सामुदायिक विद्यालय सिकाइ सुधारको प्रस्थानविन्दु

सामुदायिक विद्यालयमा सिकाइ सुधारको निम्ति अबको प्रस्थानविन्दु भनेको विद्यालयहरूलाई वास्तविक जीवन र जगतसँग जोड्ने, पढाइलाई सीपसँग जोड्ने, विद्यालयको समय लचिलो र अर्थपूर्ण बनाउने, कक्षालाई बहुपाठ्यपुस्तकको अवधारणामा लैजाने, शिक्षकलाई एकापसमा जोड्ने हो।

सर्वप्रथम, सिकाइ–शिक्षकसँग कक्षाकोठामा मात्र हुने प्रक्रिया होइन, यो त शिक्षक, सहपाठी साथी, अभिभावक, समाजका अन्य व्यक्ति, कक्षाकोठा, समुदाय र भौतिक वातावरणसँगको अन्तरक्रियाबाट अनि विद्यार्थीको सक्रिय सामाजिक क्रियाकलापबाट हुने प्रक्रियागत कार्य हो बुझनु जरूरी छ । सिक्नको लागि सिक्ने कला, निरन्तर सिकाइ र जीवनपर्यन्त सिकाइ अबका नागरिकमा हुनै पर्ने गुण हुन् । हामीले हाम्रा विद्यार्थीमा अब यी तीन गुणको विकास विद्यालय तहदेखि नै गरेनौं भने ऊ एक्काइसौं शताब्दीको नागरिक भएर बाँच्न सक्दैन । सिक्नको लागि सिक्ने कला भएको, सिकाइलाई निरन्तरता दिने र सिकाइ जीवनपर्यन्त जारी राख्ने विद्यार्थीमा स्वतन्त्र रूपमा सिक्ने क्षमताको विकास हुन्छ । स्वतन्त्र रूपमा सिक्ने क्षमताको विकास गराउन सरकार, संस्था र व्यक्तिहरूको के कस्तो भूमिका हुनुपर्ने हो ? निक्र्योल गर्नै पर्छ । साथै, सिकाइ के हो भनेर बृहत् अर्थमा बुझनु पनि जरूरी छ ।

सिकाइलाई केन्द्रमा राखेर त्यसलाई समृद्ध बनाउन सिकाइका विभिन्न घटकहरूको भूमिका र अब राज्यले लिनुपर्ने बाटोको बारेमा संक्षिप्त रूपमा यहाँ चर्चा गरिएको छ ।

१. सिकाइ र सिकाइ वातावरण
विद्यार्र्थीले कसरी सिक्छ, के सिक्छ र कति सिक्छ भन्ने कुराको निक्र्योल उसले सिक्ने वातावरण कस्तो छ भन्ने कुराले निर्धारण गर्छ । हाम्रो विद्यालय शिक्षामा सबैभन्दा पछाडि पारिएको र प्राथमिकतामा नपरेको क्षेत्र सिकाइको वातावरण पनि एक हो । जुन विद्यालयले सिकाइ–वातावरण सिर्जना गरेका छन्; त्यस्ता विद्यालयको सिकाइ उपलब्धि अब्बल नै भएको पाइन्छ । हाम्रा केही सार्वजनिक या सामुदायिक विद्यालयको सिकाइको स्तर बजारमा नाम कहलिएका केही निजी वा नाफा वितरण नगर्ने गुठी÷कम्पनी विद्यालयको जत्तिकै राम्रो छ । यसो हुनुमा ती विद्यालयको सिकाइ–वातावरण राम्रो भएकोले नै हो ।

विद्यार्र्थीलाई कक्षाकोठामा ल्याउन, टिकाउन, सिकाउन र सिकाइ प्रति अभिप्रेरित गर्न सबैभन्दा महŒवपूर्ण कुरा भनेको सिकाइ–वातावरण नै हो । विद्यालयमा सिकाइ–वातावरण बनाउनको लागि विद्यार्र्थीको व्यक्तिगत र शारीरिक आवश्यकता पूरा गरिदिनुपर्छ । घाम र हावा राम्रोसँग लाग्ने कक्षाकोठा हुनुपर्छ । राम्रोसँग हावा बहने झयाल वा ‘भेन्टिलेशन’ हुनुपर्छ ।

विद्यार्र्थीले राम्रोसँग पढ्न सक्ने प्रकाशको व्यवस्था मिलाउनुपर्छ । जाडो र गर्मी महीनामा कक्षामा बसेर आरामसँग पढ्न मिल्ने गरी झयाल र ढोकाको व्यवस्था मिलाउनुपर्छ । विद्यालयले समयसारिणी बनाउँदा बेला बेलामा विश्राम दिने गरी बनाउनुपर्छ ।

विद्यार्थीलाई तिर्खा लाग्दा शुद्ध पिउने पानी र भोक लाग्दा खानेकुराको व्यवस्था मिलाउनुपर्छ । विद्यार्थीलाई नतर्सने गरी गर्न सक्ने काम मात्र गृहकार्यको रूपमा दिनुपर्छ । केटा र केटीहरूको लागि सहज रूपमा जान मिल्ने अलग अलग शौचालय हुनुपर्छ ।

यस्तो वातावरण बने मात्र उनीहरू सिक्न र पढ्नको लागि तयार हुन्छन् । यस्तै दिनको न्यूनतम ६ घण्टा बस्नुपर्ने फर्निचर उमेर सुहाउँदो र आरामदायी भएन भने विद्यार्र्थीको सिकाइमा असर पर्छ । सिकाइ वातावरण भौतिक रूपले मात्र नभई भावनात्मक र मनोवैज्ञानिक रूपले पनि खतरामुक्त हुनुपर्छ । जुन वातावरणमा विद्यार्र्थीले स्वतन्त्र रूपमा जोखिम बहन गर्न सक्दैन, मनमा लागेका कुरा व्यक्त गर्न सक्दैन, अनि दिमागमा उठेका प्रश्नहरू सोध्न सक्दैन, त्यसले उसको सिकाइमा असर पार्छ ।

शिक्षकले कक्षाकोठाको वातावरण यस्तो बनाउनुपर्छ, जहाँ विद्यार्र्थीले जस्तोसुकै उत्तर दिए पनि उसको  उपहास नहोओस् ।

विद्यार्थीको कमी–कमजोरीलाई लक्ष्य गरेर शिक्षकले र अरूहरूले पनि उसलाई कहिल्यै व्यंग्य गर्नुहँुदैन । सुरक्षित विद्यालय परिसर र कक्षाकोठा, शिक्षकको नियमित र अर्थपूर्ण पर्यवेक्षण, बदमासी र उत्पीडनमा शून्य सहनशीलता, उमेर अनुकूलका शैक्षिक सामग्रीको प्रयोग, फर्निचर, शौचालय, खेलमैदान, कक्षाकोठाको नियम र नियमलाई अनुपालना गराउने तार्किक कार्यनीति, विद्यार्र्थीलाई सोच्न समय दिने, र उसले जवाफ नदिउन्जेल पर्खने आदिले विद्यालयलाई एउटा सुरक्षित सिकाइ थलोको रूपमा विकास गर्छ । विद्यालय र कक्षाकोठालाई सिकाइ सुरक्षित स्थल बनाउन सके मात्र विद्यार्र्थीले सिक्न र सिकेको कुरालाई व्यवहारमा उतार्न सक्छन् ।

विद्यालय र कक्षाकोठाको वातावरण यस्तो हुनुपर्छ, जहाँ विद्यार्र्थीले अपनत्व महसूस गर्न सकुन् । हरेक विद्यार्र्थीले आफ्नो उपस्थितिको महŒव बुझने होस् । कक्षाकोठाको वातावरण उसले एक्लोपना महसूस गर्ने खालको भयो भने विद्यालयप्रति उसको लगाव हँुदैन, ऊ कक्षा छाड्ने र असफलता हासिल गर्नेतर्फ बढ्छ । यस्तो वातावरण हुन नदिन र सामूहिक भावना जोगाउन कक्षाकोठामा आवश्यक सम्झैताको प्रारूप तयार पारी प्रयोगमा ल्याउनै पर्छ । विद्यार्र्थी–विद्यार्र्थी, शिक्षक र विद्यार्थी, विद्यार्र्थी र समुदाय, विद्यार्र्थी र भौतिक वातावरणबीच अन्तरक्रिया गराउनुपर्छ । दोहोरो वा बहु अन्तरक्रियाबाट सिकाइ बलियो, दिगो र भरपर्दाे हुन्छ ।

सिकारुले जे गर्छ त्यो नै सिकाइको बाटो हो। यसलाई अरू कसैले गरेर हुँदैन, जसले सिक्ने हो उसैले गर्नुपर्छ। अरूले त सहजकर्ताको भूमिकामा सहयोग मात्र गर्ने हो। र के पनि बुझनुपर्छ भने, ज्ञान निर्माण गरिने चिज हो, हस्तान्तरण गरिने चिज होइन।

स्कूलमा नियमित सिकाइ बैठक र बिहानी बैठक बस्ने नियम बनाउनुपर्छ । अरूको विचार र भावनाको सम्मान गर्ने, अरूलाई मद्दत गर्ने, सहपाठी साथीहरूसँग समूहमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । सिकाइमा सहकार्यले विद्यार्र्थीको जीवनको तयारीमा सघाउने हुनाले सहकार्य गर्न मिल्ने परियोजना कार्यहरू प्रशस्त मात्रामा गर्नुपर्छ । विद्यार्र्थीमा आत्मसम्मानको भाव विकास गराउन उनीहरूसँग आदरपूर्वक कुरा गर्ने, उनीहरूले भनेको कुरामा ध्यान दिने, उनीहरूको उपलब्धिलाई पहिचान गर्ने र प्रयासलाई सम्मान गर्ने, उनीहरूले गरेका राम्रा कामहरूलाई महŒव दिने र उनीहरूको सफलतालाई स्वीकार गर्ने वातावरण सिर्जना गर्नुपर्छ । नत्र भने उनीहरूलाई टिकाउन सकिंदैन । यस्तो सिकाइ वातावरण सिर्जना गर्न के कस्ता नीतिनियमहरू आवश्यक हुन्छन्, तिनीहरूको पहिचान गरी सम्बोधन गर्नुपर्छ ।

विद्यार्र्थीमा जे क्षमता अन्तरनिहित छ त्यो क्षमता विकास गराउन विद्यार्र्थीलाई चुनौती र मौका प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । कक्षा र विद्यालयमा रचनात्मकता, महŒवपूर्ण सोचको विकास र समस्या सुल्झउने गतिविधिहरू गर्न पाउने वातावरणले मात्र विद्यार्र्थीको पूर्ण सिकाइको सुनिश्चितता गराउँछ ।

२. सिकाइ र सिकाइ संरचना
बदलिंदो समय, प्रविधि र सामाजिक परिवेशलाई ध्यानमा राखेर नयाँ योजनाको निर्माण गर्दा विद्यालयको लागि कस्ता भौतिक तथा अस्थायी संरचना आवश्यक पर्छ भनी निकै सोच विचार गर्नुपर्ने देखिन्छ । विद्यालय र कक्षाकोठाहरू बनाउने नाममा बनाएर मात्र हुँदैन । ती एक्काइसौं शताब्दीको विद्यालयको आवश्यकता पूरा गर्ने खालको हुनुपर्छ । यस्ता संरचना बारम्बार निर्माण गर्ने चिज होइनन् । एक पटक निर्माण गरेपछि कम्तीमा ५० वर्ष अर्काे भौतिक संरचना बनाउन सम्भव हुँदैन । शिक्षा विभाग (२०७४) को तथ्याङ्क अनुसार नेपालमा ३५ हजार ६०१ विद्यालय छन् । ती विद्यालयमा शिक्षक र विद्यार्र्थी गरेर ७६ लाख ४९ हजार ५३६ जनाले प्रत्यक्ष रूपमा महŒवपूर्ण समय खर्च गरिरहेका छन् । यति धेरै जनसंख्याले आफ्नो जीवनको महŒवपूर्ण, ऊर्जाशील र उत्पादनशील समय खर्च गर्ने भौतिक तथा अन्य संरचनामा खेलबाड गर्नु निश्चय नै राम्रो होइन ।

जबसम्म हाम्रा विद्यालयका भौतिक संरचनाहरू सिकाइ अनुकूल, विद्यार्थी अनुकूल; र सिकाइमा उत्साह पैदा गर्ने हँुदैनन्, तबसम्म हामीले बनाएका शिक्षा सम्बन्धी नीति, रणनीति, ऐन, नियम र कानूनले कहिल्यै परिवर्तन ल्याउन सक्दैनन् ।

हाम्रा अधिकांश विद्यालय भवनहरू कारखानाको दृष्टिकोणबाट निर्माण गरिएका छन् । विद्यार्र्थीहरू एउटै उमेरमा विद्यालय प्रवेश गर्ने, उनीहरूलाई उमेरमा आधारित एउटै कक्षामा राख्ने, स्तरीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यवस्तुमा बाँध्ने, निश्चित समयमा मूल्याङ्कन गर्ने, विद्यार्र्थीले पनि समदरमा उनीहरूका सहपाठी जत्तिकै सिक्नुपर्ने आदि । कारखाना दृिष्टकोणबाट बनेका विद्यालय भवनको भौतिक संरचनाले माथिको अवधारणाको लागि त काम गर्ला तर एक्काइसौं शताब्दीको लागि आवश्यक सीप तथा कौशल सिकाउने ठाउँ भने अवश्य बत्र सक्दैन ।

विद्यालयका भौतिक संरचना अब लचिला, रंगीन र धेरै भन्दा धेरै विद्यार्र्थीलाई संलग्न गराउन सक्ने किसिमका हुनैपर्छ । अब पनि विद्यार्र्थीलाई कक्षाकोठामा पंक्तिमा राखिएका डेस्क र बेन्च अनि कक्षाकोठाको भुईंमा सार्न नमिल्ने गरी नट बोल्ट गरिएका फर्निचरमा राखेर ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझइमा संलग्न गराइन्छ भने हामीले विद्यार्थीको जीवनको तयारी होइन, बर्बादीको खाडल खनिरहेका छौं भन्ने बुझनुपर्छ ।

यस्ता कुराहरू कपिपयलाई झ्निा–मसिना पनि लाग्लान् । तर, विडम्बनाका साथ भन्नुपर्छ हाम्रो विद्यालय शिक्षाको समस्या यस्तैमा अल्झ्रिहेको छ । जबसम्म हाम्रो विद्यालय शिक्षालाई यसबाट बाहिर निकाल्न सकिंदैन तबसम्म परिवर्तन ल्याउन सकिंदैन; किनभने हामीले कस्तो ठाउँमा सिकिरहेका छौं भन्ने कुराले हामी कसरी सिक्छौं भन्ने कुरालाई प्रभावित पारिरहेको हुन्छ । एउटा अध्ययनमा विद्यालयको भौतिक वातावरण सुधार्ने वित्तिकै विद्यार्र्थीको परीक्षाको अंक ११ प्रतिशतले बढेको पाइयो । त्यसकारण पनि विद्यालयका भौतिक संरचना सिकाइको सहयोगी बन्नुपर्छ । अबका कक्षाकोठा स्थिर होइन, चलायमान बनाउनुपर्छ । भविष्यमा कस्तो प्रविधि र शिक्षण विधिको विकास हुन्छ भन्न सकिन्न । त्यसैले त्यो कुरालाई समायोजन गर्न मिल्ने गरी कक्षाकोठाको निर्माण गर्नुपर्छ । त्यसको अर्थ अब कक्षाकोठालाई ‘सिकाइ स्टुडियो’ को रूपमा विकास गर्नुपर्छ ।

कक्षाकोठाको भित्ता र फर्निचर शिक्षकले जस्तो रूपमा राख्न चाह्यो त्यसैगरी राख्न मिल्ने गरी बनाउनुपर्छ । अर्काेतर्फ विद्यालयको भवन बौद्धिक जिज्ञासा प्रेरित गर्ने र सामाजिक सम्पर्क बढाउने खालको हुनुपर्छ । प्रभावकारी सिकाइको लागि जति उपकरणहरू आवश्यक हुन्छन्, सिक्ने ठाउँ पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ । जुन विद्यालय भवन बाल मैत्री छन्, खुला छन् र सहज रूपमा सबैको पहुँचमा छन्, त्यस्ता विद्यालयमा द्वन्द्व, डर, त्रास, धम्कीको कुनै गुन्जायस रहँदैन ।

३. सिकाइ र शिक्षक
सामान्यतः कुनै पनि देशको शैक्षिक सफलता त्यहाँको राजनीतिक नेतृत्वको इच्छाशक्तिमा भर पर्छ ।  त्योभन्दा बढी त्यो देशको शिक्षा प्रणालीमा काम गर्ने शिक्षकहरूको गुणस्तरमा भर पर्छ । कुनै पनि शिक्षा प्रणाली त्यो देशको शिक्षकको स्तरभन्दा माथि हुन सक्दैन । त्यसकारण शिक्षकको गुणस्तर नसुधारेसम्म परिवर्तन कोरा सपना मात्र हुन जान्छ । हरेक व्यक्तिमा एक अद्वितीय व्यक्तित्व अन्तरनिहित हुन्छ र त्यही अद्वितीय व्यक्तित्वले सिकाइलाई सहजीकरण गरिरहेको हुन्छ । जबसम्म हामीले विद्यार्थीमा अन्तरनिहित क्षमता चिन्न सक्दैनौं, तबसम्म उसलाई सिकाइमा सक्रिय बनाउन सकिंदैन । अब हामीले हाम्रा शिक्षकहरूलाई यस्तो क्षमता चिन्न सक्ने गरी सुसज्जित बनाउनुपर्छ ।

शिक्षकको गुणस्तर उसले हासिल गरेको उपाधिमा र उसको शैक्षिक योग्यतामा भर पर्छ । हामीकहाँ सानो कक्षामा पढाउने शिक्षकको योग्यता कम र ठूलो कक्षामा पढाउने शिक्षकको योग्यता बढी हुनुपर्ने नियम छ । तर स्नातक भन्दा कम योग्यता भएका शिक्षकले विद्यार्र्थीको मनोविज्ञान कसरी बुझलान् त्यसनिम्ति आवश्यक पर्ने बौद्धिक परिपक्वता उनीहरूमा आइसकेको हुन्छ होला र ? स्नातक भन्दा कम योग्यता भएका व्यक्तिहरूले गर्न सक्ने अरू थुप्रै काम हुन्छन् । तर देशको भविष्य सुम्पनुपर्ने पुस्तालाई कलिलै उमेरमा बौद्धिक हिसाबमा अपरिपक्व व्यक्तिको हातमा सुम्पदा कस्तो परिणामको आशा राख्न सकिन्छ ? तसर्थ, अब विद्यालय शिक्षामा परिवर्तन चाहने हो भने हामीले पनि शिक्षकको शैक्षिक योग्यता स्नातक हुनै पर्ने नियम बनाउनै पर्छ । तब मात्र हामीले सोचेको जस्तो उपलब्धि हासिल गर्न र लक्षित गन्तव्यमा पुग्न सक्छौं ।

कलिलो उमेरका बालबालिकालाई बौद्घिक हिसाबमा अपरिपक्व व्यत्तिाmको हातमा सुम्पदा कस्तो परिणामको आशा राख्न सकिन्छ ? तसर्थ, विद्यालय शिक्षामा परिवर्तन चाहने हो भने हाम्रा शिक्षकको शैक्षिक योग्यता स्नातक हुनै पर्ने नियम बनाउनुपर्छ।

४. सिकाइ र सिकाइ समय
सिकाइको लागि सिकाइ वातावरण, सिक्ने प्रविधि, सिकाइ स्थल, सिकाइ सामग्रीहरूको जति महŒव हुन्छ, सिक्ने समयको पनि त्यत्तिकै महŒव हुन्छ । हाम्रा विद्यालयहरू आज पनि उन्नाइसौं शताब्दीका समयसारिणी अनुपालना गरिरहेका छन् ।

आज पनि कक्षाकोठामा ४५ मिनेटको घण्टी र विद्यालय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नै चलिरहेका छन् । यदि शिक्षणमा, ज्ञान निर्माणमा र सीप तथा कौशल सिकाइमा छलाङ मार्ने हो भने अब परियोजना, सहकार्य र एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइमा जानै पर्छ । यस्ता अवधारणा लागू गर्ने हो भने ४५ मिनेटको घण्टी पुनरावलोकन गर्नैपर्छ । वर्षभरिमा कुन विषय कति घण्टा सिक्ने भत्रे कुरा पाठ्यक्रमले निर्धारण गरे पनि कुन दिनमा कति घण्टा कुन विषय सिकाउने भन्ने कुराको निर्णय गर्ने अधिकार सम्बन्धित शिक्षक र विद्यालयलाई दिइनुपर्छ ।

यदि पाठ्यपुस्तकलाई छाडेर वास्तविक जीवन तथा जगत बुझन र विद्यार्र्थीलाई ज्ञान निर्माण गर्ने अनि सीप तथा कौशल सिक्न कक्षाकोठाबाट बाहिर जाने वैकल्पिक दृष्टिकोणलाई अनुमति दिइन्छ भने परम्परागत समयसारिणीमा परिवर्तन ल्याउनै पर्छ ।

विद्यार्र्थीलाई विद्यालयमा जति समय राखिन्छ, त्यो समयमा कस्ता कस्ता क्रियाकलापमा उनीहरूलाई सहभागी गराउने भन्ने कुरा गहिरो गरी चिन्तन र मनन गर्न जरूरी भइसकेको छ । धेरै दिन विद्यालय जाँदैमा, लामो समयसम्म विद्यालयमा राख्दैमा, धेरै गृहकार्य दिंदैमा विद्यार्र्थीले धेरै सिक्ने, धेरै ज्ञान निर्माण गर्ने होइन । यदि त्यस्तो हुन्थ्यो भने ११०० घण्टा विद्यालय राख्ने देश भन्दा ७०० घण्टा मात्र विद्यालयमा राख्ने फिनल्याण्डको सिकाइको स्तर धेरै तल हुन्थ्यो । विद्यार्र्थीले कक्षा र विद्यालयमा कति समय बितायो भन्ने कुरा महŒवपूर्ण होइन । उसले के ज्ञान हासिल ग¥यो ? के सीप तथा कौशल सिक्यो ? र के अवधारणाको विकास ग¥यो ? रचनात्मक चिन्तन, महŒवपूर्ण सोच, सञ्चार कौशल, समस्या समाधान सीप सिक्यो कि सिकेन ? भत्रे कुरा चाहिं महŒवपूर्ण हो ।

५. सिकाइ र पाठ्यपुस्तक
शिक्षाको प्रारम्भिक चरणमा न त पाठ्यक्रम थिए न त पाठ्यपुस्तक नै । शिक्षण सिकाइ चौथोदेखि उन्नाइसौं शताब्दीसम्म प्रश्नोत्तर विधि (क्याटेकेटिकल अप्रोच) मा आधारित थियो । सिकाइ भनेको पूर्व तयारी गरेर राखिएका प्रश्न र कुनै विद्वान व्यक्तिले तयार पारेका ती प्रश्नका उत्तर कण्ठ गर्ने, घोक्ने, रट्ने काममा हुन्थ्यो । करीब १५०० वर्षसम्म शिक्षाको प्रक्रिया नै घोक्ने, रट्ने, कण्ठ गर्ने मात्र भयो । यस्तो प्रणालीमा विषयगत ज्ञान र सीपको कुनै स्थान नै भएन । सिकाइ भनेको कसले कति सम्झ्नि सक्यो ? त्यो मात्र भयो । प्रश्नहरू र उत्तरहरू खाली धर्मशास्त्रको बारेमा मात्र हुन्थे ।

उन्नाइसौं शब्तादीको शुरूआती चरणबाट नै शिक्षाको विषयवस्तु धर्मबाट नैतिकतिर ढल्कन पुग्यो । सिकाइका विषयहरू जतिबेलासम्म धार्मिक थिए त्यतिबेलासम्म घोक्ने, कण्ठ गर्ने, रट्ने काम नै सिकाइ हुन्थ्यो । जब त्यो विषय धार्मिकबाट नैतिकतिर ढल्कियो, विस्तारै सिकाइ रटानबाट बोधतिर बढ्यो । उन्नाइसौं शताब्दीको मध्यतिर आइपुग्दा शिक्षाको विषय धार्मिकबाट नैतिक हुँदै चारित्रिक बन्न पुग्यो । असल चरित्र के हो ? कस्तो नागरिक बन्नुपर्छ ? भन्ने विषय शिक्षामा समेटिन थाले । बीसौं शताब्दीको शुरूआततिर शिक्षकहरू पाठ्यपुस्तक विना हलचल गर्नै नसक्ने भए ।

बीसौं शब्तादीको मध्य समयपछि पाठ्यपुस्तक सूचना व्यवस्थापनको रूपमा उदायो । पाठ्यपुस्तकमा भएका प्रश्नहरूले पनि यही बताउँथ्यो । बीसौं शब्तादीको अन्त्यतिर आउँदा पाठ्यपुस्तकमा विस्तारै ज्ञान तहका प्रश्नहरूको साथमा बोध तथा उच्च तहका प्रश्नहरू पनि समेटिन थाले । एक्काइसौं शताब्दीको शुरूआतदेखि नै शिक्षामा विस्तारै खोज, परियोजना र समस्या समाधानमा आधारित शिक्षण सिकाइ क्रियाकलापहरू हुनथाले । र सिकाइमा, ज्ञान निर्माणमा, अवधारणा विकासमा विविध दृष्टिकोण र संयुक्त रूपमा समस्या समाधान गर्ने अवस्थामा आइपुग्यो । सिकाइ विस्तारै व्यक्तिगतबाट अन्तरक्रियात्मक सिकाइमा लम्कन थाल्यो । सिकाइ हिजोभन्दा आज, आजभन्दा भोलि एकपछि अर्काे छलाङ मार्दै अघि बढिरहेको छ । तर हाम्रा विद्यालय भवनहरू, कक्षाकोठाको संरचना, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कन पद्धति भने कछुवाको चालमा लम्किरहेको छ । आजको समस्या नै यही हो । अब परिवर्तन किस्ताबन्दीमा हैन, समग्रमा नै हुनुपर्छ । नत्र हाम्रो गतिले विश्वका अरू देशहरूले गरेको प्रगति भेट्टाउन सक्दैन र हामी जहिल्यै पछि परिरहने छौं ।

अब हामी एक पाठ्यपुस्तकबाट बहु पाठ्यपुस्तकको बाटो हँुदै पाठ्यपुस्तक विहीन मार्गमा जानै पर्छ । अहिले भएका पाठ्यपुस्तककै कारणले हामीले हाम्रा विद्यार्र्थीलाई चिन्तनशील व्यक्ति हैन, यन्त्र मानव बनायौं । यन्त्र मानवले के गर्छ ? सफ्टवेयरमा जे राख्यो, त्यही बोल्छ । हाम्रा विद्यार्थी पनि पाठ्यपुस्तकमा जे लेखिएको छ, त्यही मात्र जान्दछन् । अब हाम्रा विद्यार्र्थी र रोबट सोफियामा के फरक भयो त ?

पाठ्यपुस्तकहरू समसामयिक हुँदैनन् । यो एकपल्ट छापिए पछि दशौं वर्षसम्म चल्छ । एक दशकमा धेरै चिज परिवर्तन हुन्छन् । त्यही भएर हामी अब बहुपाठ्यपुस्तकको मार्गमा जानै पर्छ । अब पनि वैकल्पिक पाठ्यपुस्तक प्रयोग गरिएन भने शिक्षामा रूपान्तरण एउटा सपना बाहेक अरू केही हुनै सक्दैन ।

६. सिकाइ र समुदाय
कस्ता प्रकारका सम्बन्ध र समुदायले एक्काइसौं शताब्दीको सिकाइलाई मद्दत गर्दछ भन्ने कुरा नीतिनिर्माताहरूले बुझनु र मनन गर्नुपर्छ । हाम्रो शिक्षा प्रणालीमा असाध्यै खड्किएको कुरा मान्छेहरूको सञ्जाल वा हिस्सेदारहरूको कम सहभागिता हो ।

हामीले विगतमा विद्यार्र्थीको समुदाय, शिक्षक, आमाबाबु, अभिभावकवर्ग, व्यावसायिक व्यक्ति, नागरिक समाज र त्यसका अगुवा, नीतिनिर्माताहरू सबै एकै ठाउँमा बसेर शिक्षाको उत्रयनको लागि छलफल गर्ने वातावरण नै बनाएनौं । अहिलेसम्म जति शिक्षा आयोगहरू बने पनि तिनीहरू सबैले हिस्सेदारहरूलाई एउटै मञ्चमा राखेर छलफल र बहस गर्ने आँटै देखाएनन् ।

अब हाम्रा विद्यालयमा ‘मान्छेहरूको सञ्जाल’ लाई सक्रिय रूपमा सहभागी गराउन सकिएन भने सोचेको जस्तो प्रणाली विकास गराउन सकिंदैन । विद्यालयहरू एकापसमा जोडिनुपर्छ । शिक्षकहरू एकापसमा जोडिनुपर्छ । विद्यालय र समुदाय एकापसमा जोडिनुपर्छ । विद्यार्र्थीले पढ्ने विषय र उसको जीवन जोडिनुपर्छ । विद्यालय र शिक्षा समाजका संस्था र व्यक्तिसँग जोडिएन भने त्यसले काम गर्न सक्दैन । विद्यालय भनेको एक लघु समुदाय हो  यसले समुदायको प्रतिनिधित्व गर्नै पर्छ । त्यसैले अब बनाउने शिक्षक अभिभावक संघमा र  विद्यालय व्यवस्थापन स्मिति भनौं वा विद्यालय विकास समिति जे भने पनि त्यसमा ‘मान्छेहरूको सञ्जाल’ कसरी समाहित गर्न सकिन्छ सोच्नै पर्छ । आर्थिक वा भौतिक वा वैचारिक रूपमा विद्यालयलाई केही योगदान दिन सक्ने व्यक्तिहरूलाई विद्यालयमा ल्याउनै पर्छ । जुन विद्यालयले समुदायलाई विद्यालयमा एकीकृत गरेका छन् त्यस्ता समुदायबाट आउने विद्यार्र्थीमा जोखिम बहन गर्न सक्ने क्षमता र लचिलोपना बढी भएको पाइन्छ ।

एउटा अध्ययनले विद्यालयको भौतिक वातावरण सुधार्ने वित्तिाकै विद्यार्र्थीको परीक्षाको अंक ११ प्रतिशत बढेको देखाएको छ। त्यसकारण पनि विद्यालयका भौतिक संरचना सिकाइको सहयोगी बन्नुपर्छ। अबका कक्षाकोठा स्थिर होइन, चलायमान बनाउनुपर्छ।

७. सिकाइ र नीतिनिर्माण
शिक्षाले के काम पूरा गर्नुपर्छ भन्ने चिज खुट्याउनु शिक्षा नीतिको पहिलो काम हुन्छ । आजको शिक्षाले जुन नागरिक तयार परिरहेको छ; त्यसले भोलिको आवश्यकता पूरा गर्दैन भन्ने मान्यता राख्ने शिक्षक, शिक्षाविद्, नागरीक अगुवाहरू, व्यापारिक अगुवाहरू र आमजनताको संख्या बढ्दो छ । यसो हुनुमा एक दशकअघिको दुनियाँ र शिक्षाभन्दा आजको दुनियाँ र शिक्षा बढी जटिल र गतिशील भएर नै हो । भोलिका नागरिकले गम्भीर, आलोचनात्मक र रचनात्मक तरिकाले सोच्न र विविधता र अस्पष्टतालाई ग्रहण गर्न सकेनन् भने उनीहरू बाँच्नै नसक्ने हुन्छन् । उनीहरू प्रस्तुति, आत्माभिव्यक्ति तथा दोस्रो वा तेस्रो व्यक्तिलाई सम्झउन, बुझउन र काममा लगाउन सक्ने सञ्चार कौशलबाट सुसज्जित भएनन् भने पनि समाजमा बाँच्न कठिन हुन्छ नै ।

सिकाइ भित्र— के सिकाउने (विषय र सामग्री), कसरी सिकाउने सिकाइ प्रक्रिया, र के उपलब्धि हासिल गराउने (क्षमता, सीप तथा कौसल र अन्तरदृष्टि) भन्ने कुरा समेटिएको हुन्छ । यसलाई एउटा पूर्ण प्रक्रियाद्वारा संगठित र पोषित पनि गरिएको हुन्छ ।

हामीले सिकाइ र ज्ञान निर्माणलाई कसरी बुझ्ेका छौं ? त्यसले नै समग्र शिक्षा क्षेत्रमा निर्माण गरिने नीति, नियम, रणनीतिलाई निर्देशित गरेको हुन्छ । यदि सिकाइलाई शिक्षकले कक्षाकोठामा गएर पढाउने र विद्यार्थीले किताबमा दिइएका सामग्री पढ्ने मात्र हो भन्ने बुझइ भयो भने नीतिनियम र सुझव यसैको सेरोफेरोमा घुम्छ । सिकाइलाई केन्द्र भागमा राखेर नीतिनियम र रणनीति बनाउने कि परिधिमा राखेर नीति, नियम र रणनीति बनाउने ? अब पनि सिकारुको सिकाइलाई परिधिमा राखेर नयाँ नीति, नियम र रणनीतिहरू बनाइन्छ भने यसले देशको शिक्षा प्रणालीलाई फेरि पनि अर्को लामो समय अन्धकारमा धकेल्छ । यदि सिकाइलाई केन्द्र भागमा राख्ने र रचनात्मकतालाई उद्देश्य मान्ने हो भने अब बन्ने नीतिनियम रणनीति सोही अनुरूप आउनै पर्छ । अब विद्यार्थीलाई सक्रिय बनाउनै पर्छ । तब मात्र उनीहरू जिज्ञासु बनेर प्रश्न सोध्न अघि सर्छन् ।

सिकारुले जे गर्छ त्यो नै सिकाइको बाटो हो । यसलाई अरू कसैले गरेर हुँदैन । जसले सिक्ने हो उसैले गर्नुपर्छ । अरूले त मात्र सहजकर्ताको भूमिकामा सहयोग मात्र गर्ने हो । ज्ञान निर्माण गरिने चिज हो वा हस्तान्तरण गरिने चिज हो ? बुझनु जरूरी छ । यदि यो निर्माण गर्ने चिज हो भने नीतिनियम बनाउँदा सिकाइको रचनात्मकतालाई केन्द्र भागमा राखेर नीतिनियम बनाउनु प¥यो । होइन यो हस्तान्तरण गर्ने चिज हो भने फेरि पनि घोक्ने, कण्ठ गर्ने, रट्ने विषय बन्छ । जसले हाम्रो शिक्षा प्रणालीलाई फेरि पनि पश्चगमनतर्फ धकेल्छ ।

निचोड
शिक्षक र विद्यार्थी सिकाइका साझ्ेदार हुन् । उनीहरूले सँगसँगै खोज र अनुसन्धान गर्नुपर्छ । आज पनि हाम्रा विद्यालयहरू उही पुरानै कठोर दिनचर्या, लचकताविहीन समयसारिणी, कक्षा, विषय, कक्षाकोठा र कार्यात्मक भूमिकाहरू बीच निश्चित सीमासहित संचालन भइरहेका छन् । अब एक्काइसौं शताब्दीका विद्यालय उन्नाइसौं शताब्दीका धारणासहित संचालन भए भने हामीले एक्काइसौं शताब्दीको लागि आवश्यक वैश्विक नागरिक तयार पार्न सक्दैनौं । त्यसैले शिक्षामा नयाँ अवधारणा लागू गर्नैपर्ने हुन्छ ।

अबको नयाँ अवधारणा भनेको विद्यालयलाई वास्तविक जीवन र जगतसँग जोड्ने, विद्यालयलाई समाज र सामाजिक संस्थासँग जोड्ने, पढाइलाई सीपसँग जोड्ने, सीप तथा कौशललाई व्यवहार र श्रमसँग जोड्ने, विद्यालयको वातावरण सिकाइ मैत्री, बाल मैत्री र अभिभावक मैत्री बनाउने, विद्यालयका संरचना सिकाइलाई सहयोग गर्ने खालको बनाउने, विद्यालयको समय लचक र अर्थपूर्ण बनाउने, शिक्षण सिकाइ पाठ्यक्रम केन्द्रित बनाउने, कक्षालाई बहुपाठ्यपुस्तकको अवधारणामा लैजाने, शिक्षकलाई एकापसमा जोड्ने तथा नीति÷निर्मातालाई सिकाइ र समाजसँग जोड्ने हो । अबको प्रस्थानविन्दु पनि यही नै हो ।

अब हामीले सिर्जना गर्ने नयाँ सिकाइ वातावरणले मानिस, ठाउँ र विचारलाई एकै ठाउँमा ल्याउन सक्नुपर्छ तब मात्र विद्यालय, विद्यार्र्थी, शिक्षक, नीतिनिर्माता, परिवार र समुदायलाई सिकाइको साझ्ेदार बनाउन सकिन्छ । यिनीहरूलाई एकै ठाउँमा ल्याएर सिकाइको साझ्ेदार बनाउन सके मात्र सिकाइ दिगो र भरपर्दो हुन्छ ।

commercial commercial commercial commercial