एक शिक्षासेवीको सम्झना

सनातनी पण्डित भएर पनि मोक्षको कामना छाडेर ‘बारम्बार यस धर्तीमा जन्म लिइरहूँ र देश र समाजको सेवा गर्न पाइरहूँ’ भन्ने व्यक्ति हुन् पं. नारायण गौतम । समाजमा शिक्षाको चेतना र सुविधा नभएको समय, वि.सं. १९८१ मा अर्घाखाँचीको खिदिम पोखराथोकमा जन्मेका गौतम १६ महीनाकै उमेरमा पितृविहीन भए पनि आमाको संरक्षणमा हुर्केर र पढेर आजीवन शिक्षा सेवामा समर्पित रहे । पाँच वर्षको उमेरमा अक्षरारम्भ गरेका गौतमले प्रारम्भमा स्थानीय संस्कृत पाठशालामा पढे र २००० सालमा बनारसबाट प्रथम श्रेणीमा मध्यमा उत्तीर्ण गरे । उनले पछि काठमाडौं र बनासरमा शास्त्रीतहसम्म पढे । वि.सं. २००३ मा मानकोटको आफ्नै मावली घरमा रहेको पाठशालाबाट अध्यापन कार्य थालेका गौतम २००५ देखि मानकोटकै मन्दिर परिसरको विद्यालयमा प्रधानाध्यापक भए । त्यसपछि जिल्लाका विभिन्न एक दर्जन जति विद्यालयमा शैक्षिक र प्रशासनिक नेतृत्व दिंदै २०३१ मा श्री हरिहर संस्कृत तथा साधारण माविमा प्रधानाध्यापक भएर अवकाश प्राप्त गरे ।

गौतमले काम गरेका सबै विद्यालयको दिगोे आर्थिक स्रोतका लागि गुठी राख्न जग्गा जुटाउने, स्थायी स्वीकृति लिने जस्ता दीर्घकालीन महŒवका काम गर्ने गरेका थिए । त्यस्तै कामका कारण उनले कति पटक मुद्दा मामिला समेत भोग्नुप¥यो, तर तिनमा पनि उनी सफल नै भए । उनको सफलतामा उनकी पत्नीको पनि महŒवपूर्ण भूमिका रहेको देखिन्छ ।

नारायण गौतम लेखक पनि हुन् । उनले २०४१ सालमा १०५ दिन लगाएर आफूले गरेको यात्रा सम्झ्ँदै ‘खप्तड यात्रा संस्मरण’ (२०५४) लेखेका छन् । ११ वर्षका कान्छा छोरालाई साथमा लिएर राप्ती, भेरी, सेती, महाकाली र कर्णाली अञ्चलका १५ जिल्ला छिचोलेर यात्रा गर्दा देखे भोगेका भएका अनेक कुराको वर्णन रहेको उक्त कृतिमा गौतमका केही गीत÷कविता, एकाङ्की र समालोचनात्मक निबन्ध पनि समावेश छन् । गौतमले हरिहर संस्कृत माविको ‘स्वर्ण जयन्ती स्मारिका’ (२०४४) को सम्पादन पनि गरेका थिए ।

गौतम शिक्षासेवी मात्र नभएर शिल्पप्रेमी पनि थिए । उनी काठका टेबल, कुर्सी, खाट, हलो आदि आफैं बनाउँथे र आफूले लगाउने दौरा, सुरुवाल, कोट, कमिज आदि पनि आफैं सिलाउँथे । उनी ढुंगा, माटो, काठ आदिबाट विभिन्न खालका मूर्ति समेत बनाउँथे ।

यिनै बहुमुखी व्यक्तित्वशाली शिक्षासेवी नारायण गौतमको स्मृतिमा २०७४ सालमा ‘शैक्षिक अभियन्ता पं. नारायण गौतम स्मृतिग्रन्थ’ नामक कृति प्रकाशन गरिएको छ । गौतमकै परिवारजन प्रकाशक रहेको स्मृतिग्रन्थको सम्पादक मण्डलमा मोदनाथ प्रश्रित, प्रा.माधवराज गौतम, प्रा.विष्णुराज आत्रेय, वासुदेव मरासिनी तथा ग्रन्थनायकका पुत्र तुलसीदास गौतम रहेका छन् ।

५५४+१८ पृष्ठको यो पुस्तक जीवनी, संस्मरण, समीक्षा, कविता तथा परिशिष्ट गरी पाँच खण्डमा विभक्त छ ।

स्मारिकाको जीवनी खण्डमा ग्रन्थनायकले संस्कृतमा लेखेको आफ्नै जीवनी र त्यसको नेपाली अनुवाद तथा अन्य केही लेख प्रस्तुत छन् । संस्मरण खण्डमा हेमराज ज्ञवाली, लालबहादुर सुनार, राजाराम उपाध्याय, बाबुराम पोखरेल, हरिप्रसाद शर्मा आचार्य, योगी नरहरिनाथ, रविलाल सार्की जस्ता विविध क्षेत्रका पचासी जना व्यक्तिका लेख छन्— जसले गौतमलाई शिक्षा प्रसारका अथक् योद्धा, विद्वान्, वेदज्ञाता, मिलनसार, समाज सुधारक, विचारक, सिर्जनशील, सिद्धपुरुष, प्रेरणाको स्रोत, शिक्षाका ज्योति, कर्मशील, अध्यात्मका मार्गदर्शक, परोपकारी आदि विशेषण मार्फत चिनाएका छन् । समीक्षा खण्डमा गौतमको व्यक्तित्व, कार्य तथा कृतिका बारेमा चर्चा गरिएको छ । यसमा मोदनाथ प्रश्रित, माधवराज गौतम, गोपीकृष्ण शर्मा गौतम, होमनाथ भट्टराई, विमल कोइराला, मदन लम्साल, भागवत ढकाल, पूर्णचन्द्र ढुंगेल, होमनाथ दाहाल, दुर्गाप्रसाद अर्याल, विष्णुराज आत्रेय, भागवत ढकाल आदि २५ जना व्यक्तिका रचना समाविष्ट छन् । कविता खण्डमा लक्ष्मीकान्त पन्थी, कोषराज न्यौपाने लगायत जम्मा नौ जना कविका दशवटा कविता प्रस्तुत छन् । यीमध्ये लक्ष्मीकान्त पन्थीले संस्कृतमा लामो कविता लेखेका छन् र त्यसको भावार्थ सरल नेपालीमा दिइएको छ । अन्य कविता संस्मरण र शुभेच्छाभावसँग सम्बन्धित छन् ।

स्मृतिगन्थको अन्तिम खण्ड परिशिष्ट खण्ड हो । यस खण्डमा मूलतः ग्रन्थ–पात्र र उनको परिवारसित सम्बन्धित व्यक्ति र स्थानका तस्वीर रहेका छन् । यिनबाट नारायण गौतमको जीवनका मुख्य सन्दर्भ, उनको परिवारजन तथा उनको शिल्प पक्षको जानकारी पाउन सकिन्छ ।

समग्रमा यो एकजना गुणी र प्रेरक व्यक्तिलाई आदर र कृतज्ञताका साथ सम्झ्ना गरिएको उत्तम संकलन सावित भएको छ ।

commercial commercial commercial commercial