अंग्रेजी माध्यमको मोहमा सिकाइ बर्बाद नपारौं !

नेपाली भाषामै पढेका कारण आफ्नो बुझाइ, सिकाइ र भोगाइका बारेमा बोल्दा मैले कहीं र कहिल्यै अड्किनु परेन। कलेज जाँदा विषयगत ज्ञान आफ्नो भाषामा अभिव्यत्ताm गर्न सक्ने भैसकेको थिएँ। विषयवस्तुप्रतिको आत्मविश्वास बढेपछि मैले अंग्रेजी सिकें। त्यसले मलाई अझ मजबूत बनाएको छ।

ले २०५६ सालमा काठमाडौंको नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हुँ । अंग्रेजीमा म मात्र हैन हाम्रा स्कूलका सबै विद्यार्थी कमजोर थिए । कक्षा–९ र १० को अंग्रेजी विषयको परीक्षामा १० नम्बरको एउटा प्रश्नमा निबन्ध लेख्नुपथ्र्यो । प्रश्नपत्रको अन्तिममा आउने त्यो प्रश्न धेरै साथीहरूले छाड्थे । हामी अलि ‘पढ्ने’ भनेर चिनिएका विद्यार्थीले भने निबन्धको एउटा किताब किनेका थियौं । यसअघिका परीक्षामा आएका प्रश्नका आधारमा त्यो किताबमा छानेर हामी निबन्ध पूरै घोक्थ्यौं ।

जाँचमा कहिलेकाहीं आफूले घोकेको विषय पथ्र्यो अनि कहिलेकाहीं पर्दैनथ्यो । यसैगरी चलेकै थियो । एसएलसी पुगेपछि भने तनाव भयो । जहाँबाट जुनै पनि विषयमा निबन्ध सोध्न सक्छ भनेपछि हामी निकै आत्तियौं । मैले एसएलसीको जाँचमा १० वटा निबन्ध घोकेर गएको थिएँ, जस्ताको तस्तै लेख्न सक्ने गरी । म कक्षामा दोस्रो हुन्थें । अंग्रेजीको जाँच शुरू हुनु अगाडि टाढैबाट कतिवटा भनेर हातैहातमा हामी इशारा गथ्र्यौं र औंलाले जवाफ दिन्थ्यौं । पहिलो हुने केटी साथीले दुईचोटि हत्केला फर्काएर २० वटा निबन्ध घोकेर आएको छु भन्दा म परीक्षा शुरू नहुँदै निरास भएको थिएँ ।

म अहिले पनि आफ्नो अंग्रेजी कक्षा झ्लझ्ली सम्झ्न्छिु । अंग्रेजी कक्षामा सर एक्लै बोल्नुहुन्थ्यो, हामी सबै सुनेर बस्थ्यौं । सरले ‘केही प्रश्न छ ?’ भनेर सोध्दा कक्षाकोठा सुनसान जस्तै हुन्थ्यो । केही कुरा बुझ्एिन भने पनि साथीहरू प्रश्न सोध्न डराउँथे ।

समय–समयमा बेञ्च फेरेर बस्ने गथ्र्यौं । केही बुझ्एिन भने सोध्नका लागि सबैजसो साथीहरू पढन्ते भनेर चिनिएकालाई कोट्याउँथे । तर हामीलाई पनि नबुझ्ेको कुरा सोधिहाल्न धक लाग्थ्यो । ५०–६० जना विद्यार्थीमध्ये प्रश्न सोध्ने विद्यार्थी मुश्किलले ५–६ जना मात्रै हुन्थ्यौं । त्यसो त सरको व्याकरण सिकाउने कला बेजोड थियो । त्यसैले हामीले व्याकरणकै कारण पनि अंग्रेजीमा राम्रै अंक ल्याउँथ्यौं । अंग्रेजीको अभ्यासमा कमी थियो । कक्षा–५ देखि १० सम्मको अंग्रेजी हामी सबैजसोले घोकेर नै कटायौं ।

हाम्रो स्कूलमा अंग्रेजी र अरू कक्षाहरूको पढाइ ठ्याक्कै उल्टो हिसाबले चल्थ्यो । अंग्रेजी बाहेक अरू सबै विषय नेपालीमा पढाइ हुन्थे । सामाजिक, स्वास्थ्य, इतिहास, भूगोल मात्र हैन विज्ञान र एकाउण्ट विषय पनि हामी नेपालीमा पढ्थ्यौं । आफ्नो भाषामा पढ्न पाउँदा ती विषयमा नबुझ्निे कुरा खासै हुँदैनथे । सर÷मिसले पढाएको विषयको कुनै प्रसंग नबुझ्े जस्तो लागेमा सोधिहाल्थ्यौं । इतिहास र सामाजिक शिक्षामा लिच्छविकाल, मल्लकाल अनि शाहकालमा भएका घटनाहरूका बारेमा सर–मिसले पढाउँदा कथा सुनाए जस्तो लाग्थ्यो, सुनिरहुँ लाग्ने । भोलिपल्टको कक्षामा अघिल्लो दिनको पाठ एक जना विद्यार्थीले अगाडि गएर भन्नुपथ्र्यो । इतिहास पढाउने मिसले कसलाई के सम्झ्ना छ भनेर सोध्दा धेरैको हात उठिसकेको हुन्थ्यो । मिसले हामीलाई अगाडि गएर बोल्नका लागि पालो दिनुपथ्र्यो । विज्ञान विषयमा हामी सबैभन्दा धेरै छलफल गथ्र्यौं । यस्तो किन हुन्छ, त्यस्तो किन हुँदैन भनेर सर अनगिन्ती प्रश्न लिएर कक्षाकोठामा पस्नुहुन्थ्यो । उहाँले सोधेको प्रश्नमा साथीहरू थरीथरीका तर्कवितर्क गर्थे । कहिलेकाहीं चर्काचर्की पनि पथ्र्यो । त्यसपछि सरसँग प्रयोगशालामा पसेर आफैंले त्यसको प्रयास गर्न पाउँदा कम्ता मज्जा आउँदैनथ्यो ।

मलाई गणित पढाउने सर सबैभन्दा बढी मन पथ्र्यो । उहाँको सिकाउने शैली अचम्मकै थियो । ज्यामितीमा त्रिभुजहरू बराबरी हुन् भनी प्रमाणित गर्ने खण्ड हामीलाई धेरै गाह्रो लाग्यो । त्यसपछि सरले त्रिभुजको नाम नै ब्द्यऋ र म्भ्ँ जस्ता अंग्रेजी अक्षरको सट्टा नेपाली अक्षर राखेर बुझउन थाल्नु भो । एकदिन एउटा त्रिभुजको नाम रा ज न अनि अर्को त्रिभुजको नाम ज्ञा नी छ राखेर ती त्रिभुज बराबर छन् भनी प्रमाणित गर्न लगाउनु भो । म एकदम दंग परेको थिएँ । त्यसैगरी विभिन्न वाक्य त्रिभुजमा प्रमाणित गर्दा कक्षाकोठामा बडो हाँसो चल्थ्यो । सरको पढाउने शैलीले गर्दा होला गणितको कक्षा त कहिल्यै नछुटोस् जस्तो लाग्थ्यो अनि सबैभन्दा बढी अंक पनि म गणितमा नै ल्याउँथें ।

तिनै विद्यार्थी त्यही कोठा तर अंग्रेजी कक्षामा मात्रै व्यवहार अरू बेला भन्दा ठ्याक्कै उल्टो हुनुको कारण लुकेको थिएन । किनकि अंग्रेजी बाहेकका सबै विषय हामीले बुझने भाषामा पढाइ हुन्थ्यो, जुन भाषा हामी घरमा बोल्थ्यौं, साथीसँग बोल्थ्यौं, जुन भाषामा हामी सोच्थ्यौं, जुन भाषामा हामी सपना देख्थ्यौं । कक्षा सकिएपछि पनि बहस सकिन्नथ्यो । आफ्नो तर्कलाई जिताउन साथीहरूसँग जुधिरहन्थ्यौं । यदि ती विषयहरू अंग्रेजीमा पढाइएका भए कक्षा सकिएपछि पनि कक्षाकोठा सुनसान नै हुन्थ्यो होला । त्यस्तै तर्कवितर्क अंग्रेजीमा गर्नुपर्ने भए कहाँ साथीसँग पाठका विषयमा कुरा गरिन्थ्यो र ? हाम्रो दैनिकीसँग जोडिएको भाषा भएकाले कक्षाकोठामा पढाएका कुरालाई बाटोमा देखेका कुरासँग तौलन्थ्यौं, घरमा आमाबुवासँग गएर भन्थ्यौं जुन भाषाकै कारण पनि अंग्रेजीमा कदापि सम्भव हुँदैनथ्यो ।

एक पल्ट भने अंग्रेजी पढाउन तीन महीनाका लागि नयाँ सर आउनुभयो । उहाँ शायद बी.एड.÷एम.एड. पढाइका क्रममा अभ्यास शिक्षणका लागि आउनुभएको थियो । उहाँले पढाउने शैली भने बिल्कुल फरक थियो । सधैं ठूल्ठूला सेता कागजका पाना बोकेर कक्षाकोठामा पस्नुहुन्थ्यो । त्यसमा रंगीचंगी चित्र बनाइएका र छेउमा वाक्य लेखिएका हुन्थे । कहिले थरीथरीका खेलौना लिएर पस्नुहुन्थ्यो र विद्यार्थीलाई आफूलाई मन लागेको खेलौना टिप्दै एकअर्कासँग त्यही चिजबिजका बारेमा कुराकानी गर्नुपर्ने खेल खेलाउनुहुन्थ्यो । हामी आज चैं सरले के ल्याउनुहोला के खेलाउनुहोला भनेर सोचिरहन्थ्यौं । त्यही तीन महीनामा हामीले पहिलो पल्ट कक्षा–८ मा अंग्रेजीमा कुरा गर्ने कोशिश ग¥यौं । मिल्यो भने साथीहरू ताली बजाउँथे सरले स्याबास भन्नुहुन्थ्यो । बोल्न नसकेर अड्किंदा साथीहरूलाई केही थप्न लगाउनुहुन्थ्यो । उनीहरूले सुझव दिन्थे । मेरो स्कूले जीवनमा अंग्रेजी कक्षाको सबैभन्दा मीठो सम्झ्ना भनेको यही तीन महीना हो । त्यही तीन महीनाको लागि आउनुभएको सरले जस्तै गरी हाम्रो अंग्रेजी शिक्षकले पनि हामीलाई लेख्ने बोल्ने अभ्यास पनि गराएको भए हाम्रो अंग्रेजीप्रतिको आत्मविश्वास अझ्ै बढ्थ्यो ।

एसएलसीपछि मैले अमृत साइन्स क्याम्पसमा अध्ययन गरें । त्यहाँबाट विद्यार्थी जीवनमा विषय अंग्रेजीमा नै लेख्नुपर्ने नयाँ यात्रा शुरू भयो । अमृत साइन्स क्याम्पसमा थरीथरीका विद्यार्थी देख्दा अर्कै संसार पुगे जस्तो लाग्थ्यो । काठमाडौंका अंग्रेजी माध्यममा पढेर आएका देखि दूरदराज गाउँका साथीहरू समेत एउटै कक्षामा थिए जसको अंग्रेजी मेरो भन्दा कैयौं गुणा कमजोर थियो । केही महीना अलि कठिन भयो । अंग्रेजी बोल्नमा म कमजोर भए पनि नेपाली व्याकरणमा म राम्रो थिएँ । मैले विज्ञान, स्वास्थ्यलगायतका विषय नेपालीमा बुझ्ेर पढेको थिएँ । नबुझ्ेको कुरामा स्कूल तहमा साथी र सर–मिससँग पर्याप्त बहस गरेको थिएँ । अंग्रेजी कमजोर भए पनि मेरो विषयगत क्षमता बलियो थियो । अंग्रेजीका शब्दका ज्ञान पढ्दै, बोल्दै र लेख्दै जाँदा आफैं थपिंदो रहेछ । बुझ्ेर पढ्ने सीप त स्कूलमै सिकेर आएको थिएँ । साथीहरूसँग एकै ठाउँमा बसेर हामी नबुझ्ेको कुरा बुझथ्यौं अनि अंग्रेजीमा नोट बनाउँथ्यौं । त्यसैले कलेज गएको केही महीनामै अंग्रेजी लेख्नका लागि घोक्नै पर्ने अवस्थाबाट म मुक्त भएँ ।  

हाम्रो देशमा अंग्रेजीको अनावश्यक मोह छ भन्ने कुरा त मलाई परिस्थितिले दश कक्षामा हुँदा नै बुझइसकेको थियो । कक्षा–१० मा छँदा एउटा गैरसरकारी संस्थाले नेपालभरिका आफ्नो सञ्जालबाट दुई जना विद्यार्थीलाई छानेर एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा जापान लैजाने भयो । ‘वातावरण सुधारमा बालबालिकाको भूमिका’ विषयमा टोकियोमा सम्मेलन थियो । लिखित परीक्षा र अन्तर्वार्ताबाट म र एक जना सिन्धुलीकी केटी साथी छानियौं । जानु एक हप्ताअघि त्यस संस्थाको दाइले हजार जना जति सहभागीको अगाडि हामीले नेपालको तर्फबाट अंग्रेजीमा १५–२० मिनेट बोल्नुपर्छ भन्नुभयो । पहिलो पल्ट मैले अंग्रेजी बोल्न नजानेकोमा आफूलाई धिक्कारें । स्कूललाई गाली गरें । मनमनै अंग्रेजी सरलाई पनि सरापें । एक जना दाइले मलाई भन्नुभयो, “तिमीलाई भन्न मन लागेको कुरा मलाई नेपालीमा भन म अंग्रेजीमा लेखिदिउँला ।” मलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो । मैले भनेको कुरा उहाँले ६–७ पाना अंग्रेजीमा जस्ताको तस्तै लेखिदिनुभयो । मैले चार–पाँच दिन लगाएर त्यो मज्जाले घोकें । घोक्न त सिकेकै थिएँ ।

अंग्रेजीको डरले काम्दै जापान पुगेको मलाई त्यहाँ एकरत्ति पनि अप्ठेरो महसूस भएन । हरेक देशका बालबालिकाका लागि अनुवादकको व्यवस्था थियो । जापानमै पढ्ने एक जना दाइ हाम्रो लागि अनुवादक हुनुहुन्थ्यो । हामीले नेपालीमा भनेका कुरा उहाँ अरूलाई बुझइदिनुहुन्थ्यो अनि अरूले अंग्रेजी वा जापानिजमा भनेका कुरा हामीलाई नेपालीमा बताइदिनुहुन्थ्यो । हामीले काठमाडौंमा गरेका स–साना कामको धेरै संस्थाहरूले तारिफ गरे । जापानको राष्ट्रिय पत्रिकामा हाम्रो अन्तर्वार्ता पनि छापियो । आयोजकले हाम्रो तारिफ गर्नुहुन्थ्यो ।

अंग्रेजी बाहेकका सबै विषय हामीले बुझने भाषामा पढाइ हुन्थ्यो, जुन भाषा हामी घरमा बोल्थ्यौं, साथीसँग बोल्थ्यौं, जुन भाषामा हामी सपना देख्थ्यौं। कक्षा सकिएपछि पनि बहस सकिन्नथ्यो। यदि ती विषय पनि अंग्रेजीमा पढाइएका भए त्यस्तो बहस कदापि सम्भव हुने थिएन।

तर जापानको सम्मेलनका दिन भने नमीठो घटना भयो । बालबालिकाको तर्फबाट पहिलो भाषणमा नै मेरो नाम बोलाइयो । मैले मजाले घोकेको कुरा अगाडि गएर बोले जस्तै गरी अंग्रेजीमा प्रस्तुत गरें । त्यसलाई जापानिज अनि अरू भाषामा समेत तत्कालै अनुवाद गरेर सुन्न मिल्ने व्यवस्था त्यहाँ थियो । त्यसपछि सिन्धुलीकी साथीले पनि त्यसैगरी घोकेरै आएको कुरा अंग्रेजीमा प्रस्तुत गर्नुभो । तर एउटा गल्ती भयो । उहाँले घोकेर आएको कुरा प्रस्तुत गर्दागर्दै पाँच÷छ मिनेट पछि अघि बोलिसकेको फेरि कुरा दोहो¥याउनुभो । सबै एकअर्काको मुखामुख गर्न थाले । हामीलाई पनि लाज लाग्यो । त्यसपछि चीन, कोरिया, जापानलगायत सानाठूला देशका सबैले आफ्नो प्रस्तुति गरे । धेरैले आ–आफ्नै भाषामा विचारहरू राखे । हामीले अनुवादकको सहायतामा ती विचारहरू सुन्यौं । सबैले आफ्नै भाषामा बोलेर राम्रोसँग आफ्नो देश हामीलाई बुझए । हामीले आफूलाई भने जबर्जस्तीको अंग्रेजी रटानका कारण सुगा जस्तै महसूस ग¥यौं ।

गएको २० वर्षमा हामीकहाँ अंग्रेजी मोह घट्नुको साटो झ्न्झ्न् बढिरहेको छ । स्कूलमा जबर्जस्ती अंग्रेजीमा पढाइन्छ जसले गर्दा कक्षाकोठामा विद्यार्थीहरूको बहस र तर्कवितर्क कम हुँदै गएको छ । गाउँगाउँमा समेत अंग्रेजी माध्यममा पढाउने नाममा विषयगत सिकाइ–बुझइ कमजोर हुँदै गएको छ । मानविकी र व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहको परीक्षामा समेत नेपालीमा लेखे कम नम्बर पाइन्छ अनि अंग्रेजीमा लेखे बढी नम्बर पाइन्छ भन्ने कुराले विद्यार्थीहरूलाई प्रभाव पार्न थालेको छ । कति जना हाकाहाकी भन्छन्, “परीक्षामा नेपालीमा धेरै लेखे पनि थोरै नम्बर पाइन्छ, अंग्रेजीमा थोरै लेखे पनि धेरै नम्बर पाइन्छ ।” सामाजिक संस्थाका कार्यक्रमहरूमा नेपाली भाषीहरू जम्मा भएका हुन्छन् तर बहसहरू अंग्रेजी भाषामा चल्छ । नेपाली समुदायको लागि काम गर्ने नेपाली संस्था नै भए पनि परियोजना प्रस्ताव तथा कार्यक्रम प्रतिवेदनहरू अंग्रेजीमा बनाउने आम चलन छ । कनिकुथी अंग्रेजी बोल्ने–लेख्ने बाध्यताले हामीलाई किन यसरी गाँजेको होला ?

मैले गैरसरकारी संस्थाबाट नै आफ्नो व्यावसायिक यात्रा शुरू गरें । स्वाभाविक रूपमा विभिन्न समयमा अंग्रेजीसँग त ठोक्किनै पर्छ । सहपाठीहरूसँग एक खालको प्रतिस्पर्धा पनि चलिरहेकै हुन्छ । जसले अंग्रेजीमा बढी जोडबल गरे उनीहरूलाई अंग्रेजी नै सबथोक लाग्नु स्वाभाविक हो । कसले के बोल्यो भन्दा पनि कस्तो बोल्यो र अंग्रेजी उच्चारण कत्तिको शुद्ध थियो भन्ने कुरामा अड्किने साथीहरू पनि जीवनमा धेरै भेटियो । शुरूआती चरणमा अंग्रेजी जानेका कारण आफूसँगैका सहपाठीहरूले बढी मौका पाएको जस्तो महसूस पनि हुन्थ्यो । तर विषयमा आफ्नो पकड बलियो भयो भने भाषामा लाज मान्नुपर्ने कुनै आवश्यकता हुँदैन भन्ने विश्वास १७ वर्षको अनुभवमा झ्न् बलियो हुँदै गएको छ । म अहिले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छु । त्यसले २० भन्दा बढी देशमा सामाजिक जनचेतनाका लागि काम गर्छ । मैले काम गर्ने संस्थाले अंग्रेजी जानेको तर स्थानीय भाषामा पोख्त मान्छेलाई मात्र जागिर दिंदोरहेछ । अनि यसले गर्ने अध्ययन अनुसन्धानका सबै कागजातहरू स्थानीय भाषामा नै उत्पादन गर्ने रहेछ ताकि त्यसले सम्बन्धित देशमा आवश्यकता अनुसारको काम गर्न थप सहयोग मिलोस् ।

अहिले आफ्नो स्कूल जीवन फर्केर हेर्दा मलाई कुनै गुनासो छैन । हो, मलाई अंग्रेजी अलि ढिलो सिकाइयो र सिकाइ प्रक्रियामा कमजोरी थियो । तर त्यो बाहेक अरू सबै विषयमा मलाई आफ्नो ज्ञान, क्षमता र अनुभवको विश्लेषण गर्न मलाई सर÷मिसले सधैं प्रोत्साहन गर्नुभयो । मैले आफ्नो भाषामा पढ्न पाएँ । नेपाली भाषामै पढेका कारण आफ्नो बुझइ, सिकाइ र भोगाइका बारेमा बोल्दा मैले कक्षाकोठामा कहिल्यै अड्किनु परेन । मैले सर÷मिसले पढाएका कुरा बुझने मौका पाएँ, अंग्रेजी जस्तो घोक्नु परेन । म एसएलसी सकेर कलेज जाँदा विषयगत ज्ञान आफ्नो भाषामा अभिव्यक्त गर्न सक्ने भैसकेको थिएँ । विषयवस्तुप्रतिको आत्मविश्वास बढेपछि मैले अंग्रेजी सिकें । त्यसले मलाई अझ् मजबूत बनाएको छ ।

म शिक्षक त हैन तर मैले २० वर्ष विद्यार्थी जीवन बिताउँदा अध्ययन–अध्यापनलाई आफ्नै ढंगले बुझ्ेको छु । विद्यालयले मूलभूत रूपमा विद्यार्थीमा विद्यमान संकोच र भय निर्मूल पार्न सघाउनुपर्छ । उनीहरू या आफूलाई लागेको कुरा निसंकोच भन्ने र अरूको कुरा ध्यान दिएर सुन्ने बानीको विकास गराउनुपर्छ । कुनै पनि पाठ नबुझ्ुुन्जेलसम्म उनीहरूलाई बहस गर्न प्रोत्साहन गरिनुपर्छ । नयाँ विषयमा कक्षामा छलफल हुँदा आफ्नो तर्क राख्न स्कूले विद्यार्थी मात्र हैन सबै उमेर समूहका व्यक्ति अलिकति हच्किन्छन् । उसलाई स्कूले उमेरमा नै त्यो डरबाट बाहिर निकालिदिनु शिक्षकको सबैभन्दा महŒवपूर्ण जिम्मेवारी हो । यो तब मात्र सम्भव हुन्छ जब उनीहरूको जीवनको भाषामा उनीहरूले कक्षाकोठामा पढ्न पाउँछन् । अनि पो त कक्षाकोठामा विद्यार्थी धेरै बोल्छन् शिक्षकले कम बोले पुग्छ । विद्यार्थीलाई सिकाइ क्षमतालाई सुनेर, लेखेर अनि बोलेर अनुभव गर्ने मौका दिने उत्प्रेरकको भूमिका शिक्षकले खेलिदिने हो । त्यसैले सबै शिक्षकलाई मेरो विनम्र अनुरोध छ त्यही भाषामा विद्यार्थीलाई पढाऊँ जुन भाषा शिक्षक र विद्यार्थीको बोलीचालीको भाषा हो । अंग्रेजी माध्यमका नाममा विषयहरूको सिकाइ र बुझइको ढोका साँघुरो नपारौं !

commercial commercial commercial commercial