नेपाली भाषा सिकाइका समस्या

२०७२ सालको एसईई परीक्षामा सम्मिलित चार लाखभन्दा बढी विद्यार्थीमध्ये नेपाली विषयमा ए+ ग्रेड ल्याउने ६३ जना मात्र थिए। त्यस्तै २०७३ को एसईईका साढे चार लाखमध्ये १८१ जनाले मात्र ए+ ल्याए। यो तथ्याङ्कले विद्यालय तहमा नेपाली भाषा सिकाइको स्तरका बारेमा आफैं धेरै कुरा भन्छ।

बैभन्दा धेरै नेपालीको मातृभाषा नेपाली हाम्रो सरकारी कामकाज, व्यापार–व्यवसाय र पठनपाठनको मुख्य माध्यम भाषा हो । मातृभाषाका रूपमा अरू भाषा बोल्ने नेपालीको साझ सम्पर्क भाषा तथा हाम्रो सूचना र सञ्चारको प्रमुख भाषा पनि यही हो । नेपाल लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीले पनि सामाजिक र सांस्कृतिक प्रयोजनका लागि नेपाली भाषा नै प्रयोग गर्दछन् ।

यति महŒवपूर्ण भाषा हुँदाहुँदै पनि विद्यालय तहका विद्यार्थीको नेपाली विषयमा सिकाइ उपलब्धि निकै कम छ । कक्षा–१२ कै पनि कतिपय विद्यार्थीले सही उच्चारण गरेर फरर्र नेपाली पढ्न सक्दैनन्, नेपाली भाषामा निवेदन लेख्न र सङ्गति मिलाएर औपचारिक सभा समारोहहरूमा बोल्न जान्दैनन् । २०७२ सालको एसईई परीक्षामा सम्मिलित चार लाखभन्दा बढी विद्यार्थीमध्ये नेपाली विषयमा ए+ ग्रेड ल्याउने ६३ जना मात्र छन् । त्यस्तै २०७३ को एसईई दिएका साढे चार लाख विद्यार्थीमध्ये १८१ जनाले मात्र ए+ ल्याउन सकेको दुःखलाग्दो तथ्याङ्कले विद्यालय तहमा हाम्रो भाषा सिकाइको स्तरका बारेमा आफैं धेरै कुरा भन्छ ।
विद्यार्थीको सिकाइ तथा मौखिक र लिखित रूपमा सम्प्रेषण क्षमता बढाउनका लागि भाषा शिक्षण बलियो र प्रभावकारी हुनुपर्छ । त्यसैले यस आलेखमा भाषा सिकाइका केही समस्याहरूको विश्लेषण गर्दै समाधानका केही उपाय समेत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

नेपाली भाषा सिकाइका मुख्य समस्या
१.    विद्यालयका प्रारम्भिक तह र कक्षामा नेपाली भाषाका विषयगत शिक्षक नहुँदा विद्यार्थीको सिकाइको जग बलियो हुन नपाएको देखिन्छ ।
        कमजोर जग भएका विद्यार्थीलाई माथिल्ला कक्षामा भाषाका आधारभूत सीप सिकाउन खोज्दा पढाउने सिकाउने काम नै झ्न्झ्टिलो र बोझ्लिो बन्न जान्छ । विद्यार्थीको भाषिक सीप कमजोर हुनु भनेको उनीहरूको परीक्षाको नतिजा बिग्रिनु मात्र होइन, उनीहरूले जीवनका अन्य क्षेत्रमा पनि पछि पर्नुपर्ने हुन्छ ।
        तर यो समस्या तल्ला कक्षाहरूमा मात्र सीमित छैन । माथिल्ला कक्षाका लागि पनि पुग्दो विषयगत शिक्षक दरबन्दी छैन । नेपाली सजिलो विषय हो, सामान्य लेखपढ गर्न सक्ने जोकोेहीले पनि पढाउन सक्छ भन्ने धारणाका कारण पनि भाषा सिकाइमा असर पारेको पाइन्छ । कामचलाउ शिक्षकले नेपालीका विषयवस्तु त शिक्षण गर्लान् तर भाषिक सीप हासिल गराउन भने सक्दैनन् ।
२.    भाषा शिक्षकहरूलाई तालिमको अभाव छ । शिक्षक सेवा आयोगबाट शिक्षकका रूपमा सिफारिश भई नियुक्ति लिएर सेवा प्रवेश तालिमविनाका शिक्षकलाई सीधै कक्षाकोठामा पठाइन्छ ।
        योग्यता पुगेका र तालिमप्राप्त शिक्षक समेत सजिलोको लागि विद्यार्थीलाई विषयवस्तु घोकाउनतिरै लाग्छन् । पाठ घोकेका भरमा लेख्ने विद्यार्थीले स्याबासी पाउँछ । विद्यार्थीलाई सिर्जनात्मक र स्वतन्त्र लेखनमा प्रेरित गरेर सुनाइ, बोलाइ, पढाइ र लेखाइका भाषिक सीप सिकाइँदैन ।
३.    भाषाको आधारभूत ज्ञान र सीप हासिल नहुँदै कक्षा चढाइदिने उदार कक्षोन्नतिको नीतिले गर्दा पनि माथिल्लो कक्षामा नेपाली विषय विद्यार्थीका लागि बोझ् बनिरहेको र अपेक्षित नतिजा प्राप्त नभइरहेको अवस्था छ ।
४.    हामी भाषा शिक्षकहरू पनि विद्यार्थीलाई व्याकरणको नियम घोकाएर र परिभाषा पढाएर बस्छौं । तर उनीहरूलाई ती नियमहरूको प्रयोग देखाएर व्यावहारिक सीप सम्पन्न बनाउने प्रयास गर्दैनौं ।
५.    विद्यार्थीले जतिसुकै राम्रो र मौलिक उत्तर लेखे पनि भाषा परीक्षणमा पूर्णाङ्क दिनुहँुदैन भन्ने गलत मान्यताले गर्दा विद्यार्थी अन्यायमा पर्छन् । अनि यस विषयप्रति नै उसमा वितृष्णा जाग्न थाल्छ र सिक्ने क्षमता घट्दै जान्छ ।
६.    कक्षाकोठामा बहुभाषिक विद्यार्थी हँुदा शिक्षकले विद्यार्थीको पारिवारिक, सामाजिक भाषिक अवस्थामा ध्यान पु¥याएर आवश्यक मद्दत गर्न नसक्दा पनि विद्यार्थीको नेपाली भाषा सिकाइस्तरमा प्रभाव पारेको पाइन्छ ।
७.    पढेर, शब्द कसरी लेखिंदो रहेछ भनेर देखेर नभई सुनेका भरमा शब्द सिक्ने प्रवृत्तिका कारण हिज्जेमा धेरै गल्ती हुने गर्छ । यो कुरा बुझ्ेर अभ्यास गर्ने गराउने चलन नहुनु पनि भाषा शिक्षणको अर्को समस्या हो ।
८.    अंगे्रजी माध्यमका विद्यालयमा आठ विषयमध्ये नेपाली मात्र नेपाली भाषामा अध्यापन हुन्छ । जसले गर्दा विद्यार्थी नेपाली भाषामा अभ्यस्त हुन पाउँदैनन् ।
९.    तर सबैभन्दा ठूलो समस्या विद्यार्थीहरूको घरघरमै छ । त्यो हो अभिभावकहरूको अंग्रेजी मोह । छोराछोरीले जुनसुकै मूल्यमा पनि राम्रो अंगे्रजी सिकुन् भन्ने अभिभावकहरूको चाहनाले देखेको एउटा मात्र बाटो अंग्रेजी माध्यमको पढाइ भएको छ । उनीहरू छोराछोरीलाई नेपाली किताब पढ्न, नेपालीमा लेख्न र बोल्न पटक्कै प्रेरित गर्दैनन् । अभिभावकको त्यस्तो चाहना पूरा गरेर लोकप्रिय हुन चाहने विद्यालयहरूले पनि नेपाली विषयलाई महŒव दिंदैनन् ।

कतिपय अंगे्रजी माध्यमका विद्यालय परिसरभित्र प्रवेश गर्ने बित्तिकै ‘इङ्गलिस स्पिकिङ जोन’ लेखिएका आकर्षक प्लेट देखिन्छन् । यस्तोमा नेपाली भाषामा बोल्ने विद्यार्थीलाई कारबाही समेत हुन्छ । बोल्नै नपाएपछि भाषा सिकाइ कुण्ठित हुने मात्र होइन, आफ्नो भाषाप्रति आदर र विश्वास पनि हराउँदै जान्छ ।

समाधानका केही उपाय
नेपाली भाषा शिक्षण तथा सिकाइका समस्यालाई हटाउनका लागि प्रभावकारी हुनसक्ने केही उपायका बारेमा यहाँ छोटकरीमा चर्चा गरौं :

  • भाषा शिक्षण राम्रो बनाउने अभियानको पहिलो शर्त आफ्ना छोराछोरीको नेपाली भाषाको सिकाइस्तरप्रति अभिभावकहरूको सचेतता वृद्धि नै हो । जुन अभिभावक आफ्ना छोराछोरीले राम्रोसित नेपाली भाषा सिकुन् भन्ने चाहँदैनन्, तिनका छोराछोरीलाई नेपाली भाषा सिकाउन साँच्चै नै गाह्रो हुन्छ । किनभने घर र विद्यालय दुवैतिरबाट नेपाली भाषाको प्रयोग र अभ्यासलाई उचित प्रोत्साहन दिनु आवश्यक हुन्छ ।
  • विद्यालयहरूले भाषा शिक्षणलाई सामान्य रूपमा नलिई प्रारम्भिक कक्षादेखि नै भाषाका विषयगत शिक्षकको दरबन्दी व्यवस्था गर्ने र सिकाइमा भाषाका आधारभूत सीपलाई महŒव दिने गरेमा पनि भाषा शिक्षणमा सुधार हुन सक्छ ।
  • व्याकरण नघोकाई र नियमहरू कण्ठ गर्न नलगाई विद्यार्थीलाई स्वतन्त्र र सिर्जनात्मक अभिव्यक्तिमा अभ्यस्त गराउने; प्रयोगमूलक शिक्षण गर्ने तथा प्रशस्त अभ्यास गराउने गरेमा पनि सिकाइमा ठूलो अन्तर आउन सक्छ ।
  • मौलिक र सिर्जनात्मक उत्तर लेखनलाई प्रोत्साहन गर्दै परीक्षामा अङ्क दिंदा न्यायपूर्ण व्यवहार गर्नाले पनि धेरै लाभ हुन सक्छ ।
  • विद्यालयले नवप्रवेशी शिक्षकलाई सेवाप्रवेश तालिम र अनुभवी शिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था मिलाउने शिक्षकले शिक्षण विधिमा विविधता ल्याउने र आधिकारिक शब्दकोशको प्रयोग गराउने गरेमा पनि धेरै सुधार आउन सक्छ ।
  • कक्षाकोठाभित्र छलफल, प्रश्नोत्तर जस्ता क्रियाकलापमा विद्यार्थीको सक्रियता र सहभागितालाई प्रोत्साहन गरेर पनि सिकाइमा सुधार गर्न सकिन्छ ।
  • नेपाली भाषाका आधारभूत सीप तल्ला कक्षादेखि नै हासिल गराई माथिल्ला कक्षाका लागि सबल आधार तयार गर्न सकिन्छ ।

भाषा शिक्षकले अभ्यास र पुनरावृत्ति, वैयक्तिक भिन्नता, स्तरीयता, क्रमबद्धता, कक्षा सहभागिता, शिक्षण प्रक्रियामा विविधता जस्ता भाषा शिक्षणका सिद्धान्त अवलम्बन गरी शिक्षण गर्नुपर्ने हुन्छ । श्रुतिलेखन, ध्वनि पहिचान, वर्णविभेदीकरण, शब्द र वाक्य रचना, शब्दोच्चारण, सस्वर पठन, मौन पठन, गति र यतिका साथ पठन, हाउभाउपूर्ण पठन, सिर्जनात्मक लेखन जस्ता कार्यमा विद्यार्थीलाई अभ्यास गराइरहनुपर्दछ । विद्यार्थीले नेपाली भाषामा लिखित, मौखिक वा दुवै अभिव्यक्ति दिन नसक्दा यही भाषामा परीक्षा दिनुपर्ने सामाजिक, विज्ञान लगायतका अरू विषयमा समेत पछाडि पर्ने भएकाले नेपाली भाषाको जग बलियो बनाउने प्रयासमा सबै लाग्नुपर्ने देखिन्छ ।

देवी मावि, भीमेश्वर नपा–८, बोच, दोलखा

commercial commercial commercial commercial