११औं अधिवेशन सम्पन्न

शिक्षक  मासिकको मातृ संस्था ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा १८ पुस २०७६ मा संस्थाको कार्यालय प्राङ्गण, जावलाखेल, ललितपुरमा सम्पन्न भयो ।

संस्थाका अध्यक्ष कनकमणि दीक्षितको सभापतित्वमा सञ्चालित उक्त सभामा सचिव मधु आचार्यले उपस्थित शेयर सदस्यहरूलाई स्वागत गर्नुभएको थियो भने प्रबन्ध सम्पादक राजकुमार बरालले अध्यक्षको तर्फबाट संस्थाको वार्षिक प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष पूजा थापा र लेखा समितिका संयोजक इन्द्र श्रेष्ठले आ–आफ्नो जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गरिसकेपछि ती प्रतिवेदन माथि सभामा विस्तृत छलफल भयो ।

छलफलको क्रममा उठेका सवालहरूको जवाफ प्रबन्ध सम्पादक बराल, लेखा प्रमुख रचना ज्ञवाली र सम्पादक राजेन्द्र दाहालले दिनुभएको थियो । अन्त्यमा सबै शेयर सदस्यहरूलाई धन्यवाद दिएर अध्यक्ष दीक्षितले ११औं वार्षिक साधारणसभाको समापन गर्नुभयो ।

तस्वीरः खड्गबहादुर मगर ‘अनिल’

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial