शिक्षक छनोटमा नयाँ अभ्यास

करारमा शिक्षक छनोटको काम बडो झ्न्झ्टिलो बन्न थाल्यो । त्यसले प्रायः दबाब, गुनासा, टिप्पणी र विवाद निम्त्याउन थाल्यो । विषय विशेषज्ञहरूले निष्पक्ष भएर काम गर्दा पनि विवाद र शंका गरिरहने परिस्थिति बन्यो । एकपछि अर्को आउने; पहुँचवालाको पल्ला भारी भएको र आर्थिक चलखेल भएका गुनासाहरू । यस्ता टिप्पणीले पहुँच नभएका र विपन्न अवस्थाको जनशक्ति निराश बन्ने अवस्था सिर्जना भयो । शिक्षक छनोट प्रक्रियालाई कसरी निष्पक्ष र पारदर्शी बनाउन सकिएला ? दबाब, गुनासा, टिप्पणी र विवादको उद्गमथलो बन्न नदिने विकल्प के होला ? विकल्पहरूको खोजीमा लाग्यो बाँकेको खजुरा गाउँपालिका अन्तर्गतको गाउँ शिक्षा समिति ।

अहिले शिक्षक छनोट प्रयोजनका लागि खजुरा गाउँपालिकाले निष्पक्षताका नयाँ मापदण्डहरू तय गरेको छ । यहाँ शिक्षक छनोटमा तिनै मापदण्डको प्रयोग हुन थालेको छ । साँच्चै नयाँ अभ्यासको थालनी भएको छ ।

यसनिम्ति सर्वप्रथम गाउँपालिकाको शिक्षा शाखाले स्थायी शिक्षकहरू मध्येबाट विषय विशेषज्ञको सूची तयार गर्न सूचना आह्वान ग¥यो । योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूले निवेदन पेश गरे । निवेदन अनि आवश्यक कागजात छानबिन गरी विशेषज्ञको सूची तयार ग¥यो । ती सूचीकृत विशेषज्ञले शिक्षक सेवा आयोगले तय गरेको पाठ्यक्रमको क्षेत्रमा रहेर सम्बन्धित तहका कम्तीमा तीन÷तीन सेट प्रश्नपत्र तयार पारे ।

सम्बन्धित विषय विशेषज्ञले खाममा आफ्नो नाम, तह, विषय र हस्ताक्षर गरी प्रश्नपत्र बन्द गरे । सबै विषय विशेषज्ञको प्रश्नपत्र तयार भएपछि गाउँ शिक्षा समितिका पदाधिकारीको बैठक बस्यो । पदाधिकारीको रोहबरमा खाम बन्द गरिएका प्रश्न पत्रलाई पुनः ‘डी–कोडिङ’ अर्थात् अर्को संकेत नम्बर कायम गरियो । बाहिरबाट लाहाछाप सहित फेरि लगाइयो अर्को खाम । ती प्रश्नपत्रका खामलाई बाकसभित्र राखियो । प्रश्नपत्र राखिएको बाकसलाई पनि अर्को बाकसमा । अर्थात् बाकसभित्र बाकस । छुट्टाछुट्टै चाबी गाउँ शिक्षाका दुई जिम्मेवार व्यक्तिलाई सुरक्षाको जिम्मेवारी दिइयो ।

रिक्त दरबन्दीमा शिक्षक भर्ना गर्न गाउँपालिकाले तर्जुमा गरेको मापदण्डको अधीनमा रही सबै आवश्यक प्रक्रियाहरू पूरा गरिन्छ । परीक्षाको मिति पहिल्यै तय गरिन्छ । परीक्षाको दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले शिक्षा शाखामा आएर गोलाप्रथाबाट प्रश्नपत्र बनाउने मध्येका दुई जना विषय विशेषज्ञ छनोट गर्छन् । सम्बन्धित विषय विज्ञले आफूले तयार गरेको प्रश्नपत्रको लाहाछाप, सही दुरुस्त छ÷छैन जाँच गर्छन् । सही भएमा प्रश्नपत्र खोलेर प्रश्न सञ्चालन गरिन्छ । कोडिङ र डी–कोडिङकै आधारमा उत्तरपुस्तिका परीक्षण अनि अन्तर्वार्ता पनि हुन्छ । दुवै परीक्षाको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशित गरिन्छ ।

गाउँपालिकाकाले शुरू गरेको यो नयाँ अभ्यासले शिक्षक छनोटका निम्ति विषय विशेषज्ञ आफू अनुकूलको राख्ने प्रवृत्तिको अन्त्य भएको छ । यसले पहुँचवालाको पल्ला भारी हुने र आर्थिक चलखेल गर्ने गलत प्रवृत्तिलाई पनि निरुत्साहित गरेको छ । निष्पक्षताको अभ्यास शुरू भएको छ । ‘हाम्रा होइन राम्रा शिक्षक’ भिœयाउन सकिने भएको छ । शिक्षक छनोटको यो अभ्यास गुणस्तरीय शिक्षा प्रदान गर्ने खजुरा गाउँपालिकाको संकल्पलाई पूरा गर्ने दिशामा एउटा महŒवपूर्ण आधार बनेको छ भन्दा अत्युक्ति नहोला ।
जनकल्याण मावि, खजुरा, बाँके

commercial commercial commercial commercial