बिमिरो पूजासँगै खाउँ पनि!

बिमिरोलाई हामी पूजामा मात्र प्रयोग गर्दछौं र प्रसादको रूपमा खान्छौं। अरू मुलुकमा भने यसको उपयोगमा राम्रै विविधता पाइन्छ। बिमिरोलाई एउटा उपयोगी खाद्य फलको रूपमा प्रयोग गर्न हामीले पनि ढिलाइ गर्नुहुँदैन।

नमालुम, कति वर्षको उमेरदेखि भाइटीकाको मण्डपसामु बसेर बिमिरोको फललाई बीचमा राखेर मखमली फूलको मालामा बेरिएर दिदीबहिनीबाट तिहारको सगुन थाप्दै आइरहेको छु । पक्कै पनि ७०÷७५ वर्ष त नाघिनै सक्यो; तैपनि त्यो पहेंलो पिण्डे फलको विषयमा घोत्लिने विचार कहिल्यै आएन ।

तिहार आउँछ, जान्छ तर तिहार संस्कृतिसँग आवद्ध परम्परागत फलफूलहरूका बारेमा नयाँ कुरा सुन्न पाइन्न । बरु नयाँ–नयाँ फलफूल देश–विदेशबाट झ्किाएर भाइपूजा र तिहारको शान–शौकत बढाउने काम गरिरहेका हुन्छौं । परम्परा निर्वाह गर्न बिमिरोलाई अपरिहार्य सामग्रीको रूपमा किनेर ल्याउँछौं । तिहारमा जस्तोसुकै आकार–प्रकारको बिमिरो पनि बिक्छ— सानो, ठूलो, काँचो, पाकेको सबै प्रकारको । मात्र पूजाको प्रयोजन हुनाले ‘बिरालो बाँधेर श्राद्ध गर्नेे’ भने झ्ैं बिमिरो नतेर्साइकन नेवार समुदायमा भाइटीका वा म्हपूजाले पूर्णता पाउँदैन । कमसेकम म हुर्केको काठमाडौंको नेवारी समाजमा यही मान्यता रहिआएको छ । भेट्नो नभएको बिमिरो पूजनीय हुँदैन । त्यस अर्थमा ताजा फलको महŒवलाई र विशेषतः आफ्नै उपजलाई प्रोत्साहन दिने भित्री आशय त्यसभित्र होला । हुन पनि, बिमिरो आफ्नो बोटबाट झ्र्ने वा खस्ने जातको फल हैन; हाँगाबाट लुछेर वा काटेर टिप्नुपर्ने फल हो । र, बिमिरो हतपती सड्ने, गल्ने वा कीराले खाने फल पनि हैन । तसर्थ दीर्घायु कामनाका लागि यो फल उपयुक्त छ र अनि पूजनीय पनि ।

तिहारको दुई÷चार दिन बिमिरो निकै महँगो हुन्छ । तिहार पछि यो फल बिक्दैन । हामीले बिमिरो खान जानेका पनि छैनौं । यूरोप र अमेरिकातिर भने बिमिरोको स्वादिष्ट परिकार बन्दछ— मुरब्बाको रूपमा । विभिन्न प्रकारका केक, रोटी तथा पेय पदार्थ (वाइन तथा भर्मथ) मा नविन वासना भर्न ती मुरब्बाको प्रयोग हुन्छ । भनिन्छ, यहुदीहरूका विशेष पर्वमा पनि बिमिरोका परिकार अपरिहार्य हुन्छन् । र, तिनका केही सिक्का लगायत विभिन्न सांस्कृतिक धरोहरमा बिमिरोले स्थान पाएको देखिन्छ । भूमध्यसागरीय देशहरूमा बिमिरोको लोकप्रियताले हजारौं वर्षको इतिहास बोकेको पाइन्छ ।

उष्ण प्रदेशका फलफूल बारेका लेखहरूमा जे. मोर्टन (सन् १९८७) द्वारा प्रदत्त जानकारी अनुसार अलेक्सजेन्डर (सिकन्दर) का सेनाले यो फललाई इसापूर्व ३०० वर्ष पहिले नै भूमध्यसागरीय क्षेत्रमा प्रवेश गराइसकेका थिए । इटालीको रोम राज्यमा सन् ३०१ ताका खाद्य पदार्थको रूपमा बिमिरोले आफ्नै स्थान बनाइसकेको थियो । त्यस बेलासम्म अमिलो प्रजातिका अरू फलफूलहरू, जस्तै– सुन्तला, कागती, जुनार, भोगटे आदिले वागवानीमा प्रवेशै पाएका थिएनन् । त्यस अर्थमा बिमिरो निकै जेठो फलफूल सावित हुन्छ । यसको वागवानी विकासमा इरान (पर्सिया) को भूमिका उल्लेखनीय थियो । युरोपभरिका यहुदीहरूले बिमिरोलाई एक धार्मिक फलको रूपमा प्रयोग गर्ने गरेको प्रसंग त माथि पनि कोट्याइसकियो ।

बिमिरोको उद्गमस्थल पूर्वी हिमालय र म्यानमारको उप–उष्ण क्षेत्र हो भन्ने मान्यता रहिआएको छ । जंगली अवस्थाको बिमिरो भारतको खाशिया र गारो पहाडी क्षेत्रमा पाइन्छ । नेपालमा बिमिरो एक कृषि उपज हो । काठमाडौंको तिहारलाई बिमिरो आपूर्ति गर्ने क्षेत्र मूलतः धादिङ र नुवाकोट हुन् । यसको छिटफुट खेती भने अन्यत्र पनि भइरहेकै हुन्छ । बिमिरोको खेती १२०० मिटर भन्दा अग्लो भूमिमा उपयुक्त हुँदैन । पहाडी क्षेत्रको औल या बेंसीको भूमि बिमिरोको लागि उपयुक्त हुन्छ ।

बिमिरोको बोट अधिकमा पाँच मिटरसम्म अग्लो हुन्छ । यो काँडेदार उपवृक्षका पात सुँघ्यौं भने कागती वा भोगटेको वासना आउँछ । वनस्पति शास्त्रले ‘रुटेसी’ भनिने अमिलो फल लाग्ने बिरुवाको यस परिकारभित्र सुन्तला, कागती, जुनार, ज्यामिर, भोगटे लगायत मौसम, निबुवा र किप पनि पर्न आउँछन् । यी विभिन्न अमिलो फलको रस निचोरेर प्रयोग गरिन्छ । बिमिरो भने रस निचोरेर खाने फल हैन । यसको बाहिरी बोक्रा भित्रको सेतो फस्को गुदी नै यसको मुख्य खाद्य पदार्थ हो । अरू फल झ्ैं यसको बोक्रा छोडाउन मिल्दैन । बाहिरी रंगीन बोक्रा ताछेपछि भित्रको गुदी काटेर टुक्रा–टुक्रा निकाल्नुपर्छ । तिनलाई केहीबेर पानीमा भिजाएर खाँदा स्वादिष्ट हुन्छ ।

बिमिरोको परिकार बनाउने चलन हाम्रोमा छैन । बिमिरोलाई हामी पूजामा मात्र प्रयोग गर्दछौं र प्रसादको रूपमा खान्छौं । अरू मुलुकमा भने यसको प्रयोग र उपयोगमा राम्रै विविधता पाइन्छ । बिमिरोलाई एउटा उपयोगी खाद्य फलको रूपमा प्रयोग गर्न हामीले पनि ढिलाइ गर्नुहुँदैन ।

commercial commercial commercial commercial