केदारभत्त माथेमा एक गौरवशाली शिक्षक

नामका अगाडि सबभन्दा धेरै र नभएका उपाधि भिराइने नेपाली को हो ?

सम्भवतः सही जवाफ हो, केदारभक्त माथेमा ।

डाक्टर, प्राध्यापक, प्रा.डा., शिक्षाविद्, कूटनीतिज्ञ– केदारभक्त माथेमा । अरू अनौपचारिक विशेषण त कति हो कति !
केदारभक्त माथेमा माथिका कुनै पनि उपाधिका ‘औपचारिक’ हकदार होइनन् । त्यस्तो दाबी पनि उनले गरेका छैनन् । तर पनि उनी यस्ता कतिपय उपाधिधारीहरू भन्दा बरु बीस नै होलान्, कुनै पनि कुरामा उन्नाइस छैनन् ।

कारण के हो ?

कारण हो उनको दृष्टि, ज्ञान, चिन्तन, विवेक र नेतृत्वदायी निर्भीक स्वभाव ।

माथेमा नेपाली बौद्धिक समाजका सम्भवतः सबभन्दा लोकप्रिय ‘सेलिब्रिटी’ हुन् । उनको स्पष्ट मौलिक विचार, धाराप्रवाह वक्तव्य र तर्कसम्मत प्रतिक्रिया सुन्ने मौका पाएको व्यक्ति अर्को पटक त्यस्तो मौका छुटाउन चाहँदैन । सके अर्कालाई समेत सुनाउन खोज्छ ।

त्यसैले उनी आज ७४ वर्षको उमेरमा पनि व्यस्त र सक्रिय छन् । यो आलेख र अन्तर्वार्ताका निम्ति असोज तेस्रो साता ललितपुर सानेपास्थित निवासमा पुग्दा उनी ‘सामाजिक शिक्षा नेपालीमा किन ?’ शीर्षक बहस कार्यक्रमका प्रमुख वक्ताका रूपमा सहभागी हुन पोखरा जाने तयारीमा थिए ।

निर्वासनमा
माथेमा पहिले राणा दरबारका बफादार मानिएको परिवारका सदस्य हुन् । उनका जिजुबुवा भागवतभक्तले जन्मँदै सुब्बाको खान्की पाएका थिए । भागवतभक्त ‘वीरशमशेरको मान्छे’ भएका कारण पछि चन्द्रशमशेरको कोपभाजन भए र कलकत्तातिर बस्न थाले । केदारभक्त ठूलोबुवा धर्मभक्त माथेमाको ‘राजद्रोह’ र १९९७ सालको मृत्युदण्डपछि माथेमाको पूरै परिवार निर्वासित हुनपुग्यो । केदारभक्तका आमाबुवा वृन्दा र ध्रुवभक्त माथेमा कलकत्ता र कालेम्पोङमा जीविकोपार्जन गर्न थाले । त्यसै क्रममा वि.सं. २००० मा केदारभक्त माथेमा कालेम्पोङमा जन्मे ।

कालेम्पोङमा माथेमाहरूको घरमा भइरहने नेपालका प्रतिष्ठित नेताहरूको आवतजावतले पनि त्यहाँ हुर्किंदै गरेका बालबालिकामा राजनीतिक चेतना भर्न मदत गरेको थियो । त्यसमाथि माथेमाका मावली, कालेम्पोङको प्रतिष्ठित प्रधान परिवारको शैक्षिक र राजनीतिक गतिविधिको पनि प्रभाव थियो । “मलाई दुईवटा कुराको प्रभाव परेको थियो । एउटा, हाम्री मुवाँ ठूलोबुवा धर्मभक्तको ठूलो प्रशंसक हुनुहुन्थ्यो र हामीमा पनि ‘हामी शहीद परिवारका सदस्य पो हौं त’ भन्ने स्वाभिमान भरिदिनुभएको थियो । दोस्रो, हामी पुख्र्यौली सम्पत्तिबाट पूरै बेदखल भएका थियौं । मुवाँले ‘हामी तिमीहरूलाई केही दिन सक्दैनौं, त्यसैले पढेर योग्य बन्ने बाहेक उपाय छैन’ भन्ने कुरा हामीभित्र भरिदिनुभएको थियो ।” उनी भन्छन्, “यी सबै कुराको परिणाम होला, हामी तीन दाजुभाइ र दुई दिदीबहिनीले उच्चशिक्षा हासिल ग‍¥यौं र प्रभावकारी पेशागत जीवन बितायौं ।”
२००९–१० सालमा नेपाल फर्केपछि औपचारिक–अनौपचारिक कक्षाहरूमा पढेर माथेमाले २०१५ सालमा एसएलसी गरे । त्यसपछि निर्वाध रूपमा एमएसम्म अध्ययन गरेर उनी कलेज पढाउन थाले ।

पढाउने भोक
धर्मभक्त माथेमाले ओमबहालस्थित ऐतिहासिक जिमखानासँगै एउटा स्कूल पनि खोलेका थिए । “राणा प्रशासनसित स्वीकृति नै लिएर खोलिएको त्यस स्कूलमा मेरी मुवाँ पनि शिक्षक हुनुहुथ्यो । ममा पढाउने काममा चाख र जाँगर पनि मुवाँबाटै सरेको होला” माथेमा थप्छन्, “अनि रमाइलो कुरा, पछि आएर पनि मेरो परिवारमा सबै शिक्षक भयौं । मेरी श्रीमती पनि शिक्षक हुन् र मेरी छोरी र छोराले पनि यही पेशा अँगालेका छन् ।”

सानैदेखि गाउँका बालबालिका भेला पारेर पढाउन थालेका माथेमा २० वर्ष नपुग्दै स्कूलका शिक्षक भए र २३ वर्षको उमेरमै त्रिचन्द्र कलेजमा पढाउन थाले । २०२३ सालमा बीएको कक्षामा माथेमाका ११० जना विद्यार्थीमध्ये एक जना विद्यार्थी थिए, प्रा. चैतन्य मिश्र । “माथेमा सर गज्जबले पढाउनुहुन्थ्यो । आज पनि उहाँको स्वर र शैली मेरो मानसपटलमा गुञ्जिरहन्छ । माथेमा सर मेरो आदर्श शिक्षक हो”, समाजशास्त्री प्रा. मिश्र भन्छन् ।

केही पछि माथेमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पढाउन थाले । उनको मिहिनेत, लगन, उत्साह र कामबाट प्रभावित भएर डीन कार्यालयले एक जना सहयोगीको व्यवस्था गरिदिएको थियो । “यस्तो सहयोगी पाउने म त्रिभुवन विश्वविद्यालयको इतिहासमा शायद पहिलो र आखिरी शिक्षक हुँला”, माथेमा सम्झ्न्छन् ।

विश्वविद्यालयमा पनि उनले चाँडै नै अब्बल शिक्षकका रूपमा ख्याति कमाए । लगत्तै उनलाई विश्वविद्यालयको शिक्षा क्याम्पसको प्रमुख बनाइयो । शिक्षा, विज्ञान र मानविकी क्याम्पस प्रमुखहरूको समितिको पनि प्रमुख भएपछि सिंगै केन्द्रीय क्याम्पस कीर्तिपुरको प्रमुख बन्न पुगे । आफ्नो अनुमति विना कलेज परिसरमा प्रहरी पसेको घटनाको उनले विरोध गरे । त्यही घटनाका कारण चर्केको कारबाहीको प्रक्रियाबाट असन्तुष्ट भएर क्याम्पस प्रमुखबाट राजीनामा गरेर उनी कीर्तिपुरबाट २०३२ सालमा बाहिरिए ।

२०४६ सालमा पञ्चायत ढलेर बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माथेमालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रस्ताव गरे । विश्वविद्यालयमा दलीय राजनीति र भागबण्डा नभिœयाउने र सरकारबाट हस्तक्षेप नहुने कुरामा प्रधानमन्त्री सहमत भएपछि मात्र उनले त्यो पद स्वीकार गरे । माथेमाले विश्वविद्यालयका नेतृत्वदायी पदमा दलीय भागबण्डा होइन, योग्यता र उपयुक्तताको आधारमा व्यक्तिहरूको चयन गरे ।

माथेमाको कार्यकालमा त्रिविको सुधारको एउटा मार्गचित्र नै बन्यो । आर्थिक रूपमा सबल बनाउन शुल्कमा समयानुकूल वृद्धि र अपनत्वको भाव जगाउन आंगिक क्याम्पसहरूलाई स्वायत्तता, लिकबाट बाहिर गएको शैक्षिक क्यालेण्डरलाई पुनः लिकमा ल्याउने, कीर्तिपुर क्याम्पसको निम्ति नयाँ भवन निर्माणको योजना उनकै देन हुन् । त्यस्तै गुणस्तर सुधारमा केही महŒवपूर्ण निर्णयहरू लिइयो । दुईवर्षे स्नातक कार्यक्रमलाई तीन वर्षको बनाउने, विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाउने लगायतका सुधार कार्यक्रम भएको उच्च शिक्षा परियोजना आरम्भ भयो ।

उनले त्रिविका प्राध्यापकहरूले स्वीकृति विना बाहिर गएर कन्सल्ट्यान्सी गर्न नपाउने, शिक्षण अस्पतालका डाक्टरले नर्सिङ होममा गएर काम गर्न नपाउने लगायतका सुधारका कैयन् कदम चाले । कडा नियममा सच्याउनु प‍¥यो भन्दै माथेमाको घरै पुगेका शिक्षण अस्पतालका डा. भोला रिजाल, जो त्यतिबेला पनि ओम नर्सिङ होम चलाउँथे, लाई खाली कागज दिएर त्यहीं राजीनामा लेखाएको घटना उनी अहिले पनि रमाइलो मानेर सम्झ्न्छिन् । आफू उपकुलपति भएपछि माथेमाले भारतको नयाँदिल्लीस्थित श्रीराम कलेजमा पढ्दै गरेकी छोरीलाई त्यहाँ छुटाएर पद्म कन्या कलेजमा भर्ना गरे । यस्ता साना–ठूला घटनाहरूले उनको नैतिकबल र व्यवहार कुशलतालाई सधैं चम्काइरहे ।

विश्वविद्यालयपछि
मध्यावधि निर्वाचनबाट राजनीतिक परिस्थिति फेरियो । एमालेको सरकार बन्यो । दुई कार्यकाल (८ वर्ष) बसेर त्रिविको कायालपट गर्ने शुरूको सपना परित्याग गरेर तीन वर्ष नपुग्दै उनी बाहिरिए । तर केही समय पछि फेरि सरकार बदलियो ।

कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले उनलाई जापानका निम्ति राजदूत बनायो । जापानका प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण यही अवधिमा भयो । टोकियोको कार्यकाल सकेर काठमाडौं फर्केर केही समय सुस्ताउन नपाउँदै उनी फेरि शिक्षामै जोडिन पुगे । शिक्षा मन्त्रालयको अग्रसरतामा एसएलसीमा विद्यार्थी उपलब्धि सम्बन्धी अध्ययन टोलीको संयोजक उनैलाई बनाइयो । पाठ्यक्रम, शिक्षण तरीका, मूल्यांकन लगायत समग्र शैक्षिक एवं व्यवस्थापनको कोणबाट डा. मीनबहादुर विष्ट लगायतका थुप्रै अनुसन्धानकर्ताहरूको टोलीले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययन नेपालको शिक्षा अनुसन्धानको इतिहासमा हालसम्मकै ठूलो र विशद अनुसन्धान मानिन्छ । त्यसले एसएलसी परीक्षामा मात्र होइन, माध्यमिक तहको शिक्षामा सुधारको निम्ति थुप्रै सल्लाह र सुझव दिएको थियो । (हे. शिक्षक, साउन २०६५, पृ. ३५–४०) यद्यपि सरकारले कक्षा १० बाट मात्र एसएलसीमा प्रश्न सोध्ने र लेटर ग्रेडिङमा लैजाने सुझव मात्र अहिलेसम्म कार्यान्वयनमा ल्याएको छ ।

२०६८ सालमा डा. गोविन्द केसीले चिकित्सा क्षेत्रमा सुधारका विभिन्न मागहरू राख्दै शुरू गरेको आमरण अनशन एकपछि अर्को गर्दै बल्झ्ंिदै जाँदा समस्याको स्थायी समाधान खोज्न भनेर सरकारले २०७१ सालमा उनकै नेतृत्वमा उच्चस्तरीय सुझव कार्यदल बन्यो । माथेमा स्वास्थ्य क्षेत्रका मानिस नभए पनि सर्वस्वीकार्य व्यक्तित्वको खोजी हुँदा उनको चयन भएको थियो । स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा दूरगामी महŒवको प्रभाव छाड्ने कैयन् नयाँ नीतिहरू सिफारिश गर्दै आयोगले केही महीनामै प्रतिवेदन दियो । त्यो प्रतिवेदनले आज पनि सिंगो चिकित्सा क्षेत्र तरङ्गित भइरहेको छ ।

शिक्षा ऐनको सातौं संशोधनले बन्द हुँदा सार्वजनिक सम्पत्ति हुने गरी खोलिएका निजी स्कूललाई कम्पनीमा लैजाने बाटो खोलेर सरकारले शिक्षामा व्यापारीकरणको औपचारिक ढोका खोलिदिएको थियो । तिनताक माथेमा जापानमा राजदूत थिए । “म काठमाडौंमा भएको भए त्यो निर्णय गराउन दिन्नथें”, उनी भन्छन् । पूँजीवादको ‘मक्का’ मानिने अमेरिकामा समेत निजी स्कूलको नाफा व्यक्तिको खल्तीमा जाँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै उनले निजी स्कूललाई कम्पनीबाट गुठीमा लैजानुपर्ने निरन्तर सार्वजनिक वकालत गरेर गल्ती सच्याउन घच्घच्याइरहे । शिक्षा ऐनको आठौं संशोधन मार्फत संसदले आइन्दा कम्पनीमा स्कूल खोल्न नपाउने, गुठीमा मात्र खोल्न पाउने व्यवस्था ग‍¥यो । सरकार र संसदलाई यो निष्कर्ष र निर्णयमा पुग्न वैचारिक नेतृत्व कसैले दिएको थियो भने त्यो माथेमाले नै हो ।

सधैंका शिक्षक
माथेमाले औपचारिक शिक्षा कर्ममा धेरै कम समय व्यतीत गरे । करीब ९ वर्ष मात्र उनले पढाए भने तीन वर्ष उपकुलपतिका रूपमा व्यवस्थापक र नेतृत्वको भूमिका निर्वाह गरे । तर उनी अहिले पनि एउटा शिक्षकले गर्नुपर्ने काम नै गरिरहेका छन् ।

शिक्षकको मूल काम हो, नयाँ पुस्तालाई जागरुक तुल्याउनु । आफू उदाहरण भएर प्रस्तुत हुनु । अरूलाई उत्प्रेरित गर्नु ।

नैतिक र वैचारिक नेतृत्व दिनु । विवेक र न्यायको ढोका बन्द हुन लाग्यो, जनताको बृहत्तर हित र भलाइमाथि बज्रपात हुन लाग्यो, गलत दिशामा जान लाग्यो भने त्यसलाई रोक्न सशक्त हस्तक्षेप गर्नु । माथेमा अहिले पनि त्यही गरिरहेछन् । एक जागरूक र प्रतिबद्ध शिक्षक कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन भन्ने कुराको दृष्टान्त माथेमा स्वयं बनेका छन् ।

अहिले पनि बजारमा गहकिलो पुस्तक आइपुग्न नपाउँदै त्यो माथेमाको घरमा पुगिसक्छ । फुर्सद मिल्यो कि माथेमा एकसरो पुस्तक छिचोली हाल्छन्, जसले उनको विचार र अभिव्यक्ति दुवैलाई थप ओजपूर्ण र आकर्षक बनाइरहेको हुन्छ । इन्टरनेटले उनलाई थप अद्यावधिक हुन सघाइरहेको छ । कतै भाषण गर्न जानुप‍¥यो भने उनी राम्रै तयारी गर्छन् । बोल्नुपर्ने विषयमा दुई चार थान पुस्तक पल्टाइहाल्छन् । महŒवपूर्ण उदगार र प्रसङ्गहरू कापीमा सार्छन् अनि भाषणको खेस्रा नै तयार गर्छन् ।

उनलाई यो कामका लागि उनको घरको भुइँतलामा रहेको लघु–पुस्तकालयले निकै सहज बनाइदिएको छ, जहाँ उनले उहिल्यैदेखि पढेका विभिन्न विधाका अब्बल पुस्तकहरूको राम्रो संकलन छ ।  

माथेमा निजी सम्पत्ति र पदको निम्ति जति वितरागी देखिन्छन्, त्यति नै सार्वजनिक हित र भलाइका निम्ति चिन्तनशील र प्रतिबद्ध । निर्भीकताका प्रतीक बन्न पुगेका माथेमालाई त्यसको कारण सोध्दा भन्छन्, “मैले अहिलेसम्म कुनै पनि पद मागेको छैन । त्यसैले मलाई कुनै पनि कुराको कहिल्यै पनि, पटक्कै लोभ लाग्दैन । शायद पाउनुको लोभ र गुमाउनुको डर नभएकैले हो म ब्रह्मले देखेको कुरा बोल्न सक्छु ।”

माथेमालाई जुन जुन पदमा ज–जसले नियुक्ति गरे, तीप्रति उनी अवश्य पनि कृतज्ञ छन् तर विशेष अनुगृहीत चाहिं छैनन् ।

“मलाई नियुक्त गर्ने मानिसले के ठान्दारहेछन् भने मैले तिमीलाई यो पद दिएको हुँ, त्यसैले तिमीले मेरो जयजयकार गर्नुपर्छ । तर म के ठान्छु भने, तपाईंले मलाई जुन जुन जिम्मेवारी दिनुभयो, त्यो काम मैले गजबसित सम्पन्न गरेको छु । त्यसैले जयजयकार त तपाईंले मेरो पो गर्नुपर्ने हो ।”

केही वर्ष पहिले माथेमाले यो पंक्तिकारसित भनेका थिए, “हरेक मानिसको पहिचान भनेको उसको काम नै हो । एउटा काम गरेर अर्को पहिचान बन्न सक्दैन । जे काम ग‍¥यो, पहिचान त्यही बन्ने हो । त्यसैले हामीले अब्बल काम गरेर मात्र अब्बल मानिसको पहिचान बन्छ ।” (हे. शिक्षक, माघ २०७०, पृ. २२–२३) यो वाणी उनकै जीवनमा हुबहु चरितार्थ हुनपुगेको छ ।

commercial commercial commercial commercial