पढेर, पढाएर मात्र नपुग्ने रहेछ !

हिटलरको यातना शिविरबाट जोगिएका एक अमेरिकी स्कूलका प्राचार्यले सहकर्मी शिक्षकहरूलाई सम्बोधन गर्दै एउटा पत्रमा लेखेका छन्, “म एउटा यातना शिविरबाट बाँचेर निस्किएको व्यक्ति हुँ । त्यहाँ मैले जे देखें, ती कुरा अरू कसैले पनि, कहिल्यै पनि देख्नु नपरोस्; किनभने ती दृश्य मानव जातिले नै हेर्न लायक थिएनन् । शिविरहरूमा आफ्नै आँखा सामुन्ने भएका घटनाहरूका कारण मेरा मनमा शिक्षाप्रति पनि एउटा गहिरो आशङ्का उब्जिएको छ ।”

यातना शिविरहरूमा मानवले मानवप्रति गर्न सक्ने अत्याचारको चरमसीमाको वर्णन गर्दै ती प्राचार्य अगाडि लेख्छन्, “ती ग्याँस च्याम्बर विद्वान् इन्जिनियरहरूले नै बनाएका थिए भन्ने कुरामा कुनै शङ्का छैन । त्यहाँ बालबालिकाहरूलाई विष दिने पनि सुशिक्षित चिकित्सकहरू नै थिए । महिला र केटाकेटीलाई निर्ममतापूर्वक गोलीले भुट्ने काम पनि कलेजका स्नातकले नै गरेका थिए । शिक्षित व्यक्तिहरूबाट त्यस्तो दानवीय कृत्य देखेपछि मलाई खाली ‘शिक्षा’ ले मात्र नपुग्ने रहेछ भन्ने लाग्न थालेको छ । हामीले ध्यान दिनुपर्ने ठूलो कुरा त विद्यार्थीमा मानवीय स्वभाव र विवेक कसरी बढाउने भन्ने पो रहेछ ! त्यसैले म तपाईंहरूसित अनुरोध गर्छु, बालबालिकालाई ‘मानव’ बन्न प्रेरित गर्नुहोस् र ‘शिक्षित दानव’ बन्नबाट जोगाउनुहोस् ! शिक्षाले मान्छेलाई ‘असल’ हुन मद्दत गर्छ भने मात्रै पढ्न, लेख्न र गन्न जान्नुको सार्थकता हुन्छ ।”

पूर्णाङ्क २२ बाट  

commercial commercial commercial commercial