नको लागि धावनमार्ग (Runway) नभई हुँदैन । धावनमार्गमा वेगले गुडेपछि मात्रै यसले जमीन छोडेर आकाशको मार्ग समात्न सक्ने हो । तर धावनमार्ग जहाँ पायो, जस्तो पायो गरेर बनाउन मिल्दैन । सानो विमानको लागि पनि समतल अथवा हल्का भिरालो खुला जमीन वा कम्तीमा तीन–चार किमी गोलाइको उपत्यका जरूरी हुन्छ । धावनमार्ग कच्ची वा पक्की जे पनि हुन सक्छ, तर त्यो सोझे, सम्म र केही चौडा चाहिं हुनैपर्छ । हरेक धावनमार्गका दुईतर्फका टुप्पोमा दुई अंकको नम्बर लेखिएको हुन्छ । यो अंकले धावनमार्गको दिशा बताउँछ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिणपट्टि ‘०२’ र उत्तरतर्फ ‘२०’ लेखेको पाइन्छ ।

धावनमार्गका संकेत
विमानस्थलको धावनमार्गमा कुन दिशा कता हो भन्ने जनाउन धावनमार्गको दुवै छेउमा लेखिने अंकको जोडी यस्तो हुन्छः
०१    १९
०२    २०
०३    २१
०४    २२
०५    २३
०६    २४

 एवं रितले १८ देखि ३६ सम्मका संकेत अंकले धावनमार्गको अवस्थिति (दिशा) जनाउँछन् ।
काठमाडौं विमानस्थलकै दिशा संकेत (०२–२०) को कुरा गरौं । कम्पासको वृत्तांश (WCB) को आधारमा भन्दा ०२ भनेको ०२०० डिग्री हुन आउँछ । त्यो भनेको उत्तर (००) बाट दायाँपट्टि बढ्दै जाँदा २०० (०२०) पूर्वतिर भन्ने हो । त्यस्तै दक्षिणपट्टिको २० भनेको खासमा २००० हो । अर्को हिसाबले हेर्ने हो भने ०२० मा १८० जोड्यो भने २०० हुन आउँछ । अर्थात् दुवैतर्फको धावनमार्गको नम्बरको भिन्नता जहिले पनि १८० डिग्री नै हुन आउँछ । यसलाई अझै छोटकरीमा भन्दा १८०० को पछिल्लो शून्य पनि छोडिन्छ र धावनमार्गका दुई विन्दुको फरक १८ मात्रै हुन्छ । यो हिसाब अनुसार यदि धावनमार्गको टुप्पो ०१ छ भने अर्कोतर्फ १९ हुनैपर्छ । त्यस्तै ०३ छ भने अर्कोतर्फ २१ हुनैपर्छ । ३६ छ भने अर्कोतर्फ १८ हुनैपर्छ ।

धावनमार्गको लम्बाइ
विमानस्थलका धावनमार्गको लम्बाइ–चौडाइको भने निश्चित अंक तोकिएको हुँदैन । धावनमार्गको लम्बाइ कुन आकारका जहाज ओराल्ने–उडाउने भन्नेमा निर्भर गर्छ । अर्थात् यसको लम्बाइ प्रयोग गरिने हवाईजहाज सुहाउँदो हुनुपर्छ । सानो जहाजलाई छोटो र ठूलोलाई लामो धावनमार्ग आवश्यक पर्दछ । छोटो धावनमार्गमा उड्न सक्ने जहाज (Short Take-off and Landing) लाई छोटकरीमा ‘स्टोल’ (STOL) विमान भन्ने गरिन्छ । ट्विन ओटर (Twin-otter) तथा ड्रोनियर (Dornier) त्यस्ता विमान हुन् ।

धावनमार्ग बनाउँदा ध्यानमा राख्नुपर्ने एउटा महत्वपूर्ण कुरा हो– त्यस क्षेत्रमा अक्सर चल्ने हावाको दिशा । कुनै पनि जहाज सम्भव भएसम्म हावा चल्ने विपरीत दिशाबाट उड्ने र ओर्लने गर्दछन् । तर त्यस्तो अनुकूल मिलेको जमीन सबैतिर सधैं पाउन सम्भव हुँदैन । काठमाडौंको त्रिभुवन विमानस्थल रहेको ठाउँको प्रकृति हेर्दा त्यहाँ ०२/२० भन्दा अर्को दिशातर्फ फर्काएर (Orientation) धावनमार्ग बनाउन सम्भव भएन । काठमाडौंमा बहने हावाको दिशा प्रायशः पूर्व–पश्चिम हुने गर्दछ । तर गौचरमा उपलब्ध जमीनमा पूर्व–पश्चिम हुने गरी धावनमार्ग बनाउन संभव थिएन । पुरानो गौचर विमानस्थलको धावनमार्ग पूर्व–दक्षिणबाट उत्तर–पश्चिम (३४/१६) ढल्किएको थियो र लम्बाइ ४००० फिटभन्दा पनि कम थियो । त्यस जमानाको डेकोट (Dakota/DC3) लाई पनि यो पुगेस् पुगेस् हुन्थ्यो, ठूलो जहाज त त्यसबाट उड्ने/ओर्लने कुरै हुँदैनथ्यो । पुरानो धावनमार्ग अनुकूल नभएको कारणले नै त्यसको दिशा समेत बदलेर ३०५० मीटर लामो हालको नयाँ धावन मार्ग (०२–२०) बनाइएको हो । सुरक्षाको दृष्टिले अझ् पनि यसको लम्बाइ अपुग भएकोले अहिले धावनमार्गलाई ३०० मीटर दक्षिणतर्फ विस्तार गरिंदैछ ।

विमानस्थलको धावनमार्ग (रन–वे) र जहाज अड्याइने ठाउँ (Parking) जोड्नका निम्ति कम्तीमा एउटा ट्याक्सी–वे (Taxi way) चाहिन्छ । खासमा धावनमार्गको लम्बाइ अनुसार ‘ट्याक्सी–वे’ को संख्या निर्धारण हुन्छ । लामो धावनमार्ग भए धेरै वटा ट्याक्सी–वे हुन्छन् । काठमाडौंमा रन–वेको दुवै पुच्छरसम्म ट्याक्सी–वेले नजोडेकोले उडान र अवतरणमा धेरै समय खेर जाने गरेको छ ।

यसबाहेक, हवाईजहाज उडाउन र ओराल्न विमानस्थलको तापक्रम र हावाको चाप (Atmosheric pressure) को भूमिका पनि उत्तिकै हुन्छ । एउटै तौलको हवाईजहाज जाडोमा छोटो दूरीबाटै उड्न सक्छ भने गर्मीमा त्योभन्दा लामो दूरीसम्म नगुडी उड्न सक्दैन । यसको कारण– हावाको घनत्व (Density) जाडोमा बढी र गर्मीमा कम हुनु हो ।

हवाई संचार प्रणाली
कुनै पनि जहाजले इन्जिन चलाउनु अगाडि विमानस्थलको नियन्त्रण कक्ष (कन्ट्रोल टावर) सँग स्वीकृति लिनुपर्दछ । यसनिम्ति विमान र टावरबीच भीएचएफ (Very High Frequency) प्रविधिको रेडियोमा कुरा गरिन्छ । यो भनेको नेपालमा हाल प्रचलनमा रहेका एफएम रेडियोको फ्रिक्वेन्सी ८७.५–१०८ मेगाहर्ज (87.5-108 MHz) भन्दा माथिल्लो ब्याण्ड (Band) हो । यस्तो फ्रिक्वेन्सी ब्याण्डलाई एअर ब्याण्ड AIR Band) पनि भनिन्छ र यो १०८–१३७ मेगाहर्जभित्र पर्दछ । त्यसमध्ये १०८–११७.९५ मेगाहर्जसम्मका ब्याण्डहरू केवल हवाई नेभिगेसन (Navigation) यन्त्रहरूको लागि सुरक्षित गरिएको हुन्छ । ११८ देखि १३७ मेगाहर्जसम्मका ब्याण्ड भने प्रत्यक्ष कुराकानीको लागि छुट्याइएका हुन्छन् । यो अन्तर्गत पनि, आपत्कालीन वेला वा सुरक्षा तथा अन्य आवश्यक सेवाको लागि छुट्टाछुट्टै फ्रिक्वेन्सी निर्धारण गरिएको हुन्छ, ताकि एउटामा कुरा गर्दा अर्कोमा व्यवधान नआओस् ।


हवाई तथा समुद्री बाटो नाप्न नटिकल माइल प्रयोग गरिन्छ। यो सामान्य माइल भन्दा करीब १५ प्रतिशतले बढी हुन्छ। यस अनुसार १ नटिकल माइल बराबर ६०८० फिट हुन्छ।

भीएचएफ प्रणालीमा कुरा गर्न आँखाले वा दूरवीनले प्रत्यक्ष देख्न सकिने व्यवधान रहित (Live of Sight) अवस्था हुनु जरूरी हुन्छ । अथवा, देखिने ठाउँहरूबीच मात्र यो फ्रिक्वेन्सीबाट कुरा गर्न मिल्छ । यसलाई सानो पहाडी ढिस्कोले पनि व्यवधान पुर्‍याउन सक्छ । उदाहरणको लागि लुक्ला र काठमाडौंबीच भीएचएफमा सीधै कुरा गर्न सकिंदैन । त्यसको लागि एचएफ (High Frequency/Short Wave Radio) नै आवश्यक पर्दछ । तर काठमाडौंबाट उडेको जहाज धेरै माथि उँचाइमा पुगेपछि वा लुक्लालाई छेक्ने लामजुरा (Lamjura) डाँडाले नरोक्ने हो भने भीएचएफमा स्पष्ट सम्पर्क गर्न पनि सकिन्छ । सिमरा र काठमाडौंको कुरो पनि त्यस्तै हो ।

कुनै दुई स्थानबीचको दूरी वा बाटोको लम्बाइ मापनका विभिन्न तरिका छन् । अहिले हाम्रो चलनचल्तीमा ‘माइल’ र ‘किलोमिटर’ छन् । खासमा माइल (Mile) भनेको स्टाटस माइल (Status Mile—SM)  हो । यो भनेको ५२८० फिट हो । एक माइल बराबर १.६ किलोमिटर हुन्छ । तर हवाई तथा समुद्री बाटो नाप्न नटिकल माइल (Nautical Mile—NM) प्रयोग गरिन्छ । यो सामान्य माइल (SM) भन्दा करीब १५ प्रतिशतले बढी हुन्छ । १ एनएम=१.१५१५ एसएम । यस अनुसार १ नटिकल माइल बराबर ६०८० फिट हुन्छ । नटिकल माइल निर्धारणको सूत्र पृथ्वीको केन्द्रसँग गाँसिएको छ । पृथ्वीको सतहको एउटा सोझे रेखा जसको दुई टुप्पालाई पृथ्वीको केन्द्रसँग जोड्दा एक सेकेण्ड बराबरको कोण बन्छ । त्यो नै एक नटिकल माइल हो । यदि, मानौं त्यस्ता कोण १० (एक डिग्री) बराबर भयो भने पृथ्वीको सतहमा हुनुपर्ने सोझे धर्कोको लम्बाइ ६० नटीकल माइल हुन्छ । यसैबाट पृथ्वीको वृत्त (circumference) को हिसाब गर्ने हो भने ६०x३६०=२१,६०० नटीकल माइल अथवा झण्डै २५,००० माइल हुन आउँछ । धेरैलाई थाहा छ, १ डिग्री बराबर ६० मिनेट र १ मिनेट बराबर ६० सेकेण्ड हुन्छ । यो समय सम्बन्धी सेकेण्ड भने होइन । यस किसिमको मापन विधिले लामो दूरी पार गर्ने पानीजहाज वा हवाईजहाजलाई गन्तव्य पहिल्याउन सजिलो पार्छ ।

अगाडि हामीले कम्पास (Compass) को कुरा गर्‍यौं, तर विचार गरौं, के उडान गर्दा नक्शामा कोरे जस्तै गर्न सम्भव हुन्छ त ? उडिरहेको वेला कसरी थाहा पाउने कुन ठाउँमाथि पुग्यौं भनेर ? अनि उडान बाटोको दूरी केले कसरी नाप्छ, कसरी थाहा हुन्छ ? अँध्यारोमा उडान दिशा कसरी पहिचान गरिन्छ ? यी सबै कुराबारे पछि थप स्पष्ट पार्दै जाउँला !

सिभिल इन्जिनियर अर्याल हवाई उडानका सौखिन–अध्येता हुन् ।

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial