कार्यसम्पादन परीक्षणको नतिजामा विद्यालयहरूको अवस्था

विद्यालय तथा अन्य निकायहरूको आन्तरिक र बाह्य रूपमा परीक्षण गरी कार्यसम्पादनको स्तरमा सुधारका अभ्यास विश्वमा कुनै न कुनै रूपमा रहेको पाइन्छ । नेपालको सन्दर्भमा पनि विभिन्न मन्त्रालय तथा संस्थाहरूमा कार्यसम्पादन परीक्षणका अभ्यासहरू पर्याप्त मात्रामा हुने गरेका छन् । लगानीको उचित प्रतिफलको सुनिश्चितताका लागि कार्यसम्पादन परीक्षण महत्ववपूर्ण साधन भएकोले यो अपरिहार्य पनि छ । नेपालको विद्यालय शिक्षामा राज्यको ठूलो लगानी रहेको छ । यसले उचित प्रतिफल दिए/नदिएको प्रति आम सरोकारवालाको चासो हुनु स्वाभाविक छ । त्यसैले; शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हरेक वर्ष तेस्रो पक्षबाट विद्यालय र निकायको कार्यसम्पादन परीक्षण गर्ने गरेको छ । त्यही परीक्षणको प्रतिवेदनको सार आम सरोकारवालामाझ् पस्कने जमर्को स्वरुप यो आलेख तयार गरिएको छ । नेपालको शिक्षा प्रणालीमा कार्यसम्पादन परीक्षणको अवस्था के छ ? विद्यालयको कार्यसम्पादन परीक्षण किन र कसरी गरिन्छ ? कार्यसम्पादन परीक्षणले देखाएका झ्लकहरू के–के छन् ? अबको बाटो के हुनुपर्छ ? भन्दै छोटो निचोडका साथ आलेखलाई बिट मार्न खोजिएको छ ।

कार्यसम्पादन परीक्षणः  नेपाल सन्दर्भ

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापनासँगै विद्यालय तथा शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादन परीक्षण गर्ने कार्यको संस्थागत थालनी आ.व. २०६८/६९ देखि हुँदै आएको छ । केन्द्रीय निकाय, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम केन्द्र, स्रोत केन्द्र र विद्यालयको कार्यसम्पादन परीक्षणको कार्य निरन्तर गर्दै प्रतिवेदनहरू प्रकाशन भइरहेका छन् । यो आलेखमा विद्यालयको कार्यसम्पादन परीक्षणलाई केन्द्रित गरेर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७४ सालमा प्रकाशित कार्यसम्पादन परीक्षणको नतिजाको संक्षिप्त झ्लकहरू प्रस्तुत गर्न खोजिएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कार्यसम्पादन परीक्षण प्रारूप तयार गर्ने र उक्त प्रारूपको आधारमा परीक्षण साधन ९त्ययकि० निर्माण र परिमार्जन एवं परिष्कृत गर्ने कार्य गरिरहेको छ । यी साधनहरूलाई विद्यालयले स्वमूल्याङ्कनको लागि प्रयोग गरेर स्वयं आफ्नो विद्यालयको सुधारको लागि र शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बाह्य परीक्षक मार्फत परीक्षण गराएर सुझव सिफारिश गर्ने कार्य गर्दछ ।

विद्यालयको कार्यसम्पादन परीक्षण किन र कसरी गरिन्छ ?

विद्यालयमा गरिने लगानी ठीक ठाउँमा छ कि छैन ? लगानी अनुसार प्रतिफल प्राप्त भएको छ कि छैन ? प्रणालीमा रहेको सबल पाटो के छ ? कमजोर पाटो के हो ? आदि प्रश्नहरूको उत्तरको खोजी गरी सबल पक्षको निरन्तरता र कमजोर पक्षको सुधारका लागि कार्यसम्पादन परीक्षणको कार्य गरिन्छ ।

हाम्रो सन्दर्भमा विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरू र शिक्षा सेवाका उपसचिव भन्दा माथिका अवकाशप्राप्त कर्मचारीहरूले तीन वा चार दिनसम्म सम्बन्धित विद्यालयमा गएर परीक्षण साधनमा उल्लेख भएका सूचकहरूको आधारमा विद्यालयको कार्यसम्पादन परीक्षण गर्छन् । उनीहरूले आफ्नो प्रतिवेदनको एक प्रति सम्बन्धित विद्यालय र अर्को प्रति स्थानीय तहलाई दिन्छन् । त्यस्तै, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सबै विद्यालयको प्रतिवेदनको विश्लेषण र कम्पाइलेसनबाट समष्टिगत प्रतिवेदन तयार पार्ने र सुधारका क्षेत्रहरू पहिचान गरी प्रतिवेदन प्रकाशनबाट पृष्ठपोषण प्रदान गर्ने कार्य गरिरहेको छ । प्रतिवेदनले दिएका सुझवहरू कार्यान्वयन गरेर वा केन्द्रले विकास गरेका साधन (मूल्यांकन फर्म, निर्देशिका, ढाँचा आदि) शैक्षिक गुणस्तर परीक्षण केन्द्रको वेबसाइट ९धधध।भचय।नयख।लउ० बाट डाउनलोड गरी स्वमूल्याङ्कन मार्फत आफ्ना कमी–कमजोरीहरू पहिचान र सुधार गर्न सम्बन्धित सरोकारवाला अथवा विद्यालयहरूले स्वयं नै पनि कार्यसम्पादन परीक्षणको उपयोग गर्न सक्छन् ।


कार्यसम्पादन उच्च रहेका विद्यालयहरूप्रति अभिभावक, विद्यार्थी र शिक्षकहरू समेत सन्तुष्ट रहेको पाइन्छ। त्यसैले विद्यालयको कार्यसम्पादनमा सुधार गर्दैै आम सरोकारवालाको सन्तुष्टिमा ध्यान दिनुपर्ने देखिन्छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म ८ वटा जिल्लाका ३ हजार ५९२ वटा विद्यालयमा ९ वटा कार्यसम्पादन परीक्षण गरिसकेको छ भने तीमध्ये ७ वटा प्रतिवेदन सार्वजनिक पनि भइसकेका छन् । आ.व. २०७४/७५ र २०७५/७६ का प्रतिवेदन भने प्रकाशनको क्रममा छन् । २०७४ सालमा प्रकाशित अन्तिम प्रतिवेदनको संक्षेपीकरण गर्दै यो आलेख तयार गरिएको छ ।

 आफ्नो कार्यसम्पादन (Performance) बढाउन सकिने उपायहरू पहिचान गरी सुधारको दिशामा अघि बढ्नुपर्दछ ।

  • लगानी राम्रो भएका विद्यालयहरूको समग्र कार्यसम्पादन पनि राम्रो रहेको र कमजोर लगानी भएका विद्यालयहरूको कार्यसम्पादन पनि कमजोर नै रहेकोले लगानी बढाउनेतर्फ पनि त्यत्तिकै जोड दिनुपर्ने देखिन्छ ।
  • भौतिक अवस्थामा सुधार गर्नुपर्ने देखिएकोले विज्ञान प्रयोगशालाको उपलब्धता र प्रयोग, खेल मैदान, खेल सामग्री, चमेनागृह र शिक्षण सिकाइमा कम्प्युटरको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ ।
  • विद्यालयमा समुदायको लगानी र सहभागिता अधिकांश जिल्लामा कमजोर रहेकोले यसतर्फ आम सरोकारवालाको ध्यान जानु जरूरी देखिन्छ ।
  • अधिकांश जिल्लामा शिक्षकको पेशागत विकासको अवस्था कमजोर रहेकोले शिक्षकहरूको पेशागत विकास गर्न सकिने कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ ।
  • कक्षा शिक्षणमा योजना निर्माण, शैक्षिक सामग्रीको प्रयोग, छलफल र अन्तरक्रियात्मक शिक्षण, प्रविधिको प्रयोग, कार्यमूलक अनुसन्धान र शिक्षण सुधार योजनाको स्थिति सबै जिल्लामा कमजोर रहेकोले हरेक विद्यालयले शैक्षिक सत्रको शुरूआतदेखि नै यी क्रियाकलापहरू सुनिश्चित हुने कार्यक्रमहरू निर्माण गर्नुपर्ने देखिन्छ ।
  • अधिकांश जिल्लामा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रयोगको अवस्था, प्रश्न निर्माण र उत्तरकुञ्जिका प्रयोग गरी उत्तरपुस्तिका परीक्षण गर्ने अभ्यास र परीक्षाफल प्रकाशनपछि त्यसको विश्लेषण र प्रयोग गर्ने कार्य अत्यन्तै कमजोर रहेकोले स्थानीय सरकार र विद्यालयहरूको यसमा ध्यान जानुपर्ने देखिन्छ ।
  • कार्यसम्पादन उच्च रहेका विद्यालयहरूप्रति अभिभावक, विद्यार्थी र शिक्षकहरू समेत सन्तुष्ट रहेको देखिन्छ । त्यसैले विद्यालयको कार्यसम्पादनमा सुधार गर्दै आम सरोकारवालाको सन्तुष्टिमा ध्यान दिनुपर्ने देखिन्छ ।

भट्ट शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरका प्राविधिक अधिकृत (विज्ञान) हुन् ।

commercial commercial commercial commercial