उत्कृष्ट शिक्षकहरू पुरस्कृत

२०७५ सालको पी पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार  भीमोदय मावि, चितवन, भरतपुरका प्रअ डा. हरिप्रसाद कँडेललाई दिइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १९ भदौ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा नगद रु.१ लाख तथा सम्मान पत्र सहित कँडेललाई सम्मान गरे ।

यसैगरी प्रदेश–१ बाट, बाल सुबोधिनी आधारभूत विद्यालय, मेचीनगर, झापाका प्रअ विश्व थापा, प्रदेश–२ बाट देउराली माध्यमिक विद्यायल महोत्तरीका प्रअ केदारबहादुर कोइराला र प्रदेश–३ बाट ज्ञानोदय मावि, बाफल, काठमाडौंका शिक्षक अन्जु लामाले उत्कृष्ट शिक्षक पुरस्कार पाएका छन् ।

पी पी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार द्वारा सम्मानित प्रअ/शिक्षकहरू शिक्षामन्त्री पोखरेलका साथ तस्वीरः खड्गबहादुर मगर ‘अनिल’

यस्तै प्रदेश–४ बाट अमरसिंह माध्यमिक विद्यालय कास्कीका शिक्षक केशवप्रसाद पराजुली, प्रदेश–५ बाट सिद्धबाबा माध्यमिक विद्यालय, गुल्मीका प्रअ डोरविक्रम श्रीष, प्रदेश–६ बाट हिमज्योति आधारभूत विद्यालय, डोल्पाका प्रअ तुुलबहादुर विष्ट र प्रदेश–७ बाट महेन्द्रनगर नमूना माध्यमिक विद्यालयका प्रअ ललितसिंह साउद उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित भएका छन् । प्रदेश स्तरमा उत्कृष्ट सातै जना शिक्षकलाई रु.५० हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । विजयी सबै शिक्षकका विद्यालयलाई रु.१० हजार बराबरको शैक्षिक सामग्री पनि दिइएको छ ।

पर्यटन व्यवसायी स्वर्गीय प्रजापति प्रसाईका नाममा स्थापति पी पी प्रसाई फाउन्डेशनले पुरस्कारका लागि देशभरबाट आवेदन माग गर्ने गरेको छ । शिक्षकको पढाउने शैली, कक्षाकोठामा गरेका राम्रा अभ्यास, बाल मनोविज्ञान, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता तथा समाजसँगको उनीहरूको सम्बन्ध लगायतका आधारमा उत्कृष्ट शिक्षक छनोट गर्ने गरिएको छ ।

तस्वीरः खड्गबहादुर मगर ‘अनिल’


मेधाः सर्वोत्कृष्ट विद्यालय

४०औं साक्षरता दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) तर्फ भक्तपुरको मेधा माध्यमिक विद्यालय र माध्यमिक शिक्षा (कक्षा १२) तर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भएका छन् ।

यसैगरी संस्थागत (निजी) तर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र (माध्यमिक शिक्षा (कक्षा १२) तर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय, कास्कीले सर्वाेत्कृष्ट विद्यालयको पुरस्कार पाएका छन् । २२ भदौमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सर्वोत्कृष्ट घोषित विद्यालयहरूलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद पुरस्कार रु.३ लाख प्रदान गरेका थिए ।

सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुरको मेधा माविका प्रअ गंगा हाडा उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट पुरस्कार ग्रहण गर्दै, साथमा शिक्षामन्त्री ।

यसैगरी माध्यमिक शिक्षा परीक्षा (कक्षा–१० सामुदायिक विद्यालय) तर्फ रेसुङ्गा माध्यमिक विद्यालय, गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय, काठमाडौं तेस्रो भएका छन् । (कक्षा–१२ सामुदायिक विद्यालय) तर्फ सुकुना माध्यमिक विद्यालय, इन्द्रपुर मोरङ दोस्रो र भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वत तेस्रो भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (कक्षा–१० संस्थागत विद्यालय) तर्फ नेपाल प्रहरी माध्यमिक विद्यालय, काभ्रेपलाञ्चोक दोस्रो र भ्याली भ्यू इङ्गलिस, काठमाडौं तेस्रो भएका छन् । (कक्षा–१२ संस्थागत विद्यालय) तर्फ नेपाल प्रहरी माध्यमिक विद्यालय, काभ्रेपलाञ्चोक दोस्रो र सेन्ट जेभियर्स कलेज काठमाडौं तेस्रो भएका छन् ।
दोस्रा र तेस्रा हुने विद्यालयहरूलाई क्रमशः रु.२ लाख र रु.१ लाख नगद तथा शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

शिक्षक  मासिक, २०७६ असोज अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial