दुस्साहसीलाई मिठाई !

हरेक  समस्या वा सन्दर्भलाई आम मानिसको सोचाइभन्दा भिन्न दृष्टिकोणबाट हेर्ने र समाधान पहिल्याउने कुरामा वीरबल र अकबरका कथाबाट धेरै सिक्न सकिन्छ । यसपटक पनि त्यस्तै एउटा प्रसंगः

अकबरले मन्त्री र भारदारहरूको सभामा भने, “आज मलाई एउटा गम्भीर चुनौती आइपरेको छ । त्यसको समाधान चाहियो । हिजो साँझ् कसैले मेरो जुँगा तान्ने दुस्साहस गर्‍यो । मैले त्यसलाई के सजाय दिनुपर्ला ?”

राजाको जुँगा उखेल्न खोजेको ? ! दरबारियाहरूको अनुहारमा एकाएक आश्चर्य र आक्रोश छायो । प्रधानमन्त्रीले तुरुन्तै आफ्नो सल्लाह दिएः “त्यसलाई झ्ुण्ड्याउनुपर्छ !”

धन–ढुकुटी मन्त्रीले त्यो बदमासलाई देश निकाला गर्नुपर्ने राय राखे । दोषीलाई कडाभन्दा कडा दण्ड दिनुपर्ने सबै भारदारहरूको माग थियो ।
यो सब हल्लाखल्लामा वीरबल भने मौन थिए ।

“तिम्रो केही भन्नु छैन, वीरबल ?” अकबरले सोधे ।

अलिक अघि सर्दै हँसिलो पाराले वीरबलले भने, “सरकार, म त त्यो बदमासलाई हजुरले केही मिठाइ दिनु उचित हुने देख्छु ।”
वीरबलको सुझवले सिङ्गो दरबार आश्चर्यमा पर्‍यो । सबै मुखामुख गर्न थाले ।

अकबरले मौनता भंग गर्दै प्रश्न गरे, “तिमी के भन्दैछौ वीरबल, मेरो जुँगा तान्ने दुस्साहसीलाई मैले उल्टै मिठाइ दिएर पुरस्कृत गर्नु ?”
“हो सरकार, हजुरको जुँगामा हात पुर्‍याउने दुस्साहसीले मिठाइ नै पाउनुपर्छ । किनभने ऊ अरू कोही नभएर हजुरकै फुच्चे नाति हो ।”
अकबर सहित सबै अवाक् !

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial