हेराइ र बुझाइ

भाग्य र पराक्रम
भाग्य ठूलो हो कि पराक्रम/पुरुषार्थ ठूलो ? मानिसहरू अनादिकालदेखि नै यो प्रश्नमा बहस गर्दै आएका छन् ।

भाग्यवादी
भाग्यं फलति सर्वत्र, न विद्या न च पौरुषम् ।
(भाग्य नै बलवान् हो, विद्या, पुरुषार्थ केही होइन)
यत्पूर्व विधिना ललाट लिखितं तन्मार्जितुं कः क्षमः ।
(विधाताले पहिल्यै निधारमा लेखिदिएको कुरा (भाग्य) कसैले मेट्न सक्दैन ।)

पराक्रमवादी
उद्यमेन हि सिध्यन्ति कार्याणी न मनोरथैः । न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।।
(उद्यम, पराक्रमबाट नै काम बन्छन्, खाली मनमा कल्पना मात्रै गरेर केही हुँदैन । सुतेको बाघको मुखमा आएर मृग आफैं पस्दैनन् ।)

समन्वयवादी
यथोभाभ्यां हि पक्षाभ्यां नभस्युड्डीयते खगः ।
तथैव कर्म भाग्याभ्यां नरस्य चोन्नतिर्भवेत् ।।

(जसरी चराहरू दुईवटा पखेटाको मद्दतमा उड्छन्, मानिसले पनि कर्म र भाग्यको दोहोरो सहारामा उन्नति गर्ने हो ।)
यथार्थमा भाग्य र पराक्रम एकै सिक्काका दुई पाटा हुन्— भाग्य छ त पुरुषार्थ छ, पुरुषार्थ छ त भाग्य छ ।

समन्वयवादीहरू भाग्य र पराक्रमको थप व्याख्या यसरी गर्छन्ः व्यक्ति वा उसका आफन्तजनले पहिले गरेका असल कार्यहरूको परिणाम नै भाग्य हो भने वर्तमानमा आफैंले गरेका कर्म (परिश्रम) लाई पुरुषार्थ या पराक्रम भनिन्छ । मानिसको जीवनमा यी दुवैको उत्तिकै भूमिका रहन्छ ।



 

commercial commercial commercial commercial